Nepali

Persian

Joshua

8

1तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। तेरो सबै योद्धाहरूलाई ऐ शहरमा लैजा। ऐ का राजालाई परास्त गर्नमा म तँलाई सहयोग गर्नेछु। म तँलाई त्यसका मानिसहरू, त्यसको शहर अनि त्यस देश दिंदैछु।
1 خداوند به یوشع فرمود: «همهٔ جنگجویان را گرفته بدون ترس و تشویش به عای برو. من پادشاه عای، مردم شهر و سرزمین او را به دست تو داده‌ام.
2यो समयमा मात्र तिमीहरू सबै सम्पत्ति र पशुहरू लिन सक्छौ र तिमीहरू आफ्नै लागि राख्न सक्छौ। अब, तेरा केही सैनिकहरूलाई शहर पछाडि लुक्नु भन्।”
2 همان رفتاری که با اریحا و پادشاه آن کردی، با عای و پادشاهش نیز بکن، امّا این بار به تو اجازه می‌دهم که همهٔ اموال و چارپایان آنها را که به غنیمت می‌گیری، برای خودتان نگه دارید. به صورت ناگهانی و از پشت شهر حمله کنید.»
3यसर्थ यहोशू अनि सबै सेनाहरूले ऐलाई आक्रमण गर्न तयार भए। यहोशूले अति योग्य 3,000 योद्धाहरू छाने अनि तिनीहरूलाई राती नै पठाई दिए।
3 پس یوشع و تمام لشکریان او آماده حرکت به طرف عای شدند. پس یوشع سی هزار سرباز دلیر را انتخاب کرد و هنگام شب آنها را به آنجا فرستاد و گفت:
4यहोशूले तिनीहरूलाई यो आज्ञा दिए, “ध्यान दिएर सुनः तिमीहरूले शहरको पछाडि लुकेर पर्खिरहने छौ शहरदेखि धेरै टाढा नबस्नु ताकि तिमीहरू आक्रमण गर्न तयारी रहनसक।
4 «برای شبیخون در یک طرف شهر پنهان شوید، امّا نه بسیار دور از آن، و برای حملهٔ ناگهانی آماده باشید.
5अघाडि शहर तिर जान मानिसहरूलाई म अगुवाई गर्नेछु। शहरका मानिसहरू हाम्रो विरूद्ध लड्न बाहिर आउने छन्। त्यसरी नै हामी पछि फर्कने छौं अनि तिनीहरू देखि भाग्ने छौं जसरी हामी पहिला भागेका थियौ।
5 من با یک گروه سرباز به شهر حمله می‌کنم. وقتی‌که لشکریان عای، مانند دفعهٔ گذشته به مقابلهٔ ما آمدند، ما عقب‌نشینی می‌‌کنیم. آنها تصوّر می‌کنند که ما فرار کرده‌ایم، پس ما را تعقیب خواهند نمود. چون از شهر به فاصله زیادی دور شدند،
6मानिसहरूले हामीलाई शहरदेखि टाढा खेद्ने छन्। तिनीहरूले सोच्नेछन् कि हामी पहिले भागे झैं भाग्दैछौं। यसकारण हामी भाग्ने छौ।
6 آنگاه شما از کمینگاه خود بیرون آمده، شهر را تصرّف کنید، زیرا خداوند خدای شما، آن را به دست شما تسلیم خواهد نمود.
7तब तिमीहरू लुकेको ठाउँबाट बाहिर आउनु पर्छ अनि शहरलाई अधिकारमा लिनु पर्छ। यसप्रकारले परमप्रभु तिमीहरूका परमेश्वरले शहरलाई कब्जा गर्न तिमीहरूलाई सहयोग गर्नुहुनेछ।
7 وقتی شهر را تصرّف کردید، طبق فرمان خداوند آن را آتش بزنید. این دستور من می‌‌باشد.»
8“तिमीहरूले शहर कब्जा गरेपछि, यसलाई जलाउनु पर्छ। तिमीहरूले परमप्रभुको नियमहरू ठीकसित पालन गर्नु पर्छ; म जस्तो आशा गर्छु तिमीहरूले ठीक त्यसै गर्ने छौ।”
8 پس آنها هنگام شب به طرف کمینگاه خود حرکت کردند و در جایی که بین غرب عای و بیت‌ئیل بود، پنهان شدند. یوشع شب را در اردوگاه خود به سر برد.
9तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिक्षा गर्न लागे। तिनीहरू बेतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरूहरूसँग बसे।
9 صبح روز بعد، یوشع برخاست و سربازان خود را آماده کرد و با رهبران بنی‌اسرائیل رهسپار عای شدند.
10भोलिपल्ट बिहानै यहोशूले मानिसहरूलाई एक साथ भेला गरे। तब यहोशू अनि इस्राएलीहरूका अगुवाहरूले मानिसहरूलाई ऐ शहरतर्फ लिएर गए।
10 آنها در شمال شهر در نزدیکی درّه‌ای اردو زدند.
11सबै सैनिकहरू जो यहोशूसित थिए ऐ शहरतर्फ हिंडे। तिनीहरू शहरद्वारको सामुन्ने रोकिए। सेनाहरूले आफ्नो छाउनी शहरको उत्तर तर्फ बनाए। ऐ शहर र सेनाहरू बीच एक बेंसी थियो।
11 در آن شب یک لشکر پنج هزار نفری دیگر را فرستاد تا در غرب شهر، بین عای و بیت‌ئیل برای کمک به قشون اصلی کمین کنند و خودش شب را در دشت به سر برد.
12त्यसपछि यहोशूले लगभग 5,000 मानिसहरू छाने। यहोशूले ती मानिसहरूलाई शहर देखि पश्चिम तिरका बेतेल अनि ऐ शहर बीचको क्षेत्रमा लुक्न पठाए।
12 وقتی پادشاه عای لشکر یوشع را دید، فوراً دست به کار شد و به همراه لشکریان خود برای حمله به بنی‌اسرائیل به روبه‌روی دشت اردن رفت. غافل از اینکه یک لشکر دیگر بنی‌اسرائیل در عقب شهر کمین کرده‌اند.
13यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए।
13 یوشع و مردان جنگی او، چنان وانمود کردند که از دست آنها شکست خورده، به طرف بیابان فرار می‌‌کنند.
14तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पर्खिरहेका छन् भन्ने उसलाई थाहा भएन।
14 پس به تمام سربازانی که در شهر بودند، دستور داده شد که به تعقیب بنی‌اسرائیل بروند. به این ترتیب آنها از شهر دور شدند،
15यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरूभूमि तर्फ दौडन थाले।
15 به طوری که هیچ سربازی در بیت‌ئیل و یا عای باقی نماند و دروازه‌های شهر را نیز بازگذاشتند و به تعقیب بنی‌اسرائیل رفتند.
16शहरका मानिसहरू कराउन थाले अनि यहोशू र तिनका मानिसहरूलाई खेद्न थाले। सबै मानिसहरूले शहर छोडे।
16 آنگاه خداوند به یوشع گفت: «نیزه‌ات را به طرف عای دراز کن، زیرا من آن را به دست تو می‌‌دهم.» یوشع چنان کرد.
17ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्।
17 همین که دست یوشع بلند شد، لشکر بنی‌اسرائیل که در کمینگاه بودند، فوراً به شهر حمله برده، آن را تسخیر کردند و آتش زدند.
18तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “आफ्नो भालालाई ऐ शहर तर्फ फर्काएर बस। म तँलाई त्यो शहर दिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐ शहर तर्फ फर्कए।
18 چون مردان عای به پشت سر خود نگاه کردند، دیدند که دود از شهر به طرف آسمان بالا می‌‌رود و راه فرار از هر سو به روی ایشان بسته شده است، زیرا مردانی که به بیابان فرار کرده بودند، برگشته و به آنهایی که در تعقیبشان بودند، حمله کرده بودند.
19इस्राएलका मानिसहरू जो लुकिरहेका थिए तिनीहरूले यो देखे। तिनीहरू झट्टै आफ्ना लुकिरहेका स्थानबाट बाहिर आए अनि हत्तारिएर शहरतर्फ कुदे। तिनीहरूले शहर भित्र प्रवेश गरे अनि त्यसलाई अधिकारमा लिए। त्यसपछि सैनिकहरूले शहरमा आगो लाउन थाले।
19 وقتی یوشع و همراهانش دود را دیدند و فهمیدند که سربازانی که در کمین بودند، شهر را تسخیر کرده‌اند، برگشتند و تمام مردان عای را به قتل رساندند.
