Nepali

Persian

Judges

7

1बिहानै यरूब्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेंसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो।
1 صبح روز دیگر، یروبعل یعنی جدعون، با همهٔ مردمی که با او بودند رفت و در کنار چشمه حَرُود اردو زد. اردوگاه مدیانیان در شمال آنها، در دشت کوه موره، برپا بود.
2तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन।
2 خداوند به جدعون فرمود: «تعداد افراد شما بسیار زیاد است تا من شما را بر مدیانیان پیروزی بخشم زیرا آن وقت خواهید گفت ما با قدرت و توان خودمان نجات یافتیم.
3यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन्, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।”‘ त्यस समयमा 22,000 मानिसहरूले गिदोनलाई छाडे अनि घर फर्के तर 10,000 मानिसहरू बाँकी रहे।
3 به مردم بگو: هرکسی که ترسوست و از جنگ می‌ترسد باید از کوه جلعاد به خانهٔ خود بازگردد.» بیست و دو هزار نفر از آنجا برگشتند و تنها ده هزار نفرشان باقی ماندند.
4तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।”
4 خداوند به جدعون فرمود: «هنوز هم افراد شما زیاد است. آنها را به لب چشمه ببر و آنجا من به تو نشان می‌دهم که چه کسانی بروند و چه کسانی بمانند.»
5यसर्थ गिदोनले मानिसहरूलाई तल पानीमा लगे। पानीमा परमप्रभुले गिदोनलाई भन्नुभयो, “मानिसहरूलाई यसरी छुट्याऊः मानिसहरू जसले कुकुरले जस्तै जिब्रो प्रयोग गरेर पानी पिउँछन् तिनीहरू एक समूहमा हुनेछन्। अनि ती मानिसहरू जो पानी पिउनका निम्ति घोप्टिन्छन् अर्को समूहमा हुनेछन्।”
5 پس جدعون آنها را به کنار چشمه آب برد. خداوند به جدعون گفت: «آنها را با توجّه به طرز آب خوردنشان به دو دسته تقسیم کن. کسانی‌که دهان خود را در آب گذاشته مثل سگها آب می‌نوشند و آنهایی که زانو زده با دستهای خود آب می‌نوشند.»
6तिनीहरूको हात प्रयोग नगरी चाटेर पानी पिउने मानिसहरूको संख्या 300 थियो अन्य सबै मानिसहरूले तल निहुरिएर पानी पिए।
6 کسانی‌که با دستهای خود آب نوشیدند، سیصد نفر بودند. و بقیّه زانو زده، با دهان خود از چشمه آب نوشیدند.
7परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”
7 خداوند به جدعون گفت: «با همین سیصد نفر که با دستهای خود از چشمه آب نوشیدند، مدیانیان را مغلوب می‌کنم. بقیّه را به خانه‌هایشان بفرست.»
8यसर्थ गिदोनले इस्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदोनले आफूसित 300 मानिसहरू राखे। ती 300 मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे। मिद्यानका मानिसहरू गिदोनको छाउनी मुनिको बेंसीमा छाउनी हालेर बसेका थिए।
8 پس جدعون تنها سیصد نفر را با خود نگه داشت و دیگران را پس از آن که آذوقه و شیپورها را از آنها گرفت، به خانه‌هایشان فرستاد. سربازان مدیانی در دشت پایین آنها اردو زده بودند.
9राती परमप्रभुले गिदोनसित कुरा गर्नु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्, म तँलाई मिद्यानी सेनालाई पराजित गर्न दिनेछु। तल तिनीहरूको छाउनीमा जा।
9 در همان شب خداوند به جدعون فرمود: «برو و به اردوی مدیانیان حمله کن و من آنها را به دست تو مغلوب می‌کنم.
10यदि एक्लै जान तँलाई डर लाग्छ भने, पूरा तेरो सेवकलाई तेरो साथ लैजा।
10 امّا اگر می‌ترسی که حمله کنی، اول با خادمت فوره، به اردوگاه مدیانیان برو
11मिद्यानका मानिसहरूको छाउनीमा जा। ती मानिसहरू के भनिरहेछन् सुन्। त्यसपछि तिनीहरू माथि आक्रमण गर्न तँलाई डर लाग्ने छैन।” यसर्थ गिदोन अनि पूरा, तिनको सेवक तल शत्रुको छाउनीको छेउमा गए।
11 و گوش بده که آنها چه می‌گویند و آن وقت دلیر می‌شوی و برای حمله جرأت پیدا می‌کنی.» پس جدعون همراه فوره به مرز اردوگاه دشمن رفتند.
12मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसंग ऊँटहरू पनि थिए।
12 مدیانیان، عمالیقیان و قبایل بیابانی مانند دستهٔ بزرگی از ملخ در دشت جمع شده بودند و شتران بسیاری به فراوانی ریگهای ساحل دریا داشتند.
13गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौंका रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्टँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।”
13 وقتی جدعون به اردوگاه دشمن رسید، یکی از مردان به دوست خود خوابی را که دیده بود، بیان می‌کرد. گفت: «خواب دیدم که یک نان جو در اردوی مدیانیان افتاد، به چادر خورد، آن را واژگون کرد و چادر بر زمین افتاد.»
14त्यो मानिसको साथीले सपनाको अर्थ जान्यो। उसले भन्यो, “तिम्रो सपनाको एउटै मात्र अर्थ हुनसक्छ। तिम्रो सपना इस्राएलको त्यस मानिसको बारेमा हो। यो सपना योआशाका छोरा गिदोनको बारेमा हो। यसको मतलब यो हो कि परमेश्वरले गिदोनलाई मिद्यानका सम्पूर्ण सेनालाई पराजित गर्न सहायता गर्नु हुनेछ।”
14 رفیقش گفت: «خواب تو فقط یک تعبیر دارد. به این معنی که جدعون پسر یوآش اسرائیلی، با شمشیر می‌آید و خدا مدیانیان و تمام اردوگاه ما را به دست او خواهد سپرد.»
15सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।”
15 وقتی جدعون خواب و تعبیر آن را شنید، به سجده افتاد و بعد به اردوی اسرائیل برگشت و به مردم گفت: «برخیزید که خداوند سپاه مدیانیان و متّحدان آنها را به دست ما داده است.»
16तब गिदोनले ती 300 मानिसहरूलाई तीन समूहमा विभाजन गरे। गिदोनले प्रत्येक व्यक्तिलाई एक एक वटा तुरही र रित्तो भाँडे दिए। प्रत्येक भाँड भित्र जल्दै गरेको राँको थियो।
16 بعد جدعون آن سیصد نفر را به سه دسته تقسیم کرد. به دست هر کدام یک شیپور و یک کوزهٔ خالی داد. در داخل هر کوزه یک مشعل گذاشت.
17तब गिदोनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्छु त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुसरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्छु ठीक त्यस्तै गर।
17 به آنها گفت: «وقتی به نزدیک اردوگاه دشمن رسیدیم به من نگاه کنید، هرچه من کردم شما هم بکنید.
18तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौ। जब हामी हाम्रा तुरही बजाउँछौं, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊः ‘परमप्रभु अनि गिदोनका निम्ति!”‘
18 وقتی من شیپور را نواختم، همهٔ کسانی‌که با من هستند شیپورهای خود را در اطراف اردوگاه بنوازند و فریاد بزنند: 'ما برای خداوند و برای جدعون جنگ می‌کنیم!'»
19यसरी गिदोनसँग 100 मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्लि गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो। गिदोन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडे फुटाए।
19 پس جدعون و یکصد نفری که با او بودند، قبل از نیمه شب به نزدیکی مرز اردوگاه رسیدند، وقتی‌که نگهبانان عوض شدند، شیپورهای خود را به صدا درآوردند. و کوزه‌هایی را که در دست داشتند شکستند.
20मानिसहरूले आफ्ना देब्रेहातमा राँको लिए अनि दाहिने हातमा तुरही लिएका थिए। ती मानिसहरूले तुरही बजाएको बेला तिनीहरू कराए, “परमप्रभुको निम्ति एक तरवार अनि गिदोनको निम्ति एक तरवार।”
20 و هر سه دسته شیپورها را نواختند و کوزه‌ها را شکستند. مشعلها را به دست چپ و شیپورها را به دست راست گرفته، نواختند و فریاد برآوردند: «ما برای خداوند و برای جدعون می‌جنگیم!»
21गिदोनका मानिसहरू जहाँ तिनीहरू थिए त्यही छाउनीको वरिपरि बसे, तर छाउनी भित्र मिद्यानका मानिसहरू कराउँदै भाग्न शुरू गरे।
21 همهٔ آنها در اطراف اردوگاه در جای خود ایستادند و سپاه عظیم، وحشتزده به هر طرف می‌دویدند و فریادکنان فرار می‌کردند.
22जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशित्ता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो।
22 همین که تمام سیصد نفر شیپورهای خود را نواختند، خداوند سربازان دشمن را به جان یکدیگر انداخت و آنها از یک سر اردوگاه تا سر دیگر آن، یکدیگر را با شمشیر می‌کشتند. آنها تا بیت شطه به جانب صَریرَت و تا سرحد آبَل مَحوله، که در نزدیکی طَبات است، فرار کردند.
23तब नप्ताली, आशेर अनि मनश्शेका सबै कुल समूहका सैनिकहरूले मिद्यानका मानिसहरूलाई खेदे।
23 جدعون به مردم طایفه‌های نفتالی، اشیر و منسی پیام فرستاد که بیایند و به تعقیب فراریان بروند.
24गिदोनले एप्रैमका समस्त पहाडी देश भरि समाचार लिएर दूतहरू पठाए। दूतहरूले भने, “तल झर अनि मिद्यानका मानिसहरूलाई आक्वमण गर। बेतबरा अनि यर्दन नदीलाई अधिकारमा लेऊ। मिद्यानका मानिसहरू त्यहाँ पुग्न अघिबाट नै यसो गरिहाल।” यसर्थ तिनीहरूले एप्रैम कुल समूहका सबै मानिसहरूलाई बोलाए। बेतबरासम्म यर्दन नदी तिनीहरूले अधिकार गरे।
24 او همچنین به تمام کوهستان افرایم، قاصدانی را با این پیغام فرستاد: «به جنگ مدیانیان بیایید و راه آبها و رود اردن را تا بیت بارَه به روی ایشان ببندید.» آنها دو سردار مدیانی، یعنی غُراب و ذئب را دستگیر کردند. غراب را در پیش صخرهٔ غراب کشتند و ذئب را در چرخشت شراب سازی‌اش به قتل رساندند. بعد از آن که مدیانیان را فراری دادند سرهای غراب و ذئب را به آن طرف اُردن پیش جدعون بردند.
25एप्रैमका मानिसहरूले दुइजना मिद्यानी अगुवाहरूलाई पक्डे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेएब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जएबलाई तिनीहरूले जएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिद्यानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जएबको शिरकाटे अनि ती शिरहरू गिदोन कहाँ लगे। गिदोन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तर्थे।
25 آنها دو سردار مدیانی، یعنی غُراب و ذئب را دستگیر کردند. غراب را در پیش صخرهٔ غراب کشتند و ذئب را در چرخشت شراب سازی‌اش به قتل رساندند. بعد از آن که مدیانیان را فراری دادند سرهای غراب و ذئب را به آن طرف اُردن پیش جدعون بردند.