1यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।
1
این است مکاشفاتی که خداوند دربارهٔ یهودا و اورشلیم در زمان سلطنت عزیا، یوتام، آحاز و حزقیا به اشعیا پسر آموص آشکار ساخت:
2हे, आकाश र पृथ्वी परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु भन्नु हुन्छ, “मैले मेरा नानीहरूलाई पालन-पोषण गरें। मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ तर तिनीहरू नै मेरो विरोधी भए।
2
ای آسمان بشنو و ای زمین گوش فرا ده زیرا خداوند سخن میگوید: «فرزندان پروردم و بزرگ کردم، امّا آنها بر من شوریدهاند.
3गोरूले आफ्नो मालिकलाई चिन्छ अनि गधा आफ्नो स्वामीले दाना दिने डुँड कहाँ छ जान्दछ। तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्। मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”
3
گاو مالک خویش و الاغ آخور صاحب خود را میشناسد، امّا اسرائیل نمیشناسد. قوم من فهم ندارند.»
4इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौगो भारी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छाडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे।
4
ای ملّت گناهکار، ای قوم پر خطا و نسل فاسد، شما خداوند -خدای قدّوس اسرائیل- را ترک و به او پشت کردهاید.
5परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बद्लिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वास्थ छ।
5
چرا به سرکشی خود ادامه میدهی ای اسرائیل؟ آیا میخواهی بیش از این مجازات شوی؟ هم اکنون سرت زخمی و قلب و فکرت بیمار است.
6तिमीहरूका पैतालादेखी टुप्पी सम्म, शरीरको प्रत्येक अङ्गमा चोटै चोट र पीडै-पीडाहरू मात्र छन्। तिमीहरूले आफ्ना पिडाहरूको ध्यानै गरेका छैनौ। तिमीहरूका घाउहरू न त सफा गरिएकाछन न त पुरिएकै छन्।
6
تمام بدنت -از سر تا به پا- پوشیده از تاول و زخم و جراحت است و جای سالمی در آن نیست. زخمهای تو هنوز پاک نشده و مرهم و دارویی بر آن نگذاشتهاند.
7“तिमीहरूको देश विध्वंश भएको छ। तिमीहरूका शहरहरू आगोले जलिसकेका छन्। तिम्रा शत्रुहरूले तिमीहरूको जग्गा-जमीन लगिसकेको छ। तिमीहरूको जग्गा-जमीन सेनाहरूद्वारा ध्वंस्त पारिएको एउटा देश जस्तो छ।
7
کشور شما ویران و شهرهایتان در آتش سوخته شده، و در برابر چشمهایتان بیگانگان سرزمین شما را تصرّف میکنند و آن را به ویرانی میکشانند.
8सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएको एक पुरानो छाप्रो जस्तो छ। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छ।”
8
اورشلیم -شهر محاصره شده- مثل نگاهبانی بیدفاع در آلونک یک تاکستان یا سایهبانی در جالیزار باقی مانده است.
9यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा ध्वंस्त भएका छैनौं।
9
اگر خداوند متعال عدّهای را زنده نگه نمیداشت، تمام قوم مثل سدوم و غموره کاملاً از بین میرفت.
10हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन!
10
ای اورشلیم، مردم و حکّام تو مانند مردم و حکّام سدوم و غموره هستند. به آنچه خداوند میگوید گوش بده و به تعالیم او توجّه کن.
11परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेडाको बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिदिँन।
11
خداوند میفرماید: «آیا فکر میکنید من مشتاق قربانیهای سوختنی شما هستم؟ نه، من از گوسفندانی که به عنوان قربانی سوختنی میگذرانید و از چربی پرواریهای شما بیزارم و علاقهای به خون گاو یا گوسفند و بُز شما ندارم.
12“जब तिमीहरू मसंग भेट्न आयौ, तिमीहरूले मेरो आँगनको सबै चीजहरू कुल्चदै आयौ। तिमीहरूलाई त्यसो गर्न कसले भन्यो?
12
چه کسی از شما خواسته است وقتی برای عبادت من میآیید، چنین چیزهایی با خود بیاورید؟ چه کسی از شما خواسته خانهٔ مرا چنین لگدمال کنید؟
13“व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु।
13
اهدای چنین قربانیهایی بیفایده است. از بوی بُخورهایی که میسوزانید، بیزارم. دیگر نمیتوانم اجتماع شریرانهٔ شما را برای جشنهای ماه نو و سبتها تحمّل کنم.
14मेरा सम्पूर्ण हृदयबाटै तिमीहरूले गरेका मासिक सभा र महासभाहरू म घृणा गर्छु। ती सभाहरू मेरा निम्ति अत्यन्त बोझ भएका छन्। अनि म ती भारीहरू बोकेर थाकि सकेकोछु।
14
از جشنهای ماه نو و اعیاد دیگر شما متنفّرم و از تحمّل آنها خسته شدهام.
15“तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।
15
«وقتی دستهای خود را برای دعا بلند میکنید، به شما نگاه نخواهم کرد. هرقدر دعا کنید، به دعاهای شما توجّه نخواهم کرد، چون دستهای شما به خون آلوده است.
16“आफु स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाँहदिन गल्ती काम नगर!
16
خود را بشویید و پاک شوید. از شرارت دست بردارید. آری، از کارهای شرارتآمیز دست بردارید.
17राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”
17
نیکوکاری را بیاموزید و طالب اجرای عدالت باشید. به ستمدیدگان کمک کنید، به داد یتیمان برسید و از بیوهزنان حمایت کنید.»
18परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिउँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ।
18
خداوند میفرماید: «بیایید بحث کنیم: لکههای گناه، تمام وجودتان را قرمز ساخته، امّا من شما را میشویم و مثل برف سفید خواهید شد، اگرچه گناهان شما بشدّت سرخ باشد، مانند پشم سفید خواهید شد.
19“मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ।
19
اگر از من اطاعت کنید از ثمرات زمین خواهید خورد.
20ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
20
امّا اگر نافرمانی کنید، همهٔ شما به دَم شمشیر کشته خواهید شد. این است آنچه خداوند گفته است.»
21परमेश्वर भन्नुहुन्छ, “यरूशलेमलाई हेर! ऊ यस्तो शहर थिई जसले मलाई भरोसा गरी अनि मेरो अनुसरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यरूशलेमको न्याय गरीनेछ। यरूशलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्।
21
شهری که وفادار بود مثل یک زن زانیه شده و شهری که پر از انسانهای نیکوکار بود، امروز جای قاتلان شده است.
22“तिम्रो धार्मिकता मूल्यहीन भएको छ। तिम्रो दाखरसमा पानी मिसाएको छ। अब यो रसहीन भएको छ।
22
ای اورشلیم، تو روزی مثل نقرهٔ خالص بودی، امّا اکنون بیارزش شدهای. تو مثل شراب ناب بودی ولی حالا چیزی جز آب نیستی.
23तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”
23
رهبران شما یاغی و دوست دزدان و رشوهخواران هستند. آنها هیچوقت در دادگاه از یتیمان دفاع نمیکنند، و به فریاد بیوهزنان گوش نمیدهند.
24ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ,
24
پس حالا به آنچه خداوند متعال -خدای قادر اسرائیل- میگوید گوش دهید: «من از شما -دشمنان خودم- انتقام خواهم گرفت و از دست شما راحت خواهم شد.
25चाँदी टल्काउनलाई मानिसहरूले खरानी प्रयोग गर्दछ। त्यस्तै प्रकारले म तिमीहरूका सम्पूर्ण गल्ती कार्यहरू साफ गरिदिने छु। म तिमीहरूबाट सम्पूर्ण मूल्यहीन कुराहरू निकाली दिनेछु।
25
برضد تو عمل خواهم کرد. همانطور که فلزی را تصفیه میکنند، من تو را پاک خواهم کرد و تمام ناخالصیهای تو را خواهم زدود.
26न्यायकर्त्ताहरूलाई म पहिले जस्तै फर्काई ल्याउनेछु। तिमीहरूका सल्लाहकारहरू जस्तो तिमीहरूसंग धेरै पहिला थिए त्यस्तै हुनेछन्। त्यसपछि तिमीहरूले भन्नेछौ ‘असल र विश्वासयोग्य शहर।’”
26
حکّام و مُشاورینی مثل کسانیکه در گذشته داشتید، به شما خواهم داد. آنگاه اورشلیم دوباره شهر نیکوکاران و وفاداران خوانده خواهد شد.»
27सियोन परमप्रभुको न्यायद्वारा उद्धार हुनेछ अनि जो उहाँकहाँ फर्कन्छ तिनीहरूलाई उहाँको धार्मिकताले उद्धार गरिनेछ।
27
خداوند بهخاطر عدالت خود، اورشلیم و مردمان توبهکار آن را نجات خواهد داد.
28तर सम्पूर्ण अपराधीहरू र पापीहरू नष्ट हुनेछन्। (परमप्रभुलाई नपछ्याउने मानिसहरू ती हुन्।)
28
امّا او تمام گناهکاران و یاغیان را از بین خواهد برد، و متمرّدین را خواهد کُشت.
29भविष्यमा मानिसहरू जसले फलाँटका रूखहरू र विशेष बगैंचाहरू पूज्नलाई रोजे उनीहरू लज्जित हुनेछन्।
29
از پرستش درختان و کاشتن باغچههای مقدّس متأسف خواهید شد.
30यस्तो घटना हुने नै छ किनभने तिमीहरू फलाँटका पातहरू ओइलिएर मरेको जस्तै हौ। तिमीहरू पानी बिना सुक्दै गएको बगैंचा जस्तै हो।
30
مثل درخت چنار پوسیده و مثل باغی بیآب، پژمرده و خشک خواهید شد.
مثل کاهی که با جرقّهای آتش میگیرد، همانطور مردان قوی با شرارت خود نابود میشوند و هیچکس نمیتواند جلوی نابودی آنها را بگیرد.
31शक्तिशाली मानिसहरू जङ्गलमा सुकेका मसिना दाउराहरू जस्तै हुनेछन्। अनि जुन कुराहरू ती मानिसहरूले गर्नेछन् त्यो एक झिल्का जस्तो हुनेछ जसले आगो लगाउनेछ। ती शक्तिशाली मानिसहरू र तिनीहरूले गरेका कार्यहरू सबै त्यही आगोमा डढेर भस्म हुनेछन् अनि कसैले पनि त्यो आगो निभाउन सक्ने छैन।
31
مثل کاهی که با جرقّهای آتش میگیرد، همانطور مردان قوی با شرارت خود نابود میشوند و هیچکس نمیتواند جلوی نابودی آنها را بگیرد.