20ऐका मानिसहरूले फर्केर हेरे अनि तिनीहरूका शहर जल्दै गरेका देखे। तिनीहरूले आकाशमा धूँवा उठेका देखे। यसर्थ तिनीहरूले आफ्ना शक्ति र साहस हराए। अनि इस्राएलका मानिसहरूलाई खेदन छाडे। इस्राएलका मानिसहरू भाग्न छाडे। तिनीहरू फर्के अनि ऐका मानिसहरूसित लड्न गए। ऐ का मानिसहरूका निम्ति भागेर जानको कुनै सुरक्षित स्थान थिएन।
20 مردان اسرائیل که در شهر بودند، بیرون آمدند و از پشت سر به کشتار دشمن شروع کردند، به طوری که هیچ‌کس نتوانست فرار کند، و همه کشته شدند.
21यहोशू अनि तिनका मानिसहरूले देखेकि आफ्ना सेनाले शहरलाई कब्जा गरेका थिए। यो त्यसबेला भयो जब तिनीहरू भाग्न छाडेर, फर्किए अनि ऐका मानिसहरूसँग लडनलाई दगुरे।
21 امّا پادشاه عای را زنده دستگیر کرده، به حضور یوشع آوردند.
22त्यसपछि ती लुकेका मानिसहरू युद्धमा सहयोग गर्न शहर बाहिर आए। इस्राएलका सेनाहरू ऐ शहरका मानिसहरूका दुवै तिर थिए-ऐ शहरका ती मानिसहरू फन्दामा परे। तिनीहरूले तब सम्म युद्ध गरिरहे जबसम्म ऐका एकजना मानिस पनि जीउँदो रहेनन् तिनीहरूका कोही पनि बाँचेनन्।
22 بعد از آنکه مردان بنی‌اسرائیل تمام کسانی را که در خارج شهر بودند کشتند، به داخل شهر رفتند و کسانی را که زنده مانده بودند، با شمشیر هلاک کردند.
23तर ऐका राजालाई जीवित छाडियो। यहोशूका मानिसहरूले तिनलाई यहोशू कहाँ ल्याए।
23 در همان روز تمام ساکنان عای که در حدود دوازده هزار زن و مرد بودند، کشته شدند.
24युद्धको समयमा, इस्राएलका सेनाहरूले ऐका मानिसहरूलाई मैदान अनि मरूभूमि तिर खेदे। यसरी इस्राएलका सेनाहरूले ऐ शहरका मानिसहरूलाई मैदान तिर अनि मरूभूमि तिर मार्ने काम पूर्ण गरे। त्यसपछि इस्राएलका मानिसहरू ऐ तिर फर्केर गए अनि शहरमा अझ जीवितरहेका सबै मानिसहरूलाई मारिदिए।
24 زیرا یوشع نیزهٔ خود را به طرف عای بالا گرفته بود و تا زمانی که تمام ساکنان آن نابود نشده بودند، پایین نیاورد.
25ऐ शहरका समस्त मानिसहरू त्यस दिन मरे। त्यहाँ 12,000 पुरूष र स्त्रीहरू थिए।
25 پس بنی‌اسرائیل مطابق دستور خداوند به یوشع، فقط چارپایان و اموال آنان را برای خود به غنیمت گرفتند.
26यहोशूले शहरलाई ध्वंश गर्नका निम्ति आफ्ना मानिसहरूलाई संकेतको रूपमा आफ्नो भाला ऐ शहरतर्फ फर्काई राखेका थिए। यहोशूले उनको भाला जबसम्म समाति रहे तबसम्म ऐ शहरका मानिसहरू सबै नष्ट भएनन्।
26 یوشع عای را آتش زد و به خاکستر تبدیل نمود و تا امروز به همان حال باقی است.
27इस्राएलका मानिसहरूले शहरका पशु-प्राणीहरू अनि अन्य चीज बीजहरू आफ्नै निम्ति राखे। परमप्रभुले यहोशूलाई भन्नुभएको थियो कि मानिसहरूले यसो गर्न सक्छन्।
27 پادشاه عای را به دار آویختند و جسد او تا شام آویزان ماند. هنگام غروب آفتاب، یوشع دستور داد، جسد او را از دار پایین بیاورند و نزد دروازهٔ ورودی شهر بیندازند و بر روی آن یک تودهٔ بزرگ سنگ انباشتند که هنوز هم دیده می‌شود.
