Nepali

Turkish

Isaiah

24

1हेर! परमप्रभुले यो ठाउँलाई ध्वंस गर्नुहुनेछ। परमप्रभुले यस ठाउँलाई सम्पूर्ण प्रकारले सफा पार्नु हुनेछ। परमप्रभुले मानिसहरूलाई जबरजस्ती यस ठाउँबाट टाढा खेद्नु हुनेछ।
1İşte RAB yeryüzünü harap edip viraneye çevirecek,Yeryüzünü altüst edecek,Üzerinde yaşayanları darmadağın edecek.
2त्यसबेला, साधरण मानिसहरू र पूजाहारीहरू एक समान हुनेछन्। दासहरू र मालिकहरू एक समान हुने छन्। दासीहरू र उनीहरूका मालिकनीहरू पनि समान हुनेछन्। किन्ने ग्राहाक र बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार र साहूकारहरू एक समान हुनेछन्। बैंकवाला र बैकबाट ऋण लिनेहरू पनि समान हुनेछन्।
2Ayrım yapılmayacak;Ne halkla kâhin arasında,Ne köleyle efendi arasında,Ne hizmetçiyle hanım arasında,Ne alıcıyla satıcı arasında,Ne ödünç alanla ödünç veren arasında,Ne faizciyle borç alan arasında.
3सारा मानिसहरूलाई त्यो ठाउँ छोडनलाई वाध्य पारिने छ। जम्मै धन-सम्पत्ति लैजाने वा खोसिने छ। यस्तो घटना हुने नै छ कारण परमप्रभुले आदेश गर्नु भएकोछ।
3Dünya tümüyle yağmalanıp viraneye çevrilecek.RAB böyle söyledi.
4यो देश रित्तो र उजाड हुनेछ। यो संसार रित्तो र दुर्बल हुनेछ। पृथ्वीका महत्वपूर्ण मानिसहरू हराउँनेछन्।
4Dünya kuruyup büzülüyor,Yeryüzü solup büzülüyor,Dünyadaki soylular güçlerini yitiriyor.
5यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको व्यवस्थाका विरूद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे।
5Dünyada yaşayanlar onu kirletti.Çünkü Tanrının yasalarını çiğnediler,Kurallarını ayaklar altına aldılar,Ebedi antlaşmayı bozdular.
6यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई ध्वंस गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।
6Bu yüzden lanet dünyayı yiyip bitirdi,Orada yaşayanlar suçlarının cezasını çekiyorlar.Yaşayanlar bu nedenle yanıyor, pek azı kurtulacak.
7दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दुखी छन्।
7Yeni şarabın sonu geldi,Asmalar soldu,Bir zamanlar sevinçli olanların hepsi inliyor.
8मानिसहरूले आफ्नो र्हष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैजडीहरू र विणाहरूबाट आउने सँगीतहरू समाप्त भए।
8Tefin coşkun sesi kesildi,Eğlenenlerin gürültüsü durdu,Lirin coşkun sesi kesildi.
9मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।
9Ezgi eşliğinde şarap içilmiyor artık,İçkinin tadı içene acı geliyor.
10“पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर ध्वंश पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्।
10Yıkılan kent perişan durumda,Kimse girmesin diye her evin girişi kapandı.
11मानिसहरूले बजारमा दाखरस अझ खोजी रहन्छन्। तर सम्पूर्ण रमाईलोपन समाप्त भयो। खुशी टाढा लगियो।
11İnsanlar şarap özlemiyle sokaklarda bağrışıyor,Sevinçten eser kalmadı,Dünyanın coşkusu yok oldu.
12यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।
12Kent viraneye döndü,Kapıları paramparça oldu.
13फसलको बेलामा, मानिसहरूले रूखबाट जैतून झारे तर केही मात्रामा जैतूनहरू रूखमा नै छाडिए। त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्।
13Çünkü zeytinler dökülsün diye dövülen ağaç nasılsa,Bağbozumundan artakalan üzümler nasılsa,Dünyadaki bütün uluslar da öyle olacak.
14छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्। तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ। तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।
14Sağ kalanlar seslerini yükseltipSevinç çığlıkları atacak,Batıda yaşayanlar RABbin büyüklüğü karşısındaHayranlıkla bağıracak.
15ती मानिसहरूले भन्नेछन, “पूर्वमा भएका मानिसहरू, परमप्रभुको प्रशंसा गर! टाढा देशहरूमा बस्ने मानिसहरू, परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर!”
15Onun için, doğuda yaşayanlar RABbi yüceltin,Deniz kıyısındakiler,İsrailin Tanrısı RABbin adını yüceltin.
16संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्। ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ। तर म भन्छु “मलाई पीर छ! म दुखमा छु। म जे देख्छु, ती भयंकर चीजहरू हुन्। देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन् अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।
16Dünyanın en uzak köşelerinden ezgiler işitiyoruz:‹‹Doğru Olana övgüler olsun!›› Ama ben, ‹‹Bittim, bittim! Vay halime!›› dedim,‹‹Hainler hainliklerini sürdürüyor.Evet, hainler sürekli hainlik ediyorlar.››
17यस पृथ्वीमा बाँच्ने मानिसहरूको लागि म त्रासै-त्रास देख्दछु, मैले तिनीहरूको लागि डरको खाडलहरू र पासोहरू देख्छु।
17Ey dünyada yaşayanlar,Önünüzde dehşet, çukur ve tuzak var.
18मानिसहरूले भयको बारेमा सुन्नेछन् र भयभीत हुनेछन्। कतिपय मानिसहरू भाग्नेछन, तर तिनीहरू खाडलहरूमा जाकिनेछन्। पासोहरूमा अल्झिने छन्। ती मध्ये कतिजना खाडलहरूबाट उक्लिनेछन, तर तिनीहरू फेरि अर्को पासोमा अल्झिनेछन्।” स्वर्गमा भएका प्रवेशद्वारहरू बाढी झैं खुलिने छन् अनि बाढीहरू प्रारम्भ हुनेछ। पृथ्वीको जगहरू हल्लन्छन्।
18Dehşet haberinden kaçan çukura düşecek,Çukurdan çıkan tuzağa yakalanacak.Göklerin kapakları açılacak,Dünyanın temelleri sarsılacak.
19त्यहाँ भूकम्प आउँनेछ। अनि पृथ्वी फाट्नेछ।
19Yeryüzü büsbütün çatlayıp yarılacak,Sarsıldıkça sarsılacak.
20संसारमा पापहरू एकदम गह्रौं भईसक्यो। यसैले पृथ्वी त्यही गह्रौंको कारण झर्नेछ। पृथ्वी पुरानो घर जस्तै र्थकिनेछ। मद पिएर मातेको मानिस जस्तो पृथ्वी लड्नेछ। पृथ्वी यथावत् रहनलाई सक्षम हुनेछैन।
20Dünya sarhoş gibi yalpalayacak,Bir kulübe gibi sallanacak,İsyanlarının ağırlığı altında çökecekVe bir daha kalkamayacak.
21त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।
21O gün RAB yukarıda, gökteki güçleriVe aşağıda, yeryüzündeki kralları cezalandıracak.
22धेरै मानिसहरू एक साथ भेला गराईनेछन्। ती मध्ये केही खाल्डोमा फ्याँकिनेछन्। अनि केही कैद हुनेछन्। तर अन्तमा धेरै समय पछि तिनीहरूको न्याय गरिनेछ।
22Zindana tıkılan tutsaklar gibiCezaevine kapatılacakVe uzun süre sonra cezalandırılacaklar.
23परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ। उहाँको महिमा बूढा-प्रधानहरूका समक्ष हुनेछ। उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि त्यो देखेर जुनलाई अप्ठेरो लाग्ने सरममा पर्ने छ अनि घाम लज्जित हुनेछ।
23Ayın yüzü kızaracak, güneş utanacak.Çünkü Her Şeye Egemen RAB Siyon Dağı'nda,Yeruşalim'de krallık edecek.Halkın ileri gelenleriO'nun yüceliğini görecek.