Nepali

Persian

John

4

1येशूले यूहन्नाले भन्दा धेरै चेलाहरू बनाउँनु हुँदैछ साथै बप्तिस्मा पनि दिनु हुँदैछ भन्ने फरिसीहरूले सुने।
1 وقتی خداوند فهمید كه فریسیان شنیده‌اند كه او بیشتر از یحیی شاگرد پیدا كرده و آنها را تعمید می‌دهد
2तर वास्तवमा येशू स्वयंले बप्तिस्मा दिनु भएको थिएन। उहाँका चेलाहरूले उहाँकै निम्ति मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। फरिसीहरूले उहाँको विषयमा सुनिसकेका थिए भनेर येशूलाई थाहा थियो।
2 (هرچند شاگردان عیسی تعمید می‌دادند نه خود او)
3त्यसैले येशू यहूदिया छोडेर गालील र्फकनु भयो।
3 یهودیه را ترک كرد و به جلیل برگشت
4गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो।
4 ولی لازم بود از سامره عبور كند.
5सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो।
5 او به شهری از سامره كه سوخار نام داشت، نزدیک مزرعه‌ای كه یعقوب به پسر خود یوسف بخشیده بود، رسید.
6याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो।
6 چاه یعقوب در آنجا بود و عیسی كه از سفر خسته شده بود، در كنار چاه نشست. تقریباً ظهر بود.
7एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।”
7 یک زن سامری برای كشیدن آب آمد. عیسی به او گفت: «قدری آب به من بده.»
8त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए।
8 زیرا شاگردانش برای خرید غذا به شهر رفته بودند.
9सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसंग केही सम्बन्ध राख्दैनन्।
9 زن سامری گفت: «چطور تو كه یک یهودی هستی از من كه یک زن سامری هستم آب می‌خواهی؟» (او این را گفت چون یهودیان با سامریان معاشرت نمی‌کنند.)
10यशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”
10 عیسی به او پاسخ داد: «اگر می‌دانستی بخشش خدا چیست و كیست كه از تو آب می‌خواهد، حتماً از او خواهش می‌کردی و او به تو آب زنده عطا می‌کرد.»
11त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसंग केही छैन।
11 زن گفت: «ای آقا دلو نداری و این چاه عمیق است. از كجا آب زنده می‌آوری؟
12तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।”
12 آیا تو از جدّ ما یعقوب بزرگتری كه این چاه را به ما بخشید و خود او و پسران و گلّه‌اش از آن آشامیدند؟»
13येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस जजसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्।
13 عیسی گفت: «هرکه از این آب بنوشد باز تشنه خواهد شد،
14तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जून पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
14 امّا هرکس از آبی كه من می‌بخشم بنوشد هرگز تشنه نخواهد شد، زیرا آن آبی كه به او می‌دهم در درون او به چشمه‌ای تبدیل خواهد شد كه تا حیات جاودان خواهد جوشید.»
15त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहन पर्दैन।”
15 زن گفت: «ای آقا، آن آب را به من بده تا دیگر تشنه نشوم و برای كشیدن آب به اینجا نیایم.»
16येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।”
16 عیسی به او فرمود: «برو شوهرت را صدا كن و به اینجا برگرد.»
17त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।” येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्यौ कि तिम्रो पति छैन।
17 زن پاسخ داد: «شوهر ندارم.» عیسی گفت: «راست می‌گویی که شوهر نداری،
18तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइन्। “तिमीले जे भन्यौ साँचो हो।
18 زیرا تو پنج شوهر داشته‌ای و آن مردی هم كه اكنون با تو زندگی می‌كند شوهر تو نیست. آنچه گفتی درست است.»
19त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ।”
19 زن گفت: «ای آقا می‌بینم که تو نبی هستی.
20हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”
20 پدران ما در روی این كوه عبادت می‌كردند، امّا شما یهودیان می‌گویید، باید خدا را در اورشلیم عبادت كرد.»
21येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ।
21 عیسی گفت: «ای زن، باور كن زمانی خواهد آمد كه پدر را نه برروی این كوه پرستش خواهید كرد و نه در اورشلیم.
22तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ।
22 شما سامریان آنچه را نمی‌شناسید می‌پرستید امّا ما آنچه را كه می‌شناسیم عبادت می‌کنیم، زیرا رستگاری به وسیلهٔ قوم یهود می‌آید.
23समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ।
23 امّا زمانی می‌آید -‌و این زمان هم اكنون شروع شده است- كه پرستندگان حقیقی، پدر را با روح و راستی عبادت خواهند كرد، زیرا پدر طالب این‌گونه پرستندگان می‌باشد.
24परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”
24 خدا روح است و هرکه او را می‌پرستد باید با روح و راستی عبادت نماید.»
25त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ।” “जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।”
25 زن گفت: «من می‌دانم مسیح یا كریستوس خواهد آمد و هروقت بیاید، همه‌چیز را به ما خواهد گفت.»
26तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
26 عیسی گفت: «من كه با تو صحبت می‌کنم همانم.»
27त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू यशूलाई एक जना स्त्रीसंग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसंग किन बात गरिरहनु भएको छ?
27 در همان موقع شاگردان عیسی برگشتند و چون او را دیدند كه با یک زن سخن می‌گوید تعجّب كردند ولی هیچ‌کس از زن نپرسید: «چی می‌خواهی؟» و به عیسی هم نگفتند: «چرا با او سخن می‌گویی؟»
28तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्,
28 زن سبوی خود را به زمین گذاشت و به شهر رفت و به مردم گفت:
29“एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?”
29 «بیایید و مردی را ببینید، كه آنچه تا به حال كرده بودم به من گفت. آیا این مسیح نیست؟»
30तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए।
30 پس مردم از شهر خارج شده پیش عیسی رفتند.
31जब त्यस स्त्री शहरमा थिई, येशूका चेलाहरूले उहाँलाई आग्रह गरिरहेका थिए, “रब्बी, केही खानुहोस्!”
31 در این ضمن شاگردان از عیسی خواهش كرده گفتند: «ای استاد، چیزی بخور.»
32तर येशूले उत्तर दिनुभयो, “मसंग खाने भोजन छ, जुन तिमीहरूलाई थाहा छैन।”
32 امّا او گفت: «من غذایی برای خوردن دارم كه شما از آن بی‌خبرید.»
33तब चेलाहरूले आपसमा सोधे, “के कसैले येशूलाई केही भोजनहरू ल्याई दिएका थिए?”
33 پس شاگردان از یكدیگر پرسیدند: «آیا کسی برای او غذا آورده است؟»
34येशूले भन्नुभयो, मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुसरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो।
34 عیسی به ایشان گفت: «غذای من این است كه ارادهٔ فرستندهٔ خود را بجا آورم و كارهای او را انجام دهم.
35‘जब तिमीहरू रोपाई गर्छौ र भन्छौ बाली काटन अझै चार महीना छ, तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर।’ तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्।
35 مگر شما نمی‌گویید: 'هنوز چهار ماه به موسم درو مانده است؟' توجّه كنید، به شما می‌گویم به كشتزارها نگاه كنید و ببینید كه حالا برای درو آماده هستند.
36अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाई गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुँदछ।
36 دروگر مزد خود را می‌گیرد و محصولی برای حیات جاودانی جمع می‌کند تا این كارنده و درو كننده با هم شادی كنند.
37यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ यो विषय सत्य छ।’
37 در اینجا این گفته مصداق پیدا می‌کند، كه یكی می‌کارد و دیگری درو می‌کند.
38तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अरुले काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।”
38 من شما را فرستادم تا محصولی را درو كنید كه برای آن زحمت نکشیده‌اید. دیگران برای آن زحمت كشیدند و شما از نتایج كار ایشان استفاده می‌برید.»
39त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।”
39 به‌خاطر شهادت آن زن كه گفته بود «آنچه تا به حال كرده بودم به من گفت»، در آن شهر عدّهٔ زیادی از سامریان به عیسی ایمان آوردند.
40तब सामरीहरू येशूकहाँ आए। येशूलाई उनीहरूसँगै बस्ने आग्रह गरे। तब येशू त्यहाँ दुइ दिन बस्नुभयो।
40 وقتی سامریان نزد عیسی آمدند از او خواهش كردند كه پیش آنها بماند. پس عیسی دو روز در آنجا ماند
41तर अझ धेरै मानिसहरूले उहाँकै वचनको कारणले उहाँलाई विश्वास गरे।
41 و عدّهٔ زیادی به‌خاطر سخنان او ایمان آوردند.
42मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गरयौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौं त्यही कारणले विश्वास गर्छौं। हामीले अब बुझन थाल्यौं कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”
42 و به آن زن گفتند: «حالا دیگر به‌خاطر حرف تو نیست كه ما ایمان داریم، زیرا ما خود سخنان او را شنیده‌ایم و می‌دانیم كه او در حقیقت نجات‌دهندهٔ عالم است.»
