1प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?”
1ܘܫܐܠܗ ܪܒ ܟܗܢܐ ܕܐܢ ܗܘ ܕܗܠܝܢ ܗܟܢܐ ܐܢܝܢ ܀
2स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यु-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो।
2ܗܘ ܕܝܢ ܐܡܪ ܓܒܪܐ ܐܚܝܢ ܘܐܒܗܬܢ ܫܡܥܘ ܐܠܗܐ ܕܬܫܒܘܚܬܐ ܐܬܚܙܝ ܠܐܒܘܢ ܐܒܪܗܡ ܟܕ ܐܝܬܘܗܝ ܗܘܐ ܒܝܬ ܢܗܪܝܢ ܥܕ ܠܐ ܢܐܬܐ ܢܥܡܪ ܒܚܪܢ ܀
3परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो देश र त्यहाँका तिम्रा मनिसहरूलाई छोड अनि त्यो देशमा जाऊ, म तिमीलाई देखाउने छु।’
3ܘܐܡܪ ܗܘܐ ܠܗ ܕܦܘܩ ܡܢ ܐܪܥܟ ܘܡܢ ܠܘܬ ܒܢܝ ܛܘܗܡܟ ܘܬܐ ܠܐܪܥܐ ܐܝܕܐ ܕܐܚܘܝܟ ܀
4यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ।
4ܘܗܝܕܝܢ ܢܦܩ ܐܒܪܗܡ ܡܢ ܐܪܥܐ ܕܟܠܕܝܐ ܘܐܬܐ ܥܡܪ ܒܚܪܢ ܘܡܢ ܬܡܢ ܟܕ ܡܝܬ ܐܒܘܗܝ ܫܢܝܗ ܐܠܗܐ ܠܐܪܥܐ ܗܕܐ ܕܒܗ ܥܡܪܝܢ ܐܢܬܘܢ ܝܘܡܢܐ ܀
5तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फूट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहमको कुनै सन्तान थिएन।
5ܘܠܐ ܝܗܒ ܠܗ ܝܪܬܘܬܐ ܒܗ ܐܦ ܠܐ ܕܘܪܟܬܐ ܕܪܓܠܐ ܘܐܫܬܘܕܝ ܗܘܐ ܕܢܬܠܝܗ ܠܗ ܐܝܟ ܕܠܡܐܪܬܗ ܠܗ ܘܠܙܪܥܗ ܟܕ ܠܝܬ ܗܘܐ ܠܗ ܒܪܐ ܀
6परमेश्वरले उनलाई भन्नुभयो, तिम्रो सन्तानहरूले यो ठाउँमा बस्नु पर्नेछ। त्यहाँका मानिसहरूले तिनीहरूलाई दास बनाउने छन् र चार सय र्वष सम्म कुव्यवाहर गरेर राख्नेछन्।
6ܘܡܠܠ ܗܘܐ ܥܡܗ ܐܠܗܐ ܟܕ ܐܡܪ ܠܗ ܕܢܗܘܐ ܙܪܥܟ ܬܘܬܒܐ ܒܐܪܥܐ ܢܘܟܪܝܬܐ ܘܢܫܥܒܕܘܢܝܗܝ ܘܢܒܐܫܘܢ ܠܗ ܐܪܒܥܡܐܐ ܫܢܝܢ ܀
7तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, तब तिम्रा मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।
7ܘܠܥܡܐ ܕܢܦܠܚܘܢ ܥܒܕܘܬܐ ܐܕܘܢܝܘܗܝ ܐܢܐ ܐܡܪ ܐܠܗܐ ܘܡܢ ܒܬܪ ܗܠܝܢ ܢܦܩܘܢ ܘܢܦܠܚܘܢ ܠܝ ܒܐܬܪܐ ܗܢܐ ܀
