Nepali

World English Bible

2 Kings

13

1येहूका छोरा योआहाज सामरियामा इस्राएलका राजा भए। यहूदामा अहज्याहका छोरा योआश राजा भएको 23 औं वर्ष थियो। योआहाजले 17 वर्ष शासन गरे।
1In the three and twentieth year of Joash the son of Ahaziah, king of Judah, Jehoahaz the son of Jehu began to reign over Israel in Samaria for seventeen years.
2योआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। योआहाजले नबातका यरोबामले पाप कार्य नै गरे जसले गर्दा इस्राएलमा पाप सृष्टि भयो। योआहाज ती कामहरू गर्न बन्द गरेनन्।
2He did that which was evil in the sight of Yahweh, and followed the sins of Jeroboam the son of Nebat, with which he made Israel to sin; he didn’t depart from it.
3तब परमप्रभु इस्राएलसित रिसाउनुभयो। परमप्रभुले इस्राएललाईलामो समय सम्मको निम्ति अरामका राजा छोरा हजाएल र हजाएलका छोरा बेनहददको अधीनमा दिनुभयो।
3The anger of Yahweh was kindled against Israel, and he delivered them into the hand of Hazael king of Syria, and into the hand of Benhadad the son of Hazael, continually.
4तब योआहाजले परमप्रभुसित मद्दतका लागि बिन्ती चढाए। अनि परमप्रभुले उनको कुरा सुन्नुभयो। परमप्रभुले इस्राएलको संकट अनि अरामका राजाले इस्राएलीमाथि गरेको कष्ट देख्नु भएको थियो।
4Jehoahaz begged Yahweh, and Yahweh listened to him; for he saw the oppression of Israel, how that the king of Syria oppressed them.
5यसकारण परमप्रभुले इस्राएललाई रक्षा गर्न एकजना मानिस पठाउनुभयो। इस्राएलीहरू अरामीहरूबाट मुक्त भए। यसकारण इस्राएलीहरू आ-आफ्नो घर गए जस्तो तिनीहरूले पहिले गरेका थिए।
5(Yahweh gave Israel a savior, so that they went out from under the hand of the Syrians; and the children of Israel lived in their tents as before.
6तर इस्राएलीहरूले अझै पनि यारोबामको परिवारले गरेको पाप कर्म बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप फिंजियो। इस्राएलीहरूले यारोबामले गरेको पाप गरिनै राखे। तिनीहरूले अशेराको खाँबोलाई सामरियामा राख्ने काम गरे।
6Nevertheless they didn’t depart from the sins of the house of Jeroboam, with which he made Israel to sin, but walked therein: and there remained the Asherah also in Samaria.)
7अरामका राजाले योआहाजको सेनालाई परास्त गरे। अरामका राजाले सेनाका धेरै मानिसहरू मारे। उनले मात्र 50 वटा घोडा सैनिकहरू, 10 वटा रथहरू अनि 10,000 पैदल सैनिकहरू छोडि दिए। योआहाजका सैनिकहरू दाँई गर्दा हावाले उडाएको भुस जस्तै भए।
7For he didn’t leave to Jehoahaz of the people any more than fifty horsemen, and ten chariots, and ten thousand footmen; for the king of Syria destroyed them, and made them like the dust in threshing.
8सबै महान कामहरू जो योआहाजले गरेका थिए इस्राएलका राजाहरूको इतिहासको” पुस्तकमा लेखिएको छ।
8Now the rest of the acts of Jehoahaz, and all that he did, and his might, aren’t they written in the book of the chronicles of the kings of Israel?
9योआहाज मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। मानिसहरूले योआहाजलाई सामरियामा गाडे। योआहाजका छोरा योआश उनीपछि नयाँ राजा भए।
9Jehoahaz slept with his fathers; and they buried him in Samaria: and Joash his son reigned in his place.
10योआहाजका छोरा योआश सामरियामा इस्राएलका राजा भए। यो यहूदाका राजा योआशको सैंतीसौं वर्ष शासन गरेको समय थियो। योआशले इस्राएलमा सोह्र वर्ष शासन गरे।
10In the thirty-seventh year of Joash king of Judah, Jehoash the son of Jehoahaz began to reign over Israel in Samaria for sixteen years.
11इस्राएलका राजा योआशले ती कार्यहरू नै गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो।
11He did that which was evil in the sight of Yahweh; he didn’t depart from all the sins of Jeroboam the son of Nebat, with which he made Israel to sin; but he walked therein.
12सबै महान कामहरू जो योआशले गरेका थिए अनि उनको यहूदाका राजा अमस्याहले गरेको युद्धको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तक लेखिएको छ।
12Now the rest of the acts of Joash, and all that he did, and his might with which he fought against Amaziah king of Judah, aren’t they written in the book of the chronicles of the kings of Israel?
13योआश मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। यारोबाम नयाँ राजा भए अनि योआशको सिंहासनमा बसे। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो।
