1तब मोशा अघि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने।
1
موسی در ادامهٔ سخنان خود به قوم اسرائیل چنین گفت:
2मोशाले तिनीहरूलाई भने, “म अहिले 120 वर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्ने छैनौ,’ परमप्रभुले मलाई भन्नुभयो।
2
«من اکنون صد و بیست ساله هستم و دیگر توان رهبری شما را ندارم به جز این، خداوند به من فرمود که من از رود اردن عبور نخواهم کرد.
3परमप्रभु तिमीहरूका परमेश्वर अगुवा हुनुहुनेछ र तिमी अघि ती जातिहरूलाई नष्ट पार्नु हुनेछ अनि तिमीले तिनीहरूको भूमि लिनेछौ। परमप्रभुको प्रतिज्ञा अनुसार यहोशूले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्।
3
خداوند خدایتان خودش پیش از شما به آن سرزمین میرود و مردمانی را که در آنجا زندگی میکنند، نابود میکند تا شما بتوانید سرزمین آنها را اشغال کنید. همچنین همانطور که خداوند گفته است، یوشع رهبر شما خواهد شد.
4“परमप्रभुले तिनीहरूलाई एमोरीहरूका राजाहरू सीयोन र ओग तथा तिनीहरूको भूमिलाई ध्वंश पार्दा जसो गर्नु भएको थियो तिनीहरूलाई पनि त्यस्तै गर्नुहुन्छ।
4
خداوند این مردم را نابود خواهد ساخت همانطور که سیحون و عوج پادشاهان اموری را شکست داد و سرزمین آنها را نابود کرد.
5ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिनीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ।
5
خداوند شما را بر آنها پیروز خواهد کرد و شما باید دقیقاً همانطور که فرمان دادهام، با آنها رفتار کنید.
6शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसंगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”
6
قوی و دلیر باشید، ترس و وحشت را به دلهای خود راه ندهید، زیرا خداوند خدایتان با شما خواهد بود. شما را تنها نمیگذارد و ترک نمیکند.»
7तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ।” मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ।
7
بعد موسی، یوشع را احضار کرده در حضور تمام قوم اسرائیل به او گفت: «قوی و دلیر باش، زیرا تو این قوم را به آن سرزمینی که خداوند به اجداد ما وعده فرموده است رهبری میکنی تا آنجا را متصرّف شوند.
8परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।”
8
خداوند پیشاپیش تو حرکت میکند و همراه تو میباشد. او تو را تنها نمیگذارد و ترک نمیکند، پس نترس و هراسان مباش.»
9तब मोशाले व्यवस्था लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए।
9
آنگاه موسی احکام شریعت را نوشت و به کاهنان که مسئول حمل صندوق پیمان خداوند بودند و همچنین به رهبران اسرائیل داد.
10त्यस पछि मोशाले ती बूढा-प्रधानहरूलाई भने, “प्रत्येक सातवर्षको अवधिको अन्तमा यी शिक्षाहरू प्रत्येक आश्रयको उत्सवको दिन स्वतन्त्रताको वर्षमा पढ।
10
و به آنها فرمود: «در پایان هر هفت سال، یعنی در سالی که قرضها بخشیده میشوند، هنگام عید خیمهها و
11त्यस बेला परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा सबै इस्राएली मानिसहरू भेट-घाटको निम्ति आउँछन् तब सबैले सुन्ने गरी यी व्यवस्था पढ्नु पर्छ।
11
در وقتیکه همهٔ قوم اسرائیل در حضور خداوند در مکانی که خداوند برای پرستش خود برگزیده، جمع میشوند این احکام را برای آنها با صدای بلند بخوانید.
12पुरूष, स्त्रीहरू, साना-साना नानीहरू र तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूलाई एकसाथ भेला गर। तिनीहरूले व्यवस्था सुनेर परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नु सिकनेछन् अनि उपदेशमा भनिएको सबै कुराहरू गर्नु सक्षम हुनेछन्।
12
همهٔ مردان، زنان، کودکان و بیگانگانی را که در شهرهای شما زندگی میکنند، گرد هم آورید تا همه بشنوند و بیاموزند و به خداوند خدایتان احترام بگذارند و از آموزشهای او با دقّت پیروی کنند.
13यदि तिनीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिनीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्न सिकनेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिनीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौ अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौ।”
13
به این ترتیب فرزندان شما که هرگز قوانین خداوند خدایتان را نشنیدهاند، آنها را خواهند شنید تا زمانی که در سرزمینی که شما تصرّف خواهید کرد، زندگی کنند خواهند آموخت که از خداوند اطاعت کنند.»
14परमप्रभुले मोशालाई भन्नुभयो, “हेर, तिम्रो मृत्यु नजिकै आएको छ। यहोशूलाई ल्याऊ अनि भेट हुने पालमा आऊ। म यहोशूलाई उसले गर्नु पर्ने कार्यहरू बारे बताउनेछु।” यसकारण मोशा र यहोशू भेट हुने पालमा गए।
14
خداوند به موسی فرمود: «وقت مرگت نزدیک شده است. یوشع را صدا بزن و با خود به خیمهٔ عبادت بیاور تا به او مأموریت بدهم.» پس موسی و یوشع به خیمهٔ عبادت رفتند.
15परमप्रभु लामो बादलको खामोमा देखा पर्नु भयो। त्यो लामो खम्बा प्रवेशद्वारमा खडा थियो।
15
خداوند در ستون ابر ظاهر شد و پیش دروازهٔ خیمهٔ عبادت ایستاد.
16परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्।
16
خداوند به موسی فرمود: «بزودی خواهی مرد. بعد از مرگ تو این مردم در سرزمینی که میروند، به من خیانت میکنند و خدایان غیر را میپرستند، مرا از یاد میبرند و پیمانی را که من با آنها بستهام، میشکنند.
17त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आफ्त र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’
17
آنگاه در آن روز خشم من علیه آنها شعلهور خواهد شد و ایشان را ترک خواهم نمود و آنها نابود خواهند شد و پلیدی و دشواریهای فراوانی بر آنها فرود خواهد آمد تا در آن روز با خود بگویند 'بهخاطر نبودن خداوند در میان ماست که دچار این پلیدیها شدهایم.'
18तिनीहरूले मलाई छोडेर अरू देवताहरू पूज्ने जस्तो अनिष्ट कार्यहरू गरेको निम्ति म तिनीहरूलाई सहायता गर्न अस्वीकार गर्छु।
18
به سبب پلیدی و پرستش خدایان دیگر، ایشان را یاری نخواهم کرد.
19“यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्।
19
«حالا این سرود را بنویس و به مردم اسرائیل بیاموز تا این مدرکی از جانب من علیه آنها باشد.
20जब म तिनीहरूलाई मैले दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह बगिरहेको भूमिमा ल्याउँछु अनि जति सएदो खाएर मोटाए पछि मलाई बिर्सेर अन्य देवताको सेवा तथा पूजा गर्छन्।
20
من آنها را به آن سرزمینی غنی و حاصلخیز خواهم برد، همانطور که به اجدادشان وعده داده بودم. آنجا هرچه غذا بخواهند، خواهند داشت و به راحتی زندگی خواهند کرد امّا آنها از من روی گردانیده و خدایان دیگر را پرستش خواهند کرد. آنها مرا رد خواهند کرد و پیمان مرا خواهند شکست.
21तब धेरै डरलाग्दा कुराहरू तिनीहरूमाथि घट्नेछन् अनि तिनीहरूले धेरै कष्टहरू बेहोर्नु पर्छ। त्यस समयमा पनि तिनीहरूका मानिसहरूले त्यो गीत जान्दछन् र यसले तिनीहरू कति भूल गरिरहेका थिए बुझाउनेछ। मैले अहिलेसम्म तिमीहरूलाई भूमिमा ल्याएको छैन जो म दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, तर पहिला नै मैले जानिसकेकोछु तिनीहरूले के गर्ने योजना बनाउँदैछन्।”
21
به مصیبتهای وحشتناکی دچار خواهند شد. امّا این سرود هنوز خوانده خواهد شد و مدرکی علیه ایشان خواهد بود. حتّی قبل از اینکه من آنها را به سرزمینی که به آنها وعده دادم، ببرم، از افکار ایشان آگاهم.»
22यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए।
22
در همان روز موسی این سرود را نوشت و به قوم اسرائیل آموخت.
23तब परमप्रभुले नूनका छोरो यहोशूसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।”
23
سپس خداوند به یوشع پسر نون فرمود: «قوی و دلیر باش، زیرا تو قوم اسرائیل را به سرزمینی که به آنها وعده دادم، هدایت میکنی و من همراه تو خواهم بود.»
24यी सबै व्यवस्था वचन मोशाले एउटा पुस्तकमा लेखे। जब तिनले लेखिसके,
24
هنگامیکه موسی نوشتن همهٔ قوانین را در کتاب به پایان رساند،
25तिनले लेवीहरूलाई आज्ञा दिए। यी मानिसहरू परमप्रभुका करारको सन्दूक बोएछन्। मोशाले भने,
25
به لاویانی که مسئول حمل صندوق پیمان خداوند بودند گفت:
26“व्यवस्थाको यो पुस्तक ल्याऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख। तब यो तिमीहरूको विरूद्धमा साक्षीको रूपमा हुनेछ।
26
«این کتاب را که حاوی احکام شریعت است بگیرید و در کنار صندوق پیمان خداوند خدایتان قرار دهید تا هشداری برای قوم اسرائیل باشد.
27म जान्दछु तिमीहरू अट्टेरी गर्नेछौ।
27
زیرا میدانم آنها چقدر سرسخت و سرکش هستند. اگر حالا که زنده در کنار آنها هستم، چنین سرکشی میکنند، وای به حال زمانی که بمیرم.
28तिमीहरूका कुल समूहका सबै अगुवाहरू र बूढा-प्रधानहरूलाई लिएर आऊ। म तिनीहरूलाई यी सबै कुराहरू बताउनेछु अनि पृथ्वी र स्वर्गलाई तिनीहरूको विरूद्धमा साक्षी बस्न लगाउने छु।
28
حالا تمام ریشسفیدان و رهبران قوم را جمع کنید تا این سخنان را به آنها بگویم و آسمان و زمین را بر آنها شاهد بگیرم.
29म जान्दछु मेरो मृत्युपछि तिमीहरू दुष्ट हुनेछौ। मैले अनुसरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सर्ने छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किन? किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।” मोशाको स्तुति गीत
29
میدانم پس از مرگ من، مردم شرور خواهند شد و آنچه را به آنها آموختهام رد خواهند کرد، و آنها در آینده با دشواریها روبهرو خواهند شد زیرا آنچه را در نظر خداوند پلید است، بجا میآورند و خداوند را خشمگین خواهند کرد.»
سپس موسی تمام این سرود را برای همهٔ مردم اسرائیل خواند و آنها به او گوش فرا دادند.
30तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सकूञ्जेलसम्म सुनाए।
30
سپس موسی تمام این سرود را برای همهٔ مردم اسرائیل خواند و آنها به او گوش فرا دادند.