Nepali

Persian

Mark

4

1अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गामा चढनु भयो, अनि त्यहाँ बस्नुभयो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे।
1 عیسی باز هم در كنار دریاچهٔ جلیل به تعلیم مردم پرداخت. جمعیّت زیادی دور او جمع شدند، به طوری که مجبور شد به قایقی كه روی آب بود، سوار شود و در آن بنشیند. مردم در كنار ساحل ایستاده بودند
2येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो,
2 و او با مَثَل تعالیم زیادی به آنها داد. در ضمن تعلیم به آنها گفت:
3“सुन! एकजना किसान बीऊ छर्न गयो।
3 «گوش كنید: برزگری برای كاشتن بذر به صحرا رفت.
4जब त्यसले बीऊहरू छर्यो केही बीऊहरू बाटोमा छरियो, चराचुरूङ्गीहरू आए, अनि ती बीऊहरू खाईदिए।
4 وقتی مشغول پاشیدن بذر بود، مقداری از بذرها در راه افتاد و پرندگان آمده آنها را خوردند.
5केही बीऊहरू चट्टान भएको भूईमा छरिए जहाँ त्यत्ति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिट्टै ती बिरूवाहरू उम्रे।
5 بعضی از بذرها روی سنگلاخ، جایی‌كه خاک كم بود افتاد و چون زمین عمقی نداشت، زود سبز شد.
6तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाएर सुकीगए किनभने तिनीहरूको जरा त्यत्ति गहिरोसम्म थिएन।
6 امّا وقتی خورشید بر آنها تابید، همه سوختند و چون ریشه‌ای نداشتند، خشک شدند.
7कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिरूवाहरूलाई त्यसले राम्ररी बढन दिएन। अनि ती बिरूवाहरूमा फल लाग्न सकेन।
7 مقداری از بذرها در میان خارها افتادند و خارها رشد كرده آنها را خفه كردند و جوانه‌ها حاصلی نیاوردند.
8केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”
8 و بعضی از بذرها در داخل خاک خوب افتادند و سبز شده، رشد كردند و ثمر آوردند و حاصل آنها سی برابر، شصت برابر و صد برابر بود.»
9अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”
9 و بعد عیسی اضافه كرد: «هرکه گوش شنوا دارد، بشنود.»
10अनि जब येशू एक्लै हुनु हुन्थ्यो, बाह्रजना प्रेरितहरू र उहाँका अरू चेलाहरूले उहाँले भन्नुभएको दृष्टान्तहरूको बारेमा सोध्न थाले।
10 وقتی عیسی تنها بود، همراهانش با آن دوازده نفر دربارهٔ این مَثَلها از او سؤال كردند.
11येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु।
11 او جواب داد: «قدرت درک اسرار پادشاهی خدا به شما عطا شده است امّا برای دیگران همه‌چیز به صورت مَثَل بیان می‌شود
12किनकि तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्, तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन् यदि तिनीहरूले देखे र बुझे भने, तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन।’” यशैया 6:9-10
12 تا: 'دایماً نگاه كنند و چیزی نبینند، پیوسته بشنوند و چیزی نفهمند، مبادا به سوی خدا برگردند و آمرزیده شوند.'»
13येशूले आफ्ना चेलाहरूलाई भन्नूभयो, “के तीमीहरूले यो कथा बुझ्न सवछौ? यदि तिमीहरूले बुझन सकेनौ भने कसरी अरू दृष्टान्त भुझ्ने छौ?
13 سپس عیسی به آنها گفت: «شما این مَثَل را نمی‌فهمید؟ پس چگونه سایر مثلها را خواهید فهمید؟
14यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ।
14 برزگر، كلام خدا را پخش می‌کند.
15कहिलेकहीं ती वचनहरू बाटोतिर छरिन्छन। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ।
15 دانه‌هایی كه در كنار راه می‌افتند كسانی هستند كه به محض اینکه كلام خدا را می‌شنوند، شیطان می‌آید و كلامی را كه در دلهایشان كاشته شده است می‌رباید.
16अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्।
16 دانه‌هایی كه در زمین سنگلاخ می‌افتد، مانند كسانی هستند كه به محض شنیدن كلام خدا با خوشحالی آن را قبول می‌کنند.
17तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।
17 امّا كلام در آنها ریشه نمی‌گیرد و دوامی ندارد و وقتی به‌خاطر كلام، زحمت و یا گرفتاری برای آنها پیش می‌آید، فوراً دلسرد می‌شوند.
18अरू मानिसहरू काँढाघारीमा परेको बीऊहरू जस्तै हुन, तिनीहरू वचनहरू सुन्द्छन्।
18 دانه‌هایی كه در میان خارها می‌افتند، مانند كسانی هستند كه كلام را می‌شنوند
19अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियाँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्।
19 امّا نگرانی‌های زندگی و عشق به مال دنیا و هوی و هوس و چیزهای دیگر، داخل می‌شوند و كلام را خفه می‌کنند و آن را بی‌ثمر می‌سازند.
20अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्दछन् ग्रहण गर्दछन् अनि वचनहरू तिनीहरूमा बढदछन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”
20 و بذرهایی كه در خاک خوب می‌افتند مانند كسانی هستند كه كلام را می‌شنوند و از آن استقبال می‌کنند و سی برابر و شصت برابر و صد برابر ثمر می‌آورند.»
21अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याऊछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ।
21 عیسی به آنها فرمود: «آیا كسی چراغ را می‌آورد تا آن را زیر تشت یا تخت بگذارد؟ البتّه نه، آن را می‌آورد تا روی چراغ‌پایه‌ای بگذارد.
22लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरुमा प्रकाशमा आउनेछन्।
22 هیچ چیز پنهانی نیست كه آشكار نگردد و هیچ چیز پوشیده‌ای نیست كه پرده از رویش برداشته نشود.
23तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।”
23 اگر گوش شنوا دارید، بشنوید.»
24तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहरुमथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिदँछौ त्यत्तिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ।
24 باز به آنها فرمود: «در آنچه می‌شنوید دقّت كنید. با هر پیمانه‌ای كه بدهید، با همان پیمانه هم می‌گیرید و چیزی هم علاوه بر آن دریافت می‌دارید.
25तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाऊनेछ। तर जससित छैन, आफुसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।”
25 هرکه دارد به او بیشتر داده خواهد شد و آنکه ندارد آنچه را هم دارد، از دست خواهد داد.»
26त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।
26 عیسی فرمود: «پادشاهی خدا، مانند مردی است كه در مزرعهٔ خود بذر می‌پاشد.
27बिऊहरू उम्रेर बढन थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रंदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ।
27 دانه سبز می‌شود و رشد می‌کند امّا چطور؟ او نمی‌داند. شب و روز، چه او در خواب باشد و چه بیدار،
28कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ।
28 زمین به خودی خود سبب می‌شود كه گیاه بروید و ثمر بیاورد؛ اول جوانه، بعد خوشه و بعد دانهٔ رسیده در داخل خوشه.
29जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।”
29 امّا به محض اینکه محصول می‌رسد، او با داس خود به كار مشغول می‌شود، چون موسم درو رسیده است.»
30त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सकछौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौ?
30 عیسی فرمود: «پادشاهی خدا را به چه چیزی تشبیه كنم و یا با چه مَثَلی آن را شرح بدهم؟
31परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ।
31 مانند دانهٔ خَردَلی است كه در زمین كاشته می‌شود. خردل كوچكترین دانه‌های روی زمین است،
32तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगऊँदछ।”
32 امّا وقتی‌که كاشته شود، رشد می‌کند و از هر بوتهٔ دیگری بلندتر می‌گردد و شاخه‌های آن به‌ اندازه‌ای بزرگ می‌شود كه پرندگان می‌توانند در میان شاخه‌های آن لانه بسازند.»
33येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो।
33 عیسی با مثلهای زیادی از این قبیل، پیام خود را تا آنجا كه آنها قادر به فهم آن بودند، برای مردم بیان می‌کرد
34मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो। : 23-37; लूका 8:22-25)
34 و برای آنها بدون مَثَل چیزی نمی‌گفت. امّا وقتی تنها بودند، همه‌چیز را برای شاگردان خود شرح می‌داد.
35त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।”
35 عصر همان روز عیسی به شاگردان فرمود: «به آن طرف دریا برویم.»
36येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए।
36 پس آنها جمعیّت را ترک كردند و او را با همان قایقی كه در آن نشسته بود، بردند و قایقهای دیگری هم همراه آنها بود.
37समुद्रमा त्यस बेला डरलागदो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो।
37 توفان شدیدی برخاست و امواج به قایق می‌زد به طوری که نزدیک بود، قایق غرق شود.
38येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के वास्ता गर्नुहुन्न?”
38 در این موقع عیسی در عقب قایق، سر خود را روی بالشی گذارده و خوابیده بود. شاگردانش او را بیدار كردند و به او گفتند: «ای استاد، مگر در فكر ما نیستی؟ نزدیک است غرق شویم!»
39तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस शान्त हो। अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
39 او برخاست و با پرخاش به باد فرمان داد و به دریا گفت: «ساكت و آرام شو.» باد ایستاد و آرامش كامل برقرار شد.
40येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझ्पनि विश्वास छैन?”
40 بعد عیسی به ایشان فرمود: «چرا این‌قدر ترسیده‌اید؟ آیا هنوز ایمان ندارید؟» آنها وحشت‌زده به یكدیگر می‌گفتند: «این كیست كه حتّی باد و دریا هم از او اطاعت می‌کنند؟»
41चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”
41 آنها وحشت‌زده به یكدیگر می‌گفتند: «این كیست كه حتّی باد و دریا هم از او اطاعت می‌کنند؟»