Nepali

Persian

Deuteronomy

20

1“जब तिमीहरू आफ्नो शत्रुसँग लडाइँ गर्न निस्कन्छौ शत्रु पक्षमा धेरै घोडा, रथ र सैन्य देखेर नडराऊ। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनु भयो।
1 «زمانی که به جنگ می‌روید و لشکر دشمن را با اسبها و ارّابه‌های جنگی آنها بزرگتر و نیرومندتر از خود می‌بینید، نترسید؛ زیرا خداوند خدایتان که شما را از سرزمین مصر بیرون آورد، همراه شما می‌باشد.
2“जब तिमीहरू युद्ध गर्न जान्छौ पूजाहारी गएर सैन्यहरूसित भन्नुपर्छ।
2 پیش از آن که به جنگ بروید، کاهنی بیاید و به ارتش بگوید،
3पूजाहारीले भन्नुपर्छ, ‘हे इस्राएलका मानिसहरू हो! म जे भन्छु सुन। आज तिमीहरू आफ्नो शत्रुहरूसँग लडाइँ गर्न जाँदैछौ। मन दुर्बल नपार, चिन्ता नगर, नडराऊ।
3 'ای مردان اسرائیلی، بشنوید! امروز شما برای جنگ به مقابل دشمن می‌روید. سست دل نشوید، نترسید، وحشت نکنید و شجاع باشید،
4किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित जानुहुँनेछ। उहाँले तिमीहरूलाई शत्रुहरूसित लडाइँ गर्नु सहायता गर्नु हुनेछ। तिमीहरूलाई विजय गराउनु सहायता गर्नु हुनेछ।’
4 زیرا خداوند خدایتان با شما می‌رود، با دشمن می‌جنگد و شما را پیروز می‌سازد.'
5“लेवी अगुवाहरूले, सिपाहीहरूलाई भन्नेछन्, ‘यहाँ कोही यस्तो मानिस छ जसले नयाँ घर त बनायो तर उसले अझै अर्पणसम्म गरेको छैन? त्यो मानिस लडाइँमा मारिन सएछ, यसकारण त्यो मानिस फर्केर घर जाओस्। नत्र त्यो मानिस मर्यो भने अर्को मानिसले त्यो घर अर्पण गर्न सएछ।
5 «آنگاه افسران به سربازان چنین بگویند: 'آیا کسی هست که خانه‌ای نو ساخته و آن را وقف نکرده باشد؟ وی به خانهٔ خود بازگردد، در غیر این صورت اگر در جنگ کشته شود، شخص دیگری آن خانه را وقف خواهد کرد.
6के यहाँ त्यस्तो कोही मानिस छ जसले दाखको खेती लगाएको छ तर दाख टिपेर बटुल्न पाएको छैन। यदि यहाँ त्यस्तो कोही मानिस भए त्यो घर फर्केर जाओस्, नत्र यो मानिस लडाइँमा मरे उसको खेतमा फलेको दाख अर्को मानिसले भोग गर्नेछ।
6 آیا کسی هست که تاکستانی کاشته و هنوز از انگور آن برداشت نکرده باشد؟ اگر هست به خانهٔ خود بازگردد، مبادا در جنگ بمیرد و کس دیگری میوهٔ آن را بخورد.
7यहाँ कोही यस्तो मानिस छ जसको विवाह ठीक गरिएको थियो तर विवाह भएको छैन। यदि कोही त्यस्तो मानिस यहाँ भए घर फर्केर जाओस नत्र त्यो मानिस लडाइँमा मरेको खण्ड त्योसित विवाह गर्न ठीक गरिएकी स्त्रीको अर्को मानिससित बिवाह हुनेछ।’
7 آیا کسی هست که نامزد کرده امّا هنوز ازدواج نکرده باشد؟ اگر هست، باید به خانهٔ خود بازگردد، در غیر این صورت اگر در جنگ کشته شود، شخص دیگری با نامزد او ازدواج خواهد کرد.'
8“ती लेवी अगुवाहरूले सिपाहीहरूलाई भन्नुपर्छ, ‘यहाँ कोही यस्तो मानिस छ, जसले आफ्नो साहस हराएर डराइरहेछ? त्यो मानिस घर फर्केर जाओस्। त्यसो गरे उसले अरू सिपाहीहरूको साहस हराउने थिएन।’
8 «همچنین افسران به سربازان بگویند: 'آیا کسی هست که شجاعتش را از دست داده باشد و بترسد؟ اگر چنین است، او باید به خانهٔ خود بازگردد. در غیر این صورت روحیه دیگران را از بین خواهد برد.'
9तब अगुवाहरूले सिपाहीहरूलाई त्यति भनी सकेपछि सिपाहीहरूलाई मार्गदर्शन गर्न कप्तानहरू रोज्नु पर्छ।’
9 هنگامی‌که سخنان افسران با ارتش تمام شد، برای هر گروه، رهبری انتخاب شود.
10“जब तिमीहरू शहर आक्रमण गर्न जान्छौ, त्यस समय तिमीहरूले मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नु पर्छ।
