Nepali

World English Bible

2 Samuel

7

1राजा दाऊद आफ्नो नयाँ घरमा सरेपछि, परमप्रभुले उसलाई इस्राएल वरिपरिका सबै देशका शत्रुहरूबाट शान्ति दिनु भयो।
1It happened, when the king lived in his house, and Yahweh had given him rest from all his enemies all around,
2राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालमा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।”
2that the king said to Nathan the prophet, “See now, I dwell in a house of cedar, but the ark of God dwells within curtains.”
3नातानले राजा दाऊदलाई भने, “तपाईंलाई जे राम्रो लाग्छ त्यही गर्नुहोस्। परमप्रभु नै तपाईंसित हुनुहुन्छ।”
3Nathan said to the king, “Go, do all that is in your heart; for Yahweh is with you.”
4तर त्यही रात परमप्रभुको आदेश नातानलाई आउँछ। परमप्रभु भन्नुहुन्छ,
4It happened the same night, that the word of Yahweh came to Nathan, saying,
5“मेरो सेवक दाऊद कहाँ गएर भनिदेऊ, ‘परमप्रभु के भन्नु हुन्छ भने, मलाई बस्नेघर बनाउने तिमी होइनौ।
5“Go and tell my servant David, ‘Thus says Yahweh, “Shall you build me a house for me to dwell in?
6इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउँदा म कहिले पनि घरमा बसिन। म सधैं पालमै थिएँ। पाल नै मेरो घर थियो।
6For I have not lived in a house since the day that I brought up the children of Israel out of Egypt, even to this day, but have moved around in a tent and in a tabernacle.
7मैले इस्राएलका परिवार समूहलाई देवदारको सुन्दर घर बनाइदेओ भनेर कहिले पनि भनिन। म तिनीलाई यस्तो वचन दिन्छु कि तिम्रा वंश नै राजाहरू हुनेछन्।’
7In all places in which I have walked with all the children of Israel, did I say a word to any of the tribes of Israel, whom I commanded to be shepherd of my people Israel, saying, ‘Why have you not built me a house of cedar?’”’
8“मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः ‘मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो।
8Now therefore you shall tell my servant David this, ‘Thus says Yahweh of Armies, “I took you from the sheep pen, from following the sheep, that you should be prince over my people, over Israel.
9तिमी जहाँ जहाँ गयौ म तिमीसितै थिएँ। मैले तिम्री शत्रुहरूलाई परास्त गरें। मैले तिमीलाई पृथ्वीमा एउटा महत्वपूर्ण व्यक्ति बनाएकोछु।
9I have been with you wherever you went, and have cut off all your enemies from before you. I will make you a great name, like the name of the great ones who are in the earth.
10[This verse may not be a part of this translation]
10I will appoint a place for my people Israel, and will plant them, that they may dwell in their own place, and be moved no more; neither shall the children of wickedness afflict them any more, as at the first,
11[This verse may not be a part of this translation]
11and as from the day that I commanded judges to be over my people Israel. I will cause you to rest from all your enemies. Moreover Yahweh tells you that Yahweh will make you a house.
12“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।
12When your days are fulfilled, and you shall sleep with your fathers, I will set up your seed after you, who shall proceed out of your bowels, and I will establish his kingdom.
13उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु।
13He shall build a house for my name, and I will establish the throne of his kingdom forever.
14म उसको पिता हुनेछु र उ मेरो छोरा हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्।
14I will be his father, and he shall be my son. If he commits iniquity, I will chasten him with the rod of men, and with the stripes of the children of men;
15तर म उसलाई प्रेम गर्न छोडदिनँ। मेरो कृपा दृष्टि उ माथि रहन्छ। मेरो माया र दया शाऊलबाट हटू्यौ। मैले तिमीलाई काखी च्याप्दा शाऊललाई टाढा बनाएँ। म तिम्रा परिवारलाई चाहि यसो गर्दिन।
15but my loving kindness shall not depart from him, as I took it from Saul, whom I put away before you.
16तिम्रो वंश राजकीय वंशहुनेछ तिमी त्यसमाथि निर्भर हुन सक्छौ। त्यहाँ तिम्रो राज्य तिम्रो निम्ति सदा-सर्वदा रहनेछ। तिम्रो सिंहासन (राज्य) सदा-सर्वदा खडा रहनेछ।”
16Your house and your kingdom shall be made sure forever before you. Your throne shall be established forever.”’”
17नातानले दर्शनको विषयमा दाऊदलाई भने। उसले परमेश्वरका वचनको विषयमा प्रत्येक कुराहरू दाऊदलाई बताए।
17According to all these words, and according to all this vision, so Nathan spoke to David.
