Nepali

Persian

Judges

11

1यिप्तह गिलादका कुल समूहका थिए। तिनी एक शक्तिशाली सैनिक थिए। तर यिप्तह वेश्याका छोरा थिए। तिनका पिता गिलाद नाउँ गरेका मानिस थिए।
1 یفتاح جلعادی جنگجویی دلاور، امّا پسر یک فاحشه بود و پدرش جلعاد نام داشت.
2गिलादकी पत्नीका धेरै छोराहरू थिए। जब ती छोराहरू हुर्किए तिनीहरूले यिप्तलाई मन पराएनन्। ती छोराहरूले यिप्तहलाई उसको निवास शहर छोडन वाध्य तुल्याए। तिनीहरूले उसलाई भने, “तैंले हाम्रा पिताको कुनै पनि सम्पत्ति पाउने छैनस्। तँ अर्की स्त्रीको छोरो होस्।”
2 جلعاد از زن اصلی خود دارای پسران دیگری هم بود. وقتی پسرانش بزرگ شدند، یفتاح را از سرزمین خود بیرون کرده به او گفتند: «تو از میراث پدر ما حقّی نداری، زیرا تو پسر یک زن دیگر هستی.»
3यसर्थ यिप्तह आफ्ना भाइहरूको कारणले टाढा गए। तिनी तोबको देशमा बसे। तोबको देशमा केही असभ्य मानिसहरूले यिप्तहको अनुसरण गर्न थाले।
3 پس یفتاح از نزد برادران خود فرار کرد و در سرزمین طوب ساکن شد. در آنجا تعدادی اشخاص شرور را دور خود جمع کرده، سردسته آنها شد.
4केही समयपछि अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरूको विरूद्ध लडाँईं गरे।
4 بعد از مدّتی، جنگ بین عمونیان و اسرائیل شروع شد.
5अम्मोनी मानिसहरू इस्राएलको विरूद्ध लडिरहेका थिए यसर्थ गिलादका बूढा-प्रधानहरू यिप्तह कहाँ गए। यिप्तह तोबको देश त्यागेर गिलादमा फर्केर आएको तिनीहरू चाहन्थे।
5 رهبران جلعاد، برای آوردن یفتاح، به طوب رفتند
6बूढा-प्रधानहरूले यिप्तहलाई भने, “आऊ, अनि हाम्रो अगुवा बन जसमा कि हामी अम्मोनी मानिसहरूको विरूद्ध लड्न सकौं।”
6 و به او گفتند: «بیا و ما را رهبری کن تا به کمک تو بتوانیم با عمونیان جنگ کنیم.»
7तर यिप्तहले गिलाद देशका ती बूढा-प्रधानहरूलाई भने, “तिमीहरूले मलाई मेरा पिताको घर छाड्न वाध्य तुल्यायौ। तिमीहरूले मलाई घृणा गर्छौ। यसर्थ अहिले तिमीहरूलाई विपद परेको बेला मकहाँ किन आएका?”
7 یفتاح به آنها جواب داد: «شما از روی دشمنی، مرا از خانهٔ پدرم بیرون راندید و اکنون چون گرفتار شده‌اید، پیش من آمده‌اید.»
8गिलादका बूढा-प्रधानहरूले यिप्तहलाई भने, “यसो होइन तर अहिले हामीहरू तपाईंतिर फर्किएका छौं, अब हामीसित मिलेर अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्नुहोस् भनि तपाईंलाई सोध्न आएका हौं। गिलादमा बस्ने सबै मानिसहरूको तपाईं सेनापति हुनुहुनेछ।”
8 سرکردگان جلعاد گفتند: «ما به تو احتیاج داریم تا با ما به جنگ عمونیان بیایی و رهبر و فرماندهٔ تمام سرزمین جلعاد باشی.»
9तब यिप्ताहले गिलादका अगुवाहरूलाई भने, “यदि तिमीहरू म गिलादमा फर्केर आएको अनि अम्मोनी मानिसहरूको विरूद्ध लडेको चाहन्छौ भने ठीक छ। तर यदि विजय प्राप्त गर्न परमप्रभुले मलाई सहायता गर्नु भयो भने म तिमीहरूको नयाँ प्रमुख हुनेछु”
9 یفتاح به آنان گفت: «اگر شما مرا به سرزمین خودم بازگردانید تا با عمونیان جنگ کنم و خداوند مرا پیروزی بخشد من حاکم شما خواهم بود.»
