Nepali

World English Bible

2 Chronicles

18

1यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए।
1Now Jehoshaphat had riches and honor in abundance; and he joined affinity with Ahab.
2केही वर्ष पछि, यहोशापात आहाब सित भेट गर्न सामरिया शहरमा गए। आहाबले यहोशापात अनि तिनी सित भएका मानिसहरूका निम्ति धेरै भेडा अनि गाईहरू बलि चढाए। आहाबले रामोत गिलाद शहर माथि आक्रमण गर्न यहोशापातलाई उत्साहित तुल्याए।
2After certain years he went down to Ahab to Samaria. Ahab killed sheep and cattle for him in abundance, and for the people who were with him, and moved him to go up with him to Ramoth Gilead.
3आहाबले यहोशापातलाई भने, “तपाईं म सित रामोत गिलाद माथि आक्रमण गर्न जानु हुन्छ?” आहाब इस्राएलका राजा थिए अनि यहोशापात यहूदाका राजा थिए। यहोशापातले आहाबलाई उत्तर दिए, “म तपाईं जस्तै हुँ अनि मेरा मानिसहरू तपाईंका मानिसहरू जस्तै हुन्। हामी युद्धमा तपाईंको साथ दिनेछौं।”
3Ahab king of Israel said to Jehoshaphat king of Judah, “Will you go with me to Ramoth Gilead?” He answered him, “I am as you are, and my people as your people. We will be with you in the war.”
4यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संन्देश प्राप्त गरौं।”
4Jehoshaphat said to the king of Israel, “Please inquire first for the word of Yahweh.”
5यसर्थ राजा आहाबले अगमवक्ताहरू एकत्रित गरे 400 मानिसहरू। आहाबले तिनीहरूलाई भने, “हामी रामोत गिलाद शहरको विरूद्ध लडाई गर्न जाऊँ कि नजाऊँ?” अगमवक्ताहरूले आहाबलाई उत्तर दिए, “जानुहोस्, किनभने परमेश्वरले तपाईंलाई रामोत-गिलादलाई परास्त गर्न दिनु हुनेछ।”
5Then the king of Israel gathered the prophets together, four hundred men, and said to them, “Shall we go to Ramoth Gilead to battle, or shall I forbear?” They said, “Go up; for God will deliver it into the hand of the king.”
6तर यहोशापातले भने, “के यहाँ परमप्रभुको अगमवक्ता कोही छन्? हामीले परमप्रभुलाई उहाँका एक अगमवक्ताद्वारा याचना गर्न आवश्यक छ।”
6But Jehoshaphat said, “Isn’t there here a prophet of Yahweh besides, that we may inquire of him?”
7तब राजा आहाबले यहोशापातलाई भने, “यहाँ अझ पनि एक व्यक्ति छ। हामी तिनीद्वारा परमप्रभुसित सोध्न सक्छौं। तर म यो मान्छेलाई घृणा गर्छु, किनभने परमप्रभुबाट मेरो बारेमा तिनीसित असल संन्देश कहिल्यै हुँदैन। तिनीसित मेरा निम्ति सदैव नराम्रो संन्देश हुन्छ। त्यो मान्छेको नाउँ मीकाया हो। तिनी यिम्लाका छोरा हुन्।” तर यहोशापातले भने, “आहाब, तपाईंले त्यसो भन्नु हुँदैन।”
7The king of Israel said to Jehoshaphat, “There is yet one man by whom we may inquire of Yahweh; but I hate him, for he never prophesies good concerning me, but always evil. He is Micaiah the son of Imla.” Jehoshaphat said, “Don’t let the king say so.”
8तब राजा आहाबले आफ्ना एक अधिकारीलाई बोलाए र भने, “चाँडो गर, यिम्लाका छोरा मीकायालाई यहाँ ल्याऊ।”
8Then the king of Israel called an officer, and said, “Get Micaiah the son of Imla quickly.”
9आहाब इस्राएलका राजा अनि यहोशापात यहूदाका राजाले आफ्ना राज-पोशाक लगाएका थिए। तिनीहरू सामरिया शहरको सामुन्नेको द्वारको नजिक ढिकीमा आफ्ना सिंहासनमा बसेका थिए। ती 400 जना अगमवक्ताहरू दुइ राजाहरूका सामुन्ने आफ्ना संन्देश भनीरहेका थिए।
9Now the king of Israel and Jehoshaphat the king of Judah sat each on his throne, arrayed in their robes, and they were sitting in an open place at the entrance of the gate of Samaria; and all the prophets were prophesying before them.
