1तिमीहरूका परमेश्वरले भन्नुहुन्छ “मेरा मानिसहरूलाई सान्त्वना, सान्त्वना देऊ।
1
خدای ما میگوید: «قوم مرا تسلّی دهید، آنها را تسلّی دهید!
2यरूशलेमसित नम्र भएर बोल। यरूशलेमलाई भन, “तिमीहरूको सेवाको अवधि सकिएको छ। तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।” परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि दुइपल्ट दण्ड दिनु भएकोछ।
2
مردم اورشلیم را دلگرم کنید.
به ایشان بگویید رنجهایشان به پایان رسیده،
و گناهانشان بخشیده شده است.
بهخاطر گناهانشان، من آنها را کاملاً مجازات کردهام.»
3सुन, कोही मानिस चिच्याइरहेको छ! “मरूभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरूभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
3
مردی فریاد میزند و میگوید:
«راهی برای خداوند در بیابان باز کنید!
و شاهراهی برای خدای ما در کویر آماده سازید!
4प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत र पहाडलाई मैदान बनाऊ। बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ। खस्रो मैदानलाई चिल्लो बनाऊ।
4
هر درّه پر شود.
و کوهها هم سطح شوند.
تپّهها به دشت مبدّل شوند،
راههای کج راست، و راههای ناهموار، هموار خواهند شد.
5तब, परमप्रभुको महिमा प्रकट गरिनेछ। अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”
5
آنگاه جلال خداوند آشکار خواهد شد،
و تمام مردم آن را خواهند دید.
خداوند خودش چنین گفته است.»
6एउटा आवाजले भन्यो, “बोल।” यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?” त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्। तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।”
6
ندا کنندهای میگوید: «این را اعلام کن!»
پرسیدم: «چه خبر را اعلام کنم؟»
«بگو که تمام آدمیان مثل علف هستند؛
و بیش از گل علف دوام ندارند.
7परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ अनि घाँस मर्नेछ र फुल झर्नेछ।” हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।
7
وقتی به ارادهٔ خداوند باد بر آنها میوزد،
علفها پژمرده و گُلها خشک میشوند.
انسان مثل گیاه زودگذر است
8घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ। तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”
8
آری، علفها پژمرده و گُلها میخشکند،
امّا کلام خداوند تا ابد پایدار است.»
9सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्। तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार भन। यरूशलेम, भन्नलाई तिमीसँग सुसमाचार छन्। नडराऊ, कराएर बोल। यी समाचार यहूदाका सारा शहरहरूमा भन “हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”
9
برفراز کوهی بلند برو،
و این خبر خوش را به اورشلیم اعلام کن.
با صدای بلند فریاد بزن
و این خبر خوش را به صهیون اعلام کن!
فریاد بزن و ترسان نباش،
به شهرهای یهودا بگو که خدای آنها میآید!
10परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ। उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल उपयोग गर्नुहुनेछ। परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि पुरस्कार ल्याउनु हुनेछ।
10
خداوند قادر متعال میآید تا با قدرت حکومت کند،
او با خودش قومی را که نجات داده است، خواهد آورد.
11गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ। परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ। परमप्रभुले साना पाठो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।
11
او مثل یک شبان از گلّهٔ خود محافظت خواهد کرد.
او برّهها را با هم جمع میکند
و آنها را در آغوش خود به آغل میبَرد.
و میشها را هم با ملایمت، هدایت میکند.
12कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो? कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो? कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई? पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो? यी सबै नाप्ने परमप्रभुमाथि थिए।
12
آیا کسی میتواند آب اقیانوسها را با کف دست خود،
یا آسمان را با وجبهای خویش اندازه بگیرد؟
آیا کسی میتواند تمام خاک زمین را در یک فنجان جای دهد،
و یا کوهها و تپّهها را در ترازویی وزن کند؟
13कसैले पनि परमप्रभुको आत्मालाई उसले के गर्नु पर्ने, बताएनन्। कसैले पनि उहाँले गरेको कार्य कसरी गर्नु पर्छ बताएनन्।
13
چه کسی میتواند به خداوند بگوید که او باید چه کند؟
یا چه کسی میتواند به او تعلیم دهد یا او را نصیحت کند؟
14के परमप्रभुले कसैबाट सहयोग माग्नु भयो? के कसैले परमप्रभुलाई निष्पक्ष हुनु सिकाए? के कसैले परमप्रभुलाई ज्ञान सिकायो? के कसैले परमप्रभुलाई समझको मार्ग देखायो? होइन! पहिल्यैबाट परमप्रभुलाई ती कुराहरूको ज्ञान थियो।
14
خداوند با چه کسی مشورت میکند
تا بداند، درک کند
و بیاموزد چگونه هر چیزی میباید انجام شود؟
15हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्। यदि परमेश्वरले टाढा टाढाका सबै जातिहरूलाई एकसाथ आफ्नो जोख्ने तराजुमा राख्नुभयो भने, पनि तिनीहरू मसिना धूलोका कणहरू जस्तै हुनेछन्।
15
ملّتها در برابر او ناچیز
و مثل یک قطرهٔ آب میباشند.
و جزایر دوردست برای او از غبار سبکترند.
16लबानोनमा भएका जम्मै रूखहरूले पनि परमप्रभुको लागि दाउरा प्रशस्त हुँदैन्। अनि लबनोनका जम्मै पशुहरू होमबलिका तिम्ति प्रशस्त हुँदैन्।
16
تمام حیوانات جنگلهای لبنان،
برای قربانی در حضور خدای ما کافی نیست،
و چوب تمام درختان آن نمیتواند آتش کافی ایجاد کند.
