1त्यसपछि येशू यहूदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो।
1
بعد از آن عیسی برای یکی از عیدهای یهود به اورشلیم رفت.
2यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेडा-ढोकाको नजीकमा छ।
2
در اورشلیم نزدیک دروازهای معروف به دروازهٔ گوسفند استخری با پنج رواق وجود دارد كه به زبان عبری آن را بیت حسدا میگویند.
3धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा ती लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।
3
در آنجا عدّهٔ زیادی از بیماران، نابینایان لنگان و مفلوجان دراز كشیده [و منتظر حركت آب بودند
4[This verse may not be a part of this translation]
4
زیرا هر چند وقت یکبار فرشتهٔ خداوند به استخر داخل میشد و آب را به حركت در میآورد و اولین بیماری كه بعد از حركت آب به استخر داخل میگردید از هر مرضی كه داشت، شفا مییافت.]
5[This verse may not be a part of this translation]
5
در میان آنها مردی دیده میشد كه سی و هشت سال بیمار بود.
6येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः यशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुन चाहन्छौ?”
6
وقتی عیسی او را در آنجا خوابیده دید و دانست كه مدّت درازی است كه بیمار میباشد، از او پرسید: «آیا میخواهی خوب و سالم شوی؟»
7त्यस रोगीले उत्तर दियो, “महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ पस्न सहायता गर्ने कोही छैन्। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पसि हाल्छ।”
7
آن مریض پاسخ داد: «ای آقا، وقتی آب به حركت میآید کسی نیست كه به من كمک كند و مرا در استخر بیاندازد؛ تا من از جایم حركت میکنم، شخص دیگری پیش از من به داخل میرود.»
8तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड”
8
عیسی به او گفت: «بلند شو، بسترت را بردار و برو.»
9तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिंड्न थाल्यो। त्योस्तो घटना भएको दिन विश्रामको दिन थियो।
9
آن مرد فوراً شفا یافت و بستر خود را برداشت و به راه افتاد. آن روز، روز سبت بود.
10तब यहूदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।”
10
به همین علّت یهودیان به مردی كه شفا یافته بود گفتند: «امروز روز سبت است، تو اجازه نداری بستر خود را حمل نمایی.»
11तर त्यस मानिसले भन्यो, “जुन मानिसले मलाई निको तुल्याउनु भयो, उनैले भन्नुभयो, ‘तिम्रो ओछ्यान उठाउ र हिंड।”‘
11
او در جواب ایشان گفت: «آن کسیکه مرا شفا داد به من گفت: 'بسترت را بردار و برو.'»
12यहूदीहरूले सोधे, “तिमीलाई त्यसरी ओछ्यान बोकेर जाऊ भन्ने मानिस को हो?”
12
از او پرسیدند: «چه شخصی به تو گفت بسترت را بردار و برو؟»
13तर त्यो मानिसले जसद्वारा आपू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटुक्क गइसक्नु भएको थियो।
13
ولی آن مردی كه شفا یافته بود، او را نمیشناخت؛ زیرا آن محل پر از جمعیّت بود و عیسی از آنجا رفته بود.
14केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नु भयो, “हेर, अब तिमी ठीक भयौ। तर अब पाप नगर, तिमामाथि अझ खराब घटनाहरू नघटोस्।”
14
بعد از این جریان عیسی او را در معبد بزرگ یافته به او گفت: «اكنون كه شفا یافتهای دیگر گناه نكن، مبادا به وضع بدتری دچار شوی.»
15तब त्यो मानिस यहूदीहरूकहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नु भयो उहाँ येशू हुनु हुँदोरहेछ।
15
آن مرد رفت و به یهودیان گفت: «کسیکه مرا شفا داد عیسی است.»
16येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले।
16
چون عیسی در روز سبت این كارها را میکرد، یهودیان به اذیّت و آزار او پرداختند.
17तर येशूले यहूदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिदिन।” येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे।
17
امّا عیسی به آنان گفت: «پدرم هنوز كار میکند و من هم كار میکنم.»
18किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।”
18
این سخن، یهودیان را در كشتن او مصمّمتر ساخت. چون او نه تنها سبت را میشکست، بلكه خدا را پدر خود میخواند و به این طریق خود را با خدا برابر میساخت.
19तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ।
19
عیسی در جواب آنان گفت: «یقین بدانید كه پسر نمیتواند از خود کاری انجام دهد مگر آنچه كه میبیند پدر انجام میدهد. هرچه پدر میکند پسر هم میکند،
20पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमाहरू सबै छक्क पर्नेछौ।
20
زیرا پدر پسر را دوست دارد و هرچه انجام دهد، به پسر نیز نشان میدهد و كارهای بزرگتر از این هم به او نشان خواهد داد تا شما تعجّب كنید،
21पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।
21
زیرا همانطور كه پدر مردگان را زنده میکند و به آنان حیات میبخشد، پسر هم هرکه را بخواهد زنده میکند.
22अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ।
22
پدر بر هیچکس داوری نمیکند، او تمام داوری را به پسر سپرده است،
23परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि ऊ जसले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो।
23
تا آنكه همه، همانطور كه پدر را احترام میکنند، پسر را نیز احترام نمایند. کسیکه به پسر بیحرمتی كند، به پدر كه فرستندهٔ اوست بیحرمتی كرده است.
24“म तिमीहरूलाई साँचो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्।
24
«یقین بدانید، هرکه سخنان مرا بشنود و به فرستندهٔ من ایمان آورد، حیات جاودانی دارد و هرگز محكوم نخواهد شد، بلكه از مرگ گذشته و به حیات رسیده است.
25म तिमीहरूलाई साँचो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो सयम अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जजसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्।
25
یقین بدانید كه زمانی خواهد آمد، و در واقع آن زمان شروع شده است، كه مردگان صدای پسر خدا را خواهند شنید و هرکه بشنود زنده خواهد شد.
26जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन-दान दिने अधिकार प्रदान गर्नुभएको छ।
26
زیرا همانطور كه پدر منشأ حیات است، به پسر هم این قدرت را بخشیده است تا منشاء حیات باشد.
27अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएकोछ। किन? किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ ।
27
و به او اختیار داده است كه داوری نماید، زیرا پسر انسان است.
28यसमा अचम्ब नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्।
28
از این تعجّب نكنید، زیرا زمانی خواهد آمد كه همهٔ مردگان صدای او را خواهند شنید
29तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।
29
و از قبرهای خود بیرون خواهند آمد: نیكوكاران برای حیات خواهند برخواست و گناهكاران برای محکومیّت.
30“म एकलै केही र्गदिनँ। म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु। यसैले मेरो निर्णय ठीक हुन्छ। किन? किनभने म आफैलाइ खुशी पार्ने कोशिश र्गदिन। तर म उहाँलाई खुशी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो।
30
«من از خود نمیتوانم کاری انجام دهم بلكه طبق آنچه كه میشنوم قضاوت میکنم و قضاوت من عادلانه است، زیرا در پی انجام خواستههای خود نیستم، بلكه انجام میل پدری كه مرا فرستاده است.
31“यदि मैले आफ्नो साक्षी आफैले दिन्छु तब मेरो साक्षी सर्मथित हुँदैन।
31
«اگر من دربارهٔ خودم شهادت بدهم، شهادت من اعتباری ندارد،
32तर त्यहाँ अन्य मानिस छ जसले मेरो विषयमा मानिसहरूलाई बताउँदछ। अनि म जान्दछु, उनले जे भन्छन् ती सबै कुराहरू सत्य हुन्।”
32
ولی شخص دیگری هست كه دربارهٔ من شهادت میدهد و میدانم كه شهادت او دربارهٔ من معتبر است.
33“तिमीहरूले यूहन्ना समक्ष मानिसहरू पठायौ। अनि उनले तिमीहरूलाई सत्य कुरा भने।
33
شما قاصدانی پیش یحیی فرستادید و او به حقیقت شهادت داد.
34मलाई मेरो विषयमा भन्नलाई मान्छेको आवश्यकता छैन। तर म तिमीहरूलाई ती कुराहरू भन्नेछु ताकि तिमीहरू बाँच्न सक्छौ।
34
من به شهادت انسان نیازی ندارم بلكه بهخاطر نجات شما این سخنان را میگویم.
35यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयौ।
35
یحیی مانند چراغی بود كه میسوخت و میدرخشید و شما مایل بودید، برای مدّتی در نور او شادی كنید.
36“तर मसंग मेरै विषयमा जुन साक्षी छ त्यो यूहन्नाको भन्दा महान छ। जुन कामहरू म गरिरहेकोछु त्यही नै मेरो साक्षी हो। पिता जसले मलाई पठाउनु भयो त्यो कामहरू शेष गर्नलाई दिनु भयो।
36
امّا من شاهدی بزرگتر از یحیی دارم: كارهایی كه پدر به من سپرده است تا انجام دهم، بر این حقیقت شهادت میدهند كه پدر مرا فرستاده است.
37पिता जसले मलाई पठाउनु भयो उहाँले मेरो बारेमा साक्षी पनि दिनुभयो। तर तिमीहरूले उहाँको आवाज कहिले सुनेनौ र तिमीहरूले उहाँलाई कहिले देखेनौ।
37
پدری كه مرا فرستاد خودش بر من شهادت داده است. شما هرگز نه او را دیدهاید و نه صدایش را شنیدهاید
38पिताको वचनले पनि तिमाहरूमा काम गरिरहेको छैन। किनभने जसलाई पिताले पठाउनु भयो उहाँलाई विश्वास गर्दैनौ।
38
و كلام او در دلهای شما جایی ندارد، زیرا به آن کسیکه فرستاده است، ایمان نمیآورید.
39तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ।
39
کتابمقدّس را مطالعه مینمایید، چون خیال میکنید كه در آن حیات جاودان خواهید یافت. درحالیکه كتاب دربارهٔ من شهادت میدهد،
40तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाँहदैनौ।
40
شما نمیخواهید پیش من بیایید تا حیات بیابید.
41“म मानिसहरूबाट प्रशंसा चाहन्न।
41
«من از مردم توقّع احترام ندارم.
42तर म तिमीहरूलाई जान्दछु तिमीहरूमा परमेश्वरको प्रेम छैन।
42
من شما را میشناسم و میدانم كه خدا را از دل دوست ندارید.
43म मेरो पिताबाट आएको हुँ-अनि म उहाँकै निम्ति बोल्दछु। तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर यदि कुनै मानिस आँउछ अनि आफ्नै विषयमा बोल्छ भने, उसलाई तिमीहरू ग्रहण गर्नेछौ।
43
من به نام پدر خود آمدهام و شما مرا نمیپذیرید، ولی اگر کسی خودسرانه بیاید از او استقبال خواهید كرد.
44तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रूचाउँछौ। तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आँउछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ?
44
شما كه طالب احترام از یكدیگر هستید و به عزّت و احترامی كه از جانب خدای یكتا میآید توجّهی ندارید، چگونه میتوانید ایمان بیاورید؟
45नसम्झ कि म पिता समक्ष तिमीहरूको विरोधदमा भन्नेछु। मोशा ती मानिस हुन् जसले तिमीहरू विरूध्य बोल्छन्। अनि उनै एक हुन जसमाथि तिमीहरूले बचाऊको आशा गरयौ।
45
گمان نكنید كه من در پیشگاه پدر، شما را متّهم خواهم ساخت، کسی دیگر، یعنی همان موسی كه به او امیدوار هستید، شما را متّهم مینماید.
46यदि तिमीहरूले साँच्ची नै मोशालाई विश्वास गरेको भए, तिमीहरूले मलाई पनि विश्वास गर्ने थियौ? किनभने मोशाले मेरो विषयमा लेख्नु भएकोछ।
46
اگر شما به موسی ایمان میداشتید به من نیز ایمان میآوردید، زیرا او دربارهٔ من نوشته است.
امّا اگر به نوشتههای او ایمان ندارید، چگونه گفتار مرا باور خواهید كرد؟»
47तर तिमीहरूले मोशाले के लेखे त्यसलाई विश्वास गर्दैनौ भने तब म जे भन्छु तिमीहरूले कसरी विश्वास गर्न सक्छौ?”
47
امّا اگر به نوشتههای او ایمان ندارید، چگونه گفتار مرا باور خواهید كرد؟»