10सिदकियाह केनान नाउँका व्यक्तिका छोरा थिए। सिदकियाहले फलामका केही सींङ्गहरू बनाएका थिए। सिदकियाहले भने, “यही हो जो परमप्रभुले भन्नु हुन्छः ‘तपाईंहरूले यी फलामका सींङ्गहरू अरामी मानिसहरूलाई तिनीहरू ध्वंश नहुञ्जेल घोच्नलाई प्रयोग गर्नु हुनेछ।”‘
10Zedekiah the son of Chenaanah made him horns of iron, and said, “Thus says Yahweh, ‘With these you shall push the Syrians, until they are consumed.’”
11सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरूले भने, “रामोत गिलाद शहरमा जानु होस्। तपाईंहरूले सफलता पाउनु हुनेछ अनि जित्नु हुनेछ। परमप्रभुले राजालाई अरामी मानिसहरूलाई परास्त पार्न दिनु हुनेछ।”
11All the prophets prophesied so, saying, “Go up to Ramoth Gilead, and prosper; for Yahweh will deliver it into the hand of the king.”
12मीकायालाई लिन गएका संन्देश वाहकले तिनलाई भने, “मीकाया, सुन, सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरू राजाले सफलता प्राप्त गर्नु हुनेछ भनी भन्दै छन्। यसर्थ तिनीहरूले जे भन्दै छन् त्यही कुरा भन। तिमीले पनि राम्रो कुरा भन।”
12The messenger who went to call Micaiah spoke to him, saying, “Behold, the words of the prophets declare good to the king with one mouth. Let your word therefore, please be like one of theirs, and speak good.”
13तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझै म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”
13Micaiah said, “As Yahweh lives, what my God says, that will I speak.”
14तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजानु?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।”
14When he had come to the king, the king said to him, “Micaiah, shall we go to Ramoth Gilead to battle, or shall I forbear?” He said, “Go up, and prosper. They shall be delivered into your hand.”
15राजा आहाबले मीकायालाई भने, “धेरै पल्ट मैले तिमीलाई परमप्रभुको नाउँमा मलाई सत्य मात्र भन भनी प्रतिज्ञा गराएको थिएँ।”
15The king said to him, “How many times shall I adjure you that you speak to me nothing but the truth in the name of Yahweh?”
16तब मीकायाले भने, “मैले इस्राएलका सबै मानिसहरूलाई पर्वतहरूमा छरिएका देखें। तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै थिए। परमप्रभुले भन्नुभयो, ‘तिनीहरूका कुनै अगुवा छैन। प्रत्येक व्यक्तिलाई सकुशल घर फर्किन देऊ।”‘
16He said, “I saw all Israel scattered on the mountains, as sheep that have no shepherd. Yahweh said, ‘These have no master. Let them return every man to his house in peace.’”
17आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संन्देश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संन्देश मात्र हुन्छ।”
17The king of Israel said to Jehoshaphat, “Didn’t I tell you that he would not prophesy good concerning me, but evil?”
18मीकायाले भने, “परमप्रभुको संन्देश सुन्नुहोस्ः मैले परमप्रभुलाई उहाँको सिंहासनमा बस्नु भएको देखें। स्वर्गका सम्पूर्ण सेनाहरू उहाँका वरिपरि उभिएका थिए, कोही उहाँका देब्रेतिर कोही उहाँको दाहिनेतिर।
18Micaiah said, “Therefore hear the word of Yahweh: I saw Yahweh sitting on his throne, and all the army of heaven standing on his right hand and on his left.
19परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न भिन्न कुराहरू भने।
19Yahweh said, ‘Who shall entice Ahab king of Israel, that he may go up and fall at Ramoth Gilead?’ One spoke saying in this way, and another saying in that way.
20तब एउटा आत्मा आए अनि परमप्रभुको सामुन्ने अभिए। त्यो आत्माले भने, ‘आहाबलाई म छल गर्ने छु।’ परमप्रभुले त्यो आत्मालाई सोध्नु भयो” कसरी?”
20A spirit came out, stood before Yahweh, and said, ‘I will entice him.’ “Yahweh said to him, ‘How?’
21त्यो आत्माले उत्तर दिए, ‘म बाहिर जान्छु अनि आहाबका अगमवक्ताहरूका मुखमा झूँठो बोल्ने आत्मा हुनेछु।’ अनि परमप्रभुले भन्नुभयो, ‘तँ आहाबलाई छल गर्नमा सफल हुनेछस्। यसर्थ बाहिर जा अनि यसै गर।’
21“He said, ‘I will go forth, and will be a lying spirit in the mouth of all his prophets.’ “He said, ‘You will entice him, and will prevail also. Go forth, and do so.’
22“अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूँठो बोल्ने आत्मा हालिदिनु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।”
22“Now therefore, behold, Yahweh has put a lying spirit in the mouth of these your prophets; and Yahweh has spoken evil concerning you.”
23त्यसपछि सिदकियाह मीकाया भएकहाँ गए अनि अनुहारमा हिर्काइदिए। सिदकियाहका पिताको नाउँ कनान थियो। सिदकियाहले भने, “मीकाया, परमप्रभुका आत्मा कुन बाटो गयो जब त्यो तँसित कुरागर्न म देखि गयो?”
