1“अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दामाथि राख्नु हुँनेछ।
1
«اگر از خداوند خدایتان پیروی کنید و با دقّت فرمانهای او را که امروز به شما میدهم انجام دهید، خداوند خدایتان شما را بالاتر از تمام ملّتهای جهان خواهد نشاند.
2यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।
2
اگر از خداوند خدایتان اطاعت کنید تمام این برکات به شما خواهد رسید و شما را فرا خواهد گرفت.
3“शहरमा र गाउँ-बस्तीमा परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।
3
«خداوند شهرها و کشتزارهایتان را برکت خواهد داد.
4“परमप्रभुले तिमीहरूका धेरै नानीहरू होस् भनी आशिष दिनु हुनेछ। परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ जसले गर्दा उब्जाऊ बेशी हुनेछ। परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्।
4
«خداوند با فرزندان زیاد و با محصولات فراوان و گاو و گوسفند زیاد شما را برکت خواهد داد.
5परमप्रभुले तिमीहरूको डालाहरू र पिठो मुछ्ने आह्रीमाथि आशीर्वाद दिनुहुनेछ, अनि सधैं खाद्य पर्दाथले भर्नु हुनेछ।
5
«سفره و ظرف خمیر شما را برکت خواهد داد.
6परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा तथा तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशिष दिनु हुनेछ।
6
«هنگامیکه وارد میشوید برکت خواهید گرفت و هنگامیکه خارج میشوید برکت خواهید گرفت.
7“तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्।
7
«خداوند دشمنانی را که علیه شما برخاستهاند شکست خواهد داد. آنها از یک جهت به شما حمله میکنند و از هفت جهت خواهند گریخت.
8“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ र तिमीहरूको ढुकुटीमा तिमीहरू जे गर्छौ प्रत्येक चीजमा परमप्रभुले आशिष दिनु हुनेछ।
8
«خداوند خدایتان تمام کارهای دستتان را برکت میدهد، انبارهایتان را پر از غلّه میکند؛ در سرزمینی که به شما میبخشد به شما برکت میدهد.
9यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुसरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ।
9
«اگر شما از احکام خداوند خدایتان اطاعت کنید و در راه او قدم بردارید، او نیز شما را طبق وعدهای که داده است، قوم خاص خود میسازد.
10तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्।
10
تمام اقوام روی زمین وقتی ببینند که شما قوم برگزیدهٔ خداوند هستید، از شما میترسند.
11“तिमीहरूलाई दिन्छु भनी तिमीहरूको पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई सन्तान, गाई-बस्तु र खेती-पातीमा परमप्रभुले खुवै उन्नति गराउनु हुनेछ।
11
خداوند در سرزمینی که به اجدادتان وعده داده است، شما را سعادتمند میسازد، فرزندان زیاد، رمه و گلّه بسیار و محصولات فراوان به شما میبخشد.
12आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन।
12
خداوند دریچههای آسمان را باز میکند و باران را در موسمش برای شما میفرستد. در همهٔ کارهایتان به شما برکت میدهد. شما به بسیاری از اقوام قرض میدهید، امّا وام نخواهید گرفت.
13परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैंमाथि हुने छौ फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ।
13
اگر با دقّت از تمام قوانینی که امروز به شما میدهم پیروی کنید، خداوند خدایتان شما را رهبر ملّتها خواهد کرد و نه پیرو آنها و شما همیشه سعادتمند خواهید بود و هرگز نخواهید افتاد.
14आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा दुब्रै फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुसरण गर्नु हुदैन।
14
امّا شما هرگز نباید به هیچوجه از آنها سرپیچی کنید و یا خدایان دیگر را پرستش و خدمت نمایید.
15“तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।
15
«اگر از خداوند خدایتان سرپیچی کنید و با دقّت از تمام قوانینی که امروز به شما میدهم پیروی نکنید، به این لعنتها گرفتار میشوید:
16“परमप्रभुले शहर र खेतहरूमा तिमीहरूलाई सराप्नु हुनेछ।
16
«خداوند شهر و کشتزارتان را لعنت میکند.
