1321”हे आकाश! सुन, म बोल्नेछु, हे पृथ्वी! मेरो मुखको वचनहरू सुन।
1Give ear, you heavens, and I will speak. Let the earth hear the words of my mouth.
2मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूइँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।
2My doctrine shall drop as the rain. My speech shall condense as the dew, as the small rain on the tender grass, as the showers on the herb.
3किनभने म परमप्रभुको नाउँ घोषणा गर्छ, हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।
3For I will proclaim the name of Yahweh. Ascribe greatness to our God!
4“उहाँ चट्टान हुनुहुन्छ कारण उहाँका बाटाहरू सही छन्, परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ। उहाँ असल र इमानदार हुनुहुन्छ।
4The Rock, his work is perfect, for all his ways are justice: a God of faithfulness and without iniquity, just and right is he.
5अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ, तिमीहरूको पापले उहाँलाई धमिल्याउनेछ, कारण तिमीहरू धूर्त झूटा छौ।
5They have dealt corruptly with him. They are not his children, because of their defect. They are a perverse and crooked generation.
6के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ? होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ। परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ। उहाँले तिमीहरूको सृष्टि गर्नुभयो। उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ।
6Do you thus requite Yahweh, foolish people and unwise? Isn’t he your father who has bought you? He has made you, and established you.
7उहिले नै के भएको थियो सम्झना गर, धेरै-धेरै वर्षअघि भएका कुराहरू सम्झना गर। तिमीहरूका पितालाई सोध तिमीहरूको अगुवाहरूलाई सोध, तिनीहरूले भन्नेछन्।
7Remember the days of old. Consider the years of many generations. Ask your father, and he will show you; your elders, and they will tell you.
8सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो। परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो, जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।
8When the Most High gave to the nations their inheritance, when he separated the children of men, he set the bounds of the peoples according to the number of the children of Israel.
9परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।
9For Yahweh’s portion is his people. Jacob is the lot of his inheritance.
10परमप्रभुले याकूबलाई बीरानो अनि बतासले भरिएको मरूभूमिमा भेटूनुभयो। परमप्रभुले हेर्नको निम्ति याकूबलाई घेर्नु भयो। उहाँले उसलाई आफ्नो आँखाको नानीलाई झैं जोगाउनु भयो।
10He found him in a desert land, in the waste howling wilderness. He surrounded him. He cared for him. He kept him as the apple of his eye.
11इस्राएलको निम्ति परमप्रभु गरूड झैं हुनु हुन्थ्यो। गरूड्ले उड्न सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेटेर निकाल्छ, सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उडछे। उसले बच्चाहरूलाई खस्नुबाट जोगाउन आफ्नो पंखेटा फिंजाउँछे। अनि उसले रक्षागर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे। परमप्रभु त्यस्तै हुनुहुन्छ।
11As an eagle that stirs up her nest, that flutters over her young, he spread abroad his wings, he took them, he bore them on his feathers.
12कुनै अरू विदेशी देवताहरूले उसलाई सहायता गरेनन् परमप्रभु एएलैले याकूबको नेतृत्व गर्नु भयो।
12Yahweh alone led him. There was no foreign god with him.
13परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो अनि याकूबले खेतको उब्जनी लगे। परमप्रभुले उसलाई पहराको मह दिनुभयो, अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।
13He made him ride on the high places of the earth. He ate the increase of the field. He caused him to suck honey out of the rock, oil out of the flinty rock;
14परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट र भेडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो; उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेडाहरू र अति असल गहुँ दिनुभयो। इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।
14Butter of the herd, and milk of the flock, with fat of lambs, rams of the breed of Bashan, and goats, with the finest of the wheat. Of the blood of the grape you drank wine.
15तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ, तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।
15But Jeshurun grew fat, and kicked. You have grown fat. You have grown thick. You have become sleek. Then he forsook God who made him, and lightly esteemed the Rock of his salvation.
16परमप्रभुको मानिसहरूले उहाँलाई ईर्ष्यालु बनाए तिनीहरूले अरू देवताहरूको पूजा गरे। तिनीहरूले ती भयानक मूर्तिहरू पूजेर परमेश्वरलाई रीस उठाए।
16They moved him to jealousy with strange gods. They provoked him to anger with abominations.
17तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए। त्यो तिनीहरूले जान्दैन थिए, ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।
17They sacrificed to demons, not God, to gods that they didn’t know, to new gods that came up recently, which your fathers didn’t dread.
18जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोडयौ तिमीले ती परमेश्वरलाई बिर्सियौ जसले तिमीलाई जन्म दिनु भयो।
18Of the Rock who became your father, you are unmindful, and have forgotten God who gave you birth.
19परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो। उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए।
19Yahweh saw and abhorred, because of the provocation of his sons and his daughters.
20यसकारण परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूलाई त्याग गर्नेछु तब हेरौं के हुन्छ! तिनीहरू विद्रोही मानिसहरू हुन्। तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिकदैन।
20He said, “I will hide my face from them. I will see what their end shall be; for they are a very perverse generation, children in whom is no faithfulness.
21तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन् तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए। म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्। म तिनीहरूलाई मूर्ख जातिका मानिससित रिसाउने बनाउनेछु।
21They have moved me to jealousy with that which is not God. They have provoked me to anger with their vanities. I will move them to jealousy with those who are not a people. I will provoke them to anger with a foolish nation.
22मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।
22For a fire is kindled in my anger, Burns to the lowest Sheol Sheol is the place of the dead. , Devours the earth with its increase, and sets the foundations of the mountains on fire.
23‘म इस्राएलीहरूमाथि विपत्ति ल्याउनेछु, म तिनीहरू माथि आफ्ना सबै वाण चलाउनेछु।
23“I will heap evils on them. I will spend my arrows on them.
24तिनीहरू भोकले, दुर्बल हुनेछन् अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्। तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु। विषालु साँपहरू र छेपाराहरूले तिनीहरूलाई टोएने छन्।
24They shall be wasted with hunger, and devoured with burning heat and bitter destruction. I will send the teeth of animals on them, With the poison of crawling things of the dust.
25बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्। सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्। तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरुलाई मार्नेछन्।
25Outside the sword shall bereave, and in the rooms, terror; on both young man and virgin, The nursing infant with the gray-haired man.
26मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें। यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।
26I said, I would scatter them afar. I would make their memory to cease from among men;
27तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्। शत्रुहरूले बुझ्ने छैनन्। तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्, “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन हामीले हाम्रै शाक्तिले जित्यौं।”‘
27were it not that I feared the provocation of the enemy, lest their adversaries should judge wrongly, lest they should say, ‘Our hand is exalted, Yahweh has not done all this.’”
28इस्राएलका मनिसहरू मूर्ख छन्, तिनीहरूले केही बुझ्दैनन्।
28For they are a nation void of counsel. There is no understanding in them.
29यदि तिनीहरू ज्ञानी भए तिनीहरूले बुझ्ने थिए, तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।
29Oh that they were wise, that they understood this, that they would consider their latter end!
30के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेटून सएछ? के दुईजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सकछन्? यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सुम्पिनु हुन्छ। यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ।
30How could one chase a thousand, and two put ten thousand to flight, unless their Rock had sold them, and Yahweh had delivered them up?
31हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन शत्रुहरूलाई पनि यो थाहा छ।
31For their rock is not as our Rock, even our enemies themselves being judges.
32सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ। तिनीहरूको अङ्गुर विष जस्तै तीतो हुनेछ।
32For their vine is of the vine of Sodom, of the fields of Gomorrah. Their grapes are grapes of gall, Their clusters are bitter.
33तिनीहरूको दाखरस साँपको विष झैं छ।
33Their wine is the poison of serpents, The cruel venom of asps.
34परमप्रभु भन्नुहुन्छ, ‘म त्यस दण्डलाई साँच्दैछु। मैले यसलाई मेरो भण्डारमा जम्मा गरेको छु।
34“Isn’t this laid up in store with me, sealed up among my treasures?
35तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’
35Vengeance is mine, and recompense, at the time when their foot slides; for the day of their calamity is at hand. The things that are to come on them shall make haste.”
36परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ। तिनीहरू उहाँका सेवकहरू हुन् अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ। उहाँले तिनीहरू शाक्तिहीन भएको थाहा पाउनु हुनेछ। कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।
36For Yahweh will judge his people, and have compassion on his servants, when he sees that their power is gone, There is none remaining, shut up or left at large.
37तब परमप्रभुले भन्नु हुनेछ, ‘झूटा देवताहरू कहाँ छन्? त्यो ‘चट्टान’ कहाँ छ शरण गर्न तिमीहरू दगुरेका थियौ?
37He will say, “Where are their gods, The rock in which they took refuge;
38ती झूटा देवताहरूले तिमीहरूको बलिको बोसो खाए अनि तिनीहरूले चढाएको अर्घका दाखरस पिए। यसकारण तिनीहरू उठ्न तिमीहरूको सहायता गरून् तब तिमीहरूको रक्षा गरून्।
38Which ate the fat of their sacrifices, And drank the wine of their drink offering? Let them rise up and help you! Let them be your protection.
