Nepali

Persian

Joshua

9

1जब यर्दन नदीको पश्चिम क्षेत्रका राजाहरूले यस विषयमा सुने, यहोशू र इस्राएलीहरूसँग युद्ध गर्न सम्मिलित भए। तिनीहरू पर्वतहरूबाट, समतल भूमिबाट, भूमध्यसागरको किनाराबाट, लबानोनको माथिबाट आए। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी, यबूसीहरू सबै एक दलमा आए।
1 وقتی خبر پیروزی بنی‌اسرائیل به گوش پادشاهان سرزمینهای اطراف رسید، اینها پادشاهان سرزمینهای غرب رود اردن و سواحل دریای مدیترانه تا کوههای لبنان، یعنی حِتّیان، اموریان، کنعانیان، فرزیان، حویان و یبوسیان بودند.
2यी सबै राजाहरू एक साथ भेला भए। तिनीहरूले यहोशू अनि इस्राएलका मानिसहरूको विरूद्ध युद्ध गर्ने योजना बनाए।
2 آنها یک لشکر متّحد تشکیل دادند تا در مقابل یوشع و لشکر او بجنگند.
3कसरी यहोशूले यरीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने।
3 امّا چون اهالی جبعون شنیدند که یوشع چه بلایی بر سر اریحا و عای آورده است، حیله‌ای اندیشیدند و چند نفر را پیش یوشع فرستادند.
4यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्।
4 آنها لباسها و کفشهای کهنه و پاره پوشیده و بر الاغهای خود پالان کهنه و پاره گذاشته و مشکهای شرابی که وصله شده بود و نیز مقداری نان کپک زده بار کرده بودند.
5ती मानिसहरूले आफ्ना खुट्टामा पुराना जुत्ता लगाए। ती मानिसहरूले पुराना बस्त्रहरू लगाए। अनि केही बासी रोटी भेट्टाए जो सूख्खा अनि ढुँडी परेका थिए। यसरी ती मानिसहरू धेरै टाढाका स्थानबाट यात्रा गरेर आएका जस्तै देखिन्थे।
5 آنها به اردوی یوشع در جلجال آمدند و به او و مردم اسرائیل گفتند: «ما از یک سرزمین دور آمده‌ایم تا با شما پیمان صلح ببندیم.»
6तब ती मानिसहरू इस्राएलका मानिसहरूका छाउनीमा गए। यो छाउनी गिलगाल नजिक थियो। ती मानिसहरू यहोशू कहाँ गए अनि तिनलाई भने, “हामी अति टाढा देशबाट यात्रा गरेर आएका हौं हामी तपाईंसित शान्ति-सन्धि गर्न चाहन्छौं।”
6 مردم اسرائیل به آنها گفتند: «ما از کجا بدانیم که شما در همین نزدیکی‌‌ها زندگی نمی‌کنید و از راه دور آمده‌اید؟ ما نمی‌توانیم با شما پیمان ببندیم.»
7इस्राएलका मानिसहरूले यी हिव्वी मानिसहरूलाई भने, “हुन सक्छ तिमीहरूले हामीलाई छल्ने कोशिश गर्दैछौ। हुन सक्छ तिमीहरू हाम्रो नजिकमा बस्छौ। हामी तिमीहरूसित सन्धि गर्न सक्तैन्नौं। जब सम्म हामी जान्दैनौं तिमीहरू कहाँबाट आएका हौ?”
7 آنها به یوشع گفتند: «ما شما را خدمت می‌کنیم.» یوشع از آنها پرسید: «شما کیستید و از کجا آمده‌اید؟»
8ती हिव्वी मानिसहरूले यहोशूलाई भने, “हामी तपाईंका दासहरू हौं।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”
8 آنها جواب دادند: «ما از یک سرزمین دوردست آمده‌ایم، زیرا ما دربارهٔ خداوند خدای شما شنیده‌ایم که چه کارهای حیرت‌آوری در سرزمین مصر انجام داد،
9[This verse may not be a part of this translation]
9 بر سر دو پادشاه اموری، سیهون پادشاه حشبون و عوج پادشاه باشان که در عشتاروت زندگی می‌کردند، چه بلایی آورد.