17परमेश्वरसँग तुलना गर्दा संसारका सारा देश केही पनि होइनन्। परमेश्वरसँग तुलना गर्दा सबै जातिहरू अत्यन्त तुच्छ रहन्छन्।
17
ملّتها در برابر او به حساب نمیآیند.
18के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ? अँह! के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।
18
پس خدا را با چه کسی میتوان مقایسه کرد؟
و به چه چیز میتوان او را تشبیه و توصیف کرد؟
19तर कतिपय मानिसहरूले ढुङ्गा र काठबाट मूर्तिहरू गर्नु बनाउँछन् अनि तिनीहरूलाई देवताहरू भन्छन्। एकजना कारीगरले मूर्ति बनाउँदछ त्यसपछि अर्को कारीगरले त्यसलाई सुनले ढाकिदिंदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ।
19
او مثل بُتی نیست که استادکاری آن را ساخته باشد،
یا زرگری با طلا آن را روکش کند
و با زنجیرهای نقرهای آن را بیاراید.
20अनि त्यसको आधारको लागि उसले नकुहिने विशेष प्रकारको काठ छान्छ। त्यस पछि उसले काठको खास काम गर्ने कर्मी खोज्दछ। अनि त्यस कारीगरले “देवता” तयार पार्दछ जुन हल्लिएर लडने छैन।
20
کسیکه توانایی خرید بُتهای طلایی و نقرهای را نداشته باشد،
بُتهای ساخته شده از چوبی را که نپوسد میگیرد.
او صنعتکار ماهری را مییابد
تا بُتی بسازد که ثابت باشد و به زمین نیفتد.
21निश्चय तिमीहरू वास्तविकतालाई जान्दछौ, होइन र? निश्चय तिमीहरूले सुनेका छौ। निश्चय कसैले तिमीहरूलाई धेरै पहिल्यै भनीसकेको छ। निश्चय तिमीहरू जान्दछौ कसले पृथ्वी बनाएको हो।
21
آیا این را نمیدانید؟ آیا قبلاً به شما گفته نشده است؟
آیا نشنیدهاید که دنیا چگونه شروع شد؟
22परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ, अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्। उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो। बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।
22
آن کس که آنها را به وجود آورده بر تخت خود،
بر فراز زمین و در ورای آسمانها نشسته است.
مردم روی زمین مثل مورچههای ریزی در حرکت هستند،
او آسمان را چون پردهای گسترده
و مثل خیمهای برای زندگی پهن کرده است.
23उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ। उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।
23
او فرمانروایان زورمند را ساقط
و آنها را نابود میکند.
24ती शासकहरू माटोमा रोपिएका बिरूवाहरू जस्ता छन् तर तिनीहरूले माटोमा जराहरू हाल्नु अधि नै परमेश्वरले “बिरूवाहरू” माथि फुक्नु भयो भने तिनीहरू सुक्खा र मृत हुन्छन अनि हावाले तिनीहरूलाई पराल झैं उडाइदिन्छ।
24
آنها مثل نهالهایی هستند که تازه روییدهاند
و ریشهٔ آنها هنوز قوی نشده است.
آن وقت خداوند بادی میوزاند و
آنها را مثل کاه پراکنده میکند.
25परमपवित्र परमेश्वरले भन्नुहुन्छ “के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह। मेरो बराबर कोही पनि छैन।
25
خدای قدّوس را با چه کسی میتوان مقایسه کرد؟
آیا کس دیگری شبیه او وجود دارد؟
26माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”
26
به آسمان نگاه کنید!
چه کسی این ستارگان را آفریده است؟
و چه کسی آنها را چون یک ارتش هدایت میکند؟
او تعداد آنها و نام هریک از آنها را میداند!
او آنقدر تواناست
که هرگز حتّی یکی از آنها گُم نمیشود.
27हे याकूबका मानिसहरू! यो सत्य हो। इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ। यसैले तिमी किन भन्छौ “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्। परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।”
27
ای اسرائیل، پس چرا شکایت میکنی
و میگویی که خداوند از مصیبتهای تو آگاه نیست،
یا توجهی به بیعدالتیهایی که متحمّل میشوی، ندارد؟
28निसन्देह तिमी जान्दछौ र सुनेकाछौ कि परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ। मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ। परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन। परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो परमप्रभु सन्तानका परमेश्वर हुनुहुन्छ।
28
آیا نمیدانید؟ آیا نشنیدهاید؟
خداوند، خدای جاودان است.
او تمام جهان را آفریده،
و هیچوقت خسته یا فرسوده نخواهد شد.
هیچکسی افکار او را درک نمیکند.
29परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
29
او به افراد ضعیف و خسته نیرو میبخشد.
30जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ, तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्।
30
حتّی جوانان نیروی خود را از دست میدهند
و مردان جوان از خستگی میافتند.
امّا کسانیکه برای کمک به خداوند توکّل میکنند،
نیروی تازه مییابند.
آنها مثل عقاب پرواز خواهند کرد،
و از دویدن، خسته
و از راه رفتن، فرسوده نخواهند شد.
31तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ उ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँडछन्।
31
امّا کسانیکه برای کمک به خداوند توکّل میکنند،
نیروی تازه مییابند.
آنها مثل عقاب پرواز خواهند کرد،
و از دویدن، خسته
و از راه رفتن، فرسوده نخواهند شد.