1अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो।
1
عیسی بار دیگر به كنیسه رفت. در آنجا مردی حضور داشت، كه دستش خشک شده بود.
2कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे।
2
فریسیان مراقب بودند ببینند، آیا عیسی او را در روز سبت شفا میدهد تا اتّهامی علیه او پیدا كنند.
3येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।
3
عیسی به آن مرد علیل فرمود: «بیا جلو بایست.»
4अनि येशूले मानिसहरूलाई भन्नुभयो, विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराब
4
بعد به آنها گفت: «آیا در روز سبت خوبی كردن رواست یا بدی كردن؟ نجات دادن یا كشتن؟» آنها خاموش ماندند.
5गर्नकसैको प्राण बचाँउन वा नाश गर्न मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्। 5येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात मलाई देखाऊ त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो।
5
عیسی با خشم به آنها نگاه كرد، زیرا از سنگدلی آنها متأسف بود و سپس به آن مرد فرمود: «دستت را دراز كن.» او دستش را دراز كرد و مانند اول سالم شد.
6तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।
6
فریسیان فوراً از آنجا خارج شدند تا با طرفداران هیرودیس برای از بین بردن عیسی توطئه بچینند.
7येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए।
7
عیسی با شاگردانش به كنار دریا رفت. عدّهٔ زیادی به دنبال او میرفتند. این اشخاص از جلیل و یهودیه
8यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुन्ने आएका थिए।
8
و اورشلیم و ادومیه و از آن طرف رود اردن و از قسمتهای صور و صیدون آمده بودند. این جمعیّت انبوه، شرح كارهای او را شنیده و به نزدش آمدند.
9उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो
9
پس او به شاگردانش گفت، كه قایقی برایش حاضر كنند تا از ازدحام مردم دور باشد.
10येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे।
10
چون آنقدر بیماران را شفا داده بود، كه همه به طرف او هجوم میآوردند تا او را لمس كنند.
11कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।
11
همینطور ارواح پلید وقتی او را میدیدند، در جلوی او به خاک میافتادند و با صدای بلند فریاد میکردند: «تو پسر خدا هستی!»
12तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कडा आज्ञा दिनुभयो।
12
عیسی با تأكید به آنها امر میکرد كه این را به كسی نگویند.
13त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे।
13
بعد از آن عیسی به بالای كوهی رفت و اشخاصی را كه میخواست پیش خود خواند و آنها پیش او رفتند.
14येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो।
14
او دوازده نفر را تعیین كرد تا پیش او باشند و تا آنها را برای اعلام پیام خود بفرستد
15अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो।
15
و قدرت بیرون كردن دیوها را داشته باشند.
16येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए सिमोन (जसलाई उहाँले पत्रुस नाउ दिनु भएको थियो),
16
دوازده نفری كه انتخاب كرد عبارتند بودند از: شمعون كه عیسی به او لقب پطرس داد،
17याकूब र यूहन्ना, जब्दीका छोराहरु (जसलाई येशूले “बोअनर्गेश” नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ गर्दनका छोराहरु),
17
یعقوب فرزند زِبدی و برادرش یوحنا كه به آنها لقب «بوانرجس» یعنی «رعدآسا» داد.
18अन्द्रियास, फिलिप, बारथोलोमाई, मत्ती, थोमा, याकूब (अल्फयसको छोरो,) थेदियस, सिमोन कनानी,
18
و اندریاس و فیلیپُس و برتولما و متّی و توما و یعقوب پسر حَلفی و تدی و شمعون غیور
19अनि यहूदा इस्करियेती जसले येशूसित विश्वासघात गरेको थियो।
19
و یهودای اسخریوطی كه بعدها عیسی را تسلیم كرد.
20त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन।
20
عیسی به منزل رفت. باز هم جمعیّت زیادی در آنجا جمع شد، به طوری که او و شاگردانش فرصت غذا خوردن نداشتند.
21येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।
21
وقتی خویشاوندان او این را شنیدند، آمدند تا او را با خود ببرند، چون بعضی میگفتند كه او دیوانه شده است.
22अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल(शैतान) उहाँभित्र रहेको छ! उसले दुष्टआत्मा हरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट आत्माहरू भगाउँदछ।”
22
علمایی هم كه از اورشلیم آمده بودند، میگفتند: «او تحت فرمان بعلزبول است و دیوها را به یاری رئیس دیوها بیرون میکند.»
23यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त दिनु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ?
23
پس عیسی از مردم خواست كه جلو بیایند و برای آنها مثلهایی آورد و گفت: «شیطان چطور میتواند شیطان را بیرون كند؟
24यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगडा गरे, त्यो धेरै दिन चल्न सक्तैन।
24
اگر در مملكتی تفرقه باشد، آن مملكت نمیتواند دوام بیاورد.
25अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन।
25
و اگر در خانوادهای تفرقه بیفتد، آن خانواده نمیتواند پایدار بماند.
26जब शैतान शैतानसंगै र आफ्नै मानिसहरूसंगै झगडा गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।
26
اگر شیطان نیز علیه شیطان قیام كند و در او تفرقه پیدا شود دیگر نمیتواند دوام بیاورد و سلطنتش به پایان خواهد رسید.
27यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुटन सक्दछ।
27
«همچنین هیچکس نمیتواند به خانهٔ مرد زورآوری وارد شود و اموال او را غارت كند، مگر اینکه اول آن زورمند را ببندد و پس از آن خانهاش را غارت نماید.
28म तिमीहरूलाई साँचो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ।
28
بدانید هر نوع گناه و كفری كه انسان مرتكب شده باشد، قابل آمرزش است.
29तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैं त्यो पापको दोषी बन्नु पर्नेछ।”
29
امّا هرکه به روحالقدس كفر بگوید تا ابد آمرزیده نخواهد شد، نه در این دنیا و نه در دنیای آینده.»
30येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।
30
عیسی این مَثَل را آورد چون عدّهای میگفتند: «او روح پلید دارد.»
31तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खडा भएर एकजनालाई येशूलाई बोलउन पठाए।
31
مادر و برادران عیسی آمدند و بیرون ایستاده، پیغام فرستادند كه عیسی پیش آنها برود.
32धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू तपाईंलाई पर्खी बाहिर बसिरहेकाछन्।”
32
جمعیّت زیادی دور او نشسته بودند و به او خبر دادند كه: «مادر و برادران تو بیرون ایستادهاند و تو را میخواهند.»
33येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?”
33
عیسی جواب داد: «مادر من كیست؟ برادران من چه كسانی هستند؟»
34तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन।
34
و به کسانیکه اطراف او نشسته بودند نگاه كرده، گفت: «اینها مادر و برادران من هستند.
چون هرکس ارادهٔ خدا را انجام دهد، برادر و خواهر و مادر من است.»
35मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”
35
چون هرکس ارادهٔ خدا را انجام دهد، برادر و خواهر و مادر من است.»