Nepali

Persian

Numbers

2

1मोशा र हारूनलाई परमप्रभुले भन्नुभयोः
1 خداوند به موسی و هارون فرمود:
2“इस्राएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ।
2 زمانی‌که قوم اردوگاه را برپا نمودند، هر شخص می‌بایست زیر پرچم علامت قسمت خود و پرچم طایفهٔ خویش اردو بزند. این اردوگاه باید گرداگرد خیمهٔ عبادت برپا شود.
3“यहूदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो।
3 در سمت شرق: طایفهٔ یهودا، به رهبری نحشون، پسر عمیناداب، هفتاد و چهار هزار و ششصد نفر؛ طایفهٔ یساکار، به سرکردگی نتنائیل، پسر صوغر، پنجاه و چهار هزار و چهارصد نفر؛ طایفهٔ زبولون، به سرکردگی الیاب، پسر حیلون، پنجاه و هفت هزار و چهارصد نفر؛ تعداد تمام افرادی که در بخش یهودا سکونت داشتند صد و هشتاد و شش هزار و چهارصد نفر بود. هنگامی‌که قوم اسرائیل به جای دیگری می‌روند، این سه طایفه پیشاپیش همه حرکت خواهند کرد.
4तिनको दलमा 74,600 मानिसहरू छन्।
4 در سمت جنوب: طایفهٔ رئوبین، به رهبرانی الیصور، پسر شدیئور، چهل و شش هزار و پانصد نفر؛ طایفهٔ شمعون، به سرکردگی شلومیئیل، پسر صوریشدای، پنجاه و نه هزار و سیصد؛ طایفهٔ جاد، به سرکردگی الیاساف، پسر دعوئیل، چهل و پنج هزار و ششصد و پنجاه؛ تعداد تمام افرادی که در بخش رئوبین سکونت داشتند صد و پنجاه و یک‌هزار و چهارصد و پنجاه نفر بود. هنگام حرکت، این سه طایفه در ردیف دوم حرکت خواهند کرد.
5“तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्।
5 لاویان با خیمهٔ عبادت به دنبال آنها حرکت خواهند ‌نمود و همهٔ طایفه‌های دیگر زیر پرچم مخصوص خود حرکت می‌کنند.
6उसको दलमा 54,400 मानिसहरू छन्।
6 در سمت غرب: طایفهٔ افرایم، به رهبرانی الیشمع، پسر عمیهود، چهل هزار و پانصد نفر؛ طایفهٔ منسی، به سرکردگی جملیئیل، پسر فدهصور، سی و دو هزار و دویست نفر؛ طایفهٔ بنیامین، به سرکردگی ابیدان، پسر جدعونی، سی و پنج هزار و چهارصد نفر؛ تعداد کلّ افرادی‌ که در بخش افرایم سکونت داشتند صد و هشت هزار و صد نفر بود. هنگام حرکت این سه طایفه در ردیف سوم حرکت خواهند ‌کرد.
7“जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र,
7 در سمت شمال: طایفهٔ دان، به رهبرانی اخیعزر، پسر عمیشدای، شصت و دو هزار و هفتصد نفر؛ طایفهٔ اشیر، به سرکردگی فجیعیئیل، پسر عکران، چهل و یک‌هزار و پانصد نفر؛ طایفهٔ نفتالی، به سرکردگی اخیرع، پسر عینان، پنجاه و سه هزار و چهارصد نفر؛ تعداد کلّ افرادی‌ که در بخش دان سکونت داشتند صد و پنجاه و هفت هزار و ششصد نفر بود. در هنگام حرکت، این سه طایفه در آخر حرکت خواهند کرد.
8तिनको दलमा 57,400 मानिसहरू थिए।
8 پس مجموع تمام سربازان اسرائیلی، به استثنای طایفهٔ لاوی که به امر خداوند سرشماری نشدند، ششصد و سه هزار و پانصد و پنجاه نفر بود. مردم اسرائیل طبق فرامین خداوند به موسی رفتار کردند، هر خاندان زیر پرچم مخصوص خود اردو می‌زد و حرکت می‌کرد.
9“यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ।
9 مردم اسرائیل طبق فرامین خداوند به موسی رفتار کردند، هر خاندان زیر پرچم مخصوص خود اردو می‌زد و حرکت می‌کرد.
10“रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन र
11उसको दलमा 46,500 मानिसहरू छन्।
12“शिमोन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमोनका मानिसहरूको अगुवा सूरीशद्‌दैको छोरो शलूमीएल हुन्।
13उसको दलमा 59,300 जना मानिसहरू छन्।
14“रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो।
15उसको दलमा 45,650 मानिसहरू छन्।
16“त्यहाँ रूबेनको शिविरमा खटिएका जम्मा 1,51,450 जना मानिसहरू छन् र जब मानिसहरू एक ठाँउबाट अर्को ठाउँमा सर्छन रूबेनको शिविर दोस्रो दल हुनेछ।
17“लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्।
18“पश्चिम पट्टिको एप्रैमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्रैमका मानिसहरूको अगुवा अम्मिहूदका छोरो एलीशामा हुन।
19उसको दलमा जम्मा 40,500 जना मानिसहरू छन्।
20“एप्रैमका कुल दलको शिविरको नजीकै मनश्शे कुल दलको शिविर हुनेछ। यस दलको अगुवा पदासूरको छोरो गमलीएल हुन।
21उसको दलमा 32,200 मानिसहरू छन्।
22“बिन्यामीन कुल दलको शिविर एप्रैमको कुल दलको शिविर नजीकै रहनेछ अनि यस कुल दलको अगुवा गिदोनीको छोरो अबीदान हुन।
23त्यहाँ जम्मा 35,400 जना मानिसहरू उसको दलमा थिए।
24“एप्रैमको शिविरमा खटिएका मानिसहरूको संख्या 1,08,100 छ। जब शिविर हिंडछ तिनीहरू तेस्रो लस्करमा हिड्नेछन्।
25“उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्‌दैको छोरो अहीएजर हुन।
26उसको दलमा 62,700 जना मानिसहरू छन्।
27“दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्।
28त्यहाँ उसको दलमा 41,500 मानिसहरू छन्।
29“अनि आशेर कुल दलको शिविर नजीकै नप्ताली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन्।
30त्यहाँ उसको दलमा 53,400 मानिसहरू छन्।
31“दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लस्करमा हिड्नेछन्।”
32इस्राएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन्। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो।
33परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन।
34यसर्थ इस्राएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजीकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लस्करमा हिंडे।