10अनि हामीले सुन्यौं कि उहाँले यर्दन नदीको पूर्वतफर्का एमोरी मानिसहरूका दुइ राजाहरूलाई परास्त गरिदिनु भयो। ती हेश्बोनका राजा सीहोन अनि अस्तारोत देशको बाशानका राजा ओग थिए।
10 بنابراین رهبران و بزرگان سرزمین ما گفتند که توشهٔ سفر گرفته به دیدن شما بیاییم و بگوییم که ما در خدمت شما هستیم. پس بیایید با هم پیمان دوستی ببندیم.
11यसर्थ हाम्रा अगुवाहरू र हाम्रा मानिसहरूले हामीलाई भने, ‘तिमीहरूको यात्राका निम्ति प्रचुर मात्रामा खाद्य पदार्थ बोक। जाऊ अनि इस्राएलका मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, “हामी तपाईंहरूका दासहरू हौं। हामीसित शान्ति सन्धि गर्नुहोस्।”‘
11 وقتی‌که از خانه‌های خود حرکت کردیم، این نانها را که برای توشه راه خود گرفتیم، گرم و تازه بودند و حالا همه خشک و بیات شده‌اند.
12“हाम्रा रोटीहरू हेर्नु होस्। हामीले घर छोड्दा यी तातो र ताजा थिए। तर अहिले तपाईंहरूले देख्न सक्नुहुन्छ कि यी सूखा अनि पुराना भएको छन्।
12 این مشکهای شراب، که اینک کهنه و پاره شده‌اند، آن وقت نو بودند. و کفشها و لباسهای ما هم در این سفر طولانی کهنه و پاره شده‌اند.»
13हाम्रा दाखरसका छालाका मशकहरू हेर्नुहोस्। हामीले घर छोड्दा यी नयाँ अनि दाखमद्यले भरिएका थिए। अहिले तपाईंहरूले देख्नसक्नु हुन्छ, कि तिनीहरू चर्केका अनि पुराना भएका छन्। हाम्रा बस्त्र अनि चप्पलहरू हेर्नु होस्। तपाईंहरूले देख्न सक्नु हुन्छ कि लामो यात्राले गर्दा हामीले लगाएका कुराहरू प्रायः थोत्रा भएका छन्।”
13 پس مردم اسرائیل بدون مشورت با خداوند، از توشهٔ راه آنها خوردند.
14इस्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसर्थ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो।
14 و یوشع با آنها پیمان صلح بست و به آنها اجازه داد که در آنجا زندگی کنند. رهبران اسرائیل نیز قسم خوردند که به پیمان خود وفادار بمانند.
15यहोशू तिनीहरूसित सन्धि गर्न सहमत भए। तिनीहरूलाई जीवित राख्न तिनी सहमत भए। इस्राएलका अगुवाहरू यहोशूको यो शपथ प्रति सहमत भए।
15 امّا سه روز بعد معلوم شد که آنان در همسایگی آنها زندگی می‌کنند.
16तिमीहरूसित सम्झौता गरेको तीन दिन पछि इस्राएलीले थाहा पाए। कि ती मानिसहरू वास्तवमा तिनीहरूका नजिकै बस्नेहरू रहेछन्।
16 سربازان اسرائیل برای تحقیق رفتند و در روز سوم به آن شهرها که عبارت بودند از: جبعون، کفیره، بئیروت و قریت یعاریم رسیدند.
17यसकारण तेस्रो दिनमा इस्राएलीहरू तिनीहरूको शहरहरूमा गए। ती शहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत्यारैम थिए।
17 امّا آسیبی به آنها نرساندند، زیرا رهبران ایشان به نام خداوند خدای اسرائیل قسم خورده بودند. بنابراین آنها بر رهبران خود، که با آن مردم پیمان صلح بسته بودند، خشمگین شدند.
