Nepali

Persian

Titus

2

1तर, तिमीले मानिसहरूलाई साँचो शिक्षाको अनुसरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ।
1 امّا تو، مطالبی را كه مطابق تعالیم صحیح است به آنها بگو.
2पाका मानिसहरूलाई आत्मा संयमी, गंभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ।
2 به پیرمردان دستور بده كه باوقار، سنگین، روشن‌بین و در ایمان، محبّت و پایداری سالم و قوی باشند.
3वृद्ध स्त्रीहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरूद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती स्त्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ।
3 همچنین به پیرزنها دستور بده كه رفتاری خداپسندانه داشته باشند و تهمت نزنند و اسیر شراب نباشند؛ بلكه آنچه را كه نیكوست تعلیم دهند.
4त्यही प्रकारले तिनीहरूले जवान स्त्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ।
4 تا زنهای جوان را تربیت كنند كه شوهر و فرزندانشان را دوست بدارند.
5तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।
5 و روشن‌بین، پاکدامن، خانه‌دار، مهربان و مطیع شوهرانشان باشند تا هیچ‌كس از پیام خدا بدگویی نكند.
6त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु।
6 همچنین به مردان جوان اصرار كن كه روشن‌بین باشند.
7ती नवयुवाहरूका निम्ति हरेक कुरामा असल असल काम गर्दै तिमी एक उदाहरण बन्नु पर्छ। जब तिमी तिनीहरूलाई सिकाउँछौ इमान्दार अनि गम्भीर बन।
7 زندگی تو در هر مورد باید نمونه‌ای از کارهای نیک باشد و در تعلیم خود صمیمی و باوفا باش.
8जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफै लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।
8 طوری سخن بگو كه مورد ایراد واقع نشوی تا دشمنان ما از اینکه دلیلی برای بدگویی از ما نمی‌یابند، شرمسار گردند.
9अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैं आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित र्तक गर्नु हुँदैन,
9 به غلامان بگو كه در هر امر مطیع اربابان خود باشند و بدون جرّ و بحث، ایشان را راضی سازند
10तिनीहरूले मालिकको कुनै कुरा चोरी गर्नु हुँदैन अनि आफ्ना मालिकले तिनीहरूमाथि पूर्ण विश्वास गर्न सक्छन् भनेर देखाउनु पर्छ। यदि दासहरूले यस्तो गरे तिनीहरूका प्रत्येक कामले हाम्रो मुक्तिदाता परमेश्वरको शिक्षा राम्रो रहेछ भन्ने प्रमाण गर्नेछ।
10 و دزدی نكنند بلكه کاملاً امین باشند تا با کارهای نیكوی خود بتوانند به شهرت و جلال كلام نجات‌دهندهٔ ما خدا، بیافزایند.
11हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।
11 زیرا فیض خدا ظاهر شده و نجات را در برابر همه قرار داده است
12त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ।
12 و به ما می‌آموزد كه راههای شرارت‌آمیز و شهوات دنیوی را ترک كرده و با روشن‌بینی، عدالت و خداترسی در این جهان زندگی كنیم.
13हाम्रा परम परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई र्पखिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ।
13 و در عین حال، در انتظار امید متبارک خود، یعنی ظهور پرشكوه خدای بزرگ و نجات‌دهندهٔ ما عیسی مسیح باشیم.
14उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
14 او جان خود را در راه ما داد تا ما را از هرگونه شرارت آزاد سازد و ما را قومی پاک بگرداند كه فقط به خودش تعلّق داشته و مشتاق نیكوكاری باشیم. دربارهٔ این مطالب سخن بگو و وقتی شنوندگانت را دلگرم می‌سازی و یا سرزنش می‌کنی، از تمام اختیارات خود استفاده كن. اجازه نده كسی تو را حقیر شمارد.
15यी कुराहरू मानिसहरूलाई भन। तिम्रो पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन संझेर त्यस्तै व्यवहार नगरून्।
15 دربارهٔ این مطالب سخن بگو و وقتی شنوندگانت را دلگرم می‌سازی و یا سرزنش می‌کنی، از تمام اختیارات خود استفاده كن. اجازه نده كسی تو را حقیر شمارد.