1येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसंगै गए।
1
عیسی آنجا را ترک كرد و به شهر خود آمد، شاگردانش نیز به دنبال او آمدند.
2विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “योमानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्?
2
در روز سبت، عیسی در كنیسه شروع به تعلیم دادن كرد. جمعیّت زیادی كه صحبتهای او را شنیدند با تعجّب میگفتند: «این چیزها را از كجا یاد گرفته است؟ این چه حكمتی است كه به او داده شده كه میتواند چنین معجزاتی را انجام دهد؟
3के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसंग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
3
این مگر آن نجّار، پسر مریم و برادر یعقوب و یوسف و یهودا و شمعون نیست؟ مگر خواهران او در بین ما نیستند؟» به این سبب آنها از او رویگردان شدند.
4येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।
4
عیسی به آنها فرمود: «یک نبی در همهجا مورد احترام است، جز در وطن خود و در میان خانوادهٔ خویش.»
5येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरु केही सक्तिको काम गर्नु भएन।
5
او نتوانست در آنجا هیچ معجزهای انجام دهد. فقط دست خود را روی چند بیمار گذاشت و آنها را شفا داد
6ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानूभयो र शिक्षा दिन लाग्नुभयो।
6
و از بیایمانی آنها در حیرت بود.
عیسی برای تعلیم مردم به تمام دهکدههای آن اطراف رفت.
7येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुई दूई जनाको दलमा पठाऊनु भयो। येशूले दुष्टआत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो।
7
بعد دوازده شاگرد خود را احضار كرد و آنها را دو به دو، به مأموریت فرستاد و به آنها قدرت داد تا بر ارواح پلید پیروز شوند.
8येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक।
8
همچنین به آنها دستور داده گفت: «برای سفر به جز یک عصا چیزی برندارید. نه نان و نه کولهبار و نه پول در كمربندهای خود،
9जूत्ता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक।
9
فقط نعلین به پا كنید و بیش از یک پیراهن نپوشید.»
10जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड।
10
عیسی همچنین به آنها گفت: «هرگاه شما را در خانهای قبول كنند تا وقتیکه در آن شهر هستید، در آنجا بمانید
11यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोडदा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”
11
و هرجا كه شما را قبول نكنند و یا به شما گوش ندهند، از آنجا بروید و گرد پاهای خود را هم برای عبرت آنها بتكانید.»
12चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।”
12
پس آنها به راه افتادند و در همهجا اعلام میکردند كه مردم باید توبه كنند.
13चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्टआत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।
13
آنها دیوهای زیادی را بیرون كردند و بیماران بسیاری را با روغن تدهین كرده، شفا دادند.
14राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म यशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”
14
هیرودیس پادشاه از این جریان باخبر شد، چون شهرت عیسی در همهجا پیچیده بود، بعضی میگفتند: «یحیی تعمیددهنده زنده شده است و به همین جهت معجزات بزرگی از او به ظهور میرسد.»
15अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै र्वष अघि थिए।”
15
دیگران میگفتند: «او الیاس است.» عدّهای هم میگفتند: «او نبیای مانند سایر انبیاست.»
16हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊँको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।” बप्तिस्मा दिने यूहन्ना कसरी मारिए
16
امّا وقتی هیرودیس این را شنید گفت: «این همان یحیی است كه من سرش را از تن جدا كردم، او زنده شده است.»
17हेरोद आफैले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए।
17
هیرودیس به درخواست زن خود هیرودیا، دستور داد یحیای تعمیددهنده را دستگیر كنند و او را در بند نهاده به زندان بیندازند. هیرودیا قبلاً زن فیلیپُس برادر هیرودیس بود.
18यूहन्नाले हेरोदलाई भनेका थिए, तिमीलाई तिम्रा भाइकी पत्नीसंग विवाह गर्ने अधिकार छैन।
18
یحیی به هیرودیس گفته بود: «تو نباید با زن برادر خود ازدواج كنی.»
19यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिइन। अनि हेरोदियास उसलाई मार्न चाहन्थिइन। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिइनन्।
19
هیرودیا این كینه را در دل داشت و میخواست او را به قتل برساند امّا نمیتوانست.
20किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो।
20
هیرودیس از یحیی میترسید؛ زیرا میدانست او مرد خوب و مقدّسی است و به این سبب رعایت حال او را مینمود و دوست داشت به سخنان او گوش دهد. اگرچه هروقت سخنان او را میشنید ناراحت میشد.
21अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घटना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे।
21
سرانجام هیرودیا فرصت مناسبی به دست آورد. هیرودیس در روز تولّد خود جشنی ترتیب داد و وقتی تمام بزرگان و امرا و اشراف جلیل حضور داشتند،
22हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसंग खाँदै थिए खुशी पारी। अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।”
22
دختر هیرودیا وارد مجلس شد و رقصید. هیرودیس و مهمانانش از رقص او بسیار لذّت بردند، به طوری که پادشاه به دختر گفت: «هرچه بخواهی به تو خواهم داد.»
23हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।”
23
و برایش سوگند یاد كرده گفت: «هرچه از من بخواهی، حتّی نصف مملكتم را به تو خواهم داد.»
24छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसंग म के चीज माँगु?” उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माँग।”
24
دختر بیرون رفت و به مادر خود گفت: «چه بخواهم؟» مادرش جواب داد: «سر یحیای تعمیددهنده را.»
25तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।”
25
دختر فوراً پیش پادشاه برگشت و گفت: «از تو میخواهم كه در همین ساعت سر یحیای تعمیددهنده را در داخل یک سینی به من بدهی.»
26राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उस्ले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्।
26
پادشاه بسیار متأسف شد، امّا بهخاطر سوگند خود و به احترام مهمانانش صلاح ندانست كه خواهش او را رد كند.
27त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो।
27
پس فوراً جلاّد را فرستاد و دستور داد كه سر یحیی را بیاورد. جلاّد رفت و در زندان سر او را برید
28केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्।
28
و آن را در داخل یک سینی آورد و به دختر داد و دختر آن را به مادر خود داد.
29यूहन्नाको चेलाहरूले यो घटना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे। : 13-21; लुका 9:10-17; यूहन्ना 61-14)
29
وقتی این خبر به شاگردان یحیی رسید، آنها آمدند و جنازهٔ او را برداشتند و در مقبرهای دفن كردند.
30येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए।
30
رسولان پیش عیسی برگشتند و گزارش همهٔ كارها و تعالیم خود را به عرض او رسانیدند.
31येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।”
31
چون آمد و رفتِ مردم آنقدر زیاد بود كه عیسی و شاگردانش حتّی فرصت غذا خوردن هم نداشتند، عیسی به ایشان فرمود: «خودتان تنها بیایید كه به جای خلوتی برویم تا كمی استراحت كنید.»
32यसकारण येशु र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो।
32
پس آنها به تنهایی با قایق به طرف جای خلوتی رفتند،
33तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे।
33
امّا عدّهٔ زیادی آنها را دیدند كه آنجا را ترک میکردند. مردم آنها را شناختند و از تمام شهرها از راه خشكی به طرف آن محل دویدند و قبل از آنها به آنجا رسیدند.
34जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर योशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेडाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।
34
وقتی عیسی به خشكی رسید، جمعیّت زیادی را دید و دلش برای آنها سوخت چون مانند گوسفندان بیشبان بودند. پس به تعلیم آنان پرداخت و مطالب زیادی بیان كرد.
35साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो।
35
چون نزدیک غروب بود، شاگردانش نزد او آمده گفتند: «اینجا بیابان است و روز هم به پایان رسیده است.
36यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।”
36
مردم را مرخّص بفرما تا به مزارع و دهکدههای اطراف بروند و برای خودشان خوراک بخرند.»
37तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ।” चेलाहरूले येशूलाई भने, “के! यत्रो मालिसलाई खुवाउन रोटीहरू किन्न हामी जानू? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!”
37
امّا او جواب داد: «خودتان به آنها خوراک بدهید.» آنها گفتند: «آیا میخواهی برویم و در حدود دویست سکّهٔ نقره نان بخریم تا غذایی به آنها بدهیم؟»
38येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसंग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।” चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसंग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।”
38
عیسی از آنها پرسید: «چند نان دارید؟ بروید ببینید.» شاگردان تحقیق كردند و گفتند: «پنج نان و دو ماهی.»
39तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड झुण्ड भएर हरियो घाँसमा बस्नु भन।”
39
عیسی دستور داد كه، شاگردانش مردم را دستهدسته روی علفها بنشانند.
40अनि सबै गए अनि झुणड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः 50 जना वा 100 जना मानिस थिए।
40
مردم در دستههای صد نفری و پنجاه نفری روی زمین نشستند.
41उहाँले पाँचवटा रोटी र दुईवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो।। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो।
41
بعد عیسی پنج نان و دو ماهی را گرفت، به آسمان نگاه كرد و خدا را شكر نموده و نانها را پاره كرد و به شاگردان داد تا بین مردم تقسیم كنند. او همچنین آن دو ماهی را میان آنها تقسیم كرد.
42सबैले अघाउञ्जेल खाए।
42
همه خوردند و سیر شدند
43मानिसहरूले प्रशस्त खाना खाए पछि चेलाहरूले बाह्रवटा टोकरीहरू उब्रिएका रोटी र माछाका टुक्राहरूले भरे।
43
و شاگردان، دوازده سبد پر از خُردههای باقی ماندهٔ نان و ماهی جمع كردند.
44त्यहाँ पाँचहजार मानिसहरू थिए जसले खाना खाए।
44
در میان کسانیکه از نانها خوردند، پنج هزار مرد بودند.
45तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थयो।
45
بعد از این كار، عیسی فوراً شاگردان خود را سوار قایق كرد تا پیش از او به بیتصیدا در آن طرف دریا بروند تا خودش مردم را مرخّص كند.
46तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो।
46
پس از آنكه عیسی با مردم خداحافظی كرد، برای دعا به بالای كوهی رفت.
47त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो।
47
وقتی شب شد، قایق به وسط دریا رسید و عیسی در ساحل تنها بود.
48येशूले डुङ्गालाई समूद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा खियाउनलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरूद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिडनु भयो। उहाँले लगातार हिंडेर डुङ्गालाई समेत पार गर्ने इच्छा गर्नुभयो।
48
بین ساعت سه و شش صبح بود كه دید شاگردانش گرفتار باد مخالف شده و با زحمت زیاد پارو میزنند. پس قدم زنان در روی آب به طرف آنها رفت و میخواست از كنار آنها رد شود.
49यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए।
49
وقتی شاگردان او را دیدند كه روی دریا راه میرود، خیال كردند كه یک شبح است و فریاد میزدند،
50सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, यो म नै हुँ। डराउनु पर्दैन।”
50
چون همه او را دیده و ترسیده بودند. امّا عیسی فوراً صحبت کرده فرمود: «جرأت داشته باشید، من هستم نترسید!»
51त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयष्ठ्वो। चेलाहरू एकदमै छक्क परे।
51
بعد سوار قایق شد و باد ایستاد و آنها بیاندازه تعجّب كردند.
52तिनीहरूले येशूले पाँचवाटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैनन् थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।
52
ذهن آنها كُند شده بود و از موضوع نانها هم چیزی نفهمیده بودند.
53येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे।
53
آنها از دریا گذشتند و به سرزمین جِنیسارت رسیده و در آنجا لنگر انداختند.
54जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने।
54
وقتی از قایق بیرون آمدند، مردم فوراً عیسی را شناختند
55ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनकौं रोगीहरूलाई लिएर आए।
55
و با عجله به تمام آن حدود رفتند و مریضان را بر روی بسترهایشان به جاییکه میشنیدند عیسی بود، بردند.
به هر شهر و ده و مزرعهای كه عیسی میرفت، مردم بیماران خود را به آنجا میبردند و در سر راه او میگذاشتند و از او التماس میکردند كه به بیماران اجازه دهد، دامن قبای او را لمس كنند و هرکس كه لمس میکرد، شفا مییافت.
56येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।
56
به هر شهر و ده و مزرعهای كه عیسی میرفت، مردم بیماران خود را به آنجا میبردند و در سر راه او میگذاشتند و از او التماس میکردند كه به بیماران اجازه دهد، دامن قبای او را لمس كنند و هرکس كه لمس میکرد، شفا مییافت.