39‘अब हेर, म एक मात्र म नै परमेश्वर हुँ! कतै अरू ईश्वर छैन। म नै मानिसलाई मार्दछु अनि मानिसहरूलाई जीवित पार्दछु म मानिसहरूलाई चोट पुर्याउन सकछु अनि तिनीहरूलाई निको पार्न सकछु। कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँनु सकदैन।
39“See now that I, even I, am he, There is no god with me. I kill, and I make alive. I wound, and I heal. There is no one who can deliver out of my hand.
40म स्वर्गतिर हात उठाउँछु अनि यो कसम खान्छु। म सधैं निश्चित हुन्छु यी कुराहरू हुनेछन्।
40For I lift up my hand to heaven, And say, As I live forever,
41म प्रतिज्ञा गर्छु, म मेरो चम्किने तरवार उधाउँनेछु, मेरा शत्रुहरूलाई दण्ड दिन यसको प्रयोग गर्नेछु। म तिनीहरूलाई तिनीहरूको कर्म अनुसार दण्ड दिनेछु।
41if I whet my glittering sword, My hand take hold on judgment; I will render vengeance to my adversaries, and will recompense those who hate me.
42मेरा शत्रुहरू मारिनेछन् अनि बन्दी हुन्छन्। मेरो काँडहरू तिनीहरूको रगतले रंगिने छन्। मेरो तरवारले तिनीहरूका सैनिकहरूका शिर काटूनेछ।
42I will make my arrows drunk with blood. My sword shall devour flesh with the blood of the slain and the captives, from the head of the leaders of the enemy.”
43सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ। किन? किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्। उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ। अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”
43Rejoice, you nations, with his people, for he will avenge the blood of his servants. He will render vengeance to his adversaries, And will make expiation for his land, for his people.
44मोशा र नूनको छोरो यहोशू आए अनि इस्राएलका मानिसहरूले सुनून् भनी यस गीतका शब्दहरू गाए।
44Moses came and spoke all the words of this song in the ears of the people, he and Joshua the son of Nun.
45जब मोशाले मानिसहरूलाई यो वचनहरू दिई सके,
45Moses made an end of speaking all these words to all Israel;
46तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ।
46He said to them, “Set your heart to all the words which I testify to you this day, which you shall command your children to observe to do, all the words of this law.
47नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सएछौ।”
47For it is no vain thing for you; because it is your life, and through this thing you shall prolong your days in the land, where you go over the Jordan to possess it.”
48त्यही दिन परमप्रभुले मोशासित बोल्नु भयो। परमप्रभुले भन्नुभयो,
48Yahweh spoke to Moses that same day, saying,
49“अबारिम पहाडमा जाऊ। मोआब देशमा नबो पर्वतमा जाऊ जो यर्दन नदीपारि यरीहो शहर छ। तब तिमीले त्यो कनान देशलाई देख्न सएछौ जुन देश म इस्राएलीहरूलाई बस्न दिंदैछु।
49“Go up into this mountain of Abarim, to Mount Nebo, which is in the land of Moab, that is over against Jericho; and see the land of Canaan, which I give to the children of Israel for a possession;
50तिमी त्यही पर्वतमाथि मर्नेछौ। तिमी पनि त्यसरी नै आफ्नो मानिसहरूसित मिल्नेछौ जसरी तिम्रा दाज्यू हारून होर पर्वतमा मरेर आफ्नो मानिसहरूसित मिले।
50and die on the mountain where you go up, and be gathered to your people, as Aaron your brother died on Mount Hor, and was gathered to his people:
51किन? किनभने जब तिमी सीनको मरूभूमिमा कादेशको नजिक मरीबा पानीमा थियौ तब तिमी दुवैले मेरो विरूद्ध इस्राएलीहरूको अघि पाप गरेको थियौ। तिमीले मेरो सम्मान गरेनौ अनि ‘म पवित्र हुँ, भनी मानिसहरूलाई बुझाएनौ।
51because you trespassed against me in the midst of the children of Israel at the waters of Meribah of Kadesh, in the wilderness of Zin; because you didn’t sanctify me in the midst of the children of Israel.
52यस कारण अब मैले इस्राएलका मानिसहरूलाई दिंदै गरेको भूमि तिमीले हेर्न सएछौ तर त्यहाँ पस्न सएदैनौ।”
52For you shall see the land before you; but you shall not go there into the land which I give the children of Israel.”