8परमेश्वरले अब्राहामसंग एक करार बाँध्नु भयो; यस करारको संकेत खतना थियो। यसर्थ जब अब्राहमको छोरो भयो, त्यो आठ दिनको पुग्दा उनले खतना गरिदिए। उनको छोरोको नाउँ इसहाक थियो। पछि उसले आफ्नो छोरो याकूबको पनि खतना गरे पछि याकूबले आफ्ना छोराहरूलाई त्यसै गरे। ती छोराहरू पछि बाह्रजना पिताहरू भए।
8ܘܝܗܒ ܠܗ ܕܝܬܩܐ ܕܓܙܘܪܬܐ ܘܗܝܕܝܢ ܐܘܠܕ ܠܐܝܤܚܩ ܘܓܙܪܗ ܒܝܘܡܐ ܬܡܝܢܝܐ ܘܐܝܤܚܩ ܐܘܠܕ ܠܝܥܩܘܒ ܘܝܥܩܘܒ ܐܘܠܕ ܠܬܪܥܤܪ ܐܒܗܬܢ ܀
9“त्यसपछि ती पिताहरू यूसुफसंग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसंग परमेश्वर हुनुहुन्थ्यो।
9ܘܗܢܘܢ ܐܒܗܬܢ ܛܢܘ ܒܝܘܤܦ ܘܙܒܢܘܗܝ ܠܡܨܪܝܢ ܘܐܠܗܐ ܥܡܗ ܗܘܐ ܀
10यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए।
10ܘܦܪܩܗ ܗܘܐ ܡܢ ܟܠܗܘܢ ܐܘܠܨܢܘܗܝ ܘܝܗܒ ܠܗ ܛܝܒܘܬܐ ܘܚܟܡܬܐ ܩܕܡ ܦܪܥܘܢ ܡܠܟܐ ܕܡܨܪܝܢ ܘܐܩܝܡܗ ܪܫܐ ܥܠ ܡܨܪܝܢ ܘܥܠ ܒܝܬܗ ܟܠܗ ܀
11तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्।
11ܘܗܘܐ ܟܦܢܐ ܘܐܘܠܨܢܐ ܪܒܐ ܒܟܠܗ ܡܨܪܝܢ ܘܒܐܪܥܐ ܕܟܢܥܢ ܘܠܝܬ ܗܘܐ ܠܗܘܢ ܠܡܤܒܥ ܠܐܒܗܬܢ ܀
12तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो।
12ܘܟܕ ܫܡܥ ܝܥܩܘܒ ܕܐܝܬ ܥܒܘܪܐ ܒܡܨܪܝܢ ܫܕܪ ܗܘܐ ܠܐܒܗܬܢ ܠܘܩܕܡ ܀
13पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए।
13ܘܟܕ ܐܙܠܘ ܕܬܪܬܝܢ ܙܒܢܝܢ ܐܘܕܥ ܝܘܤܦ ܢܦܫܗ ܠܐܚܘܗܝ ܘܐܬܝܕܥ ܠܦܪܥܘܢ ܛܘܗܡܗ ܕܝܘܤܦ ܀
14तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)।
14ܘܫܕܪ ܗܘܐ ܝܘܤܦ ܘܐܝܬܝܗ ܠܐܒܘܗܝ ܝܥܩܘܒ ܘܠܟܠܗ ܛܘܗܡܗ ܘܗܘܝܢ ܗܘܘ ܒܡܢܝܢܐ ܫܒܥܝܢ ܘܚܡܫ ܢܦܫܢ ܀
15यसकारणा याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमरूञ्जेल सम्म त्यहाँ बसे।
15ܘܢܚܬ ܝܥܩܘܒ ܠܡܨܪܝܢ ܘܡܝܬ ܬܡܢ ܗܘ ܘܐܒܗܬܢ ܀
16त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।
16ܘܐܫܬܢܝ ܠܫܟܝܡ ܘܐܬܬܤܝܡ ܒܩܒܪܐ ܕܙܒܢ ܗܘܐ ܐܒܪܗܡ ܒܟܤܦܐ ܡܢ ܒܢܝ ܚܡܘܪ ܀
17“मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो।