10 «هنگامی‌که می‌خواهید به شهری حمله کنید، ابتدا به مردم فرصت بدهید که تسلیم شوند.
11यदि ती मानिसहरूले शान्तिको प्रस्ताव स्वीकार गरेर मूल ढोकाहरू खोलीदिए तिनीहरू कमाराहरू हुनेछन् र आफ्नो काममा लाग्ने छन्।
11 اگر دروازه‌ها را باز کردند و تسلیم شدند، آنها باید بردگان شما شوند و از آنها بیگاری بکشید.
12तर यदि तिनीहरूले शान्ति प्रस्ताव अस्वीकार गर्छन र लडाइँ गर्न तैयार हुन्छन् भने तिमीहरूले शहरलाई घेर्नु पर्छ।
12 امّا اگر تسلیم نشدند و خواستند که بجنگند، پس شما آن شهر را محاصره کنید.
13अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले त्यो शहर तिमीहरूलाई दिनु हुनेछ, त्यहाँ भएका सबै मानिसहरूलाई तरवारले काटेर मार्नु पर्छ।
13 هنگامی‌که خداوند خدایتان آن شهر را به شما داد، همهٔ مردان آنجا را به قتل برسانید.
14तर त्यस शहरमा भएका अरू स्त्री, नानीहरू, गाई अनि अन्य प्रत्येक चीज तिमीहरू लान सएछौ। परमप्रभु तिमीहरूका परमेश्वरले यी सब वस्तुहरू तिमीहरूलाई दिनु भएको हो र तिमीहरू उपयोग गर्न सएछौ।
14 امّا شما می‌توانید زنان و کودکان و گاو و گوسفند و هرچه را در شهر هست، برای خود نگه دارید. شما می‌توانید از هر چیز که به دشمن شما تعلّق دارد، استفاده کنید؛ زیرا خداوند آنها را به شما داده است.
15तिमीहरूले सबै शहरहरूसित त्यस्तै ढंङ्गले व्यवहार गर्नु पर्छ जो त्यहाँ छैनन् जहाँ तिमीहरू बस्छौ ती शहरहरू त्यो तिमीहरूदेखि टाडामा छन्।
15 به همین ترتیب با تمام شهرهایی که از سرزمینی که در آن ساکن می‌شوید دور هستند، رفتار کنید.
16“जब तिमीहरू ती शहरहरू जोड्छौ जो परमप्रभुद्वारा दिइने भूमिमा छन्, तिमीहरूले जितेका शहरहरूमा बस्ने प्रत्येकलाई मार्नु पर्छ।
16 «امّا در شهرهای آن سرزمینی که خداوند خدایتان به شما می‌دهد، همه را بکشید.
17तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, र हिब्बी र यबूसीहरू सबैलाई एकदमै नष्ट पार्नु पर्छ।
17 همه را از بین ببرید، حِتّیان، اموریان، کنعانیان، فرزیان، حویان و یبوسیان را همان‌طور که خداوند خدایتان امر فرموده است.
18त्यसो गरे परमप्रभु तिमीहरूका परमेश्वर विरोधी तिनीहरूले तिमीहरूलाई पाप काम गराउनमा असमर्थ हुनेछन्। तिनीहरूले आफ्नो देवताको पूजा गर्दा गरिने भयंङ्कर कार्यहरू तिमीहरूलाई सिकाउने मौका पाउँदैनन्।
18 در غیر این صورت ایشان کارهای زشتی را که برای پرستش خدایانشان انجام می‌دهند، به شما می‌آموزند و شما علیه خداوند خدایتان مرتکب گناه خواهید شد.
19“जब तिमीहरू कुनै शहरको विरोधमा लडाइँ गर्छौ, तिमी त्यस शहरलाई धेरै समयसम्म घेर्न सएछौ। त्यस समयमा शहर वरिपरि भएका रूखहरूबाट फल खान सएछौ। तर रूखहरू काटेर ढाल्नु हुँदैन। यी रूखहरू तिमीहरूका शत्रु होइनन्, यसकारण तिनीहरूसित लडाइँ नगर।
19 «هنگامی‌که سعی می‌کنید شهری را تصرّف کنید، درختان میوهٔ آن را قطع نکنید، حتّی اگر محاصره طولانی شود، میوهٔ آنها را بخورید امّا درختان را نابود نکنید، زیرا آنها دشمنان شما نیستند. درختانی را که می‌دانید میوه بار نمی‌آورند، قطع کنید و از چوب آنها برای ساختن سنگر استفاده کنید.
20तर तिमीहरू ती रूखहरू काटून सएछौ यदि तिमी जान्दछौ तिनीहरूमा फल लाग्दैन। तिमीहरूले तिनीहरूलाई त्यस शहरको विरूद्ध लडाई गर्ने हतियारको रूपमा प्रयोग गर्न सएछौ। तिमीहरू जबसम्म प्रयोग गर्न सएछौ तबसम्म शहर परास्त हुदैन।
20 درختانی را که می‌دانید میوه بار نمی‌آورند، قطع کنید و از چوب آنها برای ساختن سنگر استفاده کنید.