1यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहजाका छोरा योआशको शासनकालको दोस्रो वर्ष राजा भए।
1In the second year of Joash son of Joahaz king of Israel began Amaziah the son of Joash king of Judah to reign.
2जब उनले शासन गर्न शुरू गर्दा अमस्याह पच्चीस वर्षका थिए। अमस्याहले यरूशलेममा उनन्तीस वर्ष शासन गरे। अमस्याहकी आमा यहोअदीन यरूशलेमकी थिइन्।
2He was twenty-five years old when he began to reign; and he reigned twenty-nine years in Jerusalem: and his mother’s name was Jehoaddin of Jerusalem.
3अमस्याहले ती कामहरू गरे जो परमप्रभुले सही भन्नुभएको थियो, तर उनले आफ्ना पुर्खा दाऊदले जस्तै सम्पूर्ण रूपले परमेश्वरको अनुसरण गरेनन्। अमस्याहले ती सबै कामहरू गरे जो उनका पिता योआशले गरेका थिए।
3He did that which was right in the eyes of Yahweh, yet not like David his father: he did according to all that Joash his father had done.
4उनले अग्लो ठाउँहरू नष्ट पारेनन्। मानिसहरू अझै ती पूजा स्थलहरूमा बलिहरू र धूपबलि जलाउने गर्दथे।
4However the high places were not taken away: the people still sacrificed and burnt incense in the high places.
5जुन समयमा अमस्याहले राज्यलाई कडा नियन्त्रणमा राखेका थिए, उनले अधिकारीहरूलाई मारे जसले उनका पितालाई मारेका थिए।
5It happened, as soon as the kingdom was established in his hand, that he killed his servants who had slain the king his father:
6तर उसले हत्याराहरूका नानीहरूलाई मारेनन् किनभने मोशाको नियमहरू व्यवस्था पुस्तकमा लेखिएका थिए। परमप्रभुले मोशाको व्यवस्थामा यस्तो आदेश दिनुभएको थियो, “माता-पिताहरूलाई उनका नानीहरूले केही गरेकोमा मार्नु हुँदैन। अनि नानिहरूलाई उनका माता-पिताहरूले केही गरेकोमा मार्नु हुँदैन। एक जना मानिसहरूलाई उसले गरेको भूल काम वापत नै मात्र मार्नु पर्छ।”
6but the children of the murderers he didn’t put to death; according to that which is written in the book of the law of Moses, as Yahweh commanded, saying, “The fathers shall not be put to death for the children, nor the children be put to death for the fathers; but every man shall die for his own sin.”
7अमस्याहले नूनको बेंसीमा 10,000 एदोमीहरूलाई मारेर। युद्धमा अमस्याहरूले सेनालाई जिते अनि त्यस ठाउको नाउँ “योक्तेल” राखे। त्यो ठाउँ आजसम्म “योक्तेल” भनिन्छ।
7He killed of Edom in the Valley of Salt ten thousand, and took Sela by war, and called its name Joktheel, to this day.
8अमस्याहले इस्राएलका राजा येहूका नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखामुख गर्यौ अनि युद्ध गर्यौ।”
8Then Amaziah sent messengers to Jehoash, the son of Jehoahaz son of Jehu, king of Israel, saying, “Come, let us look one another in the face.”
9इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहलाई उत्तर पठाए। योआशले भने, “लबानोनका एउटा काँडे झाडीले लबानोनकै देवदारू रूखले खबर पठायो। यसले भन्यो, ‘तिमीले आफ्नी छोरी मेरो छोरालाई बिवाह गर्न देऊ।’ तर लबानोनको एउटा जंगली जनावर त्यहाँ त्यतै तिरबाट गयो अनि काँडे झाडीलाई कुल्चि दियो।
9Jehoash the king of Israel sent to Amaziah king of Judah, saying, “The thistle that was in Lebanon sent to the cedar that was in Lebanon, saying, ‘Give your daughter to my son as wife. Then a wild animal that was in Lebanon passed by, and trampled down the thistle.
10साँचो हो, तिमीले एदोमलाई जितेका छौ। तर एदोमलाई जितेको कारणले गर्दा तिमी घमण्डी भएका छौ। तर घरमा नै बस र खुशी मनाऊ। आफ्नो लागि संकट सृष्टि नगर। यदि तिमी यस्तो गर्छौ, तिमी लड्ने छौ अनि तिमीसँगै यहूदाको पतन हुनेछ।”
10You have indeed struck Edom, and your heart has lifted you up. Enjoy the glory of it, and stay at home; for why should you meddle to your harm, that you should fall, even you, and Judah with you?’”
11तर अमस्याहले योआशको चेताउनी नसुने जस्तो गरे। यसकारण इस्राएलका राजा योआश यहूदाको वेतशेमेशमा यहूदाका राजा अमस्याहको विरोधमा युद्ध गर्न हिंडे।
11But Amaziah would not listen. So Jehoash king of Israel went up; and he and Amaziah king of Judah looked one another in the face at Beth Shemesh, which belongs to Judah.
12इस्राएलले यहूदालाई परास्त गर्यो। यहूदा घरतिर भाग्यो।
12Judah was defeated by Israel; and they fled every man to his tent.
13बेतशेमेशमा, योआश, इस्राएलका राजाले अहज्याहका नाति र योआशका छोराले, यहूदाका राजा अमस्याहलाई बन्दी बनाए। योआशले 400 हातको यरूशलेमको भित्ता एप्रैमद्वारा देखि कुनाको द्वारसम्म भत्काए।
13Jehoash king of Israel took Amaziah king of Judah, the son of Jehoash the son of Ahaziah, at Beth Shemesh, and came to Jerusalem, and broke down the wall of Jerusalem from the gate of Ephraim to the corner gate, four hundred cubits.
