Nepali

World English Bible

Genesis

8

1नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।
1God remembered Noah, all the animals, and all the livestock that were with him in the ship; and God made a wind to pass over the earth. The waters subsided.
2आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोडयो।
2The deep’s fountains and the sky’s windows were also stopped, and the rain from the sky was restrained.
3त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150दिन पुगेपछि पानी घटेको थियो
3The waters receded from the earth continually. After the end of one hundred fifty days the waters decreased.
4अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो।
4The ship rested in the seventh month, on the seventeenth day of the month, on Ararat’s mountains.
5यसरी पानी दशौं महीना नपुगुञ्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरु देखिए।
5The waters receded continually until the tenth month. In the tenth month, on the first day of the month, the tops of the mountains were seen.
6त्यसपछि चालीसौं दिनको अन्तमा न्‌हले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए।
6It happened at the end of forty days, that Noah opened the window of the ship which he had made,
7अनि त्यो काग पृथ्वीमा पानी नसुकुञ्जेलसम्म उडेर जाँदै-फर्कंदै गरिरह्यो।
7and he sent out a raven. It went back and forth, until the waters were dried up from the earth.
8त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए।
8He sent out a dove from him, to see if the waters were abated from the surface of the ground,
9तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाएर त्यो ढुकुर फर्केपछि नहुले हात फिंजाएर त्यसलाई समाती जहाजभित्र पसाए।
9but the dove found no place to rest her foot, and she returned to him into the ship; for the waters were on the surface of the whole earth. He put out his hand, and took her, and brought her to him into the ship.
10नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए,
10He stayed yet another seven days; and again he sent the dove out of the ship.
11अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो।
11The dove came back to him at evening, and, behold, in her mouth was an olive leaf plucked off. So Noah knew that the waters were abated from the earth.
12त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन।
12He stayed yet another seven days, and sent out the dove; and she didn’t return to him any more.
13नूहको उमेरको 601 वर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो।
13It happened in the six hundred first year, in the first month, the first day of the month, the waters were dried up from the earth. Noah removed the covering of the ship, and looked. He saw that the surface of the ground was dried.
14दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो।
14In the second month, on the twenty-seventh day of the month, the earth was dry.
15तब परमेश्वरले नूहलाई भन्नुभयो,
15God spoke to Noah, saying,
16“तँ, तेरी पत्नी, तेरा छोराहरु र बुहारीहरु लिएर जहाज बाहिर आइज।
16“Go out of the ship, you, and your wife, and your sons, and your sons’ wives with you.
17जहाजमा तँसँग जे जति चराहरु, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरु ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरुले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरुले तिनीहरुको संख्या पृथ्वीमा बढाउन्।”
17Bring out with you every living thing that is with you of all flesh, including birds, livestock, and every creeping thing that creeps on the earth, that they may breed abundantly in the earth, and be fruitful, and multiply on the earth.”
18यसर्थ, नूह उनका छोराहरु, उनकी पत्नी तथा बुहारीहरु जहाजबाट बाहिर भूमिमा निस्के।
18Noah went out, with his sons, his wife, and his sons’ wives with him.
19आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरु, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिंड्डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।
19Every animal, every creeping thing, and every bird, whatever moves on the earth, after their families, went out of the ship.
20त्यसपछि नूहले परम्मप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरु र पवित्र चराहरु परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।
20Noah built an altar to Yahweh, and took of every clean animal, and of every clean bird, and offered burnt offerings on the altar.
21परमप्रभुले त्यस बलिदानहरुको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरुलाई नष्ट पार्ने छैन। 22जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”
21Yahweh smelled the pleasant aroma. Yahweh said in his heart, “I will not again curse the ground any more for man’s sake, because the imagination of man’s heart is evil from his youth; neither will I ever again strike everything living, as I have done.
22[This verse may not be a part of this translation]
22While the earth remains, seed time and harvest, and cold and heat, and summer and winter, and day and night shall not cease.”