Nepali

Persian

Psalms

49

1तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन। पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
1 ای تمامی مردمان، این را بشنوید! هرکس در هرجایی که هست گوش بدهد،
2प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।
2 کوچک و بزرگ، ثروتمند و فقیر.
3म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु। मेरो विचारले तिमीहरुलाई बुझ्न सहायता गर्नेछ।
3 افکار من روشن و آشکار است، سخنان من همه از روی حکمت است.
4मैले स्वयंले ती कथाहरू सुनें अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।
4 به مَثَلها توجّه می‌کنم و هنگامی‌که چنگ می‌نوازم معنی آنها را بیان می‌کنم.
5कष्ट आउँछ भनेर म किन डराउनु? यदि दुष्ट मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।
5 چرا در هنگام خطر و یا وقتی‌که دشمنان مرا محاصره کرده‌اند، بترسم؟
6कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ। तर ती मानिसहरू मूर्खहरू हुन्।
6 اینها مردمی هستند که به ثروت خود توکّل دارند و به دارایی خویش افتخار می‌کنند!
7कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन, अनि तिमीले परमेश्वरलाई घूस दिन सक्तैनौ।
7 هیچ‌کس نمی‌‌تواند تاوان جان خود را بدهد و یا بهای زندگی خود را به خدا بپردازد.
8कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।
8 زیرا ارزش زندگی یک انسان بسیار گرانبهاست و هیچ چیز در مقابل آن کفایت نمی‌کند،
9कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्, अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्।
9 تا کسی طعم مرگ را نچشد و تا به ابد زندگی کند.
10हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी मर्छन्। तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।
10 همهٔ ما می‌بینیم که حتّی اشخاص عالِم هم می‌میرند، همچنان‌که احمقان و نادانان می‌میرند. همهٔ آنها ثروت خود را برای بازماندگان خود باقی می‌گذارند.
11चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ। तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!
11 درحالی‌که آنها نام خود را بر املاک خود می‌گذارند، گورشان خانهٔ ابدی آنها می‌گردد و برای همیشه در آن ساکن می‌شوند.
12मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैंका लागि बाँच्न सक्तैनन्। तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।
12 جاه و مقام ما را از مرگ نجات نمی‌دهد، بلکه ما نیز خواهیم مرد همچنان‌که یک حیوان می‌میرد.
13ती मूर्खहरूसँग त्यही घटना हुनेछ जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्।
13 سرنوشت اشخاصی که به خودشان توکّل دارند چنین است، سرنوشت آنانی که به دارایی خود دلخوش هستند.
14ती मानिसहरू खाली भेंडा जस्तै हुन्। चिहान नै तिनीहरूको खोर हो। मृत्यु तिनीहरूको गोठाला हुनेछन। त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्। जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
14 آنها مانند گوسفندان محکوم به مرگ هستند و چوپان ایشان مرگ است. نیکوکاران بر آنها پیروز می‌گردند و اجساد آنان بزودی دور از خانه‌هایشان در دنیای مردگان خواهد پوسید.
15तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ, उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!
15 امّا خداوند، جان مرا از دنیای مردگان می‌رهاند و نجات می‌دهد.
16तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ। तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ।
16 وقتی کسی دولتمند می‌گردد و به مال و دارایی او افزوده می‌گردد، شما آشفته نگردید،
17ती मानिसहरू मरेर गएपछि आफूसंग केही पनि लाँदैनन्। तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।
17 او در وقت مردن، دارایی خود را با خود به گور نخواهد برد.
18एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरें भनेर आफूलाई नै बधाइ दिन सक्छ। अनि हो, अरू मानिसहरूले पनि उसले राम्रो काम गर्यो भनेर उसको प्रशंसा गर्न सक्छन्।
18 اگرچه کسی از زندگی خود راضی باشد و دیگران او را به‌خاطر موفقیّتش بستایند،
19तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ, अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।
19 امّا سرانجام خواهد مرد و به اجداد خود خواهد پیوست و دیگر روشنی را نخواهد دید. جاه و مقام کسی او را از مرگ نجات نمی‌دهد، بلکه او نیز خواهد مرد، همچنان‌که یک حیوان می‌میرد.
20मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन् तिनीहरू पशुहरू जस्तै मर्ने छन्।
20 جاه و مقام کسی او را از مرگ نجات نمی‌دهد، بلکه او نیز خواهد مرد، همچنان‌که یک حیوان می‌میرد.