Nepali

Persian

Matthew

21

1येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले ‘जैतुन-डाँडा’ को बेथफागेमा रोकिए। येशूले आफ्ना दुई जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो।
1 وقتی عیسی و شاگردان به نزدیكی اورشلیم و به دهكدهٔ بیت‌فاجی واقع در كوه زیتون رسیدند عیسی دو نفر از شاگردان خود را فرستاد
2येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ।
2 و به آنها گفت: «به دهكدهٔ مقابل بروید. نزدیک دروازهٔ آن، الاغی را با كرّه‌اش بسته خواهید یافت. آنها را باز كنید و پیش من بیاورید.
3यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।”‘
3 اگر كسی به شما حرفی زد بگویید كه خداوند به آنها احتیاج دارد و او به شما اجازه خواهد داد كه آنها را فوراً بیاورید.»
4अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो
4 به این وسیله پیشگویی نبی تحقّق یافت كه می‌فرماید:
5“सियोनको नगरलाई भन, ‘अब तिमीहरूको राजा आउनु हुँदैछ। उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ, उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ, जो काम गर्नकै खातिर जन्मेको पशु हो।”‘ जकरिया 99
5 به دختر صهیون بگویید: «این پادشاه توست كه بر الاغی نشسته و بر كره چارپایی سوار است و با فروتنی نزد تو می‌آید.»
6चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे।
6 آن دو شاگرد رفتند و آنچه به آنها گفته شده بود، انجام دادند
7उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस्नु भयो।
7 و آن الاغ و كرّ‌ه‌‌اش را آوردند و آنگاه رداهای خود را بر پشت آنها انداختند و عیسی سوار شد.
8येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए।
8 جمعیّت زیادی جاده را با رداهای خود فرش كردند و بعضی، شاخه‌های درختان را می‌بریدند و در راه می‌گسترانیدند.
9केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’ भजनसंग्रह 118:26 स्वर्गको परमेश्वरको प्रशंसा गर।”
9 آنگاه جمعیّتی كه از جلو می‌رفتند و آنها كه از عقب می‌آمدند فریاد می‌زدند و می‌گفتند: «سپاس باد بر پسر داوود! مبارک باد آن کسی‌که به نام خداوند می‌آید! خدای متعال او را مبارک سازد!»
10त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”
10 همین‌که عیسی وارد اورشلیم شد تمام مردم شهر به هیجان آمدند و عدّه‌ای می‌پرسیدند: «این شخص كیست؟»
11येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।”
11 جمعیّت پاسخ می‌دادند: «این عیسی نبی است كه از ناصرهٔ جلیل آمده است.»
12येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो।
12 آنگاه عیسی به داخل معبد بزرگ رفت و همهٔ كسانی را كه در صحن معبد بزرگ به خرید و فروش اشتغال داشتند، بیرون راند. او میزهای صرّافان و جایگاههای كبوتر فروشان را واژگون ساخت
13येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’ तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।”
13 و به آنان گفت: «کتاب‌مقدّس می‌فرماید: 'معبد بزرگ من نمازخانه خوانده‌ خواهد شد، امّا شما آن را کمینگاه دزدان ساخته‌اید.'»
14केही अन्धा र केही लङ्गडा मानिसहरू मन्दिरमा येशू कहाँ आए। येशूले ती मानिसहरूलाई निको पारिदिनु भयो।
14 نابینایان و مفلوجان در معبد بزرگ به نزد او آمدند و او آنها را شفا داد.
15मुख्य पुजाहारीहरू र शास्त्रीहरूले यो दृष्य देखे। तिनीहरूले येशूका चमत्कार कार्यहरू अनि मन्दिरमा बालकहरूले येशूलाई नै प्रंशसा गरिरहेका देखे। बालकहरू भन्दै थिए, “दाऊदका पुत्र, होसन्ना!” यसमा पूजाहरीहरू र शास्त्रीहरू क्रोधित भए।
15 سران كاهنان و علما وقتی عجایب عیسی را دیدند و شنیدند كه كودكان در معبد بزرگ فریاد می‌زدند «سپاس باد بر پسر داوود» خشمگین شدند.
16मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?” येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’ “
16 آنها از عیسی پرسیدند: «آیا می‌شنوی اینها چه می‌گویند؟» عیسی جواب داد: «بلی می‌شنوم! مگر نخوانده‌اید كه كودكان و شیرخوارگان را می‌آموزی تا زبان آنها به حمد و ثنای تو بپردازند؟»
17त्यसपछि येशूले त्यो ठाउँलाई छोडनुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो।
17 آنگاه آنان را ترک كرد و از شهر خارج شد و به بیت‌عنیا رفت و شب را در آنجا گذرانید.
18भोलिपल्ट बिहानै, येशू नगरतिर र्फकिरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो।
18 صبح روز بعد، وقتی عیسی به شهر برگشت گرسنه شد
19उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।
19 و در كنار جاده درخت انجیری دیده به طرف آن رفت امّا جز برگ چیزی در آن نیافت پس آن درخت را خطاب كرده فرمود: «تو دیگر هرگز ثمر نخواهی آورد» و آن درخت در همان لحظه خشک شد.
20चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?”
20 شاگردان از دیدن آن تعجّب كرده پرسیدند: «چرا این درخت به این زودی خشک شد؟»
21येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ।
21 عیسی در پاسخ به آنان گفت: «یقین بدانید كه اگر ایمان داشته باشید و شک نكنید، نه تنها قادر خواهید بود آنچه را كه نسبت به این درخت انجام شد انجام دهید، بلكه اگر به این كوه بگویید كه از جای خود كنده و به دریا پرتاب شود چنین خواهد شد
22विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।
22 و هرچه با ایمان در دعا طلب كنید خواهید یافت.»
23येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”
23 عیسی وارد معبد بزرگ شد و به تعلیم مردم پرداخت. سران كاهنان و مشایخ نزد او آمده پرسیدند: «با چه اجازه‌ای دست به چنین كارهایی می‌زنی و چه کسی این اختیار را به تو داده است؟»
24येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न जाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु।
24 عیسی در جواب به آنها گفت: «من از شما سؤالی می‌کنم، اگر به آن جواب بدهید من هم به شما خواهم گفت كه با چه اجازه‌ای این كارها را می‌کنم.
25“मलाई भन यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो? मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको भनी?’
25 آیا تعمید یحیی از جانب خدا بود و یا از جانب انسان؟» بر سر این موضوع در میان آنها بحثی درگرفت، می‌گفتند: «اگر بگوییم از جانب خداست او خواهد گفت چرا به او ایمان نیاوردید؟
26यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।”
26 و اگر بگوییم از جانب انسان است، از مردم می‌ترسیم، زیرا همه یحیی را یک نبی می‌دانند.»
27त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।” तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु।”
27 از این رو در جواب عیسی گفتند: «ما نمی‌دانیم» عیسی فرمود: «پس من هم به شما نخواهم گفت كه به چه اجازه‌ای این كارها را می‌کنم.»
28“तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’
28 «عقیدهٔ شما در این خصوص چیست؟ شخصی دو پسر داشت. او نزد پسر بزرگ خود رفت و به او گفت: 'پسرم، امروز به تاكستان برو و در آنجا كار كن.'
29छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो।
29 آن پسر جواب داد: 'من نمی‌روم' امّا بعد پشیمان شد و رفت.
30“त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।
30 آنگاه پدر نزد دومی آمد و همین را به او گفت او پاسخ داد: 'اطاعت می‌کنم. ای آقا' امّا هرگز نرفت.
31“अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो। यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाहिले।” येशूले तिनीहरूलाई भन्नुभयो, “म साँचो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्।
31 کدام‌یک از این دو نفر بر طبق میل پدر رفتار كرد؟» گفتند: «اولی» پس عیسی جواب داد: «بدانید كه باجگیران و فاحشه‌ها قبل از شما به پادشاهی خدا وارد خواهند شد
32यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।
32 زیرا یحیی آمد و راه صحیح زندگی را به شما نشان داد و شما سخنان او را باور نكردید ولی باجگیران و فاحشه‌ها باور كردند و شما حتّی بعد از دیدن آن هم توبه نكردید و به او ایمان نیاوردید.»
33“यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो।
33 «به مَثَل دیگری گوش دهید: مالكی بود كه تاكستانی احداث كرد و دور آن دیواری كشید و در آن چَرخُشتی كند و یک بُرج دیده‌بانی هم برای آن ساخت، آنگاه آن را به باغبانان سپرد و خود به مسافرت رفت.
34केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।
34 هنگامی‌كه موسم چیدن انگور رسید، خادمان خود را نزد باغبانان فرستاد تا انگور را تحویل بگیرند.
35“तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए।
35 امّا باغبانان، خادمان او را گرفته، یکی را كتک زدند و دیگری را كشتند و سومی را سنگسار كردند.
36फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसंग पनि यस्तै नै व्यवहार गरे।
36 صاحب باغ بار دیگر عدّهٔ بیشتری از خادمان خود را فرستاد. با آنان نیز به همان‌طور رفتار كردند.
37त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’
37 سرانجام پسر خود را پیش باغبانان فرستاده گفت: 'آنان احترام پسرم را نگاه خواهند داشت.'
38“तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’
38 امّا وقتی باغبانان پسر را دیدند به یكدیگر گفتند: 'این وارث است. بیایید او را بكشیم و میراثش را تصاحب كنیم.'
39अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए।
39 پس او را گرفته و از تاكستان بیرون انداخته، به قتل رسانیدند.
40“अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?”
40 هنگامی‌که صاحب تاكستان بیاید با باغبانان چه خواهد كرد؟»
41ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दृष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”
41 آنها جواب دادند: «آن مردان شریر را به عقوبت شدیدی خواهد رسانید و تاكستان را به دست باغبانان دیگری می‌سپارد تا هروقت موسم میوه برسد، سهم او را بدهند.»
42येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ ‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य कुने ढुँङ्गा बन्यो, यो परमप्रभुले गर्नु भएको हो र यो हाम्रो लागि अचम्मको हुनेछ।’ भजनसंग्रह 118:22-23
42 آنگاه عیسی به آنان فرمود: «آیا تا كنون در كلام خدا نخوانده‌اید: 'آن سنگی كه بنّایان رد كردند اکنون مهمترین سنگ بنا شده است. این كار خداوند است؛ و به نظر ما عجیب است.'
43“त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्।
43 «بنابراین به شما می‌گویم كه پادشاهی خدا از شما گرفته و به امّتی داده خواهد شد كه ثمراتی شایسته به بار آورد. [
44अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”
44 اگر كسی بر روی این سنگ بیفتد خرد خواهد شد و هرگاه آن سنگ بر روی كسی بیفتد او را به غبار مبدّل خواهد ساخت.]»
45येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे।
45 وقتی سران كاهنان و فریسیان مثلهای او را شنیدند فهمیدند كه عیسی به آنها اشاره می‌کند. آنها خواستند او را دستگیر كنند امّا از مردم كه عیسی را نبی می‌دانستند، می‌ترسیدند.
46[This verse may not be a part of this translation]
46 آنها خواستند او را دستگیر كنند امّا از مردم كه عیسی را نبی می‌دانستند، می‌ترسیدند.