Nepali

Persian

Deuteronomy

8

1“आज म जुन आज्ञाहरू दिइरहको छु ती सब तिमीहरूले पालन गर्नुपर्छ तब मात्र तिमीहरू महान् राष्ट्रमा विकास हुन सक्छौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई वचन दिनु भएको भूमि तिमीहरूले पाउनेछौ।
1 «تمام فرمانهایی را که امروز به شما داده‌ام، به دقّت انجام دهید تا زنده بمانید و زیاد شوید، و وارد زمینی که خداوند به نیاکان شما وعده داده بود، شوید و آن را تصرّف کنید.
2अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरूभूमिमा चालीस वर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो।
2 شما باید به یاد داشته باشید که خداوند چگونه شما را در این چهل سال در بیابان هدایت کرد تا شما را فروتن کند و شما را بیازماید تا بداند در قلب شما چیست، آیا فرمانهای او را بجا می‌آورید یا نه.
3परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्।
3 او شما را فروتن کرد و گرسنه گذاشت و بعد شما را با مَنّا تغذیه کرد که نه شما می‌شناختید و نه نیاکانتان تا به شما بفهماند که زندگی انسان فقط بسته به نان نیست، بلکه به هر کلمه‌ای که خدا می‌فرماید.
4बितेको चालीस वर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किन? किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो।
4 در این چهل سال لباسهای شما پاره نشد و پاهای شما متورّم نگشت.
5परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।
5 به یاد داشته باشید، همان‌طور که پدر، پسر خود را تأدیب می‌کند، خداوند خدایتان نیز شما را تأدیب می‌کند.
6“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू अनुसरण गर्नुपर्छ। उहाँलाई अनुसरण गर अनि सम्झना गर।
6 پس شما باید از فرمانهای خداوند اطاعت کنید و در راه او قدم بردارید و از او بترسید.
7परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ।
7 زیرا خداوند شما را به سرزمین حاصلخیزی می‌برد که جویهای آب، چشمه‌ها و رودخانه‌ها از وادیها و کوههای آن جاری است
8त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ।
8 سرزمینی که در آن گندم، جو، انگور، درختان انجیر، انار و زیتون، عسل
9त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने पत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ।
9 و خوراک به فراوانی یافت می‌شود و در آنجا به هیچ چیزی محتاج نخواهید بود. در آن سرزمین و کوههایش پُر از معادن آهن و مس می‌باشد.
10तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराऊ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ।
10 در آنجا بخورید و سیر ‌شوید و خداوند خدایتان را به‌خاطر این سرزمین با برکتی که به شما بخشیده، شکر ‌کنید.
11“सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर।
11 «امّا احتیاط کنید که خداوند خدایتان را از یاد نبرید. احکام، قوانین و دستورات او را که امروز به شما ابلاغ می‌کنم، بجا آورید.
12तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ।
12 در آنجا بخورید و سیر شوید و برای سکونت خود خانه‌های زیبا بسازید
13तिमीहरूसित गाई, भेडा अनि बाख्राहरू धेरै बढेर जानेछन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।
13 و هنگامی‌که رمه، گلّه، نقره، طلا و دارایی‌تان افزایش یابد،
14जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स।
14 نباید مغرور شوید و خداوند خدایتان را که شما را از اسارت و بردگی در مصر بیرون آورد، فراموش کنید.
15परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूखा मरूभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो।
15 او شما را در بیابان بزرگ و وحشتناک و خشک و بی‌علف که پُر از مارهای سمی و کژدم بود، راهنمایی کرد. از دل سنگ خارا به شما آب داد.
16मरूभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किन? किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो।
16 در آن بیابان شما را با مَنّا که اجدادتان آن را ندیده بودند، تغذیه کرد تا شما را فروتن سازد و بیازماید و در آخر به شما برکت بدهد.
17यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’
17 هیچ‌گاه نگویید: 'ما با نیرو و قدرت خود این ثروت را به دست آورده‌‌ایم.'
18परमप्रभु तिमीहरूका परमेश्वरको स्मरण गर। उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरूलाई ती सब गर्न शक्ति दिनुहुन्छ। किन परमप्रभुले यसो गर्नुहुन्छ? किनभने आज उहाँले जे गरिरहनु भएको छ तिमीहरूका पिता-पुर्खाहरूसित गरिएको करार पनि यस्तै राख्नु चाहनुहुन्छ।
18 خداوند خدایتان را همیشه به‌خاطر داشته باشید، زیرا اوست که به شما قدرت و ثروت عطا می‌کند تا وعد‌ه‌ای را که به نیاکانتان داده بود، انجام دهد.
19“परमप्रभु तिमीहरूको परमेश्वरलाई र्नबिस। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुशरण नगर। यदि त्यसो गर्यौ भने म चेताउनी दिन्छु तिमीहरू निश्चय ध्वंश हुनेछौ।
19 امّا اگر خداوند خدایتان را فراموش کنید و از خدایان دیگر پیروی کنید و آنها را بپرستید، من به شما اخطار می‌کنم که هلاکت شما حتمی است. مانند اقوامی که خداوند پیش روی شما نابود کرد، شما نیز نابود خواهید شد؛ زیرا شما از صدای خداوند خدایتان پیروی نکردید.
20तिमीहरूको निम्ति परमप्रभुले अन्य राष्ट्रहरू ध्वंश पार्नुहुँदैछ र यदि तिमीहरूले अरू देवता माने तिमीहरूलाई पनि तिनीहरूलाई जस्तै ध्वंश पारिने छ। किन? किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई मान्नु छाड्यौ।”
20 مانند اقوامی که خداوند پیش روی شما نابود کرد، شما نیز نابود خواهید شد؛ زیرا شما از صدای خداوند خدایتان پیروی نکردید.