Nepali

Persian

Psalms

10

1हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ? दुखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्।
1 خداوندا، چرا دور ایستاده‌ای؟ چرا هنگامی‌که ما در سختی هستیم خود را پنهان می‌کنی؟
2घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।
2 شریران متکبّرند و بر فقیران ستم می‌کنند، آنان را در دامهای خودشان گرفتار کن.
3दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।
3 شریران به مقاصد شریرانهٔ خود افتخار کرده، طمعکاران را می‌ستایند و خداوند را انکار می‌کنند.
4दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्। तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।
4 شریران در غرور خود به خداوند توجّه ندارند، و در فکر ایشان، خدا جایی ندارد!
5दुष्ट मानिसहरूले सधैं नराम्रा कामहरू मात्र गर्दछन्। तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्, परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्।
5 مرد شریر در همه‌چیز موفّق است، او دشمنان خود را به هیچ می‌شمارد و نمی‌تواند داوری خدا را بفهمد.
6तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन। तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।”
6 در دل خود می‌گوید: «هرگز نخواهم افتاد، هرگز مشکلی نخواهم داشت.»
7ती मानिसहरू सधैं सरापी रहन्छन। तिनीहरू सधैं अरूको अहितका कुराहरू मात्र सोच्दछन्।
7 سخنانش سراسر دروغ، نفرین و تهدید است و شرارت و گناه از زبانش جاری است.
8ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन। तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।
8 در روستاها برای کشتن مردم بی‌گناه کمین می‌کند، و مراقب است تا اشخاص بیچاره را گرفتار سازد.
9तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन् जसले जनावर पक्रेर खान्छ। तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्। गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्।
9 مانند شیر در مخفیگاه خود کمین می‌کند و در انتظار مردم درمانده است تا آنها را به دام اندازد.
10घरि-घरि ती दुष्ट मानिसहरूले असहाय मानिसहरूलाई कष्ट दिंदछन्।
10 مردم بیچاره در مقابل آنان تعظیم می‌کنند و اسیر قدرت آنان می‌گردند.
11यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो। हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो। हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”
11 مرد شریر در دل خود می‌گوید: «خدا فراموش کرده و روی خود را برگردانیده است.»
12हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्! हे परमेश्वर, ती’ पापीहरूलाई दण्ड दिनु होस् असहायहरूलाई नबिर्सनु होस्।
12 ای خداوند، ای خدای من، برخیز و شریران را مجازات کن، بیچارگان را فراموش مکن.
13किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्? किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न।
13 چگونه شریر می‌تواند به خدا اهانت کند و به خود بگوید که خدا مرا مجازات نخواهد کرد؟
14हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ, अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ! समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँदछन्। हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ, यसैले सहयोग गर्नुहोस्।
14 امّا تو ای خداوند، غم و مصیبت مردم را می‌بینی، تو همیشه برای کمک به درماندگان آماده‌ای، و توکّل آنان به توست، تو مددکار یتیمان هستی.
15हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्। खराब मानिसको दुष्टता खोज्नुहोस् र उनीहरूको विनाश गर्नुहोस्।
15 بازوی مردم شریر و بدکار را بشکن و آنها را به‌خاطر خطاهایشان مجازات کن تا شرارتشان از بین برود.
16परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ। तपाईंको भूमिबाट तिनीहरूलाई हटाउनु होस्!
16 خداوند تا به ابد پادشاه است. کسانی‌که خدایان دیگر را پرستش می‌کنند، از زمین وی رانده خواهند شد.
17हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्। उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्!
17 ای خداوند، تو دعای فروتنان را می‌شنوی. دل آنان را قوی می‌گردانی و به فریاد و زاری آنان گوش می‌دهی. تو گریهٔ یتیمان و ستمدیدگان را می‌شنوی، تو به نفع آنان داوری خواهی کرد.
18हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्। दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढता पीडित हुन नदिनु होस्। दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्।
18 تو گریهٔ یتیمان و ستمدیدگان را می‌شنوی، تو به نفع آنان داوری خواهی کرد.