23Then Zedekiah the son of Chenaanah came near, and struck Micaiah on the cheek, and said, “Which way did the Spirit of Yahweh go from me to speak to you?”
24मीकायाले उत्तर दिए, “सिदकियाह तिमी भित्रको एक कोठामा लुक्न गएको दिन तिमीले थाहा पाउनेछौ।”
24Micaiah said, “Behold, you shall see on that day, when you shall go into an inner room to hide yourself.”
25तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ।
25The king of Israel said, “Take Micaiah, and carry him back to Amon the governor of the city, and to Joash the king’s son;
26आमोन अनि योआशलाई भन, ‘राजा यो भन्नुहुन्छः मीकायालाई कैदखानामा हालिदेऊ। उसलाई केही नदेऊ खाली एउटा कैदीहरूलाई दिने रोटी र पानी बाहेक जबसम्म म युद्धबाट सुरक्षा सित फर्केर आउँदिन।”‘
26and say, ‘Thus says the king, “Put this fellow in the prison, and feed him with bread of affliction and with water of affliction, until I return in peace.”’”
27मीकायाले उत्तर दिए, “आहाब, यदि तपाईं युद्धबाट सुरक्षा सित फर्किएर आउनु भयो भने तब परमप्रभु म द्वारा बोल्नु भएको होइन।” उनले भने सबै तिमी मानिसहरु पनि मेरो कुरा सुन।
27Micaiah said, “If you return at all in peace, Yahweh has not spoken by me.” He said, “Listen, you peoples, all of you!”
28यसर्थ इस्राएलका राजा आहाब अनि यहूदाका राजा यहोशापातले रामोत-गिलाद शहर माथि आक्रमण गरे।
28So the king of Israel and Jehoshaphat the king of Judah went up to Ramoth Gilead.
29राजा आहाबले यहोशापातलाई भने, “म लडाइँमा जानुको अघि आफ्नो रूप परिवर्त्तन गर्छु। तर तपाईं तपाईंको आफ्नै राज बस्त्र लगाउनु होस्।” यसर्थ आहाब इस्राएलका राजाले आफ्नो रूप परिवर्त्तन गरे अनि दुइ राजाहरू युद्धमा गए।
29The king of Israel said to Jehoshaphat, “I will disguise myself, and go into the battle; but you put on your robes.” So the king of Israel disguised himself; and they went into the battle.
30अरामका राजाले आफ्ना रथका सेनापतिहरूलाई आदेशदिए। तिनले तिनीहरूलाई भने, “कुनै व्यक्ति सित नलड चाहे जतिकै महान वा तुच्छ होस्। तर आहाब, इस्राएलका राजासित मात्र युद्ध गर।”
30Now the king of Syria had commanded the captains of his chariots, saying, “Fight neither with small nor great, except only with the king of Israel.”
31जब रथका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले ठाने, “त्यहाँ इस्राएलका राजा आहाब छन्।” तिनलाई आक्रमण गर्न तिनीहरू यहोशापात तिर फर्के। तर यहोशापात कराए अनि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। परमेश्वरले रथका सेनापतिहरूलाई यहोशापात देखि टाढा हुन दिनु भयो।
31It happened, when the captains of the chariots saw Jehoshaphat, that they said, “It is the king of Israel!” Therefore they turned around to fight against him. But Jehoshaphat cried out, and Yahweh helped him; and God moved them to depart from him.
32जब तिनीहरूले देखे कि यहोशापात इस्राएलका राजा होइनन् तब तिनीहरूले तिनलाई खेद्न छाडे।
32It happened, when the captains of the chariots saw that it was not the king of Israel, that they turned back from pursuing him.
33तर एक सैनिकले केही कुरामा लक्ष्य नगरी आफ्ना धनुबाट एक काँढ हाने। त्यो काँढले आहाब, इस्राएलका राजालाई लाग्यो। त्यसले आहाबको कवचको खुल्ला भागमा लाग्यो। आहाबले आफ्ना रथका साराथिलाई भने, “घुम, अनि मलाई युद्धबाट बाहिर लैजाऊ। मलाई चोट लाग्यो।”
33A certain man drew his bow at random, and struck the king of Israel between the joints of the armor. Therefore he said to the driver of the chariot, “Turn your hand, and carry me out of the army; for I am severely wounded.”
34त्यस दिन अत्यन्त भिषण युद्ध भयो। आहाब आफै उसको रथमा उभिए अनि साँझसम्म अरामीहरूको सामना गरिरहे। तब सूर्यास्त हुँदा, आहाबको मृत्यु भयो।
34The battle increased that day. However the king of Israel propped himself up in his chariot against the Syrians until the evening; and about the time of the going down of the sun, he died.