Nepali

Persian

Numbers

1

1सीनै मरूभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो।
1 در روز اول ماه دوم از سال دوم، بعد از آنکه قوم اسرائیل از مصر خارج شدند، در صحرای سینا، خداوند در خیمهٔ عبادت به موسی فرمود:
2“उहाँले भन्नुभयो, तिनीहरूको परिवार र कुल समूह सहित प्रत्येक व्यक्तिको नाम लेखेर इस्राएली मानिसहरूको गन्ती गर।
2 «تمام قوم اسرائیل را برحسب خاندان و خانواده‌شان سرشماری کن.
3हारून र तिमीले बीस वर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर।
3 تو و هارون، تمام مردان بیست ساله و بالاتر را که قادر به جنگیدن باشند، سرشماری کنید،
4प्रत्येक कुलका एक एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्।
4 و سرکردهٔ هر خاندان باید در این سرشماری کمک کند.»
5रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर
5 این است نامهای رهبران هر طایفه: طايفهرئیس خاندان از طایفهٔ رئوبین:الیصور، پسر شدیئور از طایفهٔ شمعون:شلومِئیل، پسر صوریشدای از طایفهٔ یهودا:نحشون، پسر عمیناداب؛ از طایفهٔ یساکار:نتنائیل، پسر صوغر؛ از طایفهٔ زبولون:الیاب، پسر حیلون؛ از طایفهٔ افرایم:الیشمع، پسر عمیهود؛ از طایفهٔ منسی:جملیئیل، پسر فدهصور؛ از طایفهٔ بنیامین:ابیدان، پسر جدعونی؛ از طایفهٔ دان:اخیعزر، پسر عمیشدای؛ از طایفهٔ اشیر:فجعیئیل، پسر عکران؛ از طایفهٔ جاد:الیاساف، پسر دعوئیل؛ از طایفهٔ نفتالی:اخیرع، عینان؛
6शिमोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल;
6 اشخاص فوق، سرکردگان قوم اسرائیل بودند که برای این‌کار انتخاب شدند.
7यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;
7 در همان روز موسی، هارون و سرکردگان طایفه‌ها، تمام مردان بیست ساله و مسن‌‌تر را برای نام‌نویسی در صحرای سینا، فراخواندند و همان‌طور که خداوند به موسی امر فرموده بود، هرکس برحسب خاندان و خانواده‌اش نام‌نویسی شد.
8इस्साकारको कुलबाट सूआरको छोरो नतनेल;
8 نتیجهٔ نهایی سرشماری از این قرار بود: از طایفهٔ رئوبین پسر اول یعقوب: تمام مردانی را که بیست ساله و بالاتر و آمادهٔ خدمت سربازی بودند، برحسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان چهل و شش هزار و پانصد نفر بود.
9जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;
9 از طایفهٔ شمعون: تمام مردانی را که بیست ساله و بالاتر و برای خدمت سربازی آماده بودند، برحسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان پنجاه و نه هزار و سیصد نفر بود.
10यूसुफको उत्तराधिकारीहरूबाट; एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;
10 از طایفهٔ جاد: تمام مردانی را که بیست ساله و بالاتر و برای خدمت سربازی آماده بودند، برحسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان چهل و پنج هزار ششصد و پنجاه نفر بود.
11बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान;
11 از طایفهٔ یهودا: تمام مردانی را که بیست ساله و بالاتر و برای خدمت سربازی آماده بودند، برحسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان هفتاد و چهار هزار و ششصد نفر بود.
12दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर;
12 از طایفهٔ یساکار: تمام مردانی را که بیست ساله و بالاتر و برای خدمت سربازی آماده بودند، برحسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان پنجاه و چهار هزار و چهارصد نفر بود.
13आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;
13 از طایفهٔ زبولون: تمام مردانی را که بیست ساله و بالاتر و برای خدمت سربازی آماده بودند، برحسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان پنجاه و هفت هزار و چهارصد نفر بود.
14गादको कुलबाट रूएलको छोरो एल्यासाप;
14 از طایفهٔ افرایم پسر یوسف: تمام مردانی را که بیست ساله و بالاتر و براى خدمت سربازی آماده بودند، برحسب طایفهٔ خاندانشان سرشماری کرد؛ تعدادشان چهل هزار و پانصد نفر بود.
15नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”
15 از منسی پسر یوسف: تمام مردانی را که بیست ساله و بالاتر و برای خدمت سربازی آماده بودند، برحسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان سی و دو هزار و دویست نفر بود.
16यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।
16 از طایفهٔ بنیامین: تمام مردانی را که بیست ساله و بالاتر و برای خدمت سربازی آماده بودند، بر حسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان سی و پنج هزار و چهارصد نفر بود.
17तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए।
17 از طایفهٔ دان: تمام مردانی را که بیست ساله و بالاتر و برای خدمت سربازی آماده بودند، برحسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان شصت و دو هزار و هفتصد نفر بود.
18दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्त्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे।
