1म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु। हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।
1
خداوندا، با تمامی دل تو را شکر میکنم
و کارهای عالی تو را به همه خواهم گفت.
2सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु। तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।
2
در تو خوشحال و شادمان خواهم بود
و نام تو را ای متعال، خواهم سرایید.
3मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए तर तिनीहरू लडे र नष्ट भए।
3
وقتیکه دشمنانم عقبنشینی کنند،
در پیشگاه تو به زمین افتاده هلاک خواهند شد.
4तपाईं साँचो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ। हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।
4
تو مرا با امانت و انصاف داوری کردهای
و عادلانه بر جایگاه داوری نشستهای.
5तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो। हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो। तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।
5
ملل جهان را سرزنش نموده،
مردمان بدکار را از بین بردهای،
و نامشان را برای ابد محو کردهای.
6शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो। अब, खाली भग्नावशेष मात्र छाडिएका छन्। ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।
6
دشمنان برای همیشه نابود شدند،
و شهرهایشان را به خرابه تبدیل کردی
که حتّی یادی از آنها باقی نماند.
7तर परमप्रभुले सदा सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दरिलो बनाउनु भएको छ। परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीक न्याय गर्नुहुन्छ।
7
امّا خداوند همیشه پادشاه است،
او تخت خود را برای داوری برقرار نموده است.
8परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।
8
او جهان را با عدالت
و امّتها را با انصاف داوری مینماید.
9धेरै मानिसहरू संकष्टमा फसेका छन् र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्। ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्। परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।
9
خداوند پناه مظلومان،
و جایگاه امن در هنگام سختیهاست. خداوندا،
10मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन्। हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने, तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।
10
آنانی که تو را میشناسند، بر تو توکّل میکنند،
زیرا تو ای خداوند، طالبان خود را ترک نکردهای.
11तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।
11
سرود ستایش خداوند را، که در صهیون سلطنت میکند، بسرایید.
کارهای او را به همهٔ ملتّها اعلام کنید.
12परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो जसले उहाँलाई गुहारे। ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।
12
او از قاتلان انتقام میگیرد،
و فریاد رنجدیدگان را فراموش نمیکند.
13मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मेरो शत्रुहरूले मलाई सताइरहेछन ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।
13
ای خداوند، ببین دشمنانم چگونه مرا عذاب میدهند؛
بر من رحم کن،
و مرا از مرگ رهایی ده.
14तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउनु भयो।”
14
تا من در حضور مردم اورشلیم بهخاطر نجات خود، تو را ستایش کنم و شادی نمایم.
15ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।
15
کافران در چاهی که برای دیگران کندهبودند، افتادند
و در دامی که برای دیگران گذاشته بودند، گرفتار شدند.
16परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।
16
خداوند با داوری عادلانهٔ خویش، خود را آشكار نموده است،
و بدکاران، در دام خودشان گرفتار شدهاند.
17मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन् तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्।
17
شریران و همهٔ اقوامی که خدا را فراموش کردهاند،
به هلاکت میرسند.
18कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो। यस्तो भन हुन्छ ती गरीबहरूमा आशा छैन। तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन।
18
نیازمندان فراموش نمیشوند،
و امید مسکینان از بین نمیرود.
19हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्। तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस्।
19
ای خداوند برخیز
و کافران را داوری کن،
تا انسان فانی پیروز نگردد.
خداوندا، آنها را بترسان و به آنان بفهمان که انسانهایی فانی هستند.
20मानिसहरूलाई शिक्षा दिनुहोस्। तिनीहरूले जान्न सकुन तिनीहरू मनुष्य मात्र हुन्।
20
خداوندا، آنها را بترسان و به آنان بفهمان که انسانهایی فانی هستند.