14तब योआशले परमप्रभुको मन्दिर र राजाको महलको भन्डारबाट सबै सुन चाँदी र सबै भाँडा-कुँडाहरू लगे। योआशले मानिसहरूलाई बन्दीको रूपमा पनि लगे। तब योआश समारिया फर्के।
14He took all the gold and silver, and all the vessels that were found in the house of Yahweh, and in the treasures of the king’s house, the hostages also, and returned to Samaria.
15सबै महान कार्यहरू योआशले गरे जसमा उनले यहूदाका राजा अमस्याहको विरोधमा कसरी युद्ध गरे। ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
15Now the rest of the acts of Jehoash which he did, and his might, and how he fought with Amaziah king of Judah, aren’t they written in the book of the chronicles of the kings of Israel?
16योआश मरे अनि उनलाई पुर्खाहरू सँगै गाडियो। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो। योआशका छोरा यारोबाम उनीपछि नयाँ राजा भए।
16Jehoash slept with his fathers, and was buried in Samaria with the kings of Israel; and Jeroboam his son reigned in his place.
17यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहाजका छोरा योआशको मृत्युपछि 15 वर्ष बाँचे।
17Amaziah the son of Joash king of Judah lived after the death of Jehoash son of Jehoahaz king of Israel fifteen years.
18सबै कुराहरू जो अमस्याहले गरे ‘यहूदाका राजाहरूको इतिहासमा’ लेखिएको छ।
18Now the rest of the acts of Amaziah, aren’t they written in the book of the chronicles of the kings of Judah?
19मानिसहरूले येरूशलेममा अमस्याहको विरूद्धमा षड्यन्त्र बनाए। अमस्याह लाकीशतिर भागे। तर मानिसहरूले अमस्याहको पछि केही मानिसहरू लाकीशमा पठाए र तिनीलाई त्यहीं ठाउँमा मारे।
19They made a conspiracy against him in Jerusalem; and he fled to Lachish: but they sent after him to Lachish, and killed him there.
20मानिसहरूले अमस्याहको लाश घोडाहरूमा ल्याए। अमस्याहलाई दाऊदको शहरमा उनका पिता-पुर्खाहरूसँगै गाडे।
20They brought him on horses; and he was buried at Jerusalem with his fathers in the city of David.
21तब यहूदाका सबै मानिसरूले अजर्याहलाई नयाँ राजा बनाए अजर्याह 16 वर्षका थिए।
21All the people of Judah took Azariah, who was sixteen years old, and made him king in the place of his father Amaziah.
22यसकारण राजा अमस्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। तब अजर्याहले एलतलाई फेरि राजा बनाए अनि यसलाई यहूदामा फर्काइदिए।
22He built Elath, and restored it to Judah, after that the king slept with his fathers.
23इस्राएलका राजा योआशका छोरा यारोबामले यहूदाका राजा योआशका छोरा अमस्याहको शासनकालको पन्ध्रौं वर्षमा शासन शुरू गरे। यारोबामले 41 वर्ष शासन गरे।
23In the fifteenth year of Amaziah the son of Joash king of Judah, Jeroboam the son of Joash king of Israel began to reign in Samaria for forty-one years.
24यारोबामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यारोबामले नबातका छोरा यारोबामको पाप काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।
24He did that which was evil in the sight of Yahweh: he didn’t depart from all the sins of Jeroboam the son of Nebat, with which he made Israel to sin.
25यारोबामले इस्राएलको भूमि फिर्ता लिए जो लेबो हमात देखि अराबाको सागरसम्म फिंजिएको थियो। यो त्यसरी नै भयो जस्तो इस्राएलका परमप्रभुले उहाँको दास अमित्तैक छोरा अगमवक्ता योना, गात हेपेरबाटकाले भन्नुभएको थियो।
25He restored the border of Israel from the entrance of Hamath to the sea of the Arabah, according to the word of Yahweh, the God of Israel, which he spoke by his servant Jonah the son of Amittai, the prophet, who was of Gath Hepher.
26परमप्रभुले त्यो देख्नु भयो सबै इस्राएली, दास हुन वा स्वतन्त्र, संकटमा परेका थिए। इस्राएललाई मद्दत गर्न कोही मानिस थिएन।
26For Yahweh saw the affliction of Israel, that it was very bitter; for there was none shut up nor left at large, neither was there any helper for Israel.
27परमप्रभुले इस्राएलको नाउँ संसारबाट हटाउनेछु भन्नुभएको थिएन यसकारण परमप्रभुले योआशका छोरा यारोबामलाई इस्राएलका मानिस बचाउनमा प्रयोग गरे।
27Yahweh didn’t say that he would blot out the name of Israel from under the sky; but he saved them by the hand of Jeroboam the son of Joash.
28सबै महान कामहरू जो यारोबामले गरे, ‘इस्राएलका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएको छ। यसमा यारोबामले इस्राएलका लागि दमीशक र हमात जितेर फिर्ता लिएको कथा सामेल छ। यी शहरहरू यहूदाका थिए।
28Now the rest of the acts of Jeroboam, and all that he did, and his might, how he warred, and how he recovered Damascus, and Hamath, which had belonged to Judah, for Israel, aren’t they written in the book of the chronicles of the kings of Israel?
29यारोबाम मरे अनि उनलाई इस्राएलका उनका आफ्ना पुर्खाहरूसँगै गाडियो। यारोबामका छोरा जकर्याह उनीपछि नयाँ राजा भए।
29Jeroboam slept with his fathers, even with the kings of Israel; and Zechariah his son reigned in his place.