17परमप्रभुले तिमीहरूका डालाहरू र पिठो मुछ्ने आह्रीमा सराप्नु हुनेछ अनि तिनीहरूमा खाद्य हुने छैन।
17
«سفره و خمیرتان را لعنت میکند.
18परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्। उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ। उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।
18
«فرزندان، محصولات و رمه و گلّهتان را لعنت میکند.
19परमप्रभुले सब तिमीहरूलाई सराप्नु समय प्रत्येक कुरोहरूमा सराप्नु हुनेछ जे तिमी गर्छौ।
19
«هنگامیکه وارد میشوید، لعنت خواهید شد و هنگامیکه خارج میشوید، لعنت خواهید شد.
20“यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुञ्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्यौ।
20
«اگر شرارت کنید و از خداوند رویگردان شوید، او شما را به مصیبت، پریشانی و ناکامی گرفتار میسازد تا بزودی از بین بروید و نابود شوید.
21जबसम्म तिमीहरू दखल भएको भूमिबाट शेष हुँदैनौ, ध्वंश हुदैनौ, परमप्रभुले तिमीहरूमाथि भयंङ्कर रोगहरू सृष्टि गर्नु हुनेछ।
21
خداوند امراض پیدرپی میفرستد تا شما را در آن سرزمینی که وارد میشوید، بکلّی محو سازد.
22परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सुजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंश हुदैनौ यी सब नराम्रा कुराहरू तिमीहरूमाथि परिरहनेछन्।
22
خداوند شما را دچار بیماریهای عفونی، تورّم و تب خواهد کرد. او خشکسالی و بادهای سوزنده خواهد فرستاد تا محصولتان را نابود کنند. این بلاها تا زمانی که شما بمیرید، باقی خواهند ماند.
23आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ।
23
باران از آسمان نمیبارد و زمینِ زیر پایتان مثل آهن، خشک میشود.
24परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिञ्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ।
24
به جای باران، خداوند توفان خاک و توفان شن میفرستد تا شما را هلاک کند.
25“तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्।
25
«خداوند دشمنانتان را بر شما پیروز خواهد کرد. شما از یک جهت به آنها حمله میکنید ولی از هفت جهت خواهید گریخت. همهٔ مردم روی زمین با دیدن آنچه بر شما واقع شده است، هراسان خواهند شد.
26तिमीहरूका मृत शरीरहरू जंगली पंक्षी र जनावरहरूको आहार बनिनेछ, तिनीहरूलाई तिमीहरूको मृत शरीरबाट धपाउने कोही हुनेछैन।
26
اجساد شما خوراک مرغان هوا و حیوانات وحشی خواهد شد و کسی نخواهد بود تا آنها را بترساند و دور کند.
27“परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई फोकाहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ।
27
خداوند شما را به همان دُمَلی که بر مصریان فرستاد، دچار خواهد کرد. او بدنهای شما را پر از زخم خواهد کرد و شما خارش خواهید گرفت، امّا درمانی برایتان نخواهد بود.
28परमप्रभुले तिमीहरूलाई बहुलाहा, अन्धा र हृदयमा बेचैनी पारिदिनुहुनेछ।
28
خداوند شما را به دیوانگی، کوری و پریشانی فکر دچار خواهد کرد.
29“तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन।
29
در روز روشن مانند نابینایی که در تاریکی راه خود را جستجو میکند، راه خواهید رفت و در تمام کارهای خود سعادتمند نخواهید شد و دایماً مورد ظلم مردم قرار خواهید گرفت و چپاول میشوید و هیچکس به شما کمک نخواهد کرد.
30“स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ।
30
«نامزدتان زن شخص دیگری میشود و در خانهای که میسازید، کس دیگری زندگی میکند تاکستانی را که غرس میکنید، میوهاش را نمیچشید.
31मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।
31
گاوهایتان را در پیش چشمان شما سر میبرند، امّا شما از گوشت آن نمیخورید. الاغهایتان را از پیش روی شما میدزدند و آنها را دیگر به دست نمیآورید. گوسفندتان به دشمنانتان داده میشوند و کسی به دادتان نمیرسد.
32“तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउञ्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।
32
پسران و دختران شما را به بردگی به بیگانگان خواهند داد و هر روز چشم انتظار بازگشت فرزندان خود خواهید بود، ولی کاری نمیتوانید بکنید.
33“तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्।
33
ملّتی بیگانه، محصولاتی را که با کار سخت به دست آوردهاید، خواهند خورد و شما دایماً مورد ظلم و خشونت واقع خواهید شد.
34तिमीहरूले देखेको चीजहरूले तिमीहरूलाई बौलाहा बनाउँछ।
34
و با دیدن وضع ناگوار اطراف خود، دیوانه میشوید.
35परमप्रभुले कहिले जाति नहुने पिलोद्वारा तिमीहरूलाई दण्ड दिनु हुनेछ। घुँडा र खुट्टाहरूमा यी पिलोहरू हुनेछ। यी घाउहरू शरीरमा पैतालादेखि टाउकाको तालुसम्म प्रत्येक अङ्गमा हुनेछ।
35
خداوند شما را از سر تا پا به دُمَلهای بیدرمان دچار میسازد.
36“तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ।
36
«خداوند شما و پادشاه برگزیدهٔ شما را نزد قومی که نه شما و نه اجدادتان میشناختند، خواهد برد و در آنجا خدایانی را که از چوب و سنگ ساخته شدهاند، خدمت خواهید کرد.
37देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।
37
در سرزمینهای که خداوند شما را پراکنده خواهد کرد، مردم از سرنوشت شما تعجّب خواهند نمود، آنها شما را مسخره میکنند و به شما خواهند خندید.
38“तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किन? कारण अन्न सलहले खाइदिनेछ।
38
«بذر فراوان خواهید کاشت و اندک درو خواهید کرد، زیرا ملخ محصول شما را خواهد خورد.
39तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ।
39
تاکستان غرس میکنید و از آن مراقبت مینمایید، امّا شراب آن را نمینوشید و انگور آن را نمیچینید، زیرا تاکها را کرم میخورد.
40तिमीहरूको भूमिमा जताततै भद्राक्षको रूखहरू भएर पनि त्यसको तेल चलाउन पाउने छैनौ कारण फलहरू सबै भूईंमा झरेर सड्नेछन्।
40
درختان زیتون در همهجا میرویند، امّا از روغن آنها استفاده نمیکنید، چرا که میوهٔ آنها پیش از رسیدن میریزند.
41तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्नु पाउने छैनौ किन? किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्।
41
صاحب پسران و دختران میشوید، ولی آنها با شما نمیمانند، زیرا آنها به اسارت برده میشوند.
42तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ।
42
تمام درختان و محصولات زمین شما خوراک ملخها میشوند.
43तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्।
43
«بیگانگانی که در سرزمین شما زندگی میکنند، نیرومند و شما ضعیف خواهید شد.
44विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्।
44
آنها به شما وام خواهند داد امّا شما به آنها وام نخواهید داد. در انتها آنها رهبر شما و شما پیرو آنها خواهید بود.
45“जबसम्म तिमीहरू ध्वंश हुदैनौ तिमीहरूमाथि आई लाग्ने सरापले खेद्दै पक्रँदै गरिरहनेछ कारण तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले बताउनु भएको कुराहरू मानेनौ। उहाँले दिनु भएको आज्ञा तथा विधिहरू तिमीहरूले पालन गरेनौ।
45
«تمامی این لعنتها به دنبال شما خواهند بود و شما را فرا خواهند گرفت و به آنها دچار خواهید گشت تا هلاک شوید، زیرا شما از خداوند خدایتان پیروی نکردید و فرمانها و احکام او را که به شما داد، بجا نیاوردید.
46अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।
46
همهٔ این مصیبتها نشانه و شگفتی ابدی برای شما و فرزندانتان خواهد بود.
47“कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ।
47
خداوند شما را همهگونه برکت داد، امّا شما او را با شادمانی و دلخوشی خدمت نکردید.
48यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्धमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमथि जुन एउटा भारी लाद्नु हुनेछ। तिमीहरूले आफू नाश नहुञ्जेलसम्म हटाउन सकनेछैनौ।
48
بنابراین دشمنانی را که خداوند، علیه شما خواهد فرستاد، خدمت خواهید کرد. شما گرسنه، تشنه و عریان، نیازمند به همهچیز خواهید بود. خداوند یوغ آهنین تا دَم مرگ، بازگردنتان خواهد نهاد.
49“परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।
49
خداوند قومی را که زبان ایشان را نمیدانید از آن سوی دنیا مانند عقاب بر سر شما فرود میآورد.
50तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन अनि ससाना नानीहरूप्रति दया देखाउँदैनन्।
50
آنها مردمانی سنگدل خواهند بود که به پیر و جوان رحم نخواهند کرد.
51तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुञ्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेंडाहरू अथवा बाख्राहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्।
51
ایشان غلّه و رمهٔ شما را خواهند خورد و شما از گرسنگی میمیرید. ایشان برای شما هیچ غلّه، شراب، روغن زیتون و گاو و گوسفند باقی نخواهند گذاشت و شما خواهید مرد.
52“तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्।
52
ایشان همهٔ شهرهای شما را محاصره خواهند کرد تا دیوارهای بلند و مستحکمی را که به آن توکّل دارید، در تمام سرزمین فرو ریزند و آنها شما را در تمام شهرهای سرزمینی که خداوند خدایتان به شما داده است، محاصره خواهند کرد.
53“तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।
53
«هنگام محاصره از ناچاری گوشت پسران و دختران خود را که خداوند به شما داده است، میخورید.
54“त्यस बेला तिमीहरू माझमा भएका अत्यन्तै भला मानिसहरू पनि आफ्नै दाज्यू-भाइ, आफूले प्रेम गरेको पत्नी अनि आफ्नै छोरा-छोरीहरूप्रति पनि अत्यन्तै निष्ठुर हुनेछन्।
54
نجیبترین و رحیمترین مرد، آنقدر درمانده میشود که حتّی به برادر، زن و فرزندان خود که هنوز زنده هستند، رحم نمیکند.
55यसकारण भोजनको अभावमा तिमीहरूले आफ्नै नानीहरू खानेछौ अनि कसैसित बाँड्ने छैनौ जब शत्रुहरूले तिमीहरूको शहरहरूलाई थुनुवामा पार्छन अनि तिमीहरूलाई कष्ट दिन्छन् यी सबै नरम्रा घटनाहरू हुनेछन्।
55
او از گوشتی که میخورد، یعنی از گوشت فرزندان خود، به برادر و زن خود نمیدهد. زیرا در محاصره و تنگیای که گرفتار شده است، غذای دیگری باقی نخواهد ماند.
56“अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे।
56
حتّی نجیبترین و دلرحمترین زن که بهخاطر ثروتمندی هرگز به جایی پیاده نرفته بود، همانطور رفتار خواهد کرد. وقتی دشمنان، شهر را محاصره کنند، حاضر نمیشود که از خوراک خود به شوهر و فرزندان خود بدهد. او از ناچاری و کمبود غذا، کودک نوزاد و جفت نوزاد را پنهان خواهد کرد تا دور از چشم دیگران، مخفیانه و به تنهایی بخورد.
