Nepali

World English Bible

Ezra

1

1प्रथम वर्षमा कोरेस फारस का राजा थिए। अगमवक्ता यर्मियाह द्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः
1Now in the first year of Cyrus king of Persia, that the word of Yahweh by the mouth of Jeremiah might be accomplished, Yahweh stirred up the spirit of Cyrus king of Persia, so that he made a proclamation throughout all his kingdom, and put it also in writing, saying,
2“फारसका राजा कोरेस यो भन्नुहुन्छः परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ।
2“Thus says Cyrus king of Persia, ‘Yahweh, the God of heaven, has given me all the kingdoms of the earth; and he has commanded me to build him a house in Jerusalem, which is in Judah.
3उहाँका समस्त मानिसहरू मध्ये को तिमीहरूसित छन? तिनीहरूका परमेश्वर तिनीहरूका साथ रहून्। अनि परमप्रभु, इस्राएलका परमेश्वर, जो परमेश्वर यरूशलेम रहनुहुन्छ र उहाँको मन्दिर निर्माण गर्न यहूदाको मानिसहरू यरूशलेममा जान सक्छन्।
3Whoever there is among you of all his people, may his God be with him, and let him go up to Jerusalem, which is in Judah, and build the house of Yahweh, the God of Israel (he is God), which is in Jerusalem.
4जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिरको निम्ति सहायता गरोस्।”
4Whoever is left, in any place where he lives, let the men of his place help him with silver, with gold, with goods, and with animals, besides the freewill offering for God’s house which is in Jerusalem.’”
5तब यहूदा अनि बिन्यामिन कुलका अगुवाहरू अनि पूजाहारीहरू र लेवीहरू जानलाई तयार भए। प्रत्येक व्यक्तिलाई परमेश्वरले यरूशलेममा परमप्रभु को मन्दिर निर्माण गर्न जानको निम्ति प्रेरणा दिनु भयो।
5Then the heads of fathers’ households of Judah and Benjamin, and the priests, and the Levites, even all whose spirit God had stirred to go up rose up to build the house of Yahweh which is in Jerusalem.
6तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-ताल अनि पशु-प्राणिहरूको साथै मुल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे।
6All those who were around them strengthened their hands with vessels of silver, with gold, with goods, and with animals, and with precious things, besides all that was willingly offered.
7राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए।
7Also Cyrus the king brought forth the vessels of the house of Yahweh, which Nebuchadnezzar had brought out of Jerusalem, and had put in the house of his gods;
8फारसका राजा कोरेसले ती सामान कोषाध्यक्ष मिथ्रेदयलाई सुम्पिदिए। अनि मिथ्रेदयले यहूदाका राजकुमार शेशबस्सरको निम्ति गन्ती गरिदिए।
8even those, Cyrus king of Persia brought out by the hand of Mithredath the treasurer, and numbered them to Sheshbazzar, the prince of Judah.
9यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोः सुनका बटुकाहरू 30 चाँदीका बटुकाहरू 1000 छुरीहरू 29
9This is the number of them: thirty platters of gold, one thousand platters of silver, twenty-nine knives,
10सुनका सानो बटुकाहरू 30 अन्य स-साना चाँदीका बटुकाहरू 410 अन्य भाडाहरू 1,000
10thirty bowls of gold, silver bowls of a second sort four hundred and ten, and other vessels one thousand.
11त्यहाँ जम्मा 5,400 सुन अनि चाँदीका वस्तुहरू थिए। शेशबस्सरले यी सबै चीज बीजहरू बाबेलवाट कैदीहरूलाई यरूशलेममा ल्याउँदा ल्याएका थिए। र्
11All the vessels of gold and of silver were five thousand and four hundred. Sheshbazzar brought all these up, when the captives were brought up from Babylon to Jerusalem.