10गिलादका अगुवाहरूले यिप्तहलाई भने, “हामीले भनेका हरेक कुरा परमप्रभुले सुन्दै हुनुहुन्छ। अनि हामी शपथ खाएर भन्छौं कि तिमीले हामीलाई गर्नु भनेका सबै कुरा गर्नेछौं।”
10 آنها گفتند: «ما قسم می‌خوریم و خدا شاهد ما باشد که هرچه می‌خواهی انجام می‌دهیم.»
11यसर्थ यिप्तह गिलादका अगुवाहरू साथ गए। ती मानिसहरूले यिप्तहलाई आफ्ना प्रमुख अनि आफ्ना सेनापति बनाए। यिप्तहले मिस्पा शहरमा परमप्रभुको समक्ष आफ्ना सबै भाकलहरू दोहोर्याए।
11 پس یفتاح با رهبران جلعادی رفت و مردم آنجا او را به عنوان رهبر و فرماندهٔ خود انتخاب کردند و جلعاد در مصفه در حضور خداوند، سخنان خود را بیان کرد.
12यिप्तहले अम्मोनी राजाकहाँ दूतहरू पठाए। ती दूतहरूले राजालाई यो सन्देश दिएः “अम्मोनी अनि इस्राएलका मानिसहरू माझ के समस्या छ? तिमीहरू किन हाम्रो देशमा लडई गर्न आएका छौ?”
12 بعد یفتاح، قاصدانی را پیش پادشاه عمونیان با این پیام فرستاد: «با ما چه دشمنی داری که به جنگ ما آمده‌ای؟»
13अम्मोनी मानिसहरूका राजाले यिप्तहका दूतहरूलाई भने, “हामी इस्राएलको विरूद्ध लडिरहेका छौ किनभने जब इस्राएलका मानिसहरू मिस्रदेशबाट आए तिनीहरूले हाम्रो सीमाना लिए। तिनीहरूले अर्नोन नदी र यब्बोक नदीको बीचको हाम्रो भूमि यर्दन नदी सम्म लिए। इस्राएली मानिसहरूलाई हाम्रो भूमि हामीलाई शान्तिसित फर्काइदिनु भनिदिनु होस्।”
13 پادشاه عمونیان در جواب گفت: «به‌خاطر اینکه وقتی قوم اسرائیل از مصر آمدند، سرزمین ما را از وادی اَرنون تا به یَبوق و رود اردن گرفتند. حالا می‌خواهیم که سرزمین ما را به آرامی به ما بازگردانید.»
14यसर्थ यिप्तहका दूतहरूले यो सन्देश यिप्तह कहाँ ल्याए। तब यिप्तहले दूतहरूलाई फेरि अम्मोनी मानिसहरू कहाँ पठाए।
14 یفتاح باز چند نفر را پیش پادشاه عمونیان فرستاد که به او بگوید:
15तिनीहरूले यो सन्देश लगेः यिप्तहले भनेको कुरा यो होः इस्राएलले मोआबका मानिसहरूको भूमि वा अम्मोनका मानिसहरूको भूमि लिएन।
15 «اسرائیل زمین موآب و عمونیان را بزور نگرفته است،
16जब इस्राएलका मानिसहरू मिस्रदेशको भूमि बाहिर निस्के, इस्राएलका मानिसहरू मरूभूमि तिर गए। इस्राएलका मानिसहरू लाल समुद्रमा गए। त्यसपछि तिनीहरू कादेश गए।
16 بلکه وقتی از مصر خارج شدند، از راه بیابان به خلیج عقبه و از آنجا عبور کرده به قادش آمدند.
17इस्राएलका मानिसहरूले एदोमका राजाकहाँ दूतहरू पठाए। दूतहरूले एक सुविधाको याचना गरे। तिनीहरूले भने, “इस्राएलका मानिसहरूलाई तपाईंको देश भएर पार हुन दिनुहोस्।” तर एदोमका राजाले हामीलाई तिनीहरूको भूमि भएर जान दिएनन्। हामीले यस्तै सन्देश मोआबका राजा कहाँ पनि पठायौं। तर मोआबका राजाले पनि हामीलाई उसको भूमि भएर जान दिएनन्। यसर्थ इस्राएलका मानिसहरू कादेशमानै बसे।
17 بعد مردم اسرائیل از پادشاه اَدوم خواهش کرده، گفتند: به ما اجازهٔ عبور از سرزمینت را بده. امّا او خواهش ایشان را قبول نکرد. از پادشاه موآب هم همین خواهش را کردند و او هم به آنها جواب رد داد، پس مردم اسرائیل در قادش ماندند.
