Nepali

World English Bible

2 Samuel

6

1दाऊदले इस्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ 30,000 मानिसहरू भेला भए।
1David again gathered together all the chosen men of Israel, thirty thousand.
2तब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुन्ने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा करूब परीका मूर्तीहरू बिराजमान छन्। अनि परमप्रभु चाहिं यी परीहरूका माझमा राजा झै बस्नु भएको छ।
2David arose, and went with all the people who were with him, from Baale Judah, to bring up from there the ark of God, which is called by the Name, even the name of Yahweh of Armies who sits above the cherubim.
3पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।
3They set the ark of God on a new cart, and brought it out of the house of Abinadab that was in the hill: and Uzzah and Ahio, the sons of Abinadab, drove the new cart.
4यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडामा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिंडेर गाडालाई मार्ग प्रदर्शन गरे।
4They brought it out of the house of Abinadab, which was in the hill, with the ark of God: and Ahio went before the ark.
5दाऊद अनि इस्राएलीहरू नाच्दै र संगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा संगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंकुबाट काठका बाजाहरू अनि झ्यालीहरू थिए।
5David and all the house of Israel played before Yahweh with all kinds of instruments made of fir wood, and with harps, and with stringed instruments, and with tambourines, and with castanets, and with cymbals.
6जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडा तान्ने ठेस् खाए। गाडामा पवित्र सन्दूक हुत्तिएर झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लडनदेखि रक्षा गरे।
6When they came to the threshing floor of Nacon, Uzzah reached for the ark of God, and took hold of it; for the cattle stumbled.
7तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्यो।
7The anger of Yahweh was kindled against Uzzah; and God struck him there for his error; and there he died by the ark of God.
8दाऊद साह्रै क्रोधित अनि खिन्न भए किनभने परमप्रभु द्वारा उज्जया मारिए। दाऊदले उक्त स्थानको नाउँ “पेरेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाउँ पेरेस उज्जा नै भनिन्छ।
8David was displeased, because Yahweh had broken forth on Uzzah; and he called that place Perez Uzzah, to this day.
9त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?”
9David was afraid of Yahweh that day; and he said, “How shall the ark of Yahweh come to me?”
10दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे।
10So David would not move the ark of Yahweh to be with him in the city of David; but David carried it aside into the house of Obed-Edom the Gittite.
11उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।
11The ark of Yahweh remained in the house of Obed-Edom the Gittite three months: and Yahweh blessed Obed-Edom, and all his house.
12पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारालाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए।
12It was told king David, saying, “Yahweh has blessed the house of Obed-Edom, and all that pertains to him, because of the ark of God.” David went and brought up the ark of God from the house of Obed-Edom into the city of David with joy.
13जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए।
13It was so, that, when those who bore the ark of Yahweh had gone six paces, he sacrificed an ox and a fattened calf.
14परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।
14David danced before Yahweh with all his might; and David was clothed in a linen ephod.
15दाऊद र सारा इस्राएलीहरू दंगदास थिए परमप्रभुको पवित्र सन्दूकलाई शहर भित्र्याउँदा तुरही बजाउँदै आनन्दको आवाज निकाले।
15So David and all the house of Israel brought up the ark of Yahweh with shouting, and with the sound of the trumpet.
16शाऊलकी छोरी मीकलले झ्यालबाट हेर्दैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै-उफ्रँदै गर्नथाले। मीकलले यो हेरिरहेकी थिई र दाऊदसँग रिसाईन्। तिनले सोचिनन् ऊ आफैंले आफैंलाई मूर्ख बनाउँदैछ।
16It was so, as the ark of Yahweh came into the city of David, that Michal the daughter of Saul looked out at the window, and saw king David leaping and dancing before Yahweh; and she despised him in her heart.
17दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।
17They brought in the ark of Yahweh, and set it in its place, in the midst of the tent that David had pitched for it; and David offered burnt offerings and peace offerings before Yahweh.
18होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए।
18When David had made an end of offering the burnt offering and the peace offerings, he blessed the people in the name of Yahweh of Armies.
19प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।
19He gave to all the people, even among the whole multitude of Israel, both to men and women, to everyone a portion of bread, dates, and raisins. So all the people departed everyone to his house.
20दाऊद आफ्नो घरमा आशीर्वाद दिन गए। तर शाऊलकी छोरी मीकल तिनलाई भेटून आइनन्। मीकलले भनिन्, “इस्राएलका राजाले आज आफैलाई सम्मान गरेनन्। आफ्नै नोकर्नीहरूका अघि तपाईंले आफ्नो लुगा खोल्नु भयो। तपाईं त्यही मूर्ख मध्येको एक हुनुभयो जसले नलजाई कपडाहरू खोल्छन्।”
20Then David returned to bless his household. Michal the daughter of Saul came out to meet David, and said, “How glorious the king of Israel was today, who uncovered himself today in the eyes of the handmaids of his servants, as one of the vain fellows shamelessly uncovers himself!”
21तब दाऊदले मीकललाई भने, “परमप्रभु आफैले मलाई चुन्नु भयो। न त तिम्रा बाबु न उनका परिवारबाट कसैले परमप्रभुले मलाई इस्राएल अनि उहाँका मानिसहरूमाथि शासन गर्न चुन्नु भयो। त्यसै कारण म अझ पनि परमप्रभुको अघि नाचिरहनेछु।
21David said to Michal, “It was before Yahweh, who chose me above your father, and above all his house, to appoint me prince over the people of Yahweh, over Israel. Therefore will I celebrate before Yahweh.
22म यी कुराहरू गर्नेछु त्यसले सबैलाई धेरै छक्क पार्नेछ। तिमीले मलाई सम्मान गर्ने छैनौ, तर स्त्रीहरू जसको विषयमा तिमी बात गरिरहेकाछौ। मेरो गर्व हुनेछ।”
22I will be yet more vile than this, and will be base in my own sight. But of the handmaids of whom you have spoken, they shall honor me.”
23शाऊलकी छोरी मीकलको एउटा पनि नानी भएन। तिनी नानी नजन्माई मरीन्।
23Michal the daughter of Saul had no child to the day of her death.