17ܘܟܕ ܡܛܝ ܗܘܐ ܙܒܢܐ ܕܡܕܡ ܕܐܫܬܘܕܝ ܗܘܐ ܒܡܘܡܬܐ ܐܠܗܐ ܠܐܒܪܗܡ ܤܓܝ ܗܘܐ ܥܡܐ ܘܬܩܦ ܒܡܨܪܝܢ ܀
18त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन्।
18ܥܕܡܐ ܕܩܡ ܡܠܟܐ ܐܚܪܢܐ ܥܠ ܡܨܪܝܢ ܐܝܢܐ ܕܠܐ ܝܕܥ ܗܘܐ ܠܗ ܠܝܘܤܦ ܀
19ती राजाले हाम्रो मानिसहरूलाई हानी पुरयाउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस् भनी बाहिर राख्न वाध्य गराए।
19ܘܐܨܛܢܥ ܥܠ ܛܘܗܡܢ ܘܐܒܐܫ ܠܐܒܗܬܢ ܘܦܩܕ ܕܢܗܘܘܢ ܡܫܬܕܝܢ ܝܠܘܕܝܗܘܢ ܕܠܐ ܢܚܘܢ ܀
20यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले।
20ܒܗ ܒܙܒܢܐ ܗܘ ܐܬܝܠܕ ܡܘܫܐ ܘܪܚܝܡ ܗܘܐ ܠܐܠܗܐ ܘܐܬܪܒܝ ܝܪܚܐ ܬܠܬܐ ܒܝܬ ܐܒܘܗܝ ܀
21जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्।
21ܘܟܕ ܐܫܬܕܝ ܡܢ ܐܡܗ ܐܫܟܚܬܗ ܒܪܬ ܦܪܥܘܢ ܘܪܒܝܬܗ ܠܗ ܠܒܪܐ ܀
22मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए।
22ܘܐܬܪܕܝ ܡܘܫܐ ܒܟܠܗ ܚܟܡܬܐ ܕܡܨܪܝܐ ܘܥܬܝܕ ܗܘܐ ܒܡܠܘܗܝ ܘܐܦ ܒܥܒܕܘܗܝ ܀
23“जब मोशा चालीस र्वषका भए, उनको आफ्ना यहूदी दाज्यु-भाइहरूलाई भेट्ने निर्णय लिए।
23ܘܟܕ ܗܘܐ ܒܪ ܐܪܒܥܝܢ ܫܢܝܢ ܤܠܩ ܗܘܐ ܥܠ ܠܒܗ ܕܢܤܥܘܪ ܠܐܚܘܗܝ ܒܢܝ ܐܝܤܪܝܠ ܀
24मोशाले एक यहूदीलाई मिश्रदेशवासीले नराम्रो व्यवहार गरेको देखे। यसर्थ तिनी त्यो यहूदीको रक्षा गर्न गए अनि त्यो मिश्र देशीलाई मारे जसले यहूदीमाथि कुव्यवहार गरिरहेको थियो।
24ܘܚܙܐ ܠܚܕ ܡܢ ܒܢܝ ܫܪܒܬܗ ܕܡܬܕܒܪ ܒܩܛܝܪܐ ܘܬܒܥܗ ܘܥܒܕ ܠܗ ܕܝܢܐ ܘܩܛܠܗ ܠܡܨܪܝܐ ܗܘ ܕܡܤܟܠ ܗܘܐ ܒܗ ܀
25परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्।
25ܘܤܒܪ ܕܡܤܬܟܠܝܢ ܐܚܘܗܝ ܒܢܝ ܐܝܤܪܝܠ ܕܐܠܗܐ ܒܐܝܕܗ ܝܗܒ ܠܗܘܢ ܦܘܪܩܢܐ ܘܠܐ ܐܤܬܟܠܘ ܀
26अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ए मानिस हो! तिमीहरू दाज्यु-भाइहरू हौ! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेछौ?”