18त्यसपछि इस्राएलका मानिसहरू मरूभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्राएलका मानिसहरूले मोआब देशको पूर्वततिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।
18 بعد از راه بیابان رفتند و سرزمین اَدوم و موآب را دور زده، به سمت شرقی موآب رسیدند و در قسمت دیگر وادی ارنون اردو زدند. گرچه ارنون، سرحد موآب بود، امّا مردم اسرائیل هیچ‌گاه سعی نکردند از سرحد گذشته، داخل خاک موآب شوند.
19त्यसपछि इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका राजा सीहोन कहाँ दूतहरू पठाए। सीहोन हेश्बोन शहरका राजा थिए। दूतहरूले सीहोनसित याचना गरे, “इस्राएलका मानिसहरूलाई तपाईंको देशबाट पार हुन दिनुहोस्। हामी हाम्रो भूमिमा जान चाहन्छौं।”
19 بعد مردم اسرائیل به سیحون، پادشاه اموریان و پادشاه حشبون پیام فرستاده، از آنها خواهش کردند که از راه سرزمین آنها به وطن خود بروند.
20तर एमोरी मानिसहरूका राजा, सीहोनले इस्राएलका मानिसहरूलाई आफ्नो सीमाना पार गर्न दिएनन्। सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला गरे अनि यहसमा छाउनी बनाए। तब एमोरी मानिसहरूले इस्राएलका मानिसहरूसित युद्ध गरे।
20 ولی سیحون به مردم اسرائیل اعتماد نکرد و نه تنها به آنها اجازهٔ عبور نداد؛ بلکه تمام سپاه خود را جمع کرده در یاهَص اردو زد و با اسرائیل جنگید.
21तर परमप्रभु, इस्राएलका परमेश्वरले इस्राएलका मानिसहरूलाई सीहोन अनि तिनका सेनालाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यसरी एमोरी मानिसहरूको देश इस्राएलका मानिसहरूको सम्पत्ति बन्यो।
21 خداوند خدای اسرائیل، سیحون و تمام مردم او را به دست اسرائیل تسلیم کرد. به این ترتیب، اسرائیل آنها را شکست داده تمام سرزمین اموریان را تصرّف نمودند.
22यसरी अमोरी मानिसहरूको देश इस्राएली मानिसहरूको भूमि भयो। यस प्रकारले इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका समस्त क्षेत्र प्राप्त गरे। त्यो क्षेत्र अर्नोन नदीदेखि यब्बोक सम्म अनि मरूभूमिदेखि यर्दन नदी सम्म फैलिएको थियो।
22 همچنان سرزمین اموریان از ارنون تا به یبوق و از بیابان تا رود اردن، به تصرّف اسرائیل درآمد.
23उहाँ नै परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्थ्यो जसले एमोरी मानिसहरूलाई आफ्ना भूमि छोड्न बाध्य तुल्याउनु भएको थियो। अनि परमप्रभुले त्यो भूमि इस्राएलका मानिसहरूलाई दिनुभयो। के इस्राएलका मानिसहरूलाई यो भूमि छाडन लाउन सक्छु भनी तिमी ठान्छौ?
23 پس خداوند خدای اسرائیل بود که اموریان را به‌خاطر قوم خودش اسرائیل، بیرون کرد. آیا می‌خواهید آن زمین را پس بگیرید؟
24निश्चयनै त्यो भूमिमा बस्न सक्छौ जो तिमीहरूका कमोश देवताले तिमीहरूलाई दिएका थिए। यसर्थ हामी त्यो भूमिमा बस्नेछौं जो परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ।
24 شما آنچه را که خدایتان کموش به شما داده است، نگاه دارید و هرچه را هم که خداوند خدای ما به ما بخشیده است، برای خود نگاه می‌داریم.
25के तिमी सिप्पोरका छोरा बालाक भन्दा असल छौ र? उनी मोआब देशका राजा थिए। के उसले इस्राएलका मानिसहरूसित बहस गरे? के उनी साँच्चै नै इस्राएलका मानिसहरूसित लडे?”