18 از طایفهٔ اشیر: تمام مردانی را که بیست ساله و بالاتر و برای خدمت سربازی آماده بودند، برحسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان چهل و یک‌هزار و پانصد نفر بود.
19परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार तिनले मानिसहरूको गन्ती सीनै मरूभूमिमा गरे।
19 از طایفهٔ نفتالی: تمام مردانی را که بیست ساله و بالاتر و برای خدمت سربازی آماده بودند، برحسب طایفه و خاندانشان سرشماری کرد؛ تعدادشان پنجاه و سه هزار و چهارصد نفر بود.
20तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस वर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्त्ता गरियो।
20 این آمار کسانی است که توسط موسی، هارون و دوازده نفر از سران اسرائیل که هرکدام نماینده یک طایفهٔ بودند، سرشماری شدند.
21रूबेनको कुलबाट गन्ती गरिएको संख्या 46,500 थियो।
21 تعداد تمام کسانی‌که در قوم اسرائیل بیست ساله و مسن‌تر و قادر به جنگیدن بودند ششصد و سه هزار و پانصد و پنجاه نفر بود.
22तिनीहरूले शिमोनको कुलबाट गन्ती गरे-बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
22 این سرشماری شامل طایفهٔ لاوی نبود.
23शिमोनको कुलबाट 59,300 व्यक्तिको गन्ती गर्यो।
23 زیرا خداوند به موسی فرموده بود: «طایفهٔ لاوی باید از سربازی معاف باشد.
24तिनीहरूले गादको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
24 وظایف آنها مربوط به خیمهٔ عبادت و نگهداری از وسایل و لوازم آن است و آنها باید در اطراف خیمه اردو بزنند.
25गादको कुलबाट 45,650 व्यक्तिको गन्ती गर्यो।
25 در هنگام نقل مکان لاویان باید آن را جمع کنند و آنها مسئول برپا کردن آن نیز هستند. اگر کس دیگری به آن نزدیک شود، باید او را کشت.
26तिनीहरूले यहूदाको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।
26 هر طایفهٔ اسرائیل باید اردوگاه و پرچم جداگانه‌ای داشته باشد.
27यहूदाको कुलबाट 74,600 व्यक्तिको गन्ती गर्यो।
27 لاویان باید به دور خیمهٔ عبادت، اردوی خود را برپا کنند تا خشم من برمردم اسرائیل فرود نیاید و تنها لاویان باید مسئول امور خیمهٔ عبادت باشند.» به این ترتیب آنچه را که خداوند، توسط موسی امر فرموده بود، قوم اسرائیل بجا آورد.
28तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
28 به این ترتیب آنچه را که خداوند، توسط موسی امر فرموده بود، قوم اسرائیل بجا آورد.
29इस्साकारको कुलबाट 54,400 व्यक्तिको गन्ती गर्यो।
30तिनीहरूले जबूलूनको कुलको गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
31जबूलूनको कुलबाट 57,400 व्यक्तिहरूको गन्ती गरियो।
32तिनीहरूले एप्रैमको कुल समूहबाट गन्ती गरे। (एप्रैम-यूसुफको छोरो।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
33एप्रैमको कुलमा गन्ती गरिएको व्यक्तिहरूको सख्या 40,500 थियो।
34तिनीहरूले मनश्शे कुलका मानिसहरूको गन्ती गरे। (मनश्शे पनि यूसुफका छोरा थिए।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
35मनश्शेको कुलमा गन्ती गरिएको मानिसहरूको संख्या 32,200 थियो।
36तिनीहरूले बिन्यामीन कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
37बिन्यामीनको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 35,400 थियो।
38तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो।
39दानको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 62,700 थियो।
40तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
41आशेर कुलमा गणना गरिएका मानिसहरूको संख्या 41,500 थियो।
42नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
43नप्ताली कुलमा गणना गरिएको मानिसहरूको संख्या 53,400 थियो।
44मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरूले यी मानिसहरूको गन्ती गरे। (त्यहाँ प्रत्येक कुल समूहबाट एक जना अगुवा थिए।)
45तिनीहरूले बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरूको गन्ती गरे। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो परिवार अनुसार गणना गरियो।
46तिनीहरूको जम्मा संख्या 6,03,550 थियो।
47लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन।
48परमप्रभुले मोशालाई भन्नुभएको थियोः
49“लेवीको कुल समूहका मानिसहरूको गणना नगर्नु अथवा तिनीहरूलाई इस्राएलका अरू मानिसहरूसित नमिलाउनु।
50तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौ। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ।
51जब तिमीले पवित्र पाल सार्थ्यो लेवीहरूले यसलाई तल झार्नु पर्थ्यो जब तिमीहरू रोकिने छौ, लेवीहरूले यसलाई स्थापित गर्नु पर्थ्यो। कुनै जो विदेशी नजिक आउँछ त्यसलाई मार्नु पर्छ।
52इस्राएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन्।
53तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउन् र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इस्राएली समुदायमाथि नपरोस्।”
54यसरी इस्राएलका मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे।