Nepali

Persian

Judges

15

1गहुँको फसल कटनीको समयमा शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले आफूसित भेटी स्वरूप एउटा बाख्राको पाठो लगे। तिनले भने, “म मेरो पत्नीको कोठामा जाँदैछु।” तर उनका बाबुले शिमशोनलाई भित्र जान दिएनन्।
1 بعد از مدّتی، در موسم درو گندم، سامسون برای دیدن زن خود رفت. او یک بُزغاله به عنوان هدیه، با خود برد و به پدر زن خود گفت: «می‌خواهم به اتاق زن خود بروم.» امّا پدر زنش به او اجازه نداد.
2उनका बाबुले शिमशोनलाई भने, “मैले सोचें तिमीले उसलाई घृणा गर्छौ। यसर्थ मैले उसलाई विवाहको लोकन्तेसंग विवाह गरि दिएँ। उसकी कान्छी बहिनी अझ सुन्दरी छे। कान्छी बहिनीलाई लैजाऊ।”
2 او گفت: «من فکر کردم که تو از او بدت می‌آید، پس او را به رفیقت دادم. امّا خواهر کوچکتر او، از او هم زیباتر است، تو می‌توانی با او ازدواج کنی.»
3तर शिमशोनले उनलाई भने, “अब, म साँच्चै नै पलिश्ती मानिसहरूमाथि बद्ला लिनेछु अनि यो तिम्रो दोष हुनेछ।”
3 سامسون گفت: «اکنون دیگر هر بلایی به سر فلسطینیان بیاورم، تقصیر من نیست.»
4यसर्थ शिमशोन बाहिर गए अनि तीन सय स्यालहरू पक्वे। तिनले एक पल्टमा दुइ स्यालहरू लिए अनि जोड बनाउनका निम्ति तिनीहरूका पुच्छरहरू एकसाथ बाँधिदिए। त्यसपछि तिनले प्रत्येक जोड स्यालको पुच्छरको माझमा एउटा-एउटा राँको बाँधिदिए।
4 پس رفت و سیصد شغال گرفت و دمهای آنها را دو به دو به هم بست و در بین هر جفت یک مشعل گذاشت.
5शिमशोनले स्यालहरूका पुच्छर माझमा भएका राँकोहरू जलाए। त्यसपछि तिनले ती स्यालहरूलाई पलिश्ती मानिसहरूका अन्नबाली तिर धपाई दिए। यस प्रकार तिनले तिनीहरूको खेतमा उम्रिरहेका बोटहरू अनि तिनीहरूले काटेका अन्नका थाकहरू डडाइ दिए। तिनले तिनीहरूका दाखका खेतहरू अनि भद्राक्षका बगैंचाहरू पनि जलाई दिए।
5 سپس مشعلها را روشن نمود و شغالها را در بین کشتزارها و تاکستانهای فلسطینیان رها کرد و به این ترتیب تمام کشتزارها و درختان زیتون آنها را به آتش کشید.
6पलिश्ती मानिसहरूले सोधे, “यो कसले गर्यो?” शिमशोनले तिनीहरूलाई भने, “शिमशोनले यसो गरे। किनभने उनको ससुराले शिमशोनकी पत्नीलाई तिनको विवाहको लोकन्तेलाई दिए।” यसर्थ पलिश्ती मानिसहरूले शिमशोनकी पत्नी र उसका बाबुलाई जलाएर मारिदिए।
6 فلسطینیان پرسیدند: «چه کسی این کار را کرده است؟» گفتند: «سامسون، داماد تمنی، زیرا تمنی زن او را به دوستش داده است.» آنگاه فلسطینیان رفتند و آن زن را همراه پدرش در آتش سوزاندند.
7त्यसपछि शिमशोनले पलिश्ती मानिसहरूलाई भने, “तिमीहरूले मलाई यस्तो नराम्रो व्यवहार गर्यौ। यसर्थ अब म तिमीहरू प्रति नराम्रो व्यवहार गर्नेछु। अब म तिमीहरू माथि विपत्ति ल्याइ दिन्छु। म विपत्ति ल्याउन सक्नेछु।”
7 سامسون به آنها گفت: «چون شما این کار را کردید، پس سوگند می‌خورم تا انتقام آنها را از شما نگیرم، آرام نمی‌نشینم.»
8तब शिमशोनले पलिश्ती मानिसहरू माथि आक्वमण गरे। तिनीले तिनीहरू धेरैलाई मारे। अनि तिनी एउटा ओडरमा बसे। यो ओडर त्यो स्थानमा थियो जसको नाउँ एतामको चट्टान भनिन्थ्यो।
8 پس با یک حملهٔ شدید تعداد زیادی از آنها را کشت و رفت و در غار صخرهٔ عیطام ساکن شد.
9तब पलिश्ती मानिसहरू यहूदाको देशमा गए। तिनीहरू लही नामक स्थानको नजिक अडिए। तिनीहरूका सेनाले त्यहीं छाउनी थापे अनि युद्धका निम्ति तयारी गरे।
9 فلسطینیان هم رفته، در یهودا اردو زده شهر لِحی را محاصره کردند.
10यहूदा कुल समूहका मानिसहरूले तिनीहरूलाई सोधे, “तिमी पलिश्ती मानिसहरू किन हामीसित लड्न यहाँ आयौ?” उनीहरूले उत्तरदिए, “हामी शिमशोनलाई पक्रन आएका हौं। हामी तिनलाई हाम्रो कैदी तुल्याउन चाहन्छौं। हामी तिनलाई हाम्रा मानिसहरू प्रति तिनले गरेका कुराहरूका निम्ति दण्ड दिन चाहन्छौं।”
10 مردم یهودا از فلسطینیان پرسیدند: «چرا به جنگ ما آمده‌اید؟» آنها جواب دادند: «ما آمده‌ایم تا سامسون را دستگیر کنیم و انتقام خود را از او بگیریم.»