26ܘܠܝܘܡܐ ܐܚܪܢܐ ܐܬܚܙܝ ܠܗܘܢ ܟܕ ܢܨܝܢ ܗܢܘܢ ܚܕ ܥܡ ܚܕ ܘܡܦܝܤ ܗܘܐ ܠܗܘܢ ܕܢܫܬܝܢܘܢ ܟܕ ܐܡܪ ܓܒܪܐ ܐܚܐ ܐܢܬܘܢ ܡܛܠ ܡܢܐ ܡܤܟܠܝܢ ܐܢܬܘܢ ܚܕ ܒܚܕ ܀
27जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दैथ्यो त्यसले मोशालाई घचेट्यो अनि भन्यो? कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्त्ता बनायो?
27ܗܘ ܕܝܢ ܕܡܤܟܠ ܗܘܐ ܒܚܒܪܗ ܕܚܩܗ ܡܢ ܠܘܬܗ ܘܐܡܪ ܠܗ ܡܢܘ ܐܩܝܡܟ ܥܠܝܢ ܪܫܐ ܘܕܝܢܐ ܀
28जसरी तिमीले हिजो मिश्र देशवासीलाई मार्यो त्यसरी नै मलाई मार्छौ?
28ܕܠܡܐ ܠܡܩܛܠܢܝ ܒܥܐ ܐܢܬ ܐܝܟ ܕܩܛܠܬ ܐܬܡܠܝ ܠܡܨܪܝܐ ܀
29जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिदयानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए।
29ܘܥܪܩ ܡܘܫܐ ܒܡܠܬܐ ܗܕܐ ܘܗܘܐ ܬܘܬܒܐ ܒܐܪܥܐ ܕܡܕܝܢ ܘܗܘܘ ܠܗ ܬܪܝܢ ܒܢܝܢ ܀
30“चालिस र्वष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे।
30ܘܟܕ ܡܠܝ ܠܗ ܬܡܢ ܐܪܒܥܝܢ ܫܢܝܢ ܐܬܚܙܝ ܠܗ ܒܡܕܒܪܐ ܕܛܘܪ ܤܝܢܝ ܡܠܐܟܗ ܕܡܪܝܐ ܒܢܘܪܐ ܕܝܩܕܐ ܒܤܢܝܐ ܀
31जब मोशाले यस्तो देखे, उनी अचम्भित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने।
31ܘܟܕ ܚܙܐ ܡܘܫܐ ܐܬܕܡܪ ܒܚܙܘܐ ܘܟܕ ܐܬܩܪܒ ܕܢܚܙܐ ܐܡܪ ܠܗ ܡܪܝܐ ܒܩܠܐ ܀
32परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमश्वर, याकूबका परमेश्वर हुँ।’ मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन।
32ܐܢܐ ܐܢܐ ܐܠܗܐ ܕܐܒܗܝܟ ܐܠܗܗ ܕܐܒܪܗܡ ܘܕܐܝܤܚܩ ܘܕܝܥܩܘܒ ܘܟܕ ܪܬܝܬ ܗܘܐ ܡܘܫܐ ܠܐ ܡܡܪܚ ܗܘܐ ܕܢܚܘܪ ܒܚܙܘܐ ܀
33परमप्रभुले उनलाई भन्नुभयो, तिम्रा जुत्ताहरू खोल, किनभने जुन ठाउँमा तिमी उभिरहकाछौ त्यो पवित्र ठाँउ हो।
33ܘܐܡܪ ܠܗ ܡܪܝܐ ܫܪܝ ܡܤܢܝܟ ܡܢ ܪܓܠܝܟ ܐܪܥܐ ܓܝܪ ܕܩܐܡ ܐܢܬ ܒܗ ܩܕܝܫܐ ܗܝ ܀
34मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरे। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।
