1“हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान् राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ठूला-ठूला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्।
1
«ای قوم اسرائیل بشنوید! شما امروز باید از رود اردن عبور کنید تا سرزمین آن طرف دریا را تصرّف کنید. مردمی که در آنجا زندگی میکنند بزرگتر و قویتر از شما هستند و شهرهای مستحکم و سر به فلک کشیده دارند.
2त्यहाँका बासिन्दाहरू अनाकीहरू हुन र तिनीहरूको विषयमा तिमीहरू जान्दछौ। तिनीहरू अग्ला-अग्ला र बलिया हुन्छन् जासूसहरूले ‘तिनीहरूलाई कसैले जित्न सक्तैन’ भनेको सुनेका छौ।
2
آنها مردمی قد بلند و قوی هستند، آنها غولند و شما شنیدهاید که میگویند کیست که بتواند در برابر فرزندان عناق مقاومت کند.
3आज तिमीहरूले त्यो निश्चय गर परमप्रभु तिमीहरूका परमेश्वर जो तिमीहरूको अघि जानु हुनेछ, जो भस्म गर्ने आगो झैं हुनुहुन्छ, ती जातिहरूका मानिसहरूलाई तिमीहरूको अघि लड्ने बनाउनु हुनेछ अनि उहाँले तिनीहरूलाई नष्ट गर्नु हुनेछ अनि तिमीहरूले तिनीहरूलाई चाँडै तिनीहरूको भूमिहरूबाट लखेटेर ध्वंश पार्नेछौ। परमप्रभुले तिमीहरूसित यस्तो हुनेछ भनेर प्रतिज्ञा गर्नु भएको थियो।
3
بدانید امروز خداوند خدایتان پیش از شما مانند آتش سوزندهای به آنجا وارد میشود و آنها را نابود میکند و در مقابل شما تسلیم میسازد تا شما طبق وعدهٔ خداوند آنها را بیرون کنید و به سرعت نابود سازید.
4“परमप्रभु तिमीहरूका परमेश्वरले ती राष्ट्रका मानिसहरूलाई तिमीहरूको निम्ति देशबाट निकाली दिनु हुनेछ। ‘तर तिमीहरू आफैं यस्तो नभन तिमीहरू धार्मिक मानिसहरू हौ!’ यसकारण परमप्रभुले तिमीहरूलाई त्यहाँ बसाउन ल्याँउनु हुँदैछ। कारण के हो भने तिमीहरू धार्मिक मानिसहरू भएकाले होइन तर ती मानिसहरू नै दुष्ट भएकाले तिनीहरूलाई आफ्नो भूमिबाट बाहिर निकालिंदैछ।
4
«وقتی خداوند خدایتان آنها را از سر راهتان دور کرد، نگویید: 'چون ما مردمی نیک هستیم، خداوند ما را به اینجا آورد تا آن را تصرّف کنیم.' بلکه به سبب شرارت ساکنان آنجا بود که خداوند آنها را از آنجا بیرون راند.
5तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ।
5
بهخاطر عدالت و پاکی شما نیست که شما این سرزمین را تصرّف خواهید کرد، بلکه به دلیل شرارت این اقوام است که خداوند آنها را از پیش شما بیرون میکند تا وعدهای را که خداوند به نیاکان شما، یعنی ابراهیم، اسحاق و یعقوب داده است، عملی سازد.
6परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल भूमि दिनु हुँदैछ, तर तिमीहरूले जान्नु आवश्यक छ परमप्रभुले यसो गर्नुको अर्थ यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ। सत्य यो हो कि तिमीहरू हठी मानिसहरू हौ।
6
باز میگویم که خداوند خدایتان بهخاطر اینکه شما مردم نیكی هستید، این سرزمین حاصلخیز را به شما نمیدهد. شما برعکس قوم سرکشی هستید.
7“नबिर्स तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई मरूभूमिमा रीस उठाएका थियौ। मिश्र देश छोडेको दिनदेखि यहाँ आईपुगुञ्जेलसम्म तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।
7
«بهخاطر داشته باشید و فراموش نکنید که چطور آتشِ خشم خداوند خدایتان را در بیابان برافروختید. از همان روزی که شما از سرزمین مصر خارج شدید و به این سرزمین آمدید، بارها در مقابل خداوند سرکشی کردهاید.