25 آیا تو از بالاق پسر صفور، پادشاه موآب بهتر هستی؟ او هرگز خیال بدی در مقابل اسرائیل نداشته و نه هرگز با اسرائیل جنگیده است.
26इस्राएलका मानिसहरू हेश्बोन शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 वर्ष देखि बसेकाछन्। इस्राएलका मानिसहरू अरोएर शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 वर्ष देखि बस्दै आएका छन्। इस्राएलका मानिसहरू अर्नोन नदीका तीरमा भएका सबै शहरहरूमा 300 वर्षदेखि बस्दै आएका छन्। किन तिमीहरूले यति धेरै समय सम्म ती शहरहरूलाई लिने कोशिश गरेनौ?
26 مردم اسرائیل در این سرزمین مدّت سیصد سال زندگی کرده‌اند. و در سرزمین حَشبون، عروعیر و روستاهای اطراف آنها و تا وادی ارنون، پراکنده بوده‌اند. چرا در این مدّت، ادّعای مالکیّت آن را نکردید؟
27इस्राएलका मानिसहरूले तिमीहरू विरूद्ध केही पाप गरेका छैनन्। तर तिमीहरूले इस्राएलका मानिसहरूको विरूद्ध अत्यन्त नराम्रो काम गरिरहेछौ। साँचो न्यायकर्त्ता परमप्रभुले निर्णय गरून् इस्राएलका मानिसहरू कि अम्मोनी मानिसहरू सहिछन्।
27 بنابراین، من به شما بدی نکرده‌ام، بلکه این تو هستی که قصد جنگ داری و به ما بدی می‌کنی. خداوند که داور عادل است، داوری خواهد کرد که گناهکار کیست؛ قوم اسرائیل یا مردم عمون.»
28अम्मोनी मानिसहरूका राजाले यिप्तहको यो सन्देश सुन्न अस्वीकार गरे।
28 امّا پادشاه عمونیان به پیام یفتاح گوش نداد.
29तब परमप्रभुको आत्मा यिप्तह माथि आयो। यिप्तह गिलाद अनि मनश्शेका क्षेत्रबाट पार भए। तिनी गिलादको मिस्पा शहर तिर गए। गिलादको मिस्पा शहरदेखि यिप्तह अम्मोनी मानिसहरूका भूमि भएर पार भए।
29 آنگاه روح خداوند بر یفتاح آمد و با ارتش خود از جلعاد و منسی گذشته، به مصفه جلعاد آمد و در آنجا برای حمله آماده شد.
30यिप्तहले परमेश्वरसँग एउटा प्रतिज्ञा गरे। तिनले भने, “यदि तपाईंले मलाई अम्मोनी मानिसहरू माथि पराजित गर्न दिनुभयो भने,
30 یفتاح نذر کرد که اگر خداوند به او کمک کند که عمونیان را شکست بدهد،
31म तपाईंलाई त्यो प्रथम बस्तु प्रदान गर्नेछु जुन बस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”
31 در وقت بازگشت به وطن، اولین کسی را که از در خانهٔ او بیرون بیاید، به عنوان قربانی سوختنی برای خداوند تقدیم کند.
32तब यिप्तह अम्मोनी मानिसहरूको देशमा गए। यिप्तह अम्मोनी मानिसहरूसित लडे। परमप्रभुले तिनलाई तिनीहरूमाथि पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।
32 پس یفتاح برای حمله به عمونیان از رود گذشت و خداوند او را پیروز گردانید.
33तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म पराजित गरे। यिप्तहले बीसवटा शहरहरू कब्जा गरे। त्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकमा लडे। इस्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो।
33 در یک حملهٔ ناگهانی با کمک خداوند، آنها را شکست داد و بیست شهر ایشان را، از عروعیر تا منیت تا آبیل کرامیم از بین برد و همهٔ مردم را، به قتل رساند. به این ترتیب عمونیان از دست اسرائیل شکست خوردند.