34ܡܚܙܐ ܚܙܝܬ ܐܘܠܨܢܗ ܕܥܡܝ ܕܒܡܨܪܝܢ ܘܬܢܚܬܗ ܫܡܥܬ ܘܢܚܬܬ ܕܐܦܪܘܩ ܐܢܘܢ ܘܗܫܐ ܬܐ ܐܫܕܪܟ ܠܡܨܪܝܢ ܀
35“यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो।
35ܠܗܢܐ ܡܘܫܐ ܕܟܦܪܘ ܒܗ ܟܕ ܐܡܪܝܢ ܕܡܢܘ ܐܩܝܡܟ ܥܠܝܢ ܪܫܐ ܘܕܝܢܐ ܠܗ ܠܗܢܐ ܐܠܗܐ ܪܫܐ ܘܦܪܘܩܐ ܫܕܪ ܠܗܘܢ ܒܐܝܕܝ ܡܠܐܟܐ ܗܘ ܕܐܬܚܙܝ ܠܗ ܒܤܢܝܐ ܀
36तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस र्वष सम्म गरे।
36ܗܢܘ ܕܐܦܩ ܐܢܘܢ ܟܕ ܥܒܕ ܐܬܘܬܐ ܘܬܕܡܪܬܐ ܘܓܒܪܘܬܐ ܒܐܪܥܐ ܕܡܨܪܝܢ ܘܒܝܡܐ ܕܤܘܦ ܘܒܡܕܒܪܐ ܫܢܝܢ ܐܪܒܥܝܢ ܀
37उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।
37ܗܢܘ ܡܘܫܐ ܗܘ ܕܐܡܪ ܠܒܢܝ ܐܝܤܪܝܠ ܕܢܒܝܐ ܢܩܝܡ ܠܟܘܢ ܡܪܝܐ ܐܠܗܐ ܡܢ ܐܚܝܟܘܢ ܐܟܘܬܝ ܠܗ ܬܫܡܥܘܢ ܀
38उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा संगै थिए। तिनी त्यो स्वर्गदूतसंग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसंग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए।
38ܗܢܘ ܕܗܘܐ ܒܟܢܘܫܬܐ ܒܡܕܒܪܐ ܥܡ ܡܠܐܟܐ ܗܘ ܕܡܠܠ ܗܘܐ ܥܡܗ ܘܥܡ ܐܒܗܬܢ ܒܛܘܪܐ ܕܤܝܢܝ ܘܗܘܝܘ ܕܩܒܠ ܡܠܐ ܚܝܬܐ ܕܠܢ ܢܬܠ ܀
39“तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे।
39ܘܠܐ ܨܒܘ ܠܡܬܕܢܝܘ ܠܗ ܐܒܗܬܢ ܐܠܐ ܫܒܩܘܗܝ ܘܒܠܒܘܬܗܘܢ ܗܦܟܘ ܠܗܘܢ ܠܡܨܪܝܢ ܀
40हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’
40ܟܕ ܐܡܪܝܢ ܠܐܗܪܘܢ ܥܒܕ ܠܢ ܐܠܗܐ ܕܢܐܙܠܘܢ ܩܕܡܝܢ ܡܛܠ ܕܗܢܐ ܡܘܫܐ ܕܐܦܩܢ ܡܢ ܐܪܥܐ ܕܡܨܪܝܢ ܠܐ ܝܕܥܝܢ ܚܢܢ ܡܢܐ ܗܘܝܗܝ ܀
41यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए।
41ܘܥܒܕܘ ܠܗܘܢ ܥܓܠܐ ܒܝܘܡܬܐ ܗܢܘܢ ܘܕܒܚܘ ܕܒܚܐ ܠܦܬܟܪܐ ܘܡܬܒܤܡܝܢ ܗܘܘ ܒܥܒܕ ܐܝܕܝܗܘܢ ܀
42तर परमश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः ‘तिमी यहूदीहरूले चालीस र्वषसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं
42ܘܗܦܟ ܐܠܗܐ ܘܐܫܠܡ ܐܢܘܢ ܕܢܗܘܘܢ ܦܠܚܝܢ ܠܚܝܠܘܬܐ ܕܫܡܝܐ ܐܝܟ ܕܟܬܝܒ ܒܟܬܒܐ ܕܢܒܝܐ ܠܡܐ ܐܪܒܥܝܢ ܫܢܝܢ ܒܡܕܒܪܐ ܢܟܤܬܐ ܐܘ ܕܒܚܬܐ ܩܪܒܬܘܢ ܠܝ ܒܢܝ ܐܝܤܪܝܠ ܀
43तिमीहरूले तिनीहरूसित मोलेकको पाल अनि तिम्रो देवता रिफमका तारा ल्यायौ। तिनीहरू मूर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ। ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो। यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’ आमोस 5 : 25-27
43ܐܠܐ ܫܩܠܬܘܢ ܡܫܟܢܗ ܕܡܠܟܘܡ ܘܟܘܟܒܗ ܕܐܠܗܐ ܕܪܦܢ ܕܡܘܬܐ ܕܥܒܕܬܘܢ ܕܬܗܘܘܢ ܤܓܕܝܢ ܠܗܝܢ ܐܫܢܝܟܘܢ ܠܗܠ ܡܢ ܒܒܠ ܀
44“हाम्रा पुर्खाहरूसँग मरूभूमिमा “पवित्र मण्डप” थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए।
44ܗܐ ܡܫܟܢܐ ܕܤܗܕܘܬܐ ܕܐܒܗܬܢ ܒܡܕܒܪܐ ܐܝܬܘܗܝ ܗܘܐ ܐܝܟ ܡܐ ܕܦܩܕ ܗܘ ܕܡܠܠ ܥܡ ܡܘܫܐ ܠܡܥܒܕܗ ܒܕܡܘܬܐ ܕܚܘܝܗ ܀
45तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेदनु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे।
45ܘܠܗ ܠܗܢܐ ܡܫܟܢܐ ܐܦ ܡܥܠܘ ܐܥܠܘܗܝ ܐܒܗܬܢ ܥܡ ܝܫܘܥ ܠܐܪܥܐ ܕܝܗܒ ܠܗܘܢ ܐܠܗܐ ܝܘܪܬܢܐ ܡܢ ܥܡܡܐ ܗܢܘܢ ܕܫܕܐ ܡܢ ܩܕܡܝܗܘܢ ܘܐܬܝܒܠ ܥܕܡܐ ܠܝܘܡܘܗܝ ܕܕܘܝܕ ܀
46परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे।
46ܗܘ ܕܐܫܟܚ ܪܚܡܐ ܩܕܡܘܗܝ ܕܐܠܗܐ ܘܫܐܠ ܕܢܫܟܚ ܡܫܟܢܐ ܠܐܠܗܗ ܕܝܥܩܘܒ ܀
47तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे।
47ܫܠܝܡܘܢ ܕܝܢ ܒܢܐ ܠܗ ܒܝܬܐ ܀
48“तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्
48ܘܡܪܝܡܐ ܠܐ ܫܪܐ ܒܥܒܕ ܐܝܕܝܐ ܐܝܟ ܕܐܡܪ ܢܒܝܐ ܀
49पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्दछ। कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ? मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ?