57त्यो स्त्री त्यससमय यति निष्ठूरी हुन्छे उसले गर्भबाट गुप्तरूपले नानी जन्माउछे र त्यो नानी र त्यससित निस्केको साल पनि आफैं खान्छे कारण त्यहाँ खाने कुरा केही हुँदैन। जब शत्रुहरू आएर तिमीहरूको शहरहरू घेर्नेछन र तिमीहरूले कष्ट पाउनेछौ। त्यहाँ त्यस्ता प्रकारको नराम्रा कुराहरू हुनेछन्।
57
«اگر شما به دقّت از هر کلمهٔ شریعت که در این کتاب نوشته شده است، پیروی نکنید و از نام پرجلال و با هیبت خداوند خدایتان نترسید،
58“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ।
58
آنگاه خداوند شما و فرزندانتان را به بلاهای ترسناک و مرضهای مُزمن و بیدرمان دچار میسازد.
59परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ।
59
خداوند بار دیگر شما را به تمام بیماریهای وحشتناکی که در مصر تجربه کردید، گرفتار خواهد کرد و شما هرگز بهبود نخواهید یافت.
60तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ।
60
او همچنین شما را به همهٔ بیماریها و مرضهای واگیرداری که در کتاب قوانین و آموزش خداوند به آنها اشاره نشده است، دچار خواهد کرد و شما نابود خواهید شد.
61परमप्रभुले यस विधिको पुस्तकमा नलेखिएका कष्टहरू र रोगहरू पनि तिमीहरू नष्ट नहुञ्जेलसम्म ल्याउनु हुनेछ। उहाँले यस्ता कष्टहरू निरन्तर ल्याउनु हुनेछ।
61
گرچه تعداد شما به اندازهٔ ستارگان آسمان بیشمار شده است، ولی فقط تعداد کمی از شما باقی خواهند ماند؛ زیرا شما از خداوند خدایتان پیروی نکردید.
62आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सकछन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एकदमै थोरे संख्यामा रहने छौ।
62
همانطور که خداوند از کامیابی و کثیر شدن شما خرسند گردید، به همانگونه با از بین بردن و نابودی شما نیز، خرسند خواهد گشت. شما از سرزمینی که در شرف تصرّف آن هستید، آواره خواهید شد.
63“तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेटूनेछन्।
63
«خداوند شما را در بین همهٔ ملّتها در سراسر جهان پراکنده خواهد کرد و در آنجا خدایان چوبی و سنگی را خدمت خواهید کرد؛ خدایانی که شما و نیاکانتان هرگز پرستش نکرده بودید.
64पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।
64
در هیچ کجا آرامش نخواهید یافت، هیچ مکانی را خانه نخواهید نامید، خداوند شما را پر از نگرانی، ناامیدی و بیچارگی خواهد ساخت.
65“ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ।
65
زندگی شما همواره در خطر خواهد بود. شب و روز، شما وحشت زده خواهید بود. شما همیشه با ترس از مرگ خواهید زیست.
66तिम्रो जीवन डरले परिपूर्ण हुनेछ र तिमीहरू रात-दिन सधैं डराएको हुनेछौ अनि तिमीहरू आफ्नो जीवनप्रति विश्वस्त हुने छैनौ।
66
قلبهای شما با وحشت از آنچه که میبینید خواهد تپید. هر بامداد، آرزوی شامگاه و هر شامگاه، آرزوی بامداد را خواهید کرد.
خداوند شما را با کشتی به مصر خواهد فرستاد، هرچند قبلاً گفته بود شما هرگز دیگر به آنجا نخواهید رفت. آنجا شما تلاش خواهید کرد، خود را به دشمنانتان به بردگی بفروشید، امّا کسی شما را نخواهد خرید.»
67बिहानै तिमी भन्ने छौ, ‘यो बेलुकी भए हुनेथ्यो बेलुकी तिमी भन्नेछौ, ‘यो बिहान भए हुन्थ्यो। किन? किनभने तिम्रो हृदयमा डर हुनेछ अनि तिमीले नराम्रा कुराहरू देख्नेछौ।’
67
خداوند شما را با کشتی به مصر خواهد فرستاد، هرچند قبلاً گفته بود شما هرگز دیگر به آنجا نخواهید رفت. آنجا شما تلاش خواهید کرد، خود را به دشمنانتان به بردگی بفروشید، امّا کسی شما را نخواهد خرید.»
68परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, “तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।” मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।