13Joash slept with his fathers; and Jeroboam sat on his throne: and Joash was buried in Samaria with the kings of Israel.
14एलीशा बिरामी भए। पछि एलीशा त्यसै बिरामीले गर्दा नै मरे। इस्राएलका राजा येहोआश एलीशालाई भेट्न गए। योआश एलीशाका निम्ति रोए। योआशले भने, “हे मेरा पिता, हे मेरा पिता, रथहरू अनि इस्राएलका घोडसवाहरू?”
14Now Elisha was fallen sick of his sickness of which he died: and Joash the king of Israel came down to him, and wept over him, and said, “My father, my father, the chariots of Israel and its horsemen!”
15एलीशाले योआशलाई भने, “एउटा धनुष र केही वाणहरू लेऊ।” योआशले एउटा धनुष अनि केही तीरहरू लिए।
15Elisha said to him, “Take bow and arrows”; and he took to him bow and arrows.
16तब एलीशाले इस्राएलका राजालाई भने, “धनु तान्नु होस्।” योआसले धनु ताने तब एलीशाले उसको हात राजाको हातमाथि राखे।
16He said to the king of Israel, “Put your hand on the bow”; and he put his hand on it. Elisha laid his hands on the king’s hands.
17एलीशाले भने, “पूर्वको झ्याल खोल।” योआशले झ्याल खोले। तब एलियाले भने, “चलाउनु होस्!” योआशले चलाए। तब एलीशाले भने, “त्यो परमप्रभुको जीतको वाण हो! अराममाथि जीतको वाण हो। तिमीले अरामीहरूलाई अपेकमा पराजित गर्नेछौ अनि तिनीहरूलाई नष्ट पार्नेछौ।”
17He said, “Open the window eastward”; and he opened it. Then Elisha said, “Shoot!” and he shot. He said, “Yahweh’s arrow of victory, even the arrow of victory over Syria; for you shall strike the Syrians in Aphek, until you have consumed them.”
18एलीशाले भने, “वाणहरू लेऊ।” योआशले वाणहरू लिए। तब एलीशाले इस्राएलका राजालाई भने, “भूमिमा प्रहार गर।” योआश भूमिमा तीन पटक प्रहार गरे। त्यसपछि उनले बन्द गरे।
18He said, “Take the arrows”; and he took them. He said to the king of Israel, “Strike the ground”; and he struck three times, and stopped.
19परमेश्वरको जन योआशसित रिसाए। उनले भने, “तिमीले पाँच छ पटक प्रहार गर्नु पर्ने थियो। तब तिमी अरामलाई नष्ट नपारूञ्जेल जित्नसक्ने थियौ। तर अब, तिमीले अरामलाई तीन पटकमात्र जित्ने छौ।”
19The man of God was angry with him, and said, “You should have struck five or six times. Then you would have struck Syria until you had consumed it, whereas now you shall strike Syria just three times.”
20एलीशा मरे र मानिसहरूले उनलाई गाडे। एक पटक वसन्तमा मोआबी सैनिकहरूको एउटा दल इस्राएललाई आक्रमण गर्न आयो।
20Elisha died, and they buried him. Now the bands of the Moabites invaded the land at the coming in of the year.
21केही इस्राएलीहरू एक जना मरेको मानिसलाई गाड्दै थिए अनि तिनीहरूले सैनिकहरूको त्यस दललाई देखे। इस्राएलीहरूले हतार-हतार एलीशाको चिहानमा लाश फ्याँके अनि भागे। तर मरेको मानिस एलीशाको हड्डी छुने बित्तिकै जिउँदो भयो र आफ्नो खुट्टामा उभियो।
21It happened, as they were burying a man, that behold, they spied a band; and they cast the man into the tomb of Elisha: and as soon as the man touched the bones of Elisha, he revived, and stood up on his feet.
22योआहाजले शासन गरेको समयमा अरामका राजा हजाएलले इस्राएलमाथि संकट सृष्टि गरे।
22Hazael king of Syria oppressed Israel all the days of Jehoahaz.
23तर परमप्रभु इस्राएलीहरू प्रति दयालु हुनुहुन्थ्यो। परमप्रभुले दया अनि कृपा इस्राएलीहरूलाई देखाउनु भयो। अब्राहाम इसहाक र याकूबसितको आफ्नो करारको कारण परमप्रभुले इस्राएलीहरूलाई अझसम्म नष्ट अथवा टाढा फ्याँकन चाहादैनन् थिए।
23But Yahweh was gracious to them, and had compassion on them, and had respect to them, because of his covenant with Abraham, Isaac, and Jacob, and would not destroy them, neither cast he them from his presence as yet.
24हजाएल, आरमका राजा मरे र ऊ पछि उनका छोरा बेन-हदद राजा भए।
24Hazael king of Syria died; and Benhadad his son reigned in his place.
25मर्न अघि हजाएलले योआशका पिता योआहाजबाट युद्धमा केही शहर लिएका थिए। तर अहिले योआश योआशले ती शहरहरू हजाएलका छोरा बेनहददबाट लिए। योआशले बेन-हददलाई तीन पटक परास्त गरे अनि इस्राएलका शहरहरू फिर्ता लिए।
25Jehoash the son of Jehoahaz took again out of the hand of Benhadad the son of Hazael the cities which he had taken out of the hand of Jehoahaz his father by war. Joash struck him three times, and recovered the cities of Israel.