49ܕܫܡܝܐ ܟܘܪܤܝ ܘܐܪܥܐ ܟܘܒܫܐ ܕܬܚܝܬ ܪܓܠܝ ܐܝܢܘ ܒܝܬܐ ܕܬܒܢܘܢ ܠܝ ܐܡܪ ܡܪܝܐ ܐܘ ܐܝܢܘ ܐܬܪܐ ܕܢܝܚܬܝ ܀
50के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइन?” यशैया 66 : 1-2
50ܠܐ ܗܐ ܐܝܕܐ ܕܝܠܝ ܥܒܕܬ ܗܠܝܢ ܟܠܗܝܢ ܀
51तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।
51ܐܘ ܩܫܝܝ ܩܕܠܐ ܘܕܠܐ ܓܙܝܪܝܢ ܒܠܒܗܘܢ ܘܒܡܫܡܥܬܗܘܢ ܐܢܬܘܢ ܒܟܠܙܒܢ ܠܘܩܒܠ ܪܘܚܐ ܕܩܘܕܫܐ ܩܝܡܝܢ ܐܢܬܘܢ ܐܝܟ ܐܒܗܝܟܘܢ ܐܦ ܐܢܬܘܢ ܀
52तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ।
52ܠܐܝܢܐ ܓܝܪ ܡܢ ܢܒܝܐ ܕܠܐ ܪܕܦܘ ܘܩܛܠܘ ܐܒܗܝܟܘܢ ܠܐܝܠܝܢ ܕܩܕܡܘ ܒܕܩܘ ܥܠ ܡܐܬܝܬܗ ܕܙܕܝܩܐ ܗܘ ܕܐܢܬܘܢ ܐܫܠܡܬܘܢ ܘܩܛܠܬܘܢܝܗܝ ܀
53तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्यौ तर पालन गरेनौं।”
53ܘܩܒܠܬܘܢ ܢܡܘܤܐ ܒܝܕ ܦܘܩܕܢܐ ܕܡܠܐܟܐ ܘܠܐ ܢܛܪܬܘܢܝܗܝ ܀
54जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले।
54ܘܟܕ ܫܡܥܘ ܗܘܘ ܗܠܝܢ ܐܬܡܠܝܘ ܚܡܬܐ ܒܢܦܫܗܘܢ ܘܡܚܪܩܝܢ ܗܘܘ ܫܢܝܗܘܢ ܥܠܘܗܝ ܀
55तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले यशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे।
55ܘܗܘ ܟܕ ܡܠܐ ܗܘܐ ܗܝܡܢܘܬܐ ܘܪܘܚܐ ܕܩܘܕܫܐ ܚܪ ܒܫܡܝܐ ܘܚܙܐ ܬܫܒܘܚܬܐ ܕܐܠܗܐ ܘܠܝܫܘܥ ܟܕ ܩܐܡ ܡܢ ܝܡܝܢܐ ܕܐܠܗܐ ܀
56स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”
56ܘܐܡܪ ܗܐ ܚܙܐ ܐܢܐ ܫܡܝܐ ܟܕ ܦܬܝܚܝܢ ܘܠܒܪܗ ܕܐܢܫܐ ܟܕ ܩܐܡ ܡܢ ܝܡܝܢܐ ܕܐܠܗܐ ܀
57तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे।
57ܘܩܥܘ ܒܩܠܐ ܪܡܐ ܘܤܟܪܘ ܐܕܢܝܗܘܢ ܘܓܙܡܘ ܥܠܘܗܝ ܟܠܗܘܢ ܀
58तिनीहरूले उनलाई शहर बाहिर फयाँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू जजसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए।
58ܘܐܚܕܘ ܐܦܩܘܗܝ ܠܒܪ ܡܢ ܡܕܝܢܬܐ ܘܪܓܡܝܢ ܗܘܘ ܠܗ ܘܐܝܠܝܢ ܕܐܤܗܕܘ ܥܠܘܗܝ ܤܡܘ ܢܚܬܝܗܘܢ ܠܘܬ ܪܓܠܘܗܝ ܕܥܠܝܡܐ ܚܕ ܕܡܬܩܪܐ ܫܐܘܠ ܀
59अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!”
59ܘܪܓܡܝܢ ܗܘܘ ܠܗ ܠܐܤܛܦܢܘܤ ܟܕ ܡܨܠܐ ܘܐܡܪ ܡܪܢ ܝܫܘܥ ܩܒܠ ܪܘܚܝ ܀
60तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्! यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।
60ܘܟܕ ܤܡ ܒܘܪܟܐ ܩܥܐ ܒܩܠܐ ܪܡܐ ܘܐܡܪ ܡܪܢ ܠܐ ܬܩܝܡ ܠܗܘܢ ܗܕܐ ܚܛܝܬܐ ܘܟܕ ܗܕܐ ܐܡܪ ܫܟܒ ܀