34यिप्तह मिस्पा फर्केर गए। यिप्तह आफ्ना घर गए अनि उसकी छोरी तिनलाई भेट्न घरबाहिर निस्की। तिनी खैंजडी बजाउँदै अनि नाच्दै थिईन्। तिनी उसकी एउटै छोरी थिईन्। यिप्तहले उसलाई अत्यन्तै प्रेम गर्थे। यिप्तहका अरू छोरा-छोरी थिएनन्।
34 بعد از آن یفتاح به خانهٔ خود در مصفه برگشت. یگانه دختر او، درحالی‌که رقص می‌کرد و دایره می‌زد، به استقبال او از خانه بیرون آمد. یفتاح به غیراز او پسر یا دختر دیگری نداشت.
35जब यिप्तहले आफ्नो घरबाट पहिला आफ्नै छोरीलाई निस्केको देखे तिनले आफ्नो अफसोस जनाउन आफ्ना बस्त्रहरू च्याते। जब तिनले भने, “हे, मेरी छोरी! तैंले मलाई शेष पारिस्। तैंले मलाई अति भन्दा अति अफसोसमा पारिस्। मैले परमप्रभुसित एउटा भाकल गरेको थिएँ अनि त्यसलाई म परिवर्तन गर्न सक्दिन!”
35 وقتی چشم یفتاح بر دخترش افتاد، یقهٔ خود را پاره کرد و گفت: «آه ای دخترم، تو مرا به چه دردسر بزرگی انداختی؛ زیرا از قولی که به خداوند داده‌ام، نمی‌توانم صرف نظر کنم.»
36तब उसकी छोरीले यिप्तहलाई भनी, “बाबु, तपाईंले परमप्रभुसित भाकल गर्नुभयो। यसर्थ तपाईंको भाकल पूरा गर्नुहोस्। तपाईंले के गर्छु भन्नु भएको थियो त्यही गर्नुहोस्। आखिरमा, परमप्रभुले तपाईंका शत्रुहरू, अम्मोनी मानिसहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।”
36 دخترش به او گفت: «پدر جان، مطابق قولی که به خداوند داده‌ای، رفتار کن. مخصوصاً حالا که خداوند انتقام ما را از دشمن ما، یعنی عمونیان گرفته‌ است.
37तब यिप्तहकी छोरीले आफ्ना बाबुलाई भनी, “तर पहिला मेरो निम्ति यो काम गरिदिनु होस्। मलाई दुइ महीनासम्म एक्लै छाडिदिनु होस्। मलाई पहाड-पर्वततिर जान दिनुहोस्। म विवाह गर्ने छैन् अनि नानीहरू जन्माउने छैन, यसर्थ मलाई अनि मेरी साथीहरूलाई जान दिनुहोस् अनि रून-कराउन दिनुहोस्।”
37 امّا دو ماه به من مهلت بده تا بر کوهها گردش کنم و با دوستانم ماتم بگیرم، چون دیگر نمی‌توانم ازدواج کنم.»
38यिप्तहले भने, “जा अनि त्यसो गर।” यिप्तहले उसलाई दुइ महीनाका निम्ति पठाइदिए। यिप्तहका छोरी अनि उनका साथीहरू पहाड पर्वतमा बसे। तिनीहरू उसको निम्ति रोए-कराए किनभने तिनले विवाह गर्ने छैन अनि नानीहरू जन्माउने छैन।
38 پدرش گفت: «برو!» آن دختر برای دو ماه از خانهٔ پدر خود رفت و با دوستان خود برای گردش به کوهها رفت و به‌خاطر اینکه باکره از دنیا خواهد رفت، ماتم گرفت.
39दुइ महीनाको अन्तमा यिप्तहकी छोरी आफ्ना पिता कहाँ फर्की। यिप्तहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यिप्तहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिइन। यसर्थ इस्राएलमा यो एउटा परम्परा बन्यो।
39 بعد از پایان دو ماه، پیش پدر خود برگشت و پدرش مطابق قولی که به خداوند داده بود، رفتار کرد. آن دختر به راستی هرگز عروسی نکرد. از آن به بعد در اسرائیل برای مردم عادت شد، که دختران جوان، هر سال برای چهار روز می‌رفتند و برای دختر یفتاح جلعادی ماتم می‌گرفتند.
40हरेक वर्ष इस्राएली स्त्रीहरूले गिलादका यिप्तहकी छोरीलाई स्मरण गर्थे। इस्राएलका स्त्रीहरू हरेक साल चारदिन यिप्तहकी छोरीका निम्ति विलाप गर्थे।
40 که دختران جوان، هر سال برای چهار روز می‌رفتند و برای دختر یفتاح جلعادی ماتم می‌گرفتند.