8होरेब पर्वतमाथि तिमीहरूले परमप्रभुलाई यति क्रोधित तुल्यायौ उहाँले तिमीहरूलाई नष्ट पार्नु हुनेथियो।
8
حتّی در کوه سینا هم او را به حدّی خشمگین ساختید که میخواست شما را از بین ببرد.
9[This verse may not be a part of this translation]
9
هنگامیکه به بالای کوه رفتم تا لوحهای سنگی، یعنی لوحهای پیمانی را که خداوند با شما بست بگیرم، مدّت چهل شبانهروز گرسنه و تشنه در آنجا ماندم.
10ती शिला-पाटीमा आफ्नै औंलाले तिमीहरू जुन दिन पर्वतमा सँगै भेला भएका थियौ त्यसदिन उहाँले तिमीहरूलाई आगोद्वारा भन्नु भएका सबै आज्ञाहरू लेख्नु भयो।
10
خداوند، دو لوح سنگی را که با انگشت خود نوشته شده بود، به من داد و بر آنها تمام سخنانی که خداوند در روز اجتماع، در کوه از میان آتش به شما گفته بود، نوشته بود.
11“यसकारण चालीस दिन चालीस रातको अन्तमा परमप्रभुको करार लेखिएका दुइवटा च्याप्टो शिला-पाटीहरू उहाँले मलाई दिनु भयो।
11
خداوند بعد از چهل شبانهروز، این دو لوح سنگی یعنی لوحهای پیمان را به من داد.
12त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘उठ अनि चाँडै तल गई हाल। तिमीले मिश्रदेशबाट ल्याएका मानिसहरू आफैं नष्ट भइरहेका छन्। यति चाँडै तिनीहरूले मेरो आज्ञाहरू पालन गर्नु छोडे। तिनीहरूले सुन पगालेर आफ्नो निम्ति मूर्ति बनाएका छन्।’
12
«بعد خداوند به من فرمود: 'فوراً برخیز و پایین برو، زیرا آن مردمی را که از سرزمین مصر آوردی، همه فاسد شدهاند. به سرعت از راهی که من به آنها نشان داده بودم، منحرف شده و برای خود بُتی ساختهاند.'
13“परमप्रभुले मलाई यसो पनि भन्नुभयो, ‘यी मानिसहरू अति हठी छन्, मैले निरीक्षण गरें।
13
«خداوند چنین فرمود: 'این قوم واقعاً مردمی سرکش هستند.
14मलाई यी मानिसहरू नष्ट पार्न दिइयोसू जसले गर्दा म तिनीहरूको नाउँ स्वर्गबाट मेटाउन सकूँ। त्यसपछि म तिमीहरूलाई तिनीहरूभन्दा महान् र धेरै शक्तिशाली राष्ट्र बनाउनेछु।
14
پس مرا بگذار که آنها را از بین ببرم و نامشان را از صفحهٔ روزگار محو کنم. آنگاه برای تو قومی قویتر و بزرگتر از آنها به وجود میآورم.'
15“पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरें।
15
«درحالیکه کوه شعلهور بود، من دو لوح پیمان خداوند را در دست داشتم و از کوه پایین آمدم.
16अनि मैले देखे कि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरूद्ध पाप काम गरिरहेका थियौ। तिमीहरूले सुन पगालेर बाछोको मूर्ति बनाएको देखें। तिमीहरूले यति चाँडै परमप्रभुको आज्ञा पालन गर्न छाड्यौ।
16
آنگاه وقتی بت گوسالهای را که ساخته بودید دیدم، دانستم که شما به راستی در مقابل خداوند گناه ورزیدهاید و خیلی زود از احکام خداوند سرپیچی کردهاید.
17यसकारण मैले ती पाटीहरू तल फ्याँकी दिएँ अनि मेरो आँखाअघि नै ती टुक्रा-टुक्रामा परिणत भए।
17
من لوحهایی را که در دست داشتم در برابر چشمانتان بر زمین زده شکستم.
18त्यसपछि अघिकै झैं चालीस दिन चालीस रातसम्म केही नर्खाइ पानीसम्म पनि नपिई परमप्रभु अघि भूइँमा घोप्टिएर शरण परें। तिमीहरूले धेरै पाप गरेको कारण मैले त्यसो गरें। परमप्रभुको निम्ति जुन अनिष्ट थियो त्यही गरेर परमप्रभुलाई क्रोधित तुल्यायौ।
18
بار دیگر مدّت چهل شبانهروز در حضور خداوند رو به خاک افتادم. نه نان خوردم و نه یک قطره آب نوشیدم. زیرا بهخاطر گناه شما و کارهای زشتی که کرده بودید، خداوند را به خشم آوردید.