18तब राजा दाऊद परमप्रभुको सामुने बसे। दाऊदले भने, “हे परमप्रभु तपाईंले मेरो परिवालाई हामीले चाहेको भन्दा महत्वपूर्ण बनाउनु भएको निम्ति तपाईंलाई धन्यवाद दिन्छु।” तपाईंले किन हामीलाई यस्तो उच्चा स्थान दिनुभयो?
18Then David the king went in, and sat before Yahweh; and he said, “Who am I, Lord Yahweh, and what is my house, that you have brought me thus far?
19म एउटा सेवक भन्दा केहि होइन। तपाईं म प्रति यति दयालु बन्नु भयो। तर तपाईंले यस्तै कृपा मेरा सन्तानहरूलाई पनि गर्नेछु भन्नुभयो। हे सर्वोच्च परमप्रभु, के यो तपाईंको मानिसहरूसित बार्तालाप गर्ने सामान्य तरिका हो?
19This was yet a small thing in your eyes, Lord Yahweh; but you have spoken also of your servant’s house for a great while to come; and this after the way of men, Lord Yahweh!
20“मेरा मालिक, तपाईंलाई थाहै छ म सेवक बाहेक केहि होइन।
20What more can David say to you? For you know your servant, Lord Yahweh.
21तपाईंले यो महान काम गर्नु हुनेछ किनभने तपाईंले त्यो गर्छु भन्नु भएको छ, अनि तपाईंले यो तपाईंको इच्छा अनुसार गर्नु हुनेछ। तपाईं चाहनुहुन्छ मैले यी सबै कुराहरू जान्न सकौ।
21For your word’s sake, and according to your own heart, you have worked all this greatness, to make your servant know it.
22परमप्रभु मेरो मालिक यही कारणले तपाईं महान् हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सब तपाईंले गर्नु भएका कार्यहरू सुन्यौ।
22Therefore you are great, Yahweh God. For there is none like you, neither is there any God besides you, according to all that we have heard with our ears.
23“तपाईंका मानिसहरू जस्ता इस्राएल र त्यहाँ पृथ्वीमाथि अर्को जाति छैन। तिनीहरू विशेष मानसिहरू हुन्। तिनीहरू दास दासी थिए। तर तपाईंले मिश्रबाट बाहिर ल्याएर स्वतन्त्र बनाइदिनु भयो। तिनीहरूलाई तपाईंका मानिस बनाउनको निम्ति अनि तपाईंको आफ्नै नाउँ बनाउनका निम्ति। आफ्ना मानिसहरू अनि भूमिको खातिर तपाईंले महान भए योग्य कार्यहरू गर्नु भयो।
23What one nation in the earth is like your people, even like Israel, whom God went to redeem to himself for a people, and to make himself a name, and to do great things for you, and awesome things for your land, before your people, whom you redeem to yourself out of Egypt, from the nations and their gods?
24तपाईंले इस्राएलका मानिसहरूलाई सधैंको निम्ति आफ्नो बनाउनु भयो। अनि परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभयो।
24You established for yourself your people Israel to be a people to you forever; and you, Yahweh, became their God.
25“अहिले, परमप्रभु परमेश्वर, तपाईंले मेरो निम्ति केही गरिदिने वचन दिंदैहुनुहुन्छ, तपाईंको सेवकलाई र मेरा परिवारका सन्तानलाई। यसबेला दया गरी आफ्नो वचनलाई पूरा गर्दै मेरा परिवारलाई राजवंश बनाइदिनुहोस्।
25Now, Yahweh God, the word that you have spoken concerning your servant, and concerning his house, confirm it forever, and do as you have spoken.
26तब तपाईंको नाउँ सदा-सर्वदा सम्मानित हुनेछ। मानिसहरूले भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु परमेश्वरले इस्राएललाई शासन गर्नुहुन्छ। अनि यस्तो होस् कि दाऊद परिवार तपाईंको सामुन्ने स्थापित होस्।’
26Let your name be magnified forever, saying, ‘Yahweh of Armies is God over Israel; and the house of your servant David shall be established before you.’
27“तपाईं सर्वशक्तिमान्, इस्राएलका परमेश्वर, मलाई धेरै कुरा देखाउनु भयो। तपाईंले भन्नु भयो, ‘तेरो परिवारलाई महान बनाइदिन्छु।’ यसैले गर्दा म, तपाईंको सेवक, यस्तो प्रार्थना गर्ने विचार लिएँ।
27For you, Yahweh of Armies, the God of Israel, have revealed to your servant, saying, ‘I will build you a house.’ Therefore your servant has found in his heart to pray this prayer to you.
28परमप्रभु मेरा मालिक, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंले भन्नु भएका कुराहरूमा म सत्य मान्न सक्छु। अनि तपाईंले भन्नु भयो यी असल कुराहरू मसँग घटूने छन्।
28“Now, O Lord Yahweh, you are God, and your words are truth, and you have promised this good thing to your servant.
29मेरा परिवारलाई आशीर्वाद दिनुहोस्। तिनीहरूलाई सधैं तपाईंको सामुन्ने उभिएर सेवा गर्न दिनुहोस्। परमप्रभु मेरा मालिक, तपाईं आफैले यसो भन्नु भएको थियो। तपाईं आफैले मेरा परिवारलाई सधैं भरिको निम्ति आशीर्वाद दिनुभयो।”
29Now therefore let it please you to bless the house of your servant, that it may continue forever before you; for you, Lord Yahweh, have spoken it. Let the house of your servant be blessed forever with your blessing.”