1“स्वर्गको राज्य एउटा जमीनको मालिड्ढको जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो।
1
«پادشاهی آسمان مانند صاحب تاكستانی است كه یک روز صبح زود بیرون رفت تا برای تاكستان خود کارگرانی بگیرد
2उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो।
2
و بعد از آنكه آنها دربارهٔ مزد روزانه موافقت كردند، آنان را به سر كار فرستاد.
3“प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो
3
ساعت نه صبح باز بیرون رفت و افراد دیگری را دید كه بیكار در بازار ایستاده بودند.
4‘तिमीहरू मेरो बारीमा गएर काम गर्छौ भने म तिनीहरूलाई उचित ज्याला दिनेछु।’
4
به آنها گفت: 'بروید و در تاكستان من كار كنید و من حق شما را به شما خواهم داد' و آنها هم رفتند.
5त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए। “फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो।
5
در وقت ظهر و همچنین ساعت سه بعد از ظهر باز بیرون رفت و مانند دفعات قبل عدّهای را اجیر نمود.
6फेरि प्रायः पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’
6
او یک ساعت پیش از غروب آفتاب باز بیرون رفت و دستهٔ دیگری را در آنجا ایستاده دید، به آنان گفت: 'چرا تمام روز اینجا بیكار ایستادهاید؟'
7मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’ “उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’
7
آنها جواب دادند: 'چونكه هیچکس به ما كاری نداده است' پس او به آنان گفت: 'بروید و در تاكستان من كار كنید.'
8“जब साँझ पर्यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाडन थाले।’
8
«وقتی غروب شد صاحب تاكستان به مباشر خود گفت: 'كارگران را صدا كن و مزد همه را بده، از کسانیکه آخر آمدند شروع كن و آخر همه به کسانیکه اول آمدند.'
9“पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए।
9
آنانی كه یک ساعت قبل از غروب شروع به كار كرده بودند پیش آمدند و هر یک مزد یک روز تمام را گرفت.
10त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूलेपनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए।
10
وقتی نوبت به كسانی رسید كه اول آمده بودند آنها انتظار داشتند از دیگران بیشتر بگیرند امّا به آنان به اندازهٔ دیگران داده شد.
11जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे।
11
وقتی كارگران مزد خود را گرفتند شكایتكنان به صاحب تاكستان گفتند:
12खेतालाहरूले विरोध गरे, पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’
12
'این کسانیکه آخر همه آمدهاند فقط یک ساعت كار کردهاند و تو آنان را با ما كه تمام روز در آفتاب سوزان كارهای سنگین را تحمّل کردهایم در یک سطح قرار دادهای.'
13“तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘साथी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियौ। होइन?
13
آن مالک رو به یکی از آنها كرده گفت: 'ای رفیق، من كه به تو ظلمی نکردهام. مگر تو قبول نكردی كه با این مزد كار كنی؟
14यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु।
14
پس مزد خود را بردار و برو. من میل دارم به نفر آخر به اندازهٔ تو مزد بدهم.
15के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसंग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईष्या लग्यो?’
15
آیا حق ندارم كه با پول خود مطابق میل خود عمل كنم؟ چرا به سخاوت من حسادت میکنی؟'
16“त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।”
16
«به این ترتیب، آخرین، اولین و اولین، آخرین خواهند شد.»
17येशू यरूशलेम जानु हुँदैथियो। उहाँका बाह्रै जना चेलाहरू पनि उहाँका साथमा थिए। जब उनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई भेला गरेर मानिसगत रूपमा कुरा गर्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
17
وقتی عیسی به طرف اورشلیم میرفت، در راه دوازده شاگرد خود را به كناری برد و به آنان گفت:
18“हामी यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शास्त्रीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्।
18
«اكنون ما به اورشلیم میرویم و در آنجا پسر انسان به دست سران كاهنان و علما تسلیم خواهد شد و آنان او را به مرگ محكوم كرده
19तिनीहरूले मानिसको पुत्रलाई गैर-यहूदीहरूका हातमा सुम्पनेछन्। तिनीहरूले उसलाई गाली गर्नेछन्, कोर्रा लाउनेछन् क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर मरेको तेस्रो दिनमा उ बौरी उठ्नेछ।”
19
تحویل بیگانگان خواهند داد تا آنها او را استهزا نموده تازیانه بزنند و مصلوب كنند و او در روز سوم بار دیگر زنده خواهد شد.»
20तब जब्दीकी पत्नी येशूकहाँ आइन्। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहुराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन्।
20
آنگاه مادر پسران زِبدی به اتّفاق فرزندان خود پیش عیسی آمده، تعظیم كرد و تقاضا نمود كه عیسی به او لطفی بنماید.
21येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?” उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दहिनेहातपटि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउन प्रतिज्ञा गर्नुहोस्।”
21
عیسی پرسید: «چه میخواهی؟» گفت: «قول بده كه در پادشاهی تو این دو پسر من یکی در دست راست تو و دیگری در دست چپ تو بنشیند.»
22अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?” तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!”
22
عیسی به آن دو برادر رو كرده گفت: «شما نمیدانید كه چه میخواهید. آیا میتوانید جامی را كه من مینوشم بنوشید؟» آنها جواب دادند: «بلی، میتوانیم»
23येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।”
23
عیسی به آنان گفت: «درست است، شما از جام من خواهید نوشید، امّا انتخاب کسانیکه باید در دست راست و دست چپ من بنشینند با من نیست، زیرا كسانی در دست راست یا چپ من خواهند نشست كه پدر من قبلاً برایشان آماده كرده است.»
24अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुई भाइसँग औधी रिसाए।
24
وقتی ده شاگرد دیگر از این موضوع باخبر شدند از آن دو برادر سخت رنجیدند.
25येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्।
25
پس عیسی آنان را پیش خود خوانده فرمود: «شما میدانید كه در این دنیا حكمرانان بر زیردستان خود آقایی میکنند و رهبرانشان به آنان زور میگویند.
26तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नोकर जस्तो भएर अरूको सेवा गर्नुपर्छ।
26
امّا در میان شما نباید چنین باشد، بلكه هرکه میخواهد در بین شما بزرگ باشد، باید خادم همه گردد
27यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ।
27
و هرکه بخواهد بالاتر از همه شود باید غلام همه باشد.
28मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
28
پسر انسان نیز نیامد تا خدمت شود، بلكه تا خدمت كند و جان خود را در راه بسیاری فدا سازد.»
29जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्याए।
29
وقتی عیسی و شاگردانش شهر اریحا را ترک میکردند جمعیّت بزرگی به دنبال او رفت.
30बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
30
در كنار راه دو نفر كور نشسته بودند و چون شنیدند كه عیسی از آنجا میگذرد فریاد زده گفتند: «ای آقا، ای پسر داوود، بر ما رحم كن.»
31सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
31
مردم آنان را سرزنش كرده و به آنها میگفتند كه ساكت شوند. امّا آن دو نفر بیشتر فریاد كرده میگفتند: «ای آقا، ای پسر داوود، به ما رحم كن.»
32येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?”
32
عیسی ایستاد و آن دو مرد را صدا كرده پرسید: «چه میخواهید برایتان انجام دهم؟»
33अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।”
33
آنها گفتند: «ای آقا، ما میخواهیم كه چشمان ما باز شود.»
عیسی متأثر شده چشمان آنان را لمس كرد و آنها فوراً بینایی خود را بازیافتند و به دنبال او رفتند.
34येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।
34
عیسی متأثر شده چشمان آنان را لمس كرد و آنها فوراً بینایی خود را بازیافتند و به دنبال او رفتند.