1ख्रीष्ट येशूको एकजना प्रेरित पावलबाट। परमेश्वरले इच्छा गरे अनुसार मलाई एक प्रेरित रोज्नु भयो। हाम्रा ख्रीष्टमा भाइ तिमोथिबाट पनि कोरिन्थीमा बस्ने परमेश्वरको मण्डलीलाई र सारा अखैया देशमा बस्ने परमेश्वरका मानिसहरूलाई प्रणामः
1Paul, an apostle of Christ Jesus through the will of God, and Timothy our brother, to the assembly of God which is at Corinth, with all the saints who are in the whole of Achaia:
2हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
2Grace to you and peace from God our Father and the Lord Jesus Christ.
3परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद। परमेश्वर पिता हुनुहुन्छ, जो दयामय हुनु हुन्छ। उहाँ पूर्ण सुखमय परमेश्वर हुनुहुन्छ।
3Blessed be the God and Father of our Lord Jesus Christ, the Father of mercies and God of all comfort;
4जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं। हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो।
4who comforts us in all our affliction, that we may be able to comfort those who are in any affliction, through the comfort with which we ourselves are comforted by God.
5ख्रीष्टका धेरै कष्टहरूमा हामी सहभागी बन्छौं, त्यसरी नै, ख्रीष्टबाट हामीले धेरै सान्त्वना पाँउछौं।
5For as the sufferings of Christ abound to us, even so our comfort also abounds through Christ.
6यदि हामीले कष्टहरू पार्यौं भने त्यो तपाईंको सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाए त्यो तिमीहरूका निम्ति हो। त्यसले तिमीहरूलाई हामीहरूमा झैं धैर्यसित कष्ट सहन सहायता दिन्छ।
6But if we are afflicted, it is for your comfort and salvation. If we are comforted, it is for your comfort, which produces in you the patient enduring of the same sufferings which we also suffer.
7तिमीहरूमाथि हाम्रो दरिलो आशा छ। हामी जान्दछौं तिमीहरू हाम्रा कष्टहरूमा भागीदार हौ। त्यसैले हामी जान्दछौं कि हाम्रा सान्त्वनामा पनि तिनीहरू भागीदार बन्नेछौ।
7Our hope for you is steadfast, knowing that, since you are partakers of the sufferings, so also are you of the comfort.
8दाज्यु-भाइ र दिदी-बहिनीहरू हो। एशिया प्रदेशमा हामीले भोगेका कष्टहरूको बारेमा पनि तिमीहरूले जानिराख भन्ने हामी चाहन्छौं। त्यहाँ हामी ठूलो कष्टमा थियौं। हाम्रा सहने शक्ति भन्दा कष्ट धेरै थियो। हामीले त बाँच्ने आशा पनि छोडिसकेका थियौं।
8For we don’t desire to have you uninformed, brothers, The word for “brothers” here and where context allows may also be correctly translated “brothers and sisters” or “siblings.” concerning our affliction which happened to us in Asia, that we were weighed down exceedingly, beyond our power, so much that we despaired even of life.
9हामीले साँच्चै सोच्यौ आफुमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट उत्थान गराउनु हुन्छ।
9Yes, we ourselves have had the sentence of death within ourselves, that we should not trust in ourselves, but in God who raises the dead,
10परमेश्वरले हामीलाई मृत्युको आपदबाट बचाउनु भयो। अनि परमेश्वरले हामीलाई सदा सर्वदा रक्षा गर्नु हुन्छ। हामीले उहाँमा आशा गर्यों ताकि उहाँले हामीलाई बचाई राख्नु हुनेछ।
10who delivered us out of so great a death, and does deliver; on whom we have set our hope that he will also still deliver us;
11अनि तिमीहरूले आफ्ना प्रार्थनाद्वारा हामीलाई सहायता गर्न सक्नेछौ। घेरै मानिसहरूले हाम्रो निम्ति परमेश्वरलाई धन्यवाद दिनेछन् किनभने तिनीहरूको प्रशस्त प्रार्थनाले गर्दा परमेश्वरले हामीलाई आशीर्वाद दिनु भयो।
11you also helping together on our behalf by your supplication; that, for the gift bestowed on us by means of many, thanks may be given by many persons on your behalf.
12यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।
12For our boasting is this: the testimony of our conscience, that in holiness and sincerity of God, not in fleshly wisdom but in the grace of God we behaved ourselves in the world, and more abundantly toward you.
13हामी तिमीहरूलाई तिनै कुराहरू मात्र लेख्छौं जुन तिमीहरूले सम्पूर्ण रूपले पढ्न र बुझ्न सक्छौ। अनि म आशा गर्छु तिमीहरूले पूरै बुझ्नेछौ।
13For we write no other things to you, than what you read or even acknowledge, and I hope you will acknowledge to the end;
14तिमीहरूले हाम्रो विषयमा केही कुराहरू बुझिसकेकाछौ। त्यो दिन जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुनेछ, म आशा गर्छु तिमीहरूले बुझ्नेछौ, जब हामी तिमीहरू प्रति गर्व गरे झैं तिमीहरू पनि गर्वावित हुनेछौ।
14as also you acknowledged us in part, that we are your boasting, even as you also are ours, in the day of our Lord Jesus.
15म यी कुराहरूमा ढुक्क थिएँ। त्यसैले मैले पहिले तिमीहरूकहाँ आउने योजना बनाएँ। तब तिमीहरूले दुइ पल्ट आशीर्वाद पाउने थियौ।
15In this confidence, I was determined to come first to you, that you might have a second benefit;
16म्यासिडोनिया जाँदा मैले तिमीहरूलाई भेट्न सोचेको थिएँ। अझ र्फकदा पनि तिमीहरूलाई भेट्ने योजना थियो। मैले आफ्नो यहूदीया यात्रामा तिमीहरूबाट सहायता लिन सोचेको थिएँ।
16and by you to pass into Macedonia, and again from Macedonia to come to you, and to be sent forward by you on my journey to Judea.
17के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु।
17When I therefore was thus determined, did I show fickleness? Or the things that I purpose, do I purpose according to the flesh, that with me there should be the “Yes, yes” and the “No, no?”
18तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन।
18But as God is faithful, our word toward you was not “Yes and no.”
19परमेश्वरको पुत्र येशू ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सँधै “हो” हो।
19For the Son of God, Jesus Christ, who was preached among you by us, by me, Silvanus, and Timothy, was not “Yes and no,” but in him is “Yes.”
20परमेश्वरका जम्मै प्रतिज्ञाहरू ख्रीष्टमा यो सँधै “हो” हुन्छ। अनि यस सच्चाइले हामी ख्रीष्टद्वारा परमेश्वरको गौरवमा “आमिन” भन्छौं।
20For however many are the promises of God, in him is the “Yes.” Therefore also through him is the “Amen,” to the glory of God through us.
21अनि एक मात्र परमेश्वर हुनु हुन्छ जसले हामीलाई र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउँनु हुन्छ। परमेश्वरले हामीलाई विशेष रूपले आशिष दिनु भएकोछ।
21Now he who establishes us with you in Christ, and anointed us, is God;
22हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।
22who also sealed us, and gave us the down payment of the Spirit in our hearts.
23म तिमीहरूलाई यो भन्छु अनि यो साँचो हो भनी प्रमाण गर्न म परमेश्वरलाई साक्षी बसिदिनु होस भन्छु। म कोरिन्थमा फर्केर नआएको कारण यही थियो कि म तिमीहरूलाई शास्ति दिन वा तिमीहरूको चित्त दुखाउनु चाहन्नथे।
23But I call God for a witness to my soul, that I didn’t come to Corinth to spare you.
24मैले यो भन्न खोजेको होइन कि हामी तिमीहरूको विश्वासमाथि नियन्त्रण राख्न चाहन्छौ। तिमीहरू विश्वासमा दृढ छौ। तर तिमीहरूकै आनन्दको लागि हामी तिमीहरूसित काम गर्नेछौं।
24Not that we have lordship over your faith, but are fellow workers with you for your joy. For you stand firm in faith.