1अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः
1Now concerning the collection for the saints, as I commanded the assemblies of Galatia, you do likewise.
2प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन।
2On the first day of the week, let each one of you save, as he may prosper, that no collections be made when I come.
3जब म आउँला म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँला। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिनीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु।
3When I arrive, I will send whoever you approve with letters to carry your gracious gift to Jerusalem.
4अनि यदि उचित ठहरिए, तिनीहरू मसँगै जानेछन्।
4If it is appropriate for me to go also, they will go with me.
5म्यासिडोनिया भएर जाँदा तिमीहरूकहाँ आउने मेरो योजना छ। किनभने म्यासिडोनिया भएर मेरो यात्रा गर्ने इच्छा छ।
5But I will come to you when I have passed through Macedonia, for I am passing through Macedonia.
6यदि सम्भव हुन सके, केही दिन म तिमीहरूसित बसुँला। म हिउँद भरि पनि तिमीहरूसित बस्न सक्छु। तब जहाँ-जहाँ म जान्छु तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक्छौ।
6But with you it may be that I will stay, or even winter, that you may send me on my journey wherever I go.
7तिमीहरूलाई भेट्न म यात्री जस्तो आउँन चहाँदिन। यदि प्रभुको अनुमति भए, मेरो तिमीहरूसँग लामो समय सम्म बस्ने इच्चाछ
7For I do not wish to see you now in passing, but I hope to stay a while with you, if the Lord permits.
8तर म एफिससमा पेन्तिकोस सम्म बस्नेछु।
8But I will stay at Ephesus until Pentecost,
9किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दैछन्।
9for a great and effective door has opened to me, and there are many adversaries.
10तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्।
10Now if Timothy comes, see that he is with you without fear, for he does the work of the Lord, as I also do.
11यसकारण तिमोथीलाई स्वीकार गर्नु तिमीहरू कसैले आनाकानी गर्ने छैनौ। उनलाई शान्तिसित यात्रा गर्न सघाउनु जसमा कि उनी मकहाँ आउन सकुन्। उनी भाइहरूका साथमा आउन भनी म आपेक्षा गरिरहेछु।
11Therefore let no one despise him. But set him forward on his journey in peace, that he may come to me; for I expect him with the brothers.
12अब हाम्रा भाइ अपोल्लोसको बारेमाः मैले उनलाई अरू भाइहरूसित तिमीहरूकहाँ जान उत्साहित पारेकोछु। अहिले उनी आउने कुरामा पक्का छन्। तर मौका पाए भने उनी तिमीहरूकहाँ आउनेछन्।
12Now concerning Apollos, the brother, I strongly urged him to come to you with the brothers; and it was not at all his desire to come now; but he will come when he has an opportunity.
13सावधान बस। विश्वासमा दरिलो बन्दै बस। साहसी हौ र दृढ बन।
13Watch! Stand firm in the faith! Be courageous! Be strong!
14हरेक कुरो प्रेमपूर्वक गर।
14Let all that you do be done in love.
15तिमीहरू जान्दछौ स्तिफनस र उनको परिवार अखैयामा पहिलो विश्वासीहरू थिए। तिमीहरूले आफूलाई परमेश्वरका मानिसहरूको सेवामा अर्पेकाछन्। प्रिय दाज्यु-भाई दिदी-बहिनीहरू हो! म तिमीहरूलाई उपदेश दिन्छु कि
15Now I beg you, brothers (you know the house of Stephanas, that it is the first fruits of Achaia, and that they have set themselves to serve the saints),
16यस्तै मानिसहरूको र उनीहरूसित काम गर्ने र सेवा गर्ने कुनै पनि अरू मानिसको अगुवाइमा हिंड।
16that you also be in subjection to such, and to everyone who helps in the work and labors.
17स्तिफनस, फोर्टुनाटस, र अखाइकस आएकामा म र्हषित छु। तिमीहरू यहाँ छैनौ तर तिनीहरू तिमीहरूका ठाउँमा छन्।
17I rejoice at the coming of Stephanas, Fortunatus, and Achaicus; for that which was lacking on your part, they supplied.
18तिनीहरूले मेरो आत्मालाई र तिनीहरूको आत्मालाई विश्राम दिएकाछन्। यस्ता मानिसहरूको मूल्य तिमीहरूले चिन्नु पर्छ।
18For they refreshed my spirit and yours. Therefore acknowledge those who are like that.
19एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्किल्लाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्।
19The assemblies of Asia greet you. Aquila and Priscilla greet you much in the Lord, together with the assembly that is in their house.
20यस ठाँउका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूले तिमीहरूलाई शुभेच्छा जनाएकाछन्। जब तिमीहरू भेट्छौ एक-अर्कामा पवित्र चुम्बन देऊ।
20All the brothers greet you. Greet one another with a holy kiss.
21म पावल हुँ र मेरो शुभेच्छा म आफ्नै हातले लेख्दैछु।
21This greeting is by me, Paul, with my own hand.
22जसले परमेश्वरलाई प्रेम गर्दैन, उ श्रापित होस्। आउनु होस्, हे प्रभु!
22If any man doesn’t love the Lord Jesus Christ, let him be accursed Greek: anathema. . Come, Lord! Aramaic: Maranatha!
23प्रभु येशूको अनुग्रह तिमीहरूसित रहोस्।
23The grace of the Lord Jesus Christ be with you.
24ख्रीष्ट येशूमा हुने तिमीहरू सबै प्रति मेरो प्रेम!
24My love to all of you in Christ Jesus. Amen.