Nepali

World English Bible

Deuteronomy

33

1परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो।
1This is the blessing, with which Moses the man of God blessed the children of Israel before his death.
2मोशाले भने, “परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।
2He said, “Yahweh came from Sinai, And rose from Seir to them. He shone forth from Mount Paran. He came from the ten thousands of holy ones. At his right hand was a fiery law for them.
3हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुसरण गर्छन्।
3Yes, he loves the people. All his saints are in your hand. They sat down at your feet; each receives your words.
4मोशाले हामीलाई व्यवस्था दिए। ती शिक्षाहरू याकूबका मानिसहरूको निम्ति हुन्।
4Moses commanded us a law, An inheritance for the assembly of Jacob.
5त्यस समयमा, इस्राएलका मानिसहरू र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए अनि परमप्रभु यशूरूनका राजा हुनुभयो।
5He was king in Jeshurun, When the heads of the people were gathered, All the tribes of Israel together.
6“रूबेन जीवित रहुन्, र नमरोस्, तर त्यहाँ उनको कुलमा मात्र केही मानिसहरू रहुन्।”
6“Let Reuben live, and not die; Nor let his men be few.”
7मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नोस्।”
7This is for Judah. He said, “Hear, Yahweh, the voice of Judah. Bring him in to his people. With his hands he contended for himself. You shall be a help against his adversaries.”
8मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः “लेवी तपाईंको साँच्चो चेला हो। उसले तुम्मीम र ऊरीम राख्छ। तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो। मरीबको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्।
8Of Levi he said, “Your Thummim and your Urim are with your godly one, whom you proved at Massah, with whom you strove at the waters of Meribah;
9आमा-बाबुको विषयमा लेवीले भने, ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’ उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन आफ्नो बाल-बच्चाहरू चिनेन। तर उसले तपाईंका आज्ञाहरू पालन गरे, तपाईंको करार माने।
9who said of his father, and of his mother, ‘I have not seen him;’ Neither did he acknowledge his brothers, Nor did he know his own children: For they have observed your word, and keep your covenant.
10“तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्, तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्। तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्, तपाईंको वेदीमा होमबलि चढाउनेछन्।”
10They shall teach Jacob your ordinances, and Israel your law. They shall put incense before you, and whole burnt offering on your altar.
11“परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्। उसले गरेका कुराहरू ग्रहण गर्नु होस्। उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्। उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।”
11Yahweh, bless his substance. Accept the work of his hands. Strike through the hips of those who rise up against him, of those who hate him, that they not rise again.”
12“मोशाले बिन्यामीनको विषयमा यी कुरा भने। बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैं रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”
12Of Benjamin he said, “The beloved of Yahweh shall dwell in safety by him. He covers him all the day long. He dwells between his shoulders.”
13मोशाले यूसुफ विषयमा यसो भनेः “परमप्रभुले उसको भूमिमा आशिष दिऊन माथि आकाश र तल पृथ्वीबाट परमप्रभु पानी पठाउनु होस्।
13Of Joseph he said, “His land is blessed by Yahweh, for the precious things of the heavens, for the dew, for the deep that couches beneath,
14घामले उत्तम फल उसैलाई देओसू। चन्द्रमाले दिएको उत्तम फल उसैलाई होस्।
14for the precious things of the fruits of the sun, for the precious things of the growth of the moons,
15पहाड प्राचीन पर्वतहरूले उत्तम फल तिनीहरूलाई उब्जाऊन।
15for the chief things of the ancient mountains, for the precious things of the everlasting hills,
16पृथ्वीले उब्जाउने उत्तम चीजहरू उसैलाई देओस्। यूसुफलाई उसको दाज्यू-भाइहरूबाट अलग्ग गराइएको थियो। यसकारण पोथ्रामा बल्दै गरेका परमप्रभुले यूसुफलाई आफ्नोमा भएका सम्पूर्ण उत्तम चीजहरू दिऊन्।
