Nepali

Persian

Psalms

18

1उनले भने, “हे परमप्रभु, मेरो शक्ति ले म तपाईंलाई प्रेम गर्छु!”
1 ای خداوند، ای توانایی من! تو را دوست می‌دارم.
2परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।” मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु। परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ। परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थल हुनुहुन्छ।
2 خداوند پشتیبان من است؛ پناهگاه مستحکم من، خدای من نجات‌دهندهٔ من است. او همانند یک پناهگاه از من محافظت می‌کند؛ او مرا حمایت می‌کند و مرا در امنیّت نگاه می‌دارد.
3तिनीहरूले खिल्ली उडाए। तर मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ, अनि म मेरो शत्रुहरूबाट बाँचे।
3 خداوند را که شایستهٔ سپاس و ستایش است، می‌طلبم و از شرّ دشمنان در امان هستم.
4मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो। म बाढीमा फसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।
4 طنابهای گور به دورم حلقه زده‌اند و امواج نابود‌کننده احاطه‌ام کرده‌اند.
5चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो, मृत्युको पासो मेरो सम्मुख थियो।
5 طنابهای گور به دورم حلقه زده‌اند و مرگ دام خود را بر سر راهم قرار داده.
6म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
6 در مشکلاتم به حضور خداوند زاری نمودم. از خدای خود کمک خواستم. او از معبد بزرگ خود نالهٔ مرا شنید و فریاد من به گوشش رسید.
7पृथ्वी र्थकियो र काम्यो; पर्वतहरूको जग हल्लियो। किन? किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!
7 آنگاه زمین لرزید و تکان خورد. و بنیاد کوهستان از شدّت خشم او به لرزه افتاد. کوهها لرزیدند و اساس آنها متزلزل شد.
8परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो। परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो।
8 از سوراخهای بینی او دود برآمد. از دهانش زغال برافروخته و آتشِ کُشنده بیرون آمد.
9परमप्रभुले आकाश च्याति दिनु भयो, अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।
9 او آسمان را شكافت و فرود آمد و زیر پاهایش ابرهای سیاه بود.
10परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो। उहाँमाथि बतासमा उडिरहनु भएको थियो।
10 با سرعت بر فرشتهٔ بالدار خود پرواز کرد او بر بالهای باد پرواز کرد.
11परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।
11 او با تاریکی خود را پوشاند و ابرهای سیاهِ باران‌زا احاطه‌اش کردند.
12त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए!
12 نور درخشان حضور او با تگرگ و شعلهٔ افروخته، پردهٔ ابرهای سیاه را شکافت.
13परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए।
13 خداوند نیز در آسمانها با صدای رعدآسا سخن گفت و صدای خداوند متعال شنیده شد.
14परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो। परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।
14 تیرهای خود را پرتاب نمود و دشمنان خود را پراکنده ساخت و با رعد و برق، همه را آشفته کرد.
15परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो अनि शक्तिशाली हावा बहन थाल्यो। पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं। हामीले पृथ्वीको पिंध देख्न सक्यौं।
15 کف دریا ظاهر شد، و بنیاد زمین آشکار گردید هنگامی که دشمنانت را توبیخ کردی و با خشم بر آنها غریدی.
16परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउनु भयो। परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो।
16 خداوند دستش را از آسمان دراز کرد و مرا برگرفت؛ و از آبهای عمیق مرا بیرون كشید.
17मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे। मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।
17 او مرا از دست دشمنان قدرتمندم و از دست تمام آنانی که از من متنفّرند رهانید. آنها برایم خیلی قوی بودند.
18म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे। तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!
18 وقتی در سختی بودم، بر سرم ریختند، امّا خداوند از من حمایت کرد.
19परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।
19 او مرا کمک کرد تا از خطر رهایی یابم؛ او مرا نجات داد زیرا از من خشنود بود.
20म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ। मैले अलिड्ढति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।
20 خداوند به‌خاطر نیكو‌كاری‌ام به من پاداش داد و به‌خاطر بی‌گناهی‌ام به من برکت داد.
21किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु! मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन।
21 من دستورات خداوند را بجا آورده و روی خود را از خدا برنگردانیده‌ام،
22म सधैं उहाँको निर्णयहरूलाई सम्झना गर्छु। म उहाँको नियमहरू मान्दछु!
22 احکام او را انجام داده‌ و از اوامر او سرپیچی نکرده‌ام.
23म उहाँसँग पवित्र र ईमान्दार थिएँ, मैले अधर्मका कामहरू गर्नदेखि आफूलाई अलग राखें।
23 در پیشگاه او بی‌عیب بوده‌ و از گناه خودداری کرده‌ام.
24यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ। किन? किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिन। यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ।
24 بنابراین به‌خاطر نیكوکاری‌ام به من پاداش داد و به‌خاطر بی‌گناهی‌‌ام به من برکت عطا نمود.
25हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्। यदि कुनै मानिस तपाईं प्रति साँचो छ भने तपाईं पनि ऊ प्रति साँचो हुनुहुनेछ।
25 ای خداوند تو با اشخاص وفادار، وفادار هستی، و به مردم بی‌عیب، نیكویی می‌كنی.
26हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ। तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ।
26 با کسانی‌که پاک هستند به پاکی رفتار می‌نمایی و با کسانی‌که کجرو هستند مخالفت می‌کنی.
27हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।
27 تو فروتنان را نجات می‌بخشی و اشخاص متکبّر را سرنگون می‌کنی.
28हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्। मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्!
28 ای خداوند تو نور من هستی، تو تاریكی مرا روشن گردان.
29परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु। परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।
29 با نیروی تو به دشمن یورش می‌برم و دژهای آنان را درهم می‌شکنم.
30परमेश्वरको शक्ति पूर्ण छ। उहाँको वचन प्रमाणित भएको छ। उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ।
30 راه خدا کامل و وعدهٔ خداوند قابل اطمینان است. او حافظ کسانی است که به او پناه می‌آورند.
31त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन, त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन।
31 خداوند تنها خداست؛ خدا تنها تکیه‌گاه ماست.
32परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।
32 خداست که مرا قدرت بخشیده، و راه مرا امن ساخته است.
33परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ। उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।
33 پاهای مرا مانند پاهای آهو ساخته و بر کوهها استوارم نموده است.
34परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ। यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ।
34 دستهایم را برای جنگ تعلیم می‌دهد تا بتوانم قویترین کمان را به دست گیرم.
35परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।
35 ای خداوند تو از من حمایت نموده و مرا نجات دادی؛ توجّه تو مرا قوی گردانید، و کمک تو مرا حفظ نمود.
36मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्। यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।
36 راه را برای قدمهایم وسیع ساختی تا پاهایم نلغزد.
37त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन!
37 دشمنانم را تعقیب کردم و آنها را گرفتم و تا آنها را از بین نبردم، بازنگشتم.
38म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्। सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्।
38 آنها را بکلّی پایمال نمودم تا دیگر برنخیزند و به زیر پاهایم جان دادند.
39हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो, युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।
39 تو برای مبارزه به من نیرو بخشیدی و دشمنانم زیر پاهایم جان دادند.
40तपाईंले मलाई मेरा शत्रुहरूका घिच्रोमा हिर्काउने र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।
40 دشمنانم را متواری ساختی و من کسانی را که از من نفرت داشتند، نابود کردم.
41मेरा शत्रुहरूले सहयोगको लागि गुहारे, तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन। तिनीहरूले परमप्रभु समेतलाई गुहारे तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
41 آنها برای کمک زاری نمودند، امّا کسی به دادشان نرسید. خداوند را صدا کردند، امّا او به آنها جوابی نداد.
42मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें। तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए। मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।
42 من آنها را همچون غبار خرد کردم، که باد آنها را پراکنده می‌کند و زیر پاهای خود مانند گل و لای کوچه، پایمال نمودم.
43मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन। मलाई जातिहरूका अगुवा बनाउनु होस्। मलाई नजान्ने मानिसहरूले पनि मेरो सेवा गर्नेछन्।
43 تو مرا از دست مردم ستیزه‌گر رهانیدی، و مرا فرمانروای ملتّها ساختی؛ و مردمی را که نمی‌شناختم، اکنون مرا خدمت می‌کنند.
44ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्। ती विदेशीहरू मदेखि भयभित हुनेछन्।
44 بیگانگان نزد من تعظیم می‌کنند و دستوراتم را فوراً اطاعت می‌نمایند.
45ती विदेशीहरू डरले काम्नेछन्। तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्।
45 آنها دلسرد شده‌اند و با ترس و لرز از قلعه‌های خود بیرون می‌آیند.
46परमप्रभु जीवित हुनुहुन्छ, म मेरो चट्टानलाई प्रशंसा गर्छु। परमेश्वरले मलाई बचाउनु हुन्छ किनभने उहाँ महान् हुनुहुन्छ!
46 خداوند زنده است! حامی خود را ستایش می‌کنم، متبارک باد خدای قدرتمند که مرا نجات می‌دهد.
47मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो। उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।
47 او در برابر دشمنان، مرا پیروزی می‌بخشد و ملل جهان را به دست من مغلوب می‌سازد.
48हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए, तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो। मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो।
48 او مرا از دست دشمنانم می‌رهاند، خداوندا تو مرا نزد دشمنانم سرفرازم می‌سازی و از چنگ مردم ظالم نجات می‌دهی.
49हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु। यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु।
49 بنابراین من تو را در میان ملّتها ستایش می‌کنم و سرود ستایش برای تو می‌خوانم. خدا پیروزی بزرگی نصیب پادشاه خود می‌کند و به برگزیدهٔ خود، داوود، و فرزندان او برای همیشه رحمت و شفقت نشان می‌دهد.
50परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ! उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ। उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ।
50 خدا پیروزی بزرگی نصیب پادشاه خود می‌کند و به برگزیدهٔ خود، داوود، و فرزندان او برای همیشه رحمت و شفقت نشان می‌دهد.