1“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए।
1
«اگر در سرزمینی که خداوند خدایتان به شما خواهد بخشید، جسد مردی کشتهای را یافتید، و شما قاتل او را نمیشناسید،
2तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्त्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ।
2
آنگاه رهبران و قضات شما، فاصله جسد تا شهرهای نزدیک را اندازه بگیرند.
3जब तिमीहरूले जान्ने छौ कुन चाही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ।
3
رهبران شهری که جسد به آن نزدیکتر است، گوسالهای را که هرگز یوغ به گردنش بسته نشده است، بگیرند.
4शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ।
4
و آن را به نهری ببرند که دارای آب جاری باشد، ولی زمین آن شخم نخورده و کشت نشده باشد. در آنجا گردن گوساله را بشکنند.
5पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)
5
کاهنان نیز باید به آنجا بروند، زیرا آنها باید در همهٔ موارد حقوقی که شامل خشونت است، تصمیم بگیرند. خداوند خدایتان، آنها را انتخاب کرده است تا او را خدمت کنند و به نام او برکت بدهند.
6मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ।
6
آنگاه تمام رهبران شهری که مقتول به آن نزدیکتر است، باید دستهای خود را روی آن گوساله بشویند.
7यी बूढा-प्रधानहरूले भन्नुपर्छ, ‘हामीले यस मानिसलाई मारेनौं अनि यो घट्ना पनि देखेनौं।
7
و بگویند: 'ما این مرد را نکشتیم و ما نمیدانیم چه کسی این کار را کرده است.
8हे परमप्रभु! तपाईंले इस्राएललाई बचाउनु भयो। हामी तपाईंका मानिसहरू हौ, अब हामीलाई शुद्ध पार्नुहोस्। यो निर्दोष मानिसलाई मारेकोमा हामीमाथि दोष नलागोस्।’ यस प्रकारले त्यस निर्दोष मानिसको हत्या गरेको निम्ति ती मानिसहरू निर्दोष साबित हुनेछन्।
8
خداوندا، قوم اسرائیل را که از مصر رهایی دادی ببخش و ما را مسئول قتل مردی بیگناه، مدان.'
9यसरी तिमीहरूले सही कार्य गर्नेछौ अनि आफ्नो समूहबाट दोष हटाउनेछौ।
9
به این ترتیب با پیروی از اوامر خداوند، شما مسئول قتل شناخته نخواهید شد.
10“तिमीहरूले आफ्नो शत्रुहरू विरूद्ध लडाइँ लड्नेछौ तथा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजयी तुल्याउनु हुनेछ। तिमीहरूले शत्रुहरूलाई पक्रेर कैदी झैं लिएर आउनेछौ।
10
«هنگامیکه خداوند در جنگ شما را پیروز گرداند و شما اسیرانی بگیرید،
11ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ।
11
ممکن است در میان آنها زن زیبایی را ببینید که خوشتان بیاید، و بخواهید با او عروسی کنید.
12तब तिमीले उसलाई आफ्नो घरमा ल्याउनु पर्छ अनि उसले आफ्नो केश अनि नङ्ग काट्नु पर्छ।
12
او را به خانهٔ خود ببرید. در آنجا آن زن سر خود را بتراشد، ناخنهای خود را کوتاه کند
13“उसले आफ्नो लुगा खोल्नु पर्छ जसले संकेत दिन्छ तिनी लडाइँमा बन्दी भएकी थिइन् अनि आफ्नो माता-पिताबाट छुट्टिएको एक महीना सम्म स्त्री तिम्रो घरमा बसेर विलाप गरोस् त्यसपछि तिमी त्यस महिलाकहाँ गएर उसको पति बनिन सएछौ अनि तिनी तिम्री पत्नी हुन सएछिन्।
13
و لباسهای خود را عوض کند. او باید مدّت یک ماه در خانهٔ شما برای پدر و مادرش عزاداری کند، بعد از آن میتوانید با او عروسی کنید.
14यदि तिनलाई मन पराएनौ भने पारपाचुके गरिदेऊ उसलाई मुक्त गरि देऊ तर बेच्न भने सक्तैनौ। कमारीलाई झैं ब्याबहार गर्न पाउँदैनौ किनभने तिमीले त्यो स्त्रीसँग सहवास गरेका थियौ। जेठो छोरो
14
بعداً اگر او را دیگر نخواستید، شما باید او را آزاد کنید. چون شما او را مجبور کردید تا با شما همبستر شود، شما نمیتوانید با او مانند یک کنیز رفتار کنید و او را بفروشید.
15“कुनै मानिसको दुई जना पत्नी हुन सएछन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सएछ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सएछ।
15
«ممکن است شخصی دو زن داشته باشد و هر دو برایش پسرانی بیاورند، امّا پسر بزرگترش، فرزند زن مورد علاقهاش نباشد،
16जब उसले आफ्नो सम्पत्ति ती नानीहरू मध्ये बाँड्छ उसले प्रेम गरेकी पत्नीको नानीलाई जेठो नानीको अंश दिन सक्तैन।
16
آن شخص نمیتواند سهم ارث زیادتری به پسر کوچکتر خود، یعنی فرزند زنی که دوست دارد، بدهد.
17उसले आफूले प्रेम नगरेकी पत्नीबाट जन्मिएको जेठो नानीलाई स्वीकार गर्नै पर्छ र त्यो नानीले दुई गुणा अंश पाउनै पर्छ। किन? किनभने त्यो नानी पहिलो नानी हो र जेठो छोराको अधिकार उसकै हुन्छ।
17
او باید دو سهم از دارایی خود را به پسر بزرگتر، که فرزند ارشد او و مستحقّ است بدهد، گرچه او پسر زن مورد علاقهاش نباشد.
18“कसैको छोरा माता-पिताको आज्ञा पालन नगर्ने अट्टेरी हुन सएछ। माता-पिताले छोरालाई दण्ड दिन्छन् तर त्यो छोरा आफ्नो माता-पितलाई नटेर्ने नै हुन्छ।
18
«اگر شخصی پسر سرکش و نافرمان داشته باشد و با وجود تنبیه شدن، بازهم از والدین خود اطاعت نکند،
19तब माता-पिताले उसलाई शहरको सभा घरमा बूढा-प्रधानहरूको अघि लैजानु पर्छ।
19
والدین او باید او را نزد رهبران شهری که در آن زندگی میکنند ببرند تا محاکمه شود.
20माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छः ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्राउँछौ ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’
20
ایشان باید بگویند: 'پسر ما سرسخت و سرکش است و از اطاعت کردن از ما خودداری میکند، او ولخرج و میگسار است.'
21तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौ। इस्राएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्।
21
آنگاه مردان شهر او را سنگسار کنند و به این ترتیب از این شر راحت میشوید و همه در اسرائیل خواهند شنید و خواهند ترسید.
22“कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सएछन्।
22
«اگر مردی بهخاطر ارتکاب جنایتی اعدام شود و بدنش از دار آویزان باشد
نباید در شب آنجا بماند، او باید در همان روز دفن شود، زیرا جسد آویزان از دار، نفرین خداوند را به آن سرزمین میآورد. جسد را دفن کنید تا سرزمینی که خداوند خدایتان به شما داده، آلوده نگردد.
23त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाडनु पर्छ। किन? किनभने त्यो मानिस जसलाई रूखमा झुण्डाइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।
23
نباید در شب آنجا بماند، او باید در همان روز دفن شود، زیرا جسد آویزان از دار، نفرین خداوند را به آن سرزمین میآورد. جسد را دفن کنید تا سرزمینی که خداوند خدایتان به شما داده، آلوده نگردد.