Nepali

Persian

Psalms

62

1मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ। मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।
1 جان من فقط در حضور خدا آرام می‌شود، زیرا نجات من از جانب اوست.
2मसँग धेरैजना शत्रुहरू हुन सक्छन, तर परमेश्वर मेरो किल्ला हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। परमेश्वर अग्लो पर्वतमा मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। कुनै ठूलो सैनिकले पनि मलाई परास्त गर्न सक्तैन।
2 او یگانه پشتیبان و نجات‌دهندهٔ من است، او نگه‌دار من است پس هرگز شکست نخواهم خورد.
3कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ? म ढल्की सकेको भित्ता जस्तो छु ढल्न तयार भएको बार हुँ।
3 تا به کی همگی شما بر مردی هجوم می‌آورید که مانند دیوار شکسته است؟
4मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि, ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्। मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्। जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन् तर गुप्त रूपमा भने मलाई सराप्दछन्।
4 فکر شما فقط این است که او را از مقامش پایین بیاورید. شما دروغ را دوست می‌دارید، با زبان خود او را برکت می‌دهید، امّا در دلتان او را نفرین می‌کنید.
5मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ। परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
5 من فقط به خدا اعتماد دارم و امیدم به اوست.
6परमेश्वर मेरो किल्ला हुनुहुन्छ। उहाँले मात्र मेरो उद्धार गर्न सकनुहुन्छ। परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
6 او یگانه پشتیبان و نجات‌دهندهٔ من است، او نگه‌دار من است، پس هرگز شکست نخواهم خورد.
7मेरो गौरव र विजय परमेश्वरबाट आउँछ। उहाँ मेरो बलियो किल्ला र परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ।
7 نجات و عزّت من از خداست. او نگهبان توانا و پناهگاه من است.
8हे मानिसहरू! परमेश्वरमाथि सधैं भरोसा राख! तिमीहरूको सम्पूर्ण संकटहरू परमेश्वरलाई बताऊ। परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
8 ای مردم در همهٔ اوقات به خدا توکّل کنید. همهٔ مشکلات خود را به او بگویید، زیرا او پناهگاه ماست.
9मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्। तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ। परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन् फगत तिनीहरू पानीको वाफ हुन्।
9 تمام مردم چه کوچک و چه بزرگ، ناچیزند و بیش از یک نفس نیستند. اگر در ترازو وزن شوند، از باد هم سبکترند.
10सामानहरुलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर। चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्‌य हुनेछौ, सहयोगको लागि धनीहरूमाथि आशा नगर।
10 بر ظلم توکّل نكنید و بر آنچه که از راه دزدی به دست آورده‌اید، امید نداشته باشید؛ و هرچند دارا‌یی شما زیاد شود بر آن دل نبندید.
11परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ, अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!”‘
11 خداوند بارها فرموده است که قدرت در دست اوست. ای خداوند، محبّت پایدار نیز از آن توست و تو هرکس را مطابق کارهایش پاداش خواهی داد.
12हे मेरो स्वामी, तपाईंको प्रेम साँचो छ। परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।
12 ای خداوند، محبّت پایدار نیز از آن توست و تو هرکس را مطابق کارهایش پاداش خواهی داد.