Nepali

World English Bible

2 Chronicles

19

1यहूदाका राजा यहोशापात कुशलै आफ्ना घर यरूशलेममा फर्कि आए।
1Jehoshaphat the king of Judah returned to his house in peace to Jerusalem.
2दर्शी येहू यहोशापातलाई भेट्न आए। येहूका पिताको नाउँ हनानी थियो। येहूले राजा यहोशापातलाई भने, “किन तपाईंले नराम्रा मानिसहरूलाई सहायता गर्नु भयो? किन तपाईंले ती मानिसहरूलाई प्रेम गर्नु हुन्छ जो परमप्रभुलाई घृणा गर्छन्? परमप्रभु तपाईं सित क्रोधित हुनु भएको कारण त्यही हो।
2Jehu the son of Hanani the seer went out to meet him, and said to king Jehoshaphat, “Should you help the wicked, and love those who hate Yahweh? Because of this, wrath is on you from before Yahweh.
3तर तपाईंको जीवनमा केही असल कुराहरू छन्। तपाईंले अशेरा-स्तम्भहरू यो देशबाट हटाउनु भयो, अनि तपाईंले तपाईंको हृदयबाट परमेश्वरको अनुसरण गर्ने निश्चय गर्नु भयो।”
3Nevertheless there are good things found in you, in that you have put away the Asheroth out of the land, and have set your heart to seek God.”
4यहोशापात यरूशलेममा बस्थे। उनी मानिसहरूसित रहन बेर्शेबा शहर देखि लिएर एप्रैमको पहाडी देशसम्म गए। यहोशापातले तिनीहरूलाई तिनीहरूका पिता-पुर्खाहरूले अनुसरण गरेका परमप्रभु परमेश्वर तर्फ फर्काएर ल्याए।
4Jehoshaphat lived at Jerusalem: and he went out again among the people from Beersheba to the hill country of Ephraim, and brought them back to Yahweh, the God of their fathers.
5यहोशापातले यहूदामा न्यायकर्ताहरू चुने। तिनले न्यायकर्ताहरू यहूदाका प्रत्येक किल्लामा रहनका निम्ति चुने।
5He set judges in the land throughout all the fortified cities of Judah, city by city,
6योशापातले ती न्यायकर्त्ताहरूलाई भने, “तपाईंहरू जे गर्नुहुन्छ त्यसमा होशियार हुनुहोस्, किनभने तपाईंहरूले मानिसहरूका निम्ति न्याय गरिरहनु भएको होईन तर परमप्रभुको निम्ति न्याय गर्नु हुँदैछ। परमप्रभु तपाईंहरूसित हुनुहुन्छ जब तपाईंले केही निर्णय गर्नुहुन्छ।
6and said to the judges, “Consider what you do: for you don’t judge for man, but for Yahweh; and he is with you in the judgment.
7अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्न। अनि उहाँ आफ्ना निर्णय बद्ली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्न।”
7Now therefore let the fear of Yahweh be on you. Take heed and do it: for there is no iniquity with Yahweh our God, nor respect of persons, nor taking of bribes.”
8अनि यरूशलेममा, यहोशापातले केही लेवीहरू, पूजाहारीहरू अनि इस्राएली परिवारहरूका अगुवाहरूलाई न्यायकर्ता हुन चुने। मानिसहरूले यरूशलेममा बस्ने मानिसहरूका समस्याहरू समाधान गर्नका निम्ति परमप्रभुको नियम प्रयोग गर्नु पर्ने थियो। तब तिनीहरू यरूशलेममा फर्केर आए।
8Moreover in Jerusalem Jehoshaphat appointed Levites and priests, and of the heads of the fathers’ households of Israel, for the judgment of Yahweh, and for controversies. They returned to Jerusalem.
9यहोशापातले तिनीहरूलाई आदेश दिए। यहोशापातले भने, “तपाईंहरूले सम्पूर्णहृदयले विश्वसनीय रूपले सेवा गर्नु पर्छ। तपाईंहरू परमप्रभुसित डराउनु पर्छ।
9He commanded them, saying, “Thus you shall do in the fear of Yahweh, faithfully, and with a perfect heart.
10तपाईंहरूले हत्या, नियम, आदेश, विधि वा केही अन्य नियमको बारेमा मुद्दा पाउनु हुनेछ। यी सबै मुद्दाहरू तपाईंहरूका शहरहरू तिर बस्ने तपाईंका भाइहरूबाट आउने छन्। तिमीहरूले मानिसहरूलाई चेताउनी दिनु पर्छ। तिम्रा सबै मुद्दाहरूको शिक्षाहरू पालन गर्नु पर्छ। नत्रभने तिनीहरू परमेश्वरको सामुन्ने दोषी हुनेछन्। यदि तिमीहरूले विश्वासयोग्य भएर सेवा गर्दैनौ भने परमप्रभु तिमीहरू अनि तिमीहरूको दाज्यू-भाईहरूसित क्रोधित हुनुहुनेछ। यस्तो गर्नुहोस् तब तपाईंहरू दोषी हुनुहुने छैन।
10Whenever any controversy shall come to you from your brothers who dwell in their cities, between blood and blood, between law and commandment, statutes and ordinances, you shall warn them, that they not be guilty towards Yahweh, and so wrath come on you and on your brothers. Do this, and you shall not be guilty.
11अमर्याह मुख्य पूजाहारी हुन्। तिनी परमप्रभु सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। अनि जबदियाह राजा सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। जबदियाहका पिताको नाउँ इश्माएल हो। जबदियाह यहूदा कुल समूहका एक प्रमुख हुन्। लेवीहरूले पनि तपाईंहरूको निम्ति लेखापालको रूपमा सेवा गर्ने छन्। तपाईंहरूले गर्ने सबै काममा साहस गर्नु होस्। परमप्रभु तिनीहरूसाथ रहून् जसले त्यही गर्छ जे उचितछ।”
11Behold, Amariah the chief priest is over you in all matters of Yahweh; and Zebadiah the son of Ishmael, the ruler of the house of Judah, in all the king’s matters: also the Levites shall be officers before you. Deal courageously, and may Yahweh be with the good.”