43दुइ दिन बितिसके पछि त्यो ठाँउ छाडेर येशू गालीलमा जानुभयो।
43 پس از دو روز، عیسی آنجا را ترک كرد و به طرف جلیل رفت.
44येशूले अघि बाटै भनिसक्नु भएको थियो कि उहाँको आफ्नो देशमा आगमवक्तालाई आदर गरिदैन।
44 زیرا خود عیسی فرموده بود كه نبی در دیار خود احترامی ندارد،
45यसर्थ जब येशू गालीलमा आइपुग्नु भयो तिनीहरूले उहाँलाई स्वागत गरे कारण तिनीहरूले येशूले यरूशलेमको निस्तार चाडमा गरेका सबै कुराहरू देखी सकेका थिए। तिनीहरू पनि चाडको लागि गएका थिए।
45 امّا وقتی به جلیل وارد شد، مردم از او استقبال كردند زیرا آنچه را كه در اورشلیم انجام داده بود دیده بودند، چون آنها هم در روزها عید در اورشلیم بودند.
46येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो।
46 عیسی بار دیگر به قانای جلیل، جایی‌که آب را به شراب تبدیل كرده بود، رفت. یكی از مأموران دولت در آنجا بود كه پسرش در كفرناحوم بیمار و بستری بود.
47त्यस मानिसले यहूदियाबाट येशू गालील तर्फ आइरहनु भएको भनी सुने। तब येशूलाई भेट्न तिनी कानातर्फ गए। उसले येशूलाई कफर्नहुममा आउने अनि उसको छोरोलाई निको पारिदिन बिन्ती गरयो। उसको छोरो मर्न आँटेको थियो।
47 وقتی شنید كه عیسی از یهودیه به جلیل آمده است نزد او آمد و خواهش كرد که به كفرناحوم برود و پسرش را كه در آستانهٔ مرگ بود شفا بخشد.
48येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”
48 عیسی به او گفت: «شما بدون دیدن عجایب و نشانه‌ها به هیچ‌وجه ایمان نخواهید آورد.»
49राजाको अधिकारीले भन्नुभयो, “महोदय, मेरो छोरो मर्न अघि मेरो घरमा एकपल्ट आई दिनुहोस।”
49 آن شخص گفت: «ای آقا، پیش از آنکه بچّهٔ من بمیرد بیا.»
50येशूले उत्तर दिनुभयो, “जाऊ, तिम्रो छोरो बाँच्नेछ।” येशूले भन्नुएको कुरा त्यस मानिसले विश्वास गर्यो अनि घर र्फकि आयो।
50 آنگاه عیسی گفت: «برو، پسرت زنده خواهد ماند.» آن مرد با ایمان به سخن عیسی به طرف منزل رفت.
51घरजाँदै गर्दा बाटामा उसको नोकरसंग भेट भयो। नोकरले भन्यो, तपाईंको छोरो जाती भएको छ।”
51 او هنوز به خانه نرسیده بود كه نوكرانش در بین راه او را دیدند و به او مژده دادند: «پسرت زنده و تندرست است.»
52त्यस मानिसले सोधे, “कुन समयबाट त्यो निको हुन थाल्यो?” उसको नोकरले उत्तर दियो, “हिजो दिउँसो एक बजेदेखि तपाईंको छोरोको ज्वरो हट्यो।”
52 او پرسید: «در چه ساعتی حالش خوب شد؟» گفتند: «دیروز در ساعت یک بعد از ظهر تب او قطع شد.»
53त्यस अधिकारीले बुझ्यो कि येशूले उसलाई त्यही समयमा भन्नुभएको थियो, “तिम्रो छोरो जीवित रहनेछ।” यसर्थ उनी लगायत घरका सबै मानिसहरूले येशूमाथि विश्वास गरे।
53 پدر فهمید كه این درست همان ساعتی است كه عیسی به او گفته بود: «پسرت زنده خواهد ماند.» پس او و تمام اهل خانه‌اش ایمان آوردند. این دومین معجزه‌ای بود كه عیسی پس از آنكه از یهودیه به جلیل آمد انجام داد.
54यहूदियाबाट गालीलमा आए पछि यो दोस्रो चमत्कारपूर्ण कार्य येशूले गर्नुभएको हो।
54 این دومین معجزه‌ای بود كه عیسی پس از آنكه از یهودیه به جلیل آمد انجام داد.