Nepali

Persian

Isaiah

2

1आमोसको छोरो यशैयाले यहूदा र यरूशलेमको विषयमा यो सन्देश देखे।
1 این است پیام خداوند به اشعیا فرزند آموص، دربارهٔ یهودا و اورشلیم:
2अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।
2 در روزهای آخر، کوهی که معبد بزرگ خداوند بر آن بنا شده، بلندترین کوه دنیا می‌شود و ملّتهای مختلف به آنجا می‌آیند،
3धेरै मानिसहरू त्यहाँ जानेछन्। तिनीहरूले भन्नेछन् “आऊ! हामीमाथि परमप्रभुको पर्वत सम्म जाऊँ, माथि याकूबको परमेश्वरको मन्दिरमा। अनि परमेश्वरले हामीलाई जीउने विषयमा शिक्षा दिनु हुनेछ। अनि हामीले उहाँलाई पछ्याउनेछौं।” परमेश्वरका उपदेशहरू-परमप्रभुको अनि सन्देश यरूशलेम अन्तर्गत सियोन पर्वतमा हुनेछ र सम्पूर्ण संसारभरि नै फैलिएर जानेछ।
3 و اقوام بسیار خواهند گفت: «بیایید به کوه خداوند و معبد بزرگ خدای اسرائیل برویم، او آنچه را که می‌خواهد ما انجام دهیم به ما خواهد آموخت. ما در راهی که او برگزیده است گام برمی‌داریم. زیرا خداوند در صهیون با قوم خود سخن می‌گوید و تعالیم او از اورشلیم اعلام می‌شوند.»
4त्यसपछि परमेश्वर नै सबै जातिहरूकालागि न्यायाधिश हुनुहुनेछ। उहाँले विवादका कुराहरू मानिसहरूकै लागि अन्त गर्नुहुनेछ। ती मानिसहरूले लडाइँ गर्ने आफ्ना हात-हतियारहरू बन्द गर्नुहुनेछ। तिनीहरूले आफ्ना तरवारबाट हलोको फाली बनाउनेछन्। अनि तिनीहरूका आफ्ना चलाउने भालाहरूबाट घाँस काट्ने हँसिया बनाउनेछन्। मानिसहरू एक अर्कोको विरूद्धमा लडाइँ लड्न छाड्ने छन्। मानिसहरूले फेरि कहिल्यै पनि युद्धकालागि तालिम लिने छैनन्।
4 خداوند در بین اقوام جهان داوری می‌کند. اختلافات قدرتهای بزرگ را در دور و نزدیک جهان حل می‌کند. مردم از شمشیرهای خود گاوآهن و از نیزه‌های خود ارّه می‌سازند. قومی به روی قوم دیگر شمشیر نمی‌کشد و برای جنگ و خونریزی آماده نمی‌شود.
5याकूबको सन्तानहरू, तिमीहरूले परमप्रभुलाई पछ्याउनु नै पर्छ।
5 ای فرزندان یعقوب اکنون بیایید و در نوری که خداوند به ما می‌دهد گام برداریم.
6म तिमीलाई यो भन्छु किनभने तिमीले आफ्ना सन्तानहरू छोड्‌यौ। तिम्रा मानिसहरू पूर्वका मानिसहरू जस्तो भूल विचारले भरिएकाछन्। तिम्रा मानिसहरू पलिश्तीहरूले जस्तै भविष्यवाणी गर्ने चेष्टा गर्दैछन्। तिम्रा मानिसहरूले विदेशी विचार सम्पूर्ण रूपले स्वीकार गरिरहेका छन्।
6 ای خدا، تو قوم خود -‌خاندان یعقوب- را ترک کرده‌ای. زمین از جادوگریهای شرقی و فلسطینی پر شده و مردم از رسوم بیگانگان پیروی می‌کنند.
7अन्य देश भन्दा तिमीहरूको देश सुन र चाँदीले भरिएको छ। त्यहाँ धेरै भन्दा धरै राजकोषहरू छन्। तिमीहरूका देश घोडाहरूले भरिएका छन्। त्यहाँ अनगन्ती रथहरू छन्।
7 سرزمین آنها از طلا و نقره پر است و خزائن آنها نهایت ندارد. سرزمین آنها پر از اسب و ارّابه‌هایشان بی‌شمار است.
8तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्।
8 دیار آنها از بُتها پر شده است و ساخته‌های دست خود را می‌پرستند.
9मानिसहरू तुच्छ भन्दा पनि तुच्छ बनिए। मानिसहरू अत्यन्त नीच भए। परमेश्वर निःसन्देह तपाईंले तिनीहरूलाई क्षमा दिनु हुने छैन?
9 مردم همه حقیر و شرمسار شده‌اند. خدایا آنها را نبخش.
10जाऊ मैलो-हिलोमा लुक, गुफा-कन्दरा तिर लुक! तिमीहरू परमप्रभुबाट डराउनु पर्नेछ र उहाँको महामहिम-शक्तिबाट लुक्नु पर्नेछ!
10 آنها برای فرار از خشم و قدرت و جلال خداوند، خود را در غارهای کوههای سنگی و یا در حفره‌هایی که در زمین کنده‌اند پنهان می‌کنند.
11घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफै आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।
11 روزی خواهد آمد که غرور و تکبّر مردمان از بین می‌رود و فقط خداوند جلال می‌یابد.
12परमप्रभुसंग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्।
12 در آن روز خداوند متعال تمام زورمندان و مغروران و متکبّران را پست و حقیر خواهد ساخت.
13ती घमण्डीहरू लबानोनका देवदारूको अग्ला रूखहरू जस्ता हुन्। तिनीहरू बाशानका फलाँट जस्ता हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ।
13 او درختان سرو لبنان و کاجهای باشان را از بین خواهد برد.
14ती घमण्डी मानिसहरू अग्ला पर्वतहरू र उच्च पहाडहरू जस्ता हुन्।
14 او کوهها و تل‌های بلند،
15ती घमण्डी मानिसहरू अल्गो धरहरा र दरिलो पर्खालहरू जस्तै हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुने छ।
15 و بُرج‌ها و حصارهای قلعه‌های رفیع را هموار خواهد ساخت.
16ती घमण्डीहरू तर्शीशको विशाल जहाजहरू जस्तै हुन्। ती जहाजहरू बहुमूल्य सामानहरूले भरिएको छन्। तथापि परमेश्वरले ती घमण्डी मानिसहरूलाई दण्ड दिनु हुनेछ।
16 او حتّی بزرگترین و زیباترین کشتی‌ها را غرق می‌کند.
17तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ।
17 غرور بشر پایان می‌یابد و تکبّرش از بین خواهد رفت و بُتها کاملاً محو خواهند شد. در آن روز تنها خداوند جلال خواهد یافت.
18सम्पूर्ण मूर्तिहरू हराएर जानेछन्।
18 وقتی او برای لرزاندن زمین بیاید، مردم برای فرار از خشم و قدرت و جلال خدا، خود را در غارهای کوههای سنگی یا در حفره‌هایی که در زمین کنده‌اند پنهان خواهند کرد.
19मानिसहरू ओडारहरू र पृथ्वीका चेपचापमा लुक्ने छन्। मानिसहरू परमप्रभु र उहाँको महामहिम शक्तिबाट डराउनेछन्। यो घट्ना त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्काउन उभिनु हुन्छ।
19 وقتی آن روز فرا رسد، آنها بُتهای طلایی و نقره‌ای را که خود ساخته بودند به جلوی موشهای کور و خفّاشها می‌ریزند.
20त्यतिबेला मानिसहरूले आफ्ना सुन र चाँदीका मूर्तिहरू फ्याँकि दिनेछन्। ती मूर्तिहरू मानिसहरूले पुज्न सकुन भनेर उनीहरूले नै बनाएका थिए। मानिसहरूले ती मूर्तिहरू पृथ्वीका प्वालहरूमा फ्याँकिदिनेछन् जहाँ चमेराहरू र छुचुन्द्रा बस्छन्।
20 وقتی خداوند بیاید تا زمین را به لرزه درآورد، مردم برای فرار از خشم خداوند و قدرت و جلالش، خود را در حفره‌های زمین و یا در غارهای کوههای سنگی پنهان می‌کنند. دیگر به انسانهای فانی توکّل نکن. آنها چه ارزشی دارند؟
21त्यसपछि मानिसहरू चट्टानका-कन्दरातिर लुक्नेछन्। तिनीहरू परमप्रभु र उहाँका महान शक्तिबाट भयभीत भएर त्यसो गर्नेछन्। यो त्यतिबेला घट्ना घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्थर कमाउन उठ्नु हुनेछ।
21 دیگر به انسانهای فانی توکّل نکن. آنها چه ارزشی دارند؟
22तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन्-जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।