28त्यसपछि यहोशूले ऐ शहरलाई जलाइ दिए। त्यो शहर रित्तो ढुङ्गाहरूको राश बन्यो। त्यो आजसम्म त्यही रूपमा छ।
28 بعد یوشع قربانگاهی برای خداوند خدای اسرائیل بر کوه عیبال ساخت.
29यहोशूले ऐका राजालाई एक रूखमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई रूखबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत- शरीरलाई ढुङ्गाले ढाकि दिए। त्यो ढुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ। आशिर्वाद एवं अभिशापहरूको पठन
29 همان‌طور که موسی خادم خداوند، در کتاب تورات به مردم اسرائیل دستور داده بود، قربانگاهی از سنگهای نتراشیده، که ابزار کارگران به آنها نخورده بود ساختند و مردم در آنجا قربانی‌های سوختنی و سلامتی برای خداوند تقدیم کردند.
30तब यहोशूले परमप्रभु, इस्राएलका परमेश्वरका निम्ति एबाल पर्वतमा एउटा वेदी निर्माण गरे।
30 یوشع در همان‌جا در حضور بنی‌اسرائیل یک نسخه تورات موسی را بر لوح‌های سنگی نوشت.
31परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई भनेका थिए, कि वेदी कसरी निर्माण गर्नु पर्ने। यसर्थ यहोशूले, मोशाको व्यवस्थाको पुस्तकमा व्याख्या गरे अनुसार निर्माण गरे। त्यो वेदी नकाटिएको ढुङ्गा द्वारा बनाइएको थियो। ती ढुङ्गाहरूमा कुनै हात हतियार कहिले प्रयोग भएको थिएन। तिनीहरूले त्यो वेदीमा परमप्रभु प्रति होमबलि अर्पण गरे। अनि मेलबलि पनि चढाए।
31 تمام بنی‌اسرائیل و رهبران، صاحب منصبان، داوران و همچنین غریبانی که در بین آنها بودند، به دو دسته تقسیم شده، مقابل هم ایستادند. نیمی‌ در پایین کوه جرزیم و نیم دیگر آنها در پایین کوه عیبال ایستادند. بین آن دو دسته، کاهنان و صندوق پیمان خداوند قرار داشتند و منتظر بودند که دعای برکت خوانده شود. این مراسم بر حسب دستوری بود که موسی خادم خداوند، سالها پیش داده بود.
32त्यस ठाउँको ढुङ्गामा यहोशूले मोशाको व्यवस्था लेखे। उसले इस्राएलका समस्त मानिसहरूका निम्ति हेर्नलाई त्यसो गरे।
32 بعد یوشع از روی کتاب تورات، دعای برکت و نفرین را برای ایشان خواند. تمام احکامی‌ که موسی نوشته بود، از ابتدا تا انتها برای بنی‌اسرائیل و زنان و اطفال و بیگانگانی که در میانشان ساکن بودند، خوانده شد.
33बूढा-प्रधान, अधिकारी, न्यायकर्त्ता अनि इस्राएलका समस्त मानिसहरू पवित्र सन्दूक वरिपरि लेवी पूजाहारीहरूका सामुन्ने उभिएका थिए जसले परमप्रभुको करारको पवित्र सन्दूक बोकेका थिए। इस्राएलका मानिसहरू अनि तिनीहरूसित भएका अन्य मानिसहरू सबै त्यहाँ उभिएका थिए। आधा मानिसहरू एबाल पर्वतको सामुन्ने उभिएका थिए अनि अर्को आधा मानिसहरू गीरिज्जीम पर्वतको सामुन्ने उभिएका थिए। परमप्रभुका दास मोशाले मानिसहरूलाई यसो गर्नु भनेका थिए। मोशाले तिनीहरूलाई यो आशीर्वादका निम्ति गर्नु भनेका थिए।
33 تمام احکامی‌ که موسی نوشته بود، از ابتدا تا انتها برای بنی‌اسرائیل و زنان و اطفال و بیگانگانی که در میانشان ساکن بودند، خوانده شد.
34तब यहोशूले व्यवस्थाका सबै शब्दहरू पढे। यहोशूले आशीर्वादहरू अनि श्रापहरू पढे। तिनले हरेक कुरा त्यही प्रकारले पढे जुन प्रकारले व्यवस्थाको पुस्तकमा लेखिएका थिए।
35इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए।