1मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने,
1
رهبران خاندانهای جلعاد پسر ماخیر، نوهٔ منسی پسر یوسف، پیش موسی و رهبران اسرائیل آمده به موسی گفتند:
2“परमप्रभुले इस्राएलीहरूलाई चिठ्ठाद्वारा भूमि वितरण गरिदिनु भनी हजूरलाई हुकुम दिनु भएको थियो। अनि हजूर हाम्रा मालिकलाई परमप्रभुले हाम्रा सन्तान सलोफादको अंश चाँहि उनकी छोरीहरूलाई दिनु भनी दिनु भएको थियो।
2
«خداوند به تو فرمود که زمین را به قید قرعه بین قوم اسرائیل تقسیم کنی و سهم برادر ما، صلفحاد را به دخترانش بدهی.
3अब यदि ती कन्याहरूको विवाह इस्राएलीहरू मध्येकै अन्य कुलका मानिसहरूसित भए त्यो तिनीहरूले पाएको भाग जमीनको हाम्रो कुलको भागबाट काटिएर ती केटीहरूलाई विवाह गर्नेहरूकै भागमा मिल्ने छ। यसर्थ यस प्रकारले हामीले चिठ्ठामा पाएको भूमिको केहि अंश गुमाउने छैनौ।
3
ولی اگر آنها با مردان طایفهٔ دیگری ازدواج کنند، زمین آنها به همان طایفه انتقال مییابد و در نتیجه به دارایی آن طایفه اضافه میگردد و از زمین ما کاسته میشود.
4इस्राएलीहरूको पुनर्स्थापनाको समय आउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूकोसित कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौं।”
4
در سال پنجاهم، هنگامیکه زمینها فروخته شد، به صاحبان اصلی آن بازگردانده میشود، این زمینها را نمیتوان به طایفهٔ ما باز گرداند.»
5यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो।
5
آنگاه موسی این دستورات را از جانب خداوند به مردم اسرائیل داد: «مردان طایفهٔ یوسف راست میگویند.
6सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन, हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन्। तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ।
6
آنچه خداوند در مورد دختران صلفحاد میفرماید، این است: به آنها اجازه بدهید، با هر مردی که میخواهند، ازدواج کنند، امّا این مردان باید از طایفهٔ خودشان باشند.
7इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ।
7
میراث مردم اسرائیل نباید از یک طایفه به طایفهٔ دیگر منتقل شود، و باید به صورت اوّلیه باقی بماند.
8इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पत्ति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरूषसित बिवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्।
8
دخترانی که در طایفههای اسرائیل، وارث زمین هستند باید فقط با مردان طایفهٔ خودشان ازدواج کنند تا از زمین آن طایفه کاسته نشود.
9यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरू माथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।”
9
به این ترتیب، زمین یک طایفه به طایفهٔ دیگری منتقل نمیشود.»
10सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो।
10
پس دختران صلفحاد، یعنی محله، ترصه، حجله، ملکه و نوعه، فرمان خداوند را که به موسی داده بود بجا آوردند.
11तिनकी छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्नै काकाको छोराहरूसित विवाह गरे।
11
آنها با مردان طایفهٔ منسی پسر یوسف ازدواج کردند و میراث آنها در طایفهٔ خودشان باقی ماند.
این است احکام و مقرّراتی که خداوند، توسط موسی به قوم اسرائیل داد، هنگامیکه قوم اسرائیل دردشت موآب، کنار رود اردن و مقابل شهر اریحا بودند.
12तिनीहरूले यूसुफका छोरा मनश्शेका कुलहरूमा नै विवाह गरे र तिनीहरूको पैतृक भूमि तिनीहरूकै पिता-पुर्खाहरूको वंशभित्रै रह्यो।
12
این است احکام و مقرّراتی که خداوند، توسط موسی به قوم اسرائیل داد، هنگامیکه قوم اسرائیل دردشت موآب، کنار رود اردن و مقابل شهر اریحا بودند.
13यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्।