1परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः
1
این پیامی است که اشعیا پسر آموص، دربارهٔ بابل از خدا دریافت کرد:
2“त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”
2
پرچم جنگ را بر فراز تپّهای بایر برافرازید! فریاد برآورید، اسلحهٔ خود را در دست بگیرید تا این برای سربازان نشانهٔ شروع حمله به دروازههای شهر مغرور باشند.
3परमेश्वरले भन्नुभयोः “मैले ती मानिसहरूलाई जन समूहबाट छुट्याएँ अनि म आफै नै तिनीहरूलाई आज्ञा दिनेछु। म रिसाएको छु। ती मानिसहरूलाई दण्ड दिनका लागि मैले मेरा सबभन्दा भेला गरें। उत्तम मानिसहरूलाई यी खुशी मानिसहरूको लागि म र्गवित छु।
3
خداوند، سربازان دلیر و مورد اعتماد خود را خواهد خواند تا برای جهاد مقدّسی بجنگند و کسانی را که موجب خشم او شدهاند، مجازات کند.
4“त्यहाँ पर्वतहरूमा ठूलो हल्ला छ। ध्यान लगाएर हल्ला सुन्। यो धेरै राष्ट्रहरूका मानिसहरूको हल्ला जस्तो छ। सेनाहरूका परमप्रभुले आफ्ना सैनिकहरूलाई एक साथ बोलाइरहनु भएको छ।
4
به فریادهایی که در کوهستانها بلند است، به صدای مردمی که ازدحام کردهاند و صدای ممالکی که جمع شدهاند، گوش دهید. خداوند متعال سربازان خود را برای جنگ آماده میسازد.
5परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्। तिनीहरू क्षितिज पारिबाट आइरहेका छन्। परमप्रभुले आफ्नो क्रोध दर्शाउनलाई ती सेनाहरूलाई हतियार स्वरूप चलाउनु हुनेछ। ती सेनाहरूले सम्पूर्ण देश नै नष्ट परिदिनेछन्।”
5
آنها از دورترین کشورهای جهان به اینجا میآیند. خدا به خشم میآید. تمام کشور را ویران میسازد.
6परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।
6
از درد ناله کنید! روز خداوند -روزی که خداوند متعال ویرانی میآورد- نزدیک است.
7मानिसहरूले आफ्नो हिम्मत हार्नेछन् र मानिसहरूलाई डरले कमजोर बनाउने छ।
7
دستهای همه بیرمق و شهامتشان از بین میرود.
8प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन ओटकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।
8
آنها همه با ترس و درد -دردی مثل درد زنی در حال زایمان- مغلوب خواهند شد. آنها به یکدیگر نگاه میکنند و صورتهایشان از خجالت سرخ خواهد بود.
9हेर, परमप्रभुको विशेष दिन आइरहेछ! यो दिन भयानक हुनेछ। परमेश्वर रिसाउनु हुनेछ अनि उहाँले देश ध्वंश पारि दिनुहुनेछ। प्रत्येक पापीलाई त्यस देश छोड्नु वाध्यतामा पार्नुहुनेछ।
9
روز خداوند -آن روز سخت و روز خشم و غضب او- فرا میرسد. زمین به بیابان تبدیل خواهد شد و گناهکاران از بین خواهند رفت
10आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।
10
ستارگان و افلاک، دیگر بر زمین نخواهند تابید. خورشید در وقت طلوع، تاریک و ماه نوری نخواهد داد.
11परमेश्वर भन्नुहुन्छ, “म यस संसारमा नराम्रा कुरा हुने कारण सृष्टि गर्नेछु। म दुष्ट मानिसहरूलाई तिनीहरूको पापको लागि दण्ड दिन्छु। म घमण्डीको शेखी झारिदिनेछु। म तिनीहरूप्रति कुनै दया-माया राख्ने छैन।
11
خداوند میگوید: «من بلایی بر زمین نازل میکنم و تمام مردمان شریر را بهخاطر گناهانشان مجازات خواهم کرد. من مغروران را حقیر و متکبّران و ظالمان را تنبیه خواهم کرد.
12त्यहाँ केही मानिसहरू मात्र छोडिनछन्। सुन जस्ता निष्खोट मानिस पाउन त्यहाँ दुर्लभ हुनेछ। अनि ती अलिकति रहेका मानिसहरू खाँटी सुन झैं बहुमूल्य हुनेछन्।
12
تعداد بازماندگان از طلای خالص کمیابتر خواهد بود.
13मेरो क्रोधमा म आकाश थर्काई दिनेछु। अनि पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ।” त्यो त्यस दिन हुनेछ, जब सेनाहरूका परमप्रभू क्रोधित हुनुहुन्छ।
13
روزی که من -خداوند متعال- خشم خود را نشان دهم، آسمانها به لرزه میافتند و زمین از مدار خود خارج خواهد شد.
14तब मानिसहरू घाइते मृग जस्तै भाग्नेछन्। तिनीहरू गोठालो नभएको भेडा जस्तै भाग्नेछन्। तिनीहरू भागेर आफ्नो देश र मानिसहरूकहाँ जानेछन्।
14
«بیگانگانی که در بابل زندگی میکنند، به سرزمینهای خود خواهند گریخت. مثل آهویی از دست شکارچیان فرار میکنند، یا مثل گوسفند بدون شبان هر کدام به سویی پراکنده خواهند شد.
15अनि ती शत्रुहरूले ज-जसलाई पक्रनेछन् ती सबैलाई तरवारले मार्नेछन्।
15
هرکس که گرفته شود، با خنجر کشته خواهد شد.
16तिनीहरूका घरमा भएका सबै चीज-बीजहरू चोरिनेछ। तिनीहरूका पत्नीहरूको इज्जत लूटिनेछ। तिनीहरूका नानीहरूलाई कुटेर मार्नेछन् तर मानिसहरूले हेरिरहेका हुनेछन्।
16
وقتی آنها با درماندگی نگاه میکنند، در برابر چشمانشان اطفال آنها تا پای مرگ مورد ظلم و ستم قرار میگیرند. خانههایشان غارت، و به زنانشان تجاوز میشود.»
17परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरूद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्।
17
خداوند میگوید: «من دولت ماد را برمیانگیزم تا به بابل حمله کند. آنها برای نقره اهمیّتی قایل نیستند و طلا آنها را وسوسه نمیکند.
18आक्रमण गर्दा सिपाहीहरूले बाबेलका जवानहरूलाई मार्नेछन्। सिपाहीहरूले भर्खर जन्मिएका नानीहरूमाथि समेत दया र करूणा देखाउने छैनन्। सिपाहीहरू नानीहरूप्रति दयालु हुने छैनन्।
18
با تیر و کمان خود، مردان جوان را میکشند. آنها نه به نوزادان رحم میکنند و نه به کودکان.
19“सदोम र गमोरा जस्तै नै बाबेल पनि ध्वंश पारिनेछ। परमेश्वरले यस्तो ध्वंशात्मक घट्ना घटाउनु हुनेछ जहाँ केही रहने छैन। सबै राज्यहरूमा बाबेल सर्वश्रेष्ठ छ। बासिन्दाहरू आफ्नो राज्यप्रति साह्रै र्गवित हुनेछन्।
19
بابل از زیباترین کشورهاست و مردمش به آن افتخار میکنند. ولی من -خداوند- همانطور که سدوم و غموره را از بین بردم، بابل را از بین خواهم برد.
20तर मानिसहरू भविष्यमा त्यहाँ बस्न योग्यका हुने छैनन्। अरबीहरूले त्यहाँ तम्बु टाँग्ने छैनन्। गोठालाहरूले आफ्ना भोजनको लागि त्यहाँ भेडा ल्याउने छैनन्।
20
دیگر کسی در آن زندگی نخواهد کرد. هیچ عرب چادرنشینی در آنجا چادر نخواهد زد و هیچ شبانی گوسفندان برای چریدن به آنجا نخواهد برد.
21जङ्गलबाट आएका जङ्गली जनावरहरू मात्र त्यहाँ बाँचिरहेका हुनेछन्। मानिसहरू बाबेलमा भएका आफ्ना घरहरूमा बस्नु पाउने छैनन्। घरहरूमा लाटोकोसेरोहरू र ठूल-ठूला चराहरू बस्नेछन्। लामा-लामा भुत्लाहरू भएका जङ्गली बाख्राहरू त्यस घरहरूमा चराहरू हिडनेछन्।
21
فقط حیوانات وحشی در آنجا زندگی خواهند کرد و جغدها در آنجا آشیانه خواهند داشت. شترمرغها در آن زندگی خواهند کرد و بُزهای وحشی در ویرانههای آن خواهند خرامید.
در بُرجها و کاخهای آن، زوزهٔ کفتارها و شغالها طنینانداز خواهد بود. زمان بابل به آخر رسیده، و روزهایش تقریباً تمام شده است.»
22जङ्गली कुकुरहरू अनि ब्वाँसोहरू बाबेलका विशाल महलहरूमा कराउने छन्। बाबेल खतम हुनेछ। बाबेलको अन्त नजिकै आइसक्यो। त्यो विध्वंशको दिन म पर्खने छैन्।”
22
در بُرجها و کاخهای آن، زوزهٔ کفتارها و شغالها طنینانداز خواهد بود. زمان بابل به آخر رسیده، و روزهایش تقریباً تمام شده است.»