Nepali

Persian

Judges

10

1अबीमेलेकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्त्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो।
1 بعد از مرگ ابیملك، یک نفر از طایفهٔ یساکار به نام تُولَع پسر فُواه نوهٔ دودا، برای نجات قوم اسرائیل آمد. او در شهر شامیر در کوهستان افرایم زندگی می‌کرد.
2तोला तेईस वर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्त्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो।
2 او مدّت بیست و سه سال بر اسرائیل رهبری کرد. بعد از وفاتش او را در شامیر به خاک سپردند.
3तोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्त्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईस वर्षसम्म इस्राएलका मानिसहरूको न्यायकर्त्ता भए।
3 بعد از او یائیر جلعادی، بیست و دو سال حاکم اسرائیل بود.
4याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्।
4 او دارای سی پسر بود که بر سی الاغ سوار می‌شدند و سی شهر در سرزمین جلعاد داشتند که تا به امروز به نام شهرهای یائیر یاد می‌شوند.
5याईरको मृत्यु भयो अनि तिनी कामोन शहरमा गाडिए।
5 وقتی‌که فوت کرد، او را در قامون دفن کردند.
6फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।
6 بار دیگر مردم اسرائیل با پرستش خدایان در پیشگاه خداوند شرارت ورزیده، خدایان بعل و عشتاروت، یعنی خدایان سوریه، صیدون، موآب، عمون و فلسطین به خداوند گناه ورزیدند. آنها او را ترک کرده، از عبادت او دست کشیدند.
7यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्वोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरू द्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो।
7 پس آتش خشم خداوند شعله‌ور شد و آنها را زیر سلطهٔ فلسطینیان و عمونیان برد.
8त्यसैवर्ष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बस्ने इस्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ एमोरी मानिसहरू बस्दथे। इस्राएलका ती मानिसहरूले अठार वर्षसम्म दुःख भोगे।
8 برای مدّت هجده سال آنها بر اسرائیلیانی که در سرزمین اموریان در شرق رود اردن در جلعاد زندگی می‌کردند، ظلم و ستم روا داشتند.
9अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।
9 عمونیان از رود اردن عبور کرده، برای جنگ با طایفه‌‌های یهودا، بنیامین و افرایم رفتند و زندگی را بر مردم اسرائیل تلخ ساختند.
10यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसंग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरूद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौ अनि झूटा देवता बाललाई पूज्यौ।”
10 آنگاه قوم اسرائیل به حضور خداوند گریه و زاری کردند و گفتند: «ما در برابر تو گناه کرده‌ایم، زیرا ما خدای خود را ترک نموده، خدایان بعل را پرستش کرده‌ایم.»
11परमप्रभुले इस्राएलका मानिसहरूलाई उत्तर दिनुभयो, “जब तिमीहरूलाई मिश्रदेशका, एमोरी, अम्मोनी अनि पलिश्ती मानिसहरूले घात पुर्याए तिमीहरूले म कहाँ विलाप गर्यौ। मैले तिमीहरूलाई यी मानिसहरूबाट बचाएँ।
11 خداوند به آنها فرمود: «آیا من شما را از دست مردمان مصر، اموری، عمونی و فلسطینی نجات ندادم؟
12जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ।
12 آیا وقتی شما از دست ظلم مردم صیدون، عمالق و معونی نزد من فریاد کردید، شما را نجات ندادم؟
13तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु।
13 امّا شما مرا ترک کردید و خدایان بیگانه را پرستیدید، پس من دیگر شما را نجات نخواهم داد.
14तिमीहरू अन्य देवताहरूको पूजा गर्न मन पराउँछौ यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपदमा पर्छौ ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देऊ।”
14 بروید پیش همان خدایانی که برای خود انتخاب کردید تا شما را از ظلم و ستمی که می‌کشید، خلاص کنند.»
15तर इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईं हामी प्रति जे गर्न चाहनुहुन्छ त्यही गर्नु होस्। तर कृपया हामीलाई आज बचाउँनुहोस्।”
15 مردم اسرائیل به خداوند گفتند: «ما گناهکاریم. هرچه که می‌خواهی در حق ما بکن. امّا اکنون یک‌بار دیگر ما را نجات بده.»
16तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।
16 پس آنها خدایان بیگانه را از بین بردند و دوباره خداوند را پرستش کردند. پس خداوند بر رنجهای آنان شفقت نمود.
17अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो।
17 در این وقت عمونیان، سپاه خود را در جلعاد آماده و مجهّز کردند. مردم اسرائیل هم همه یک‌‌جا جمع شده، در مصفه اردو زدند. رهبران سپاه جلعاد از یکدیگر پرسیدند: «چه کسی می‌خواهد فرمانده ما در جنگ با عمونیان باشد؟ هرکسی که داوطلب شود، آن شخص حاکم ما در جلعاد خواهد بود.»
18गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्वमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”
18 رهبران سپاه جلعاد از یکدیگر پرسیدند: «چه کسی می‌خواهد فرمانده ما در جنگ با عمونیان باشد؟ هرکسی که داوطلب شود، آن شخص حاکم ما در جلعاد خواهد بود.»