Nepali

Persian

Titus

1

1परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ।
1 این نامه از طرف پولس، بندهٔ خدا و رسول عیسی مسیح است. من مأموریت یافتم كه ایمان برگزیدگان خدا را تقویت كنم و حقیقتی را كه با خداشناسی سازگار است، بیان نمایم.
2त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन।
2 این حقیقت بر اساس امید به حیات جاودانی است. خدا كه هرگز دروغ نمی‌گوید، در ازل وعدهٔ آن حیات را به ما داد
3ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।
3 و در زمان معیّن، آن وعده در پیامی که اعلام آن به دستور نجات‌دهندهٔ ما خدا، به من سپرده شد، آشكار شد.
4तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँचो छोरा हौ। पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।
4 به تیطُس فرزند حقیقی‏‌ام كه هردوی ما در یک ایمان مشتركیم، خدای پدر و مسیح عیسی نجات‌دهندهٔ ما، به تو فیض و آرامش عطا فرماید.
5मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडे
5 تو را برای این در جزیره كریت گذاشتم تا كارهای عقب افتاده را سر و سامان دهی و چنانکه شخصاً به تو دستور دادم، رهبرانی برای كلیساها در هر شهر بگماری.
6धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटाकेटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन।
6 رهبران باید اشخاصی بی‌عیب و بی‌آلایش و صاحب یک زن و دارای فرزندان با ایمانی باشند كه نتوان آنها را به هرزگی و سركشی متّهم ساخت.
7धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झङ्गे हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगडालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन।
7 زیرا سرپرست كلیسا چون مسئول كار خداست باید بی‌عیب باشد، نه خودخواه، نه تندخو، نه مست باده، نه جنگجو و نه پول‌پرست.
8धर्मगुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ।
8 بلكه باید مهمان‌‌نواز، نیكخواه، روشن‌بین، عادل، پاک و خویشتن‌دار باشد.
9धर्मगुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ।
9 باید به پیامی كه قابل اعتماد و با تعالیم صحیح سازگار است، محكم بچسبد تا بتواند اطرافیان را با تعلیمی درست تشویق كرده و مخالفان را مُجاب سازد.
10आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्मगुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ।
10 زیرا افراد سركش، یاوه‌سرا و گمراه‌كننده بسیارند. این افراد مخصوصاً در بین تازه‌‌ ایمانان یهودی نژاد پیدا می‌شوند.
11तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्।
11 لازم است كه جلوی دهان آنها را گرفت، زیرا به‌خاطر تحصیل سودهای ننگ‌آور، با تعلیم چیزهایی که نباید آنها را تعلیم داد، خانواده‌‌ها را تماماً برمی‌‌اندازند.
12तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैं झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।”
12 یكی از انبیای كریتی كه یک نفر از خود آنهاست گفت: «اهالی كریت همیشه دروغگو و حیوانهای پلید، پرخور و تنبلی هستند.»
13अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुसरण गर्नेछन्।
13 این درست است. به این دلیل آنها را سخت سرزنش كن تا در ایمان سالم باشند
14तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तुच्छ सम्झन्छन्।
14 و به افسانه‌های یهود و احكام مردمانی كه حقیقت را رد کرده‌اند، گوش ندهند.
15शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ।
15 برای پاكان همه‌چیز پاک است، امّا برای کسانی‌که آلوده و بی‌ایمان هستند، هیچ چیز پاک نیست. زیرا هم افكارشان و هم وجدانشان آلوده است. ادّعا دارند كه خدا را می‌شناسند، امّا کارهایشان این ادّعا را تكذیب می‌کند. آنها نفرت‌انگیز و نافرمانند و برای انجام كار نیک کاملاً بی‌فایده هستند.
16तिनीहरू परमेश्वरलाई जान्दछौं भनेर दावी गर्छन्, तर तिनीहरूको कर्मद्वारा यो स्पष्ट हुन्छ कि तिनीहरू उहाँलाई मान्दैनन्। तिनीहरू भयंकर मानिसहरू हुन्, तिनीहरू अनाज्ञाकारी छन् अनि तिनीहरू कुनै किसिमको राम्रो कामको निम्ति लायकका छैनन्।
16 ادّعا دارند كه خدا را می‌شناسند، امّا کارهایشان این ادّعا را تكذیب می‌کند. آنها نفرت‌انگیز و نافرمانند و برای انجام كار نیک کاملاً بی‌فایده هستند.