1“मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ।
1
«من اکنون بین برکت و لعنت به شما حق انتخاب دادهام. هنگامیکه همهٔ این وقایع بر شما روی داد، و در میان اقوامی زندگی کنید که خداوند شما را در میان آنها پراکنده گرداند، سخنان مرا بهیاد خواهید آورد.
2त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ।
2
اگر شما و فرزندانتان به سوی خداوند بازگردید و از فرمانهای خداوند با دل و جان پیروی کنید،
3तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ।
3
آنگاه خداوند خدایتان، شما را از اسارت آزاد میسازد و بر شما رحم میکند و شما را که در بین اقوام بیگانه، پراکنده کرده است، دوباره جمع و کامیاب میکند.
4यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ।
4
حتّی اگر شما در دورترین نقاط جهان پراکنده باشید، خداوند خدایتان شما را گرد هم خواهد آورد و بازخواهد گرداند.
5जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ।
5
او شما را بار دیگر به سرزمینی که به اجدادتان تعلّق داشت میآورد تا آن را تصاحب کنید. شما را بیشتر از اجدادتان کامران میسازد و به تعداد شما میافزاید.
6अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।
6
خداوند خدایتان به شما و فرزندانتان دلهای پاک و فرمانبردار عطا میکند تا خداوند خدایتان را از دل و جان دوست بدارید و در آن سرزمین همیشه زندگی کنید.
7“अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे।
7
او همهٔ این لعنتها را علیه دشمنان شما متوجّه خواهد کرد، کسانیکه از شما متنفّر بودند و به شما ظلم کردند.
8अनि फेरि तिमीहरूले परमप्रभुको आज्ञा मान्ने छौ र जुन म आज तिमीहरूलाई बताई रहेछु, पालन गर्नेछौ।
8
شما دوباره مطیع خداوند میشوید و از احکامی که امروز به شما میدهم پیروی میکنید.
9परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ।
9
خداوند شما را در همهٔ کارهایتان کامیاب خواهد کرد. فرزندان زیاد به شما عطا میکند و گلّه و رمه و محصولات زمینتان را فروان میسازد. او از کامیاب نمودن شما به همان اندازهای خوشحال میشود که از کامیاب نمودن نیاکانتان خوشحال بود.
10व्यवस्थाको यस पुस्तकमा लेखिएका आज्ञाहरू पालन गर्यौ र नियमहरूको अनुसरण गर्यौ भने र यी सबै आफ्नो सम्पूर्ण हृदय र सम्पूर्ण प्राणले परमप्रभु तिमीहरूको परमेश्वरलाई तिमीहरूले आज्ञा पालन गर्नेछौ! यी सबै राम्रा राम्रा चीजहरू तिमीहरूले पाउनेछौ तर परमप्रभु तिमीहरूको परमेश्वरले जे भन्नु भएको छ त्यो तिमीहरूले मान्नुपर्छ। जीवन र मृत्यु
10
ولی شما باید از او پیروی کنید و تمام فرمانهایی را که در کتاب آموزشی او نوشته شده، بجا آورید. شما باید با تمام دل و جان به سوی او بازگردید.
11“आदेश जो म तिमीहरूलाई आज दिंदैछु त्यो पालनगर्न न अप्ठयारो छ न टाढा नै छ।
11
«فرمانهایی که امروز به شما میدهم، بسیار دشوار و غیر ممکن نیست.
12यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सएछौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्नु र गर्नु सएछौ।’
12
در آسمان قرار ندارند که بگویید: 'چه کسی میتواند به آسمان برود و آنها را برای ما بیاورد تا بشنویم و از آنها اطاعت کنیم؟'
13यो आदेश समुद्रको अर्को किनारमा छैन तब हामी भन्न सएछौ, ‘हाम्रो निम्ति समुद्र पार गरेर को जानेछ र त्यो लिएर आउनेछ? अनि हामीले सुन्न र गर्न सएने हुन्छौ।’
13
و نه در آن سوی دریا هستند که بگویید: 'کیست که بتواند به آن طرف دریا عبور کند و آنها را برای ما بیاورد تا بشنویم و از آنها اطاعت کنیم؟'
14होइन, त्यो शब्द तिमीहरूको अत्यन्तै नजिकै छ, त्यो तिमीहरूले पालन गर्न सएछौ कारण त्यो तिमीहरूको मुखमा छ अनि हृदयमा छ।’
14
این قوانین بسیار به شما نزدیكند. آنها در دهان و قلب شما هستند تا بتوانید آنها را بجا آورید.
15“आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु।
15
«ببینید، من امروز در برابر شما زندگی و نیکی، مرگ و بدبختی را قرار میدهم.
16म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुसरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिंजिनेछन्।
16
اگر از احکام خداوند خدایتان که امروز به شما میدهم اطاعت کنید، او را دوست بدارید، در راه او قدم بردارید و اوامر، قوانین و دستورات او را بجا آورید، آنگاه عمر طولانی خواهید داشت. به تعدادتان افزوده میشود و خداوند خدایتان در سرزمینی که وارد میشوید، به شما برکت میدهد.
17तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने,
17
امّا اگر نافرمانی کنید و گوش ندهید، به دنبال خدایان دیگر بروید و آنها را بپرستید،
18तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेताउनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।
18
حالا من در اینجا به شما اخطار میکنم، شما نابود خواهید شد و در سرزمینی که در آن سوی رود اردن اشغال خواهید کرد، چندان دوام نخواهید آورد.
19“आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सएछौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाच्ने छन्।
19
من آسمان و زمین را شاهد میگیرم که امروز زندگی و مرگ، برکت و لعنت را در برابر شما قرار دادهام. پس زندگی را انتخاب کنید تا شما و فرزندانتان زنده بمانید.
خداوند خدایتان را دوست بدارید، از او اطاعت کنید و به او وفادار بمانید، زیرا که او وسیلهٔ حیات شماست و به شما و فرزندانتان در آن سرزمینی که به اجدادتان، ابراهیم، اسحاق و یعقوب وعده فرموده است عمر طولانی خواهد داد.»
20तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनु हुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”
20
خداوند خدایتان را دوست بدارید، از او اطاعت کنید و به او وفادار بمانید، زیرا که او وسیلهٔ حیات شماست و به شما و فرزندانتان در آن سرزمینی که به اجدادتان، ابراهیم، اسحاق و یعقوب وعده فرموده است عمر طولانی خواهد داد.»