11तब यहूदाका कुल समूहका 3,000 मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान नजिकको ओडरमा गए। तिनीहरूले तिनलाई भने, “तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिश्ती मानिसहरू हामी माथि शासन गर्छन् भनी?” शिमशोनले उत्तर दिए, “तिनीहरूले म प्रति गरेका कुराहरूका निम्ति म केवल तिनीहरूलाई दण्ड दिन्छु।”
11 آنگاه سه هزار نفر از مردم یهودا به غار صخرهٔ عیطام پیش سامسون رفتند و به او گفتند: «آیا خبر نداری که فلسطینیان بر ما حکومت می‌کنند؟ پس این چه کاری است که با ما کرده‌ای؟» سامسون جواب داد: «همان کاری را که با من کردند، من هم با ایشان کردم.»
12तब तिनीहरूले शिमशोनलाई भने, “हामी तिमीलाई बाँध्न आएका छौं। हामी तिमीलाई पलिश्ती मानिसहरूलाई दिनेछौं।” शिमशोनले यहूदाका मानिसहरूलाई भने, “शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्ने छैनौ भनी।”
12 آنها گفتند: «ما آمده‌ایم که تو را دستگیر کنیم و پیش فلسطینیان ببریم.» سامسون گفت: «بسیار خوب، امّا قول بدهید که مرا نکُشید.»
13तब यहूदाका मानिसहरूले भने, “हामी मान्छौं। हामी तिमीलाई केवल बाँध्छौं अनि पलिश्ती मानिसहरूलाई दिन्छौ। हामी शपथ खान्छौ कि हामी तिमीलाई मार्ने छैनौं।” यसर्थ तिनीहरूले शिमशोनलाई दुइवटा नयाँ डोरीले बाँधे। तिनीहरूले तिनलाई चट्टानको ओडर देखि उँभो लगे।
13 آنها جواب دادند: «خیر، تو را نمی‌کشیم. فقط تو را بسته به آنها خواهیم داد.» پس آنها دست و پای سامسون را با دو ریسمان نو بستند و از غار بیرون بردند.
14जब शिमशोन लही भनिने ठाउँमा आए पलिश्तीहरू तिनलाई भेटून आए। तिनीहरू खुशीले कराउँदै थिए। तब परमप्रभुको आत्मा भयानक शक्तिसित शिमशोन माथि आउँनुभयो। शिमशोनले डोरी चुँडए। त्यो डोरी जलेको धागो जस्तै कमजोर देखिन्थ्यो। ती डोरी तिनका पाखुराबाट झरे मानौं तिनीहरू पग्लिएका थिए।
14 وقتی سامسون به لِحی رسید، فلسطینیان با دیدن او فریاد برآوردند. در همان لحظه روح خداوند به او قدرت بخشید و ریسمانهایی که با آنها او را بسته بودند مثل موم که در آتش بسوزد، آب شده به زمین ریختند.
15शिमशोनले एउटा मरेको गधाको बङ्गारा भेट्टाए। तिनले त्यो बङ्गारा लिए अनि एक हजार पलिश्ती मानिसहरूलाई त्यसद्वारा हत्या गरिदिए।
15 آنگاه یک استخوان چانهٔ الاغی را که تازه مرده بود، دید. پس آن را برداشت و با آن هزار نفر را کشت.
16तब शिमशोनले भने; “मैले तिनीहरूलाई गधाको बङ्गाराले अल्गो रास लगाएँ। गधाको बङ्गाराले मैले एक हजार मानिसहरूलाई मारिदिएँ।”
16 سامسون گفت: «با استخوان لاشهٔ یک الاغ از کُشته پُشته ساختم، یعنی با استخوان چانه الاغ هزار مرد را کشتم!»
17जब शिमशोनले बोली सके, तिनले बङ्गारा तल फ्याँके। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।
17 وقتی حرف خود را تمام کرد، استخوان چانهٔ الاغ را به زمین انداخت و آنجا را «تپّهٔ استخوان چانه» نامید.
18शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”
18 در این وقت، سامسون بسیار تشنه شده بود، پس به درگاه خداوند دعا کرده گفت: «امروز به این بنده‌ات، افتخار آن را دادی که قوم اسرائیل را نجات بدهم. آیا اکنون باید از تشنگی بمیرم و به دست این کافران بیفتم؟»
19लहीमाको भूइँमा एक खाल्डो थियो। परमेश्वरले त्यो खाल्डो चिरेर खोलि दिनुभयो अनि पानी बाहिर निस्कियो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।
19 آنگاه خداوند گودالی را که در آنجا بود شکافت و از آن آب جاری شد. وقتی‌که از آن آب نوشید، جان تازه‌ای گرفت و حالش بجا آمد. به این خاطر آنجا را عین حقوری (یعنی چشمهٔ کسی‌که دعا کرد) نامید که تا به امروز در لِحی باقی است. سامسون در زمان فلسطینیان مدّت بیست سال بر اسرائیل حکومت کرد.
20यसरी शिमशोन बीस वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे। त्यो पलिश्ती मानिसहरूको समयमा थियो।
20 سامسون در زمان فلسطینیان مدّت بیست سال بر اسرائیل حکومت کرد.