Nepali

Persian

Deuteronomy

27

1मोशा र इस्राएलका बूढा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, “आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर।
1 آنگاه موسی و رهبران اسرائیل به مردم چنین دستور دادند و گفتند: «تمام فرمانهایی را که امروز صادر می‌کنم، بجا آورید.
2तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ।
2 در روزی که از رود اردن عبور می‌کنید تا وارد سرزمینی که خداوند به شما داده است، بشوید. شما باید سنگهای بزرگ برپا کنید و روی آنها را گچ بگیرید.
3त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।
3 وقتی وارد سرزمینی که خداوند به شما داده است، می‌شوید سرزمینی که غنی و حاصلخیز است، سرزمینی که خداوند خدای اجدادتان به شما وعده داده بود، روی آن سنگها تمام این تعالیم و قوانین را بنویسید.
4यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ।
4 هنگامی‌که از رود اردن گذشتید همان‌طور که امروز فرمان می‌دهم این سنگها را در کوه عیبال برپا کنید و روی آنها را گچ بگیرید.
5केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काट्न फलामको हतियार प्रयोग नगर।
5 در آنجا قربانگاهی برای خداوند خدایتان از سنگ، بدون استفاده از ابزار فلزی بسازید.
6परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ।
6 زیرا هر قربانگاهی که برای خداوند خدایتان می‌سازید، باید از سنگ نتراشیده باشد. در آنجا شما باید برای خداوند خدایتان قربانی‌های سوختنی تقدیم کنید.
7तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ।
7 همچنین قربانی‌های سلامتی تقدیم کنید و در آنجا در حضور خداوند بخورید و شادمانی کنید.
8तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्।
8 احکام خدا را با خط واضح بر آن سنگها بنویسید.»
9“मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इस्राएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ।
9 بعد موسی و کاهنان به مردم گفتند: «ای قوم اسرائیل، توجّه کنید و بشنوید! امروز شما قوم خداوند خدایتان شدید.
10यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।”
10 پس از خداوند خدایتان اطاعت کنید و احکام و قوانین او را که امروز به شما می‌دهم بجا آورید.»
11त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने,
11 در همان روز موسی به قوم اسرائیل دستور داد و گفت:
12“तिमीहरू यर्दन नदी पार गरे पछि मानिसहरूलाई आशीर्वाद दिनको निम्ति शिमोन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीन कुल समूह गीरीज्जीम डाँडामा हुनेछन्।
12 «وقتی از رود اردن عبور کردید، طایفه‌های شمعون، لاوی، یهودا، یساکار، یوسف و بنیامین بالای کوه جرزیم بایستند و برکات را اعلام کنند.
13अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।
13 طایفه‌های رئوبین، جاد، اشیر، زبولون، دان و نفتالی بر کوه عیبال بایستند و لعنتها را بیان کنند.
14“लेवीहरूले उच्च स्वरमा सबै इस्राएलीहरूलाई भन्ने छन्;
14 آنگاه لاویان با آواز بلند، به تمام قوم اسرائیل اعلام کنند و بگویند:
15‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’ “तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’
15 «لعنت بر آن کسی‌که بُتی از سنگ، چوب و یا فلز بسازد و مخفیانه آن را پرستش کند. خداوند از بت‌پرستی نفرت دارد. همهٔ مردم بگویند: 'آمین!'
16“लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ। तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
16 «لعنت بر آن کسی‌که به والدین خود بی‌احترامی‌ کند. همهٔ مردم بگویند: 'آمین!'
17“लेवीहरूले भन्नेछन्, ‘आफ्नो छिमेकीको साँध सीमान मिच्ने मानिसलाई सराप लागोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
17 «لعنت بر آن کسی‌که حدود بین زمین خود و همسایه‌اش را تغییر بدهد. همهٔ مردم بگویند: 'آمین!'
18“लेवीहरूले भन्नेछन्, ‘अन्धा मानिसलाई उल्टा बाटो देखाउने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन् ‘आमेन।’
18 «لعنت بر آن کسی‌که شخص نابینایی را از راه منحرف سازد. همهٔ مردم بگویند: 'آمین!'
19“लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
19 «لعنت بر آن کسی‌که در مورد بیگانگان، یتیمان و بیوه زنان بی‌عدالتی کند. همهٔ مردم بگویند: 'آمین!'
20“लवीहरूले भन्नेछन्, ‘आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
20 «لعنت بر آن کسی‌که با زن پدر خود همبستر شود، زیرا به پدر خود بی‌حرمتی کرده است. همهٔ مردم بگویند: 'آمین!'
21“लेवीहरूले भन्नेछन् ‘कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमोन।’
21 «لعنت بر آن کسی‌که با حیوانی رابطهٔ جنسی داشته باشد. همهٔ مردم بگویند: 'آمین!'
22“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक सर्म्पक राख्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
22 «لعنت بر آن کسی‌که با خواهر خود، چه تنی و چه ناتنی، همبستر شود. همهٔ مردم بگویند: 'آمین!'
23“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले सासूसित लैंगिक सर्म्पक राख्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
23 «لعنت بر آن کسی‌که با مادر زن خود همبستر شود. همهٔ مردم بگویند: 'آمین!'
24“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिर्काउँछ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
24 «لعنت بر آن کسی‌که مخفیانه مرتکب قتل شود. همهٔ مردم بگویند: 'آمین!'
25“लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’ “तब सबै मानिसले भन्नेछन्, ‘आमेन।’
25 «لعنت بر آن کسی‌که رشوه بگیرد تا خون بی‌گناهی را بریزد. همهٔ مردم بگویند: 'آمین!' «لعنت بر آن کسی‌که از احکام و قوانین خداوند اطاعت نکند. همهٔ مردم بگویند: 'آمین!'
26लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैनँ त्यसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
26 «لعنت بر آن کسی‌که از احکام و قوانین خداوند اطاعت نکند. همهٔ مردم بگویند: 'آمین!'