16for the precious things of the earth and its fullness, the good will of him who lived in the bush . Let this come on the head of Joseph, on the crown of the head of him who was separate from his brothers.
17यूसुफ शक्तिशाली साँढे जस्तै हो। उसका दुई छोराहरू साँढेका सींगहरू जस्तै छन्। तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन् अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्। हो मनशशेसित हजार मानिसहरू छन् अनि एप्रेमसित दश हजार मानिसहरू छन्।
17The firstborn of his herd, majesty is his. His horns are the horns of the wild ox. With them he shall push all of the peoples, to the ends of the earth: They are the ten thousands of Ephraim. They are the thousands of Manasseh.”
18जबुलूनको बिषयमा मोशाले भनेः “ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ, अनि इस्साकार आफ्नो घरमा पालभित्र र्हषित होऊ।
18Of Zebulun he said, “Rejoice, Zebulun, in your going out; and Issachar, in your tents.
19तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्, त्यहाँ तिनीहरूले उत्तम बलिहरू चढाउनेछन्। तिनीहरूले सागरबाट ऐश्वर्य अनि सागरको किनारबाट सम्पत्ति भेटूनेछन्।”
19They shall call the peoples to the mountain. There they will offer sacrifices of righteousness, for they shall draw out the abundance of the seas, the hidden treasures of the sand.”
20गादको विषयमा मोशाले भनेः “परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो! गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्। तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्।
20Of Gad he said, “He who enlarges Gad is blessed. He dwells as a lioness, and tears the arm, yes, the crown of the head.
21उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्। उनले राजाको भाग नै लैजान्छन्। उनीकहाँ मानिसहरूका अगुवाहरू आउँछन्। परमप्रभुले बताउनु भएको असल कार्यहरू उनी गर्छन्। उनी इस्राएलका मानिसहरूका लागि के राम्रो हुन्छ त्यही गर्छन्।”
21He provided the first part for himself, for there was the lawgiver’s portion reserved. He came with the heads of the people. He executed the righteousness of Yahweh, His ordinances with Israel.”
22दानको विषयमा मोशाले भनेः “दान सिहंको छोरो हो जुन बाशानबाट उफ्रिन्छ।”
22Of Dan he said, “Dan is a lion’s cub that leaps out of Bashan.”
23नप्तालीको विषयमा मोशाले भनेः “नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ। परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ। तिमीहरूले गालील झिलको भूमि भेटूने छौ।”
23Of Naphtali he said, “Naphtali, satisfied with favor, full of the blessing of Yahweh, Possess the west and the south.”
24मोशाले आशेरको विषयमा यसो भनेः “छोराहरूमध्ये आशेर सबैभन्दा बढी आशीर्वाद पाउने हो। ऊ आफ्ना दाज्यू-भाइहरूको खूबै प्यारो होस्। अनि उसले आफ्नो गोडाहरू तेलले धुन सकोस्।
24Of Asher he said, “Asher is blessed with children. Let him be acceptable to his brothers. Let him dip his foot in oil.
25तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्। तिमी जीवनभरि शक्तिशाली रहनेछौ।”
25Your bars shall be iron and brass. As your days, so your strength will be.
26“यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढनुहुन्छ।
26“There is none like God, Jeshurun, who rides on the heavens for your help, In his excellency on the skies.
27परमेश्वर सधैं बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैंका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’
27The eternal God is your dwelling place. Underneath are the everlasting arms. He thrust out the enemy from before you, and said, ‘Destroy!’
28यसकारण इस्राएल सुरक्षित रहनेछन् अनि याकूबको इनार तिनीहरूको हुनेछ। तिनीहरू अन्न र दाखरसको भूमि पाउनेछन् अनि त्यस भूमिमा प्रशस्त पानी पर्नेछ।
28Israel dwells in safety; the fountain of Jacob alone, In a land of grain and new wine. Yes, his heavens drop down dew.
29हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ, अरू कुनै जाति तिमी जस्तो छैन। परमप्रभुले तिमीलाई जोगाउनु भयो। परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ। परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ। तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन् अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”
29You are happy, Israel. Who is like you, a people saved by Yahweh, the shield of your help, the sword of your excellency! Your enemies shall submit themselves to you. You shall tread on their high places.”