18तर इस्राएलका सेनाले ती शहरहरूको विरूद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए। सबै मानिसहरूले ती अगुवाहरू विरूद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए।
18 امّا رهبران گفتند: «ما به نام خداوند خدای اسرائیل، قسم خورده‌ایم و نمی‌توانیم به آنها صدمه‌ای برسانیم.
19तर ती अगुवाहरूले उत्तर दिए, “हामीले हाम्रो शपथ दिएका छौं। हामीले परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने शपथ गरेका छौं। अब हामी तिनीहरू विरूद्ध लडून सक्तैनौं।
19 مبادا کاری برخلاف قسمی‌ که خورده‌ایم بکنیم و به غضب خدا گرفتار شویم.
20यो त्यही हो जो हामीले गर्नु पर्छ। हामीले तिनीहरूलाई बाँच्न दिनुपर्छ। हामीले तिनीहरूलाई चोट पुर्याउनु हुँदैन नत्र परमेश्वर हामीसित क्रोधित हुनुहुनेछ किनभने हामीले तिनीहरूलाई दिएको शपथ भङ्ग हुनेछ।
20 بگذارید که زنده بمانند. امّا آنان را به خدمت می‌گماریم تا آنها برای ما هیزم‌شکنی کنند و آب بیاورند.» این تصمیمی بود که رهبران گرفتند.
21यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्।
21 یوشع مردم جبعون را به حضور خود خواسته پرسید: «چرا ما را فریب دادید و گفتید که از یک سرزمین دور آمده‌اید، درحالی‌که در همین جا زندگی می‌کردید؟
22यहोशूले गिबोनी मानिसहरूलाई बोलाए। तिनले भने, “तिमीहरूले हामीसित किन झूटो बोल्यौ? तिमीहरूको देश हाम्रो छाउनीको छेउमा थियो। तर तिमीहरूले तिमीहरू टाढा देशका भनेर हामीलाई भन्यौ।
22 پس اکنون به لعنت خدا گرفتار شده‌اید! و از این به بعد به صورت غلام برای خانهٔ خدای ما کار کنید. آب بیاورید و هیزم بشکنید.»
23अब तिमीहरूका मानिसहरूले अनेक कष्ट पाउने छन्। तिमीहरूका सबै मानिसहरू दास हुनेछन्-तिमीहरूले दाउरा काट्नु पर्नेछ अनि परमेश्वरको मन्दिरका निम्ति पानी बोक्नु पर्नेछ।”
23 آنها جواب دادند: «چون ما اطیمنان داشتیم که خداوند خدای شما، به خادم خود موسی دستور فرموده بود که تمام این سرزمین را به شما بدهد و شما همهٔ ساکنان آن را از بین ببرید، بنابراین ترسیدیم و برای نجات جان خود این کار را کردیم.
24गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं।
24 اکنون سرنوشت ما به دست شماست. هرچه صلاح شما باشد در حق ما بکنید.»
25अब हामी तपाईंहरूका दासहरू हौं। तपाईं जे उचित ठान्नु हुन्छ तपाईंले गर्न सक्नु हुन्छ।”
25 پس یوشع آنها را از دست مردم اسرائیل نجات داده نگذاشت که کشته شوند. امّا یوشع از همان روز آنها را مأمور کرد که برای مردم و قربانگاه خداوند هیزم بشکنند و آب بیاورند و تا امروز نیز در جایی که خداوند برای عبادت انتخاب ‌کرد چنین می‌‌‌کنند.
26गिबोनका मानिसहरू यसरी दास भए। तर यहोशूले तिनीहरूलाई जीवित रहन दिए। यहोशूले इस्राएलका मानिसहरूलाई तिनीहरूलाई मार्न दिएनन्।
26 امّا یوشع از همان روز آنها را مأمور کرد که برای مردم و قربانگاه خداوند هیزم بشکنند و آب بیاورند و تا امروز نیز در جایی که خداوند برای عبادت انتخاب ‌کرد چنین می‌‌‌کنند.
27यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।