19उहाँ यति साह्रो क्रोधित हुनुहुन्थ्यो तिमीहरूलाई ध्वंश पार्न सक्नु हुन्थ्यो, यसकारण म अति भयभीत थिएँ। तर परमप्रभुले मेरो विन्ती फेरि सुन्नुभयो।
19
من میترسیدم که خداوند از شدّت خشم، شما را نابود سازد، امّا خداوند بار دیگر دعایم را قبول کرد.
20परमप्रभु हारूनसित पनि साह्रो क्रोधित हुनुहुन्थ्यो र तिनलाई ध्वंश पार्न सक्नु हुन्थ्यो। यसकारण त्यस बेला मैले हारूनको निम्ति पनि प्रार्थना गरें।
20
خداوند چنان بر هارون هم خشمگین شد که میخواست او را هلاک کند، امّا من شفاعت او را نیز کردم.
21तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाए, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ।
21
بعد گوسالهای را که شما ساخته بودید در آتش سوزاندم و آن را خُرد کرده خوب ساییدم تا مانند غبار نرم شد و آن را در نهری که از کوه جاری بود ریختم.
22“तिमीहरूले परमप्रभुलाई तबेरा, मस्सा अनि किब्रोथ हत्तावामा पनि क्रोधित बनायौ।
22
«در تبعیره، مَسّا، قبروت و هتاوه هم خشم خداوند را برافروختید.
23अनि जब परमप्रभुले तिमीहरूलाई कादेशबर्ने छोड्ने आज्ञा दिनु भएको थियो तर तिमीहरू मानेनौ। उहाँले भन्नुभएको थियो, ‘जाऊ, मैले दिएको भूमि लेऊ।’ तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँलाई अविश्वास गर्यौ अनि उहाँको आज्ञा मानेनौ।
23
وقتیکه خداوند در قادش برنیع به شما گفت: 'به سرزمینی که به شما دادهام بروید و آن را تصاحب کنید،' شما امر خداوند خدایتان را بجا نیاوردید؛ به او اعتماد ننموده، و از او اطاعت نکردید.
24मैले तिमीहरूलाई जानेको दिन देखि तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।
24
از روزی که شما را میشناسم، علیه خداوند سرکشی کردهاید.
25“यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अघि निहुरी रहें किन? किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्य गर्नु भएको थियो।
25
«چون خداوند میخواست شما را از بین ببرد، من مدّت چهل شبانهروز در حضور او به خاک افتادم
26मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिमा छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन र यिनीहरूलाई नष्ट नगर्नुहोस्।
26
و به درگاه او دعا کردم و گفتم: 'ای خداوند، خدای من، این مردم را که قوم تو هستند با قدرت عظیمت از مصر نجات دادی.
27तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकूबलाई दिनु भएको प्रतिज्ञा सम्झनु होस्। तिनीहरू कति हठी छन् त्यो बिर्सनु होस् अनि तिनीहरूले गरेको पाप तिर नहेर्नु होस्।
27
بندگانت ابراهیم، اسحاق و یعقوب را بهیاد آور و از سرکشی، شرارت و گناه این مردم چشم بپوش،
28यदि तपाईंले तिनीहरूलाई सजाय दिनुभयो भने मिश्र देशवासीहरूले भन्ने छन्, ‘परमप्रभु आफूले दिनु भएको प्रतिज्ञा अनुसार तिनीहरूलाई भूमि दिनु सक्षम हुनु भएन। उहाँले तिनीहरूलाई घृणा गर्नु भयो र मार्नुको निम्ति मरूभूमिमा लैजानु भयो।’
28
زیرا مردم مصر خواهند گفت: چون خداوند نتوانست آنها را به سرزمینی که وعده داده بود برساند و بهخاطر اینکه از آنها نفرت داشت آنها را از اینجا بیرون برد تا در بیابان هلاک شوند.
امّا این مردم، قوم تو هستند و تو آنها را با قدرت و بازوی توانایت به اینجا آوردی.'
29हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिंजाएर ल्याउनु भयो।
29
امّا این مردم، قوم تو هستند و تو آنها را با قدرت و بازوی توانایت به اینجا آوردی.'