Nepali

Persian

Mark

7

1फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए।
1 فریسیان و بعضی از علما كه از اورشلیم آمده بودند، دور عیسی جمع شدند.
2तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)।
2 آنها دیدند كه بعضی از شاگردان او با دستهای نشسته و به اصطلاح «ناپاک» غذا می‌خورند.
3फरिसीहरू र सबै यहुदीहरुले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरु आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्।
3 یهودیان و مخصوصاً فریسیان تا طبق سنّتهای گذشته، دستهای خود را به طرز مخصوصی نمی‌شستند، غذا نمی‌خوردند.
4यहूदीहरूले बजारमा केहि चिजहरु किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरुले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि।
4 وقتی از بازار می‌آمدند تا خود را نمی‌شستند، چیزی نمی‌خوردند و بسیاری از رسوم دیگر مانند شستن پیاله‌‌ها و دیگها و كاسه‌های مسی را رعایت می‌کردند.
5यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”
5 پس فریسیان و علما از او پرسیدند: «چرا شاگردان تو سنّتهای گذشته را رعایت نمی‌کنند، بلكه با دستهای ناپاک غذا می‌خورند؟»
6येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन् यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्दछन् तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
6 عیسی به ایشان فرمود: «اشعیا دربارهٔ شما ریاكاران، چقدر درست پیشگویی نمود وقتی گفت: 'این مردم مرا با زبان عبادت می‌کنند امّا دلهایشان از من دور است.
7तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ, किनभने तिनीहरूले सिकाएका कुराहरु केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’ यशैया 2913
7 عبادت آنها بیهوده است، چون راه و رسوم انسانی را به جای احکام الهی تعلیم می‌دهند.'
8तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।”
8 «شما احكام خدا را كنار گذاشته و به سنّتهای بشری چسبیده‌اید.»
9तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ।
9 عیسی همچنین به ایشان فرمود: «شما احكام خدا را با زرنگی كنار می‌گذارید تا رسوم خود را بجا آورید.
10मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ। फेरि उनले भनेका छन् कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।
10 مثلاً موسی فرمود: پدر و مادر خود را احترام كن و هرکه به پدر و یا مادر خود، نا‌سزا بگوید سزاوار مرگ است.
11तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु।
11 امّا شما می‌گویید: اگر كسی به پدر و یا مادر خود بگوید كه هرچه باید برای كمک به شما بدهم وقف كار خدا کرده‌ام،
12तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन।
12 دیگر اجازه نمی‌دهید كه برای پدر و یا مادر خود كاری كند.
13यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यर्स्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”
13 به این ترتیب با انجام رسوم و سنّتهایی كه به شما رسیده است، كلام خدا را خنثی می‌نمایید. شما از این قبیل كارها زیاد می‌کنید.»
14येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन्नु मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु।
14 عیسی بار دیگر مردم را پیش خود خواند و به آنها فرمود: «همه به من گوش بدهید و این را بفهمید:
15यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्‌छन्।”
15 چیزی نیست كه از خارج وارد وجود انسان شود و او را ناپاک سازد. آنچه آدمی را ناپاک می‌کند چیزهایی است كه از وجود او صادر می‌شود. [
16तिमीहरू जसले मलाई सुनिरहेकाछौ, सुन।
16 هرکس گوش شنوا دارد، بشنود.]»
17त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृष्टान्त बारेमा सोधे।
17 وقتی عیسی از پیش مردم به خانه رفت، شاگردان دربارهٔ این مَثَل از او سؤال كردند
18येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन
18 به ایشان فرمود: «آیا شما هم مثل دیگران كودن هستید؟ آیا نمی‌دانید هرچیزی كه از خارج وارد وجود انسان شود، نمی‌تواند او را ناپاک سازد؟
19किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)
19 چون به قلب او وارد نمی‌شود، بلكه داخل معده‌اش می‌شود و از آنجا به مزبله می‌ریزد.» به این ترتیب عیسی تمام غذاها را پاک اعلام كرد.
20फेरि येशूले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ।
20 عیسی به سخن خود ادامه داده گفت: «آنچه كه آدمی را ناپاک می‌سازد، چیزی است كه از وجود او صادر می‌شود.
21सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या
21 چون افكار بد، از دل بیرون می‌آید یعنی فسق، دزدی، آدمكشی،
22वेश्यागामन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, इर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्।
22 زنا، طمع، خباثت، فریب، هرزگی، حسادت، تهمت خودبینی و حماقت،
23यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि अशुद्ध तुल्याउँछ।”
23 اینها همه از درون بیرون می‌آیند و انسان را ناپاک می‌سازند.»
24यशूले त्यो ठाउँ छाडनु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन।
24 بعد از آن عیسی از آنجا به راه افتاد و به سرزمین صور رفته، به خانه‌ای وارد شد و نمی‌خواست كسی بفهمد كه او در آنجاست، امّا نتوانست پنهان بماند.
25एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी।
25 فوراً زنی كه دخترش گرفتار روح پلید بود، از بودن او در آنجا اطّلاع یافت و آمده جلوی پای عیسی سجده كرد.
26त्यो आईमाई यहूदी थिईन्। उ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतात्मा भगाऊन उहाँलाई बिन्ती गरिन्।
26 او كه زنی یونانی و از اهالی فینیقیه سوریه بود، از عیسی خواهش كرد كه دیو را از دخترش بیرون كند.
27येशूले त्यस आइमाईलाई भन्नुभयो, “केटा केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर फ्याँक्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।”
27 عیسی به او فرمود: «بگذار اول فرزندان سیر شوند، درست نیست نان فرزندان را گرفته و پیش سگها بیندازیم.»
28आइमाईले भनी, “प्रभु, त्यो साँचो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।”
28 زن جواب داد: «ای آقا درست است، امّا سگهای خانه نیز از خورده ریزه‌های خوراک فرزندان می‌خورند.»
29तब येशूले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिम्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”
29 عیسی به او فرمود: «برو، به‌خاطر این جواب، دیو از دخترت بیرون رفته است.»
30त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो।
30 وقتی زن به خانه برگشت، دید كه دخترش روی تخت خوابیده و دیو او را رها كرده است.
31त्यपछि येशूले टायरको इलाका छोडनुभयो अनि साइडन भएर डिकापोलिस इलाका हूँदै गालील तालतिर जानुभयो।
31 عیسی از سرزمین صور برگشت و از راه صیدون و دكاپولس به دریای جلیل آمد.
32जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे।
32 در آنجا مردی را پیش او آوردند كه كر بود و زبانش لكنت داشت. از او درخواست كردند كه دست خود را روی آن مرد بگذارد.
33येशूले त्यस मानिसलाई भीडबाट उहाँसंगै अलग लानुभयो। उहाँले आफ्नो हातका औंलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो।
33 عیسی آن مرد را دور از جمعیّت، به كناری برد و انگشتان خود را در گوشهای او گذاشت و آب دهان انداخته، زبانش را لمس نمود.
34येशूले आकाशमा हेर्नुभयो, अनि उहाँले लामो सास लिनु भयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, “इफ्फाता” (यसको अर्थ “खोलिजा”)
34 بعد به آسمان نگاه كرده آهی كشید و گفت: «افتح» یعنی «باز شو.»
35जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रो को वन्धन फुक्यो। अनि उ र स्पष्ट बोल्ने भयो।
35 فوراً گوشهای آن مرد باز شد و لكنت زبانش از بین رفت و خوب حرف می‌زد.
36येशूले यी सबै भएका घटनाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कडा आज्ञा गर्नुभयो। उहाँले सधै नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नु भएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नु भयो त्यति नै मानिसहरूले भने।
36 عیسی به آنان دستور داد كه به كسی چیزی نگویند. امّا هرچه او بیشتر ایشان را از این كار باز می‌داشت آنها بیشتر آن را پخش می‌کردند. مردم كه بی‌اندازه متحیّر شده بودند، می‌گفتند: «او همهٔ كارها را به خوبی انجام داده است، كرها را شنوا و لالها را گویا می‌کند.»
37मानिसहरू साँचै चकित भए। तिनीहरूले भने, “येशूले जे पनि गर्नु भेएको छ। येशूले बैह्रोलाई पनि सुन्नसक्ने अनि लाटोलाईपनि बोल्न सक्ने बनाउनु हुनछ।”
37 مردم كه بی‌اندازه متحیّر شده بودند، می‌گفتند: «او همهٔ كارها را به خوبی انجام داده است، كرها